कृषि

पोखरा २२ पुम्दी भुम्दीमा संयुक्त भदौ २० गते तीज गीत प्रतियोगिता हुने

पोखरा, पोखरा महानगरपालिका वडा नं.२२ अन्तर्गत वडा स्तरीय संयुक्त तीज गीत प्रतियोगिता आयोजना हुने भएको छ। वडा नं.२२ स्थित शान्ति स्तुप नजिकैको दहरामा आगामी भदौ २० गते शनिबार प्रतियोगिता आयोजना गर्ने निर्णय गरिएको हो। कालिमाटी शान्ति स्तुप टोल विकास संस्था, सृजनशील क्लब तथा कालिमाटी शान्ति स्तुप मोटर बाटो उपभोक्ता समितिको संयुक्त आयोजनामा हुने प्रतियोगितामा वडा नं.२२ का विभिन्न टोलका आमा समूहहरु , आमा–दिदीबहिनी तथा विभिन्न संघसंस्थाहरूको सहभागिता रहने अपेक्षा गरिएको छ । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने समूहलाई क्रमशः… पुरा पढौ

सामुदायिक वन दिवसः रातोपैह्रा वनमा २५० बाँसका विरुवा रोपियो

पोखरा, २४ साउन, सामुदायिक वन दिवसको उपलक्ष्यमा पोखरा १७ स्थित रातोपैह्रा सामुदायिक वन क्षेत्रमा बृक्षारोपण कार्यक्रमको आयोजना गरियो । सो अवसरमा वन क्षेत्रको भिरालो पाखोमा २५० वटा बाँसका विरुवा रोपिएको हो । पोखरा १७ का वडाअध्यक्ष राधिका शाही योगीले बाँसको विरुवा रोपेर कार्यक्रमको शुभारम्भ गर्दै मानव जीवनको हरेक सुख, दुःखमा बाँसको महत्व रहेको बताउनुभयो । पोखरा १७ मा रातोपैह्रा र कालजरुवा दुईवटा सामुदायिक वन समुह रहेको उल्लेख गर्दै उहाँले चितवन जिल्लाबाट एक लाख रुपैयाको लागतमा खरिद गरिएका ५०० बाँसका विरुवा… पुरा पढौ

इजरायलमा नेपालीका लागि थप रोजगारीको अवसर विस्तार गरिने ः राजदूत बास

दीननाथ बराल, पोखरा, साउन २०, नेपालका लागि इजरायलका राजदूत श्मुलिक एरी बासले इजरायलमा नेपाली श्रमिकका लागि थप रोजगारीका अवसर विस्तार गर्न पहल गरिने बताउनुभएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेसँग आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको शिष्टाचार भेटका क्रममा राजदूत बासले नेपाली श्रमिकको सीप, दक्षता र श्रमको कदर गर्दै भविष्यमा थप रोजगारीका अवसर सिर्जना गर्न इजरायल सकारात्मक रहेको धारणा राख्नुभएको हो । भेटमा नेपाल–इजरायलबीचको द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ बनाउने विषयमा विचार आदानप्रदान भएको मुख्यमन्त्री कार्यालयले जनाएको छ । साथै… पुरा पढौ

पोखरा–२२ पुम्दी भुम्दीमा दोश्रो कोदो दिवसको अवसरमा शनिबार विभिन्न कार्यक्रम हुने

दीननाथ बराल,पोखरा १५, साउन, पोखरा–२२ (पुम्दी—भुम्दी) को कोदीमा भोलि (शनिबार) दोस्रो कोदो दिवसको अवसरमा विभिन्न कार्यक्रम हुने भएको छ । कोदो खेतीको प्रवद्र्धन, स्थानीय उत्पादनको संरक्षण तथा पोषणयुक्त खाद्यान्नको प्रवद्र्धन गर्ने उद्देश्यले पोखरा महानगरपालिका–२२ को कोदीमा शनिबार दोस्रो कोदो दिवस भव्य रुपमा मनाउने तयारी गरिएको पोखरा महानगरपालिकाको आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरियाले पोखराक्लिकलाई बताउनु भयो । उक्त अवसरमा १० प्रकारका कोदोका परिकार प्रदर्शनी गरिने भएको छ भने कोदो बिक्रि समेत हुने भएको उहाँले जनाउनु भयो । पुम्दी–भुम्दी कृषि सहकारी… पुरा पढौ

जनगुनासो पछि बैदामको फ्रेस जुस सेन्टरमा अनुगमन, ५० हजार रुपैयाँ जरिवाना

दीननाथ बराल, पोखरा, साउन १२, पर्यटनको राजधानि पोखरामा संचालनमा रहेको एक जुस पसललार्ई जिल्ला प्रशासन कार्यालय कास्कीले ५० हजार रुपैयाँ जरिवाना गरेको छ । उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर पार्ने गरी व्यवसाय सञ्चालन गरेकोले पोखरा महानगरपालिका–६, बैदामस्थित फ्रेस जुस सेन्टरलाई ५० हजार जरीवाना गरिएको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले पोखराक्लिकलाई बताउनु भयो । उक्त पसलबाट जुस सेवन गरेपछि उपभोक्ता बिरामी भएको जनगुनासोका आधारमा आज (मंगलबार) कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी बरालको नेतृत्वमा गरिएको संयुक्त बजार अनुगमनका क्रममा पसलमा अत्यधिक… पुरा पढौ

अब कुनै बहानामा काम ढिलासुस्ती गर्ने कसैलाई छुट छैनः मन्त्री कार्की, कृषिमा बिमा अनिवार्य गर्न सुझाव, किसानका बिमा दाबी भुक्तानी समस्या समाधानमा मन्त्रालय संवेदनशील

पोखरा, कृषि क्षेत्रमा देखिएका बिमा दाबी भुक्तानीका समस्या समाधान गर्न मन्त्रालय संवेदनशील रहेको भन्दै कृषिमा बिमा प्रणालीलाई थप प्रभावकारी र विश्वासिलो बनाउनुपर्नेमा जोड दिइएको छ। साथै, किसानलाई बिमातर्फ आकर्षित गर्न सहजीकरण गर्ने, बिमा दाबी भुक्तानीलाई छिटोछरितो बनाउने तथा आवश्यक परे बिमा प्राधिकरणसँग समन्वय गरेर समस्या समाधान गर्ने मनालयले प्रतिबद्धता जनाइएको छ। गण्डकी प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा बिहीबारदेखि सुरु भएको वार्षिक प्रगति समीक्षा कार्यक्रममा मन्त्रालयका नेतृत्वले कृषिमा बिमा अनिवार्य बनाउने विषयमा समेत नीति तहमा छलफल आवश्यक रहेको… पुरा पढौ

‘रिटर्न टु भिलेज’ सहित कृषि मैत्रि बजेट ल्याएको कृषि मन्त्री कार्कीले दाबी (भिडियो सहित), एक सय दिनका उपलिब्ध सार्वजनिक

दीननाथ बराल, पोखरा, ७ साउन गण्डकी प्रदेशका कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री भिमबहादुर कार्कीले पदभार सम्हालेको एक सय दिन पूरा भएको अवसरमा मन्त्रालयले गरेका प्रमुख उपलब्धि सार्वजनिक गर्नु भएको छ । आज( बिहीबार) मन्त्रालयमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा मन्त्री कार्कीले कृषि क्षेत्रमा उत्पादन वृद्धि, बजारीकरण, किसान संरक्षण तथा सहकारी सुधारलाई केन्द्रमा राखेर विभिन्न नयाँ कार्यक्रम अघि बढाइएको बताउनु भएको हो । https://www.youtube.com/watch?v=aC86AV9bEsc&t=12s मन्त्री कार्कीले आफूले पदभार ग्रहण गर्दा चालु आर्थिक वर्ष २०८३÷८४ को बजेट निर्माण प्रक्रिया सुरु भइसकेको र… पुरा पढौ

रुपा गाउँपालिकामा कृषि तथा पशु सेवा शाखाको नवनिर्मित भवनको उद्घाटन

पोखरा, कास्कीको रुपा गाउँपालिका वडा नं. ६, फाल्भञ्ज्याङमा नवनिर्मित कृषि तथा पशु सेवा शाखा कार्यालयको भवन उद्घाटन गरिएको छ । गाउँपालिकाका अध्यक्ष नवराज ओझाले आज (बिहीबार) एक समारोहका बीच उक्त भवनको उद्घाटन गर्नुभएको हो । कार्यक्रममा बोल्दै अध्यक्ष ओझाले पालिकाभित्र कृषि उत्पादन वृद्धिका लागि विशेष बजेट विनियोजन गरिएको जानकारी दिनुभयो । उहाँले कृषिलाई प्रत्यक्ष रूपमा उत्पादनसँग जोड्ने गरी विभिन्न कार्यक्रमहरू सञ्चालन भइरहेको समेत बताउनुभयो । oplus_0 उद्घाटन कार्यक्रममा रुपा गाउँपालिकाकी उपाध्यक्ष लालसुब्बा गुरुङ कृषकको प्रयासलाई पालिकाले पनि सक्दो सहयोग गदै… पुरा पढौ

पोखरा २२ (पुम्दी भुम्दी) का सबै घरमा इन्डक्सन चुलो वितरण हुने

दिननाथ बराल, पोखरा, ६ साउन, पोखरा महानगरपालिका वडा नं.२२ (पुम्दी भुम्दी) का सबै घरमा इन्डक्सन चुलो वितरण हुने भएको छ । स्वदेशमा उत्पादन भएको बिद्युतको प्रयोग सहित आयातित खानापकाउने ग्याँसलाई प्रतिस्थापन गर्ने उद्धेश्यले वडाले चालु आर्थिक बर्ष २०८३÷०८४ का वडाका सबै घरमा इन्डक्सन चुलो वितरण गर्ने योजना अघि सारेको वडाध्यक्ष हिमलाल बरालले पोखराक्लिकलाई बताउनु भयो । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रसँगको लागत साझेदारीमा ‘एक घर, एक इन्डक्सन चुलो’ अभियान सञ्चालन गर्ने भएको अध्यक्ष बरालले जनाउनु भयो । यस कार्यक्रमका लागि वडा… पुरा पढौ

कास्कीमा कृषि आधुनिकीकरण कार्यक्रम प्रभावकारी ः ७६ प्रतिशत बजेट खर्च

दीननाथ बराल,पोखरा, असार ३२, कास्कीमा सञ्चालित राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमले आर्थिक वर्ष २०८२÷८३ मा उत्पादन वृद्धि, कृषि पूर्वाधार विस्तार, यान्त्रीकरण तथा कृषकको व्यावसायिकीकरणमा उल्लेखनीय उपलब्धि हासिल गरेको छ । तरकारी सुपरजोन, अलैँची जोन र गाई–भैँसी जोनमार्फत सञ्चालित कार्यक्रमले ७५।९९ प्रतिशत बजेट खर्च गर्दै जिल्लाको कृषि क्षेत्रलाई आधुनिक र प्रतिस्पर्धी बनाउने दिशामा महत्वपूर्ण प्रगति गरेको राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ, कास्कीले पोखराक्लिकलाई जनाएको छ । आर्थिक वर्ष २०८२÷८३ का लागि विनियोजित ९ करोड ३८ लाख २८ हजार रुपैयाँमध्ये छ करोड… पुरा पढौ

This will close in 20 seconds