
दीननाथ बराल,
पोखरा ६, फागुन
पर्यटनको राजधानी पोखरामा यात्रु बहाक बस सेवामा गुणस्तरिय तथा लक्जरी बस सेवा संचालन गर्दै आएको पोखरा जगदम्बा ट्राभल्सले समय सापेक्षा आफुलाई परिमार्जन गर्न थालेको छ । पोखरादेखि काठमाण्डौं रुट मात्र नभई पोखरा देखि भारतको दिल्लीसम्म प्रभावकारी सेवा संचालन गरेको यस कम्पनीले पोखरा काठमाण्डौं रुटमा इभि बस सेवा सुरु गरेको हो ।
पोखरादेखि काठमाडौं धुलीखेल तथा वनेपासम्मको लागि ईभि बस सेवा आज ९बुधबार० देखि सुरु गरिएको पोखरा जगदम्बा ट्राभल्सका अध्यक्ष केशबप्रसाद अधिकारीले बताउनु भयो । दुई वटा सुविधा सम्पन्न इलेक्ट्रिक बस मार्फत सेवा विस्तार गरेको बताउदै उहाँले ३५ सिट क्षमताको ईभी लक्जरी बस सञ्चालनमा ल्याइएको जानकारी दिनुभयो । जहाजसरह आरामदायी सिट सुविधा रहेको बसको भाडादर पोखरा–धुलिखेल÷बनेपाका लागि जम्मा ९ सय रुपैयाँ निर्धारण गरिएको उल्लेख गर्दै उहाँले जगदम्बाको ब्राण्ड रुचाउने मध्यम बर्ग, विद्यार्थी तथा सुलभ सेवा खोज्ने यात्रुलाई ध्यानमा राखेर भाडा तय गरिएको अध्यक्ष अधिकारीले बताउनु भयो । पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीमा आबद्ध पोखरा जगदम्बा ट्राभल्सले आफुलाई समय सापेक्ष बनाउने अभियान सुरु गरेको उहाँले पोखराक्लिकलाई बताउनु भयो ।
उहाँका अनुसार बिहान ९ बजे पोखराको पस्र्याङबाट छुट्ने बस लेकसाइड हुँदै पर्यटन बसपार्कबाट ९ः३० बजे काठमाण्डौं तर्फ प्रस्थान गर्नेछ । त्यसैगरी धुलिखेल÷बनेपाबाट बिहान ७ बजे छुटेर कलंकी हुँदै उक्त बस पोखरा आउने भएको छ । कम्पनीले प्रति बस १ करोड ६७ लाख रुपैयाँ मूल्यमा खरिद गरेको हो । यसैबिच, एक समारोहका बिच आज९बुधबार० पर्यटन विभागका महानिर्देशक रामकृष्ण लामिछानेले उक्त सेवाको शुभारम्भ गर्नुभएको हो । शुभारम्भ कार्यक्रममा वोल्दै उहाँले पर्यटकीय राजधानीबाट सुविधासम्पन्न ईभी गाडी सञ्चालनमा आउनु देशकै लागि सकारात्मक सन्देश भएको बताउनुभयो। निजी क्षेत्र नै विकासको सारथी भएको उल्लेख गर्दै उहाँले नयाँ प्रविधि र सुलभ भाडादरले धेरै यात्रुलाई उत्साहित बनाउने उहाँले विश्वास व्यक्त गर्नुभयो । सहनशीला मोटर्सका महानिर्देशक सन्तोस खतिवडाले उक्त बस नेपाल भित्र्याइएको र अबको युग इलेक्ट्रिक सवारी साधनको भएको दाबी गर्नुभयो । १ करोड ६७ लाख रुपैयाँ मूल्यको बसमा ३५ सिट क्षमता रहेको जानकारी दिँदै उहाँले नेपालमा हाल ७३ प्रतिशतसम्म ईभी सवारीको पहुँच बढेको दाबी गर्नुभयो। भन्सारमा एक प्रतिशत मात्र कर लाग्ने भएकाले अन्य सवारीको तुलनामा करिब २० प्रतिशतसम्म सहुलियत हुने उहाँको तर्क छ ।

उक्त कार्यक्रममा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष एवं पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीका अध्यक्ष ऐनकुमार साही, गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख, ट्राफिक प्रहरी उपरीक्षक दानबहादुर थापा, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ गण्डकीका संयोजक केदार पौडेल र नेपाल पत्रकार महासंघ गण्डकीका अध्यक्ष रमेस पौडेल लगायतले अबको यात्रा सुरक्षित र गुणस्तरीय हुनुपर्नेमा जोड दिनुभयो। शान्तिका प्रतिक परेवा उडाउदै उक्त सेवा शुभारम्भ गर्दै अध्यक्ष अधिकारीले यातायात क्षेत्रले सधै शान्ति चाहेको देशमा विकास चाहेको उल्लेख गर्दै पोखराको पर्यटन प्रबद्र्धनमा नयाँ स्तरिय बस सेवा विस्तार गर्दै जाने बताउनु भयो ।



