गण्डकी प्रदेशका पूर्व प्रमुख पृथ्वीमान गुरुङको निधन प्रति प्रदेश सरकार शोकमा

-


     पोखरा क्लिक     
     श्रावण १० गते २०८२ मा प्रकाशित


पोखरा, साउन १०,

गण्डकी प्रदेशका पूर्व प्रदेश प्रमुख पृथ्वीमान गुरुङको ७६ वर्षको उमेरमा शनिबार बिहान भएको निधनले प्रदेश सरकार स्तव्ध भएको छ । पूर्व प्रदेश प्रमुख गुरुङको निधनले गण्डकी प्रदेश शोकमा डुबेको छ। गण्डकी प्रदेश सरकारका कार्यवाहक मुख्यमन्त्री पदमा जि।सी। श्रेष्ठले एक शोक वक्तव्य जारी गर्दै गुरुङप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुका साथै शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गर्नुभएको छ।कार्यवाहक मुख्यमन्त्री श्रेष्ठले स्वर्गीय गुरुङ गण्डकी प्रदेशको अभिभावकका रूपमा रहँदा पुर्‍याएको योगदान सधैं स्मरणीय र सम्मानयोग्य हुने बताउनुभएको छ।

यसैबीच, गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले पनि पूर्व प्रमुख गुरुङको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गर्नुभएको छ।ूकरिब ३२ महिना गण्डकी प्रदेश बासीको अभिभावकका रूपमा प्रदेश प्रमुखको जिम्मेवारी सम्हाल्नुभएका कुशल र अनुभवी व्यक्तित्वको असामयिक निधनले ठूलो क्षति भएको महसुस गरेको छु,ू प्रदेश प्रमुख भट्टले जारी गर्नुभएको शोक सन्देशमा उल्लेख छ।

उहाँले शोकसन्तप्त परिवारजन, आफन्त तथा शुभेच्छुकहरूमा समग्र गण्डकी प्रदेशबासी र आफ्नो तर्फबाट हार्दिक समवेदना व्यक्त गर्नुका साथै धैर्य धारण गर्ने शक्ति मिलोस् भन्ने कामना गर्नुभएको छ। पूर्व प्रमुख गुरुङको निधनले प्रदेशको राजनीतिक तथा सामाजिक क्षेत्रमा अपूरणीय क्षति पुगेको प्रदेश सरकारले जनाएको छ।