पोखरा १५, भदौं, पोखरा उद्योग वाणिज्य संघको यही भदौ २८ र २९ गते हुने ३५ औँ महाधिवेशनको लागि शुक्रबार मनोननयपत्र वितरण भएको छ । निर्वाचन समितिका संयोजक कृष्णमोहन श्रेष्ठका अनुसार अध्यक्षको लागि गोकर्ण कार्की र अर्जुन पोखरेलले मनोनयनपत्र लगेका छन् । वरिष्ठ उपाध्यक्ष, उद्योग उपाध्यक्ष, महासचिव र कोषाध्यक्षमा एक–एकजनाले मात्र उम्मेदवारी परेको छ । जस अनुसार वरिष्ठ उपाध्यक्ष उत्तममान बुद्धाचार्य, उद्योग उपाध्यक्षमा दीनेश बास्तोला र कोषाध्यक्षमा मनोजकुमार श्रेष्ठले मनोनयनपत्र लिएका छन्। वाणिज्य उपाध्यक्षमा बलराम आचार्य र रामेश्वर अधिकारीले आंकाक्षा राखेका…
पुरा पढौ