राजनीति

पर्यटन र कृषि मुख्य प्राथमिकताः मुख्यमन्त्री पाण्डे

पोखरा, १३ असोज, एबीसी टेलिभिजनको १७ औं वर्ष शुभारम्भको अवसरमा गण्डकी ब्यूरोले पोखरामा ‘सुनौलो गण्डकी, समुन्नत गण्डकी’ विषयक बृहत अन्तरक्रिया सम्पन्न गरेको छ । गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको विशेष सहयोग, उद्योग तथा पर्यटन मन्त्रालय र पोखरा महानगरपालिकाको सहयोगमा ड्यामसाइडस्थित नेपाल पर्यटन बोर्डको सभाहलमा आज (आइतबार) बृहत संवाद कार्यक्रम गरेको हो । सो अवसरमा बोल्दै पोखरा पर्यटकीय राजधानी घोषणा भइसकेकाले थप विकासमा गण्डकी सरकारले पहल नगरेको केही सहभागिहरुले गुनासो गरे । ‘पर्यटकीय राजधानी हुँदाहुँदै पनि विकासको मोडल के… पुरा पढौ

पर्यटन मन्त्रालयको विषयगत समितिको बैठक पोखरामा, प्रादेशिक ध्वजावाहक जहाज खरिद गर्ने सम्बन्धी प्रारम्भिक सहमति

दीननाथ बराल पोखरा, असोज ९ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय विषयगत समितिको बुधबार पोखरामा बसेको बैठकले पर्यटन शुल्क, दस्तुर संकलन, बाँडफाँट र उपयोगको सम्बन्धमा राष्ट्रिय मापदण्ड बनाउन संघीय मन्त्रालयलाई सिफारिस गर्ने निर्णय गरेको छ । मनपरी शुल्क लिने र दोहोरो, तेहेरो शुल्क लिएको भन्दै नागरिक स्तरबाट विरोध आउन थालेपछि परिषद बैठकले मापदण्ड बनाउन संघीय मन्त्रालयलाई सिफारिस गर्ने पोखरामा बसेको उक्त बैठकले निर्णय गरेको हो । त्यस्तै, बैठकले संघीय मन्त्रालयले तयार गरेको पर्यटन नीतिको मस्यौदा सबै प्रदेश मन्त्रालयलाई तत्काल सम्प्रेषण… पुरा पढौ

पोखरामा रविको पक्ष र विपक्षमा नाराबाजी, जोशीलाई ५ दिन म्याद थप

दीननाथ बराल, पोखरा ७, असोज, पोखरामा आज (सोमबार) रवि लामिछानेको पक्ष तथा विपक्षमा नारा बाजी भएको छ । एक समुहले रवि लामिछानेलाई पक्राउ गर्न लागिएको भन्दै बिरोध गर्नु भएको छ भने अर्को समुहले रविले सहकारीको रकम हिनामिना गरेकोले तत्काल पक्राउ गरी कार्वाही गर्न माग गर्दै नारा बाजी गर्नु भएको थियो । जिल्ला प्रशासन कार्यालय कास्की अगाडी शहिद चोकमा आमुने सामुने बिरोध प्रर्दशन भए पनि कास्की प्रहरीले ठुलो सङख्यामा सुरक्षाकर्मी खटाएको थियो । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता–कार्यकर्ताले पोखरामा विरोध प्रदर्शन… पुरा पढौ

बिक्रम थकाली सहित अन्य व्यक्तिहरु सम्मानित

पोखरा ६, असोज, पोखराका खेलकुदकर्मी एवं समाजसेवी बिक्रम थकाली सहित केही व्यक्तिहरु सम्मानित हुनु भएको छ ।सहारा क्लब, पोखराका पूर्व अध्यक्ष, फुटबल अभियन्ता, सहारा बाल आधारभुत विद्यालय, पोखरा–९, बसपार्ककका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष समेत रहनु भएको थकालीलाई राष्ट्रिय शिक्षा दिवसको अवसर पारी सम्मान र पुरस्कृत गरिएको हो । लामो समय सहारा क्लब, पोखराको अध्यक्षमा रहेर फुटबल विकासमा लाग्नु भएको थकाली अहिले पनि क्लबको शुभचिन्तकका रुपमा पोखरेली फुटबलसँगै समग्र नेपाली फुटबलको बिकासमा लाग्दै आउनु भएको छ । थकाली सहित अन्य व्यक्तिहरु… पुरा पढौ

केन्द्र सरकारले समयमै कानून नवनाउदा प्रदेश सरकारलाई कठिन

दीननाथ बरालपोखरा ,३ असोज, गण्डकी प्रदेशको राजधानि पोखरामा पनि संविधान दिवस विभिन्न कार्यक्रमको आयोजना गरि मनाईएको छ । संविधान दिवस गण्डकी प्रदेशको मुल समारोहको आयोजनामा पोखरामा प्रभात फेरि सहित विभिन्न कार्यक्रमको आयोजना गरि उक्त दिवस मनाईएको हो । पोखराको शहिद पार्कबाट सुरू भएको प्रभात फेरि मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय परिसरमा पुगेर समारोहमा परिणत भएको थियो । प्रभातफेरीमा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे सहित मन्त्री, सांसद, विभिन्न संघ संस्थाका प्रतिनिधि, कर्मचारी लगायतको सहभागिता रहेको थियो । प्रभात फेरीमा एपिएफको ब्याण्ड बाजा, विभिन्न जनजातिको… पुरा पढौ

पोखरा सडक पेटिका रुख विरुवा काटछाट् भए पछि….

.दीननाथ बराल,पोखरा २, असोज, केही दिन अघि पोखराका मेयर धनराज आचार्यले आफ्नो फेसबुक स्टाटस लेख्दै बिद्युत प्राधिकरणका कार्यालय प्रमुखले आफुखुसि रुख विरुवा काटछाट गरेको आरोप लगाएका छन् । उनले भने “पोखरामा हामीले “ग्रीन पोखरा, क्लिन पोखरा“ परियोजना सुरु गरेका छौं, जसअन्तर्गत २ लाख २६ हजार बिरुवा बिज्ञहरुको सिफारिस अनुसार रोप्ने लक्ष्य लिएका छौं, तर धेरै बर्ष लगाएर हुर्केका सडक किनाराका रुखहरु बिना समन्वय निर्ममतापूर्वक काटिएको खबर प्राप्त भएको छ, बिद्युत प्राधिकरणका हाकिम साबलाई म सोध्न चाहान्छु यस्तो अधिकार कसले दियो… पुरा पढौ

गण्डकीका भौतिक पूर्वाधार मन्त्री केसीले गरे चौर अम्बोट झोलुंगे पुलको उद्घाटन

पोखरा २, असोज, पोखरा, गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री प्रकाशबहादुर केसीले पोखरा महानगरपालिका २५ मा बनेको चौर अम्बोट झोलुंगे पुलको उद्घाटन गरेका छन् । करिब ७५ लाखमा निर्माण भएको उक्त पुलको बुधबार मन्त्री केसीले उद्घाटन गरेका हुन् । उक्त पुल निर्माणका लागि आस्था निर्माण सेवाले गत चैतमा ७४ लाख ९४ हजार ५ सय रुपैयाँ सम्झौता गरेको थियो । पुल सम्झौताको ३ महिना अघि गत असार १९ गते निर्माण सम्पन्न भएको थियो । पुलको लम्बाइ १९८ मिटर… पुरा पढौ

युआरएलको पुरस्कार र अवार्डका लागि छनोट समिति गठन

पोखरा, १ असोज, युआरएल फाउन्डेसनद्वारा सञ्चालित राष्ट्रिय स्वास्थ्य पत्रकारिता पुरस्कार र लाइफ टाइम एचिभमेन्ट अवार्ड प्रदान गर्न प्रतिभा छनोट समिति गठन भएको छ । फाउन्डेसनको बैठकले पत्रकारिता पुरस्कारका लागि प्रेस स्वतन्त्रता सेनानी बदीविनोद प्रतीक र लाइफ टाइम एचिभमेन्ट अवार्डका लागि वरिष्ठ जनरल सर्जन प्राडा अर्जुन आचार्यको संयोजकत्वमा समिति गठन गरेको हो । समितिका सदस्यमा स्वास्थ्य गुणस्तर विज्ञ सुशील थापा, युआरएल अध्यक्ष ठाकुरप्रसाद पन्त, युआरएलका प्रबन्ध निर्देशक गणेशप्रसाद कोइराला र पूर्व पुरस्कृत व्यक्तित्व दीपेन्द्र श्रेष्ठ र पत्रकार फडिन्द्र अकिञ्चन छन् ।… पुरा पढौ

स्वास्थ्य बिमा ५ लाख नै पुर्याउनु पर्छः मन्त्री पौडेल, पोखराबाट क्यान्सरको उपचार हुने

दीननाथ बराल, पोखरा १, असोज, नेपाल सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले स्वास्थ्य बिमा कार्यक्रमको लागि ५ लाख पुर्याउनु पर्ने बताउनु भएको छ । मंगलबार पोखरामा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री पौडेलले एक लाखसम्म कायम भएको स्वास्थ्य बिमालाई बढाएर ५ लाख पुर्याउनु पर्ने बताउनु भएको हो । एक लाखको बिमा प्रभावकारी नभएका वेला ५ लाखको कुरा गर्छ भनेले आफुलाई हाल केही समुहले उडाउने गरेको मन्त्री पौडेलले सुनाउनु भयो । व्यबस्थापन गरेमा सम्भव हुने दाबी गर्दै मन्त्री पौडेलले सरकारी तथा… पुरा पढौ

गण्डकी प्रदेशको प्रेस रजिस्टारमा भण्डारीले मुख्यमन्त्री कार्यालयमा सपथ ग्रहण गर्दा बाहिर बिरोध

दीननाथ बराल, पोखरा ३१, भदौ, गण्डकी प्रदेशको प्रेस रजिस्टारमा हालै नियुक्त हुनु भएको बिमला भण्डारीले मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सपथ ग्रहण लिई रहदा त्यसको मुल गेट अगाडी बिषेधित क्षेत्रमा बाहिर बिरोध प्रर्दशन भएको थियो । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले भण्डारीलाई आज एक समारोहका बिच सपथ ग्रहण गराउदै गर्दा पोखराका केही क्रियाशिल युवा पत्रकारको समुहले बिरोध गर्दै कास्कीबाट सिफारिस भएका सबै पत्रकारले नयाँ सदस्यता पाउनु पर्ने माग गर्नु भएको हो । पदभार ग्रहण गर्दै अध्यक्ष भण्डारीले प्रदेशको आम संचारको पक्षमा… पुरा पढौ