नेपाल मणिपाल शिक्षण अस्पताल र कास्की जिल्ला टेनिस संघ बीच स्वास्थ्य परीक्षण सम्बन्धी सहमति,

-


     पोखरा क्लिक     
     श्रावण ७ गते २०८२ मा प्रकाशित


पोखरा, साउन ७

नेपाल मणिपाल शिक्षण अस्पताल पोखरा र कास्की जिल्ला टेनिस संघ बीच कर्पोरेट स्वास्थ्य परीक्षण सुविधा योजना अन्तर्गत सहमति भएको छ।

मणिपालले हालै सार्वजनिक गरेको “व्यवसायिक प्रतिष्ठान तथा संघ–संस्था स्वास्थ्य परीक्षण योजना” अन्तर्गत दुवै पक्षबीच सहमति जुटेको हो। सहमति पत्रमा अस्पतालका प्रमुख कार्यकारी अधिकृत अनिल अडुविल र टेनिस संघका अध्यक्ष राजकुमार गुरुङले हस्ताक्षर गरेका छन्।

सहमतिपछि टेनिस संघसँग आबद्ध सदस्यहरूलाई स्वास्थ्य परीक्षण सेवामा विशेष सुविधा उपलब्ध हुने भएको छ । नागरिकहरूको स्वास्थ्यलाई प्राथमिकतामा राख्दै मणिपाल शिक्षण अस्पतालले विभिन्न स्वास्थ्य परीक्षण प्याकेजहरू ल्याउँदै आएको छ। अस्पतालका निर्देशक नारायण पौडेलका अनुसार मणिपालमा हाल क्यान्सर (अन्कोलोजी) सम्बन्धी उपचार सेवा उपलब्ध छ। पोखरास्थित अस्पतालमा १ सय ८० वटा आसियूका बेड रहेको समेत अस्पतालले जानकारी दिएको छ।