कृषि

गण्डकी प्रदेशको आगामी आर्थिक वर्षका लागि ३१ अर्ब ९७ करोडको बजेट

गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ का लागि ३१ अर्ब ९७ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ। आइतबार प्रदेश सभामा आर्थिक मामिला तथा योजना मन्त्री डा. टकराज गुरुङले आगामी वर्षको लागि ३१ अर्ब ९७ करोड ९९ लाख ९९ हजार रुपैयाँ बराबरको बजेट प्रस्तुत गर्नुभएको हो। यो बजेटमध्ये १२ अर्ब ६३ करोड ६६ लाख ७५ हजार रुपैयाँ चालू खर्चका लागि विनियोजन गरिएको छ, जुन कुल बजेटको ३९.५ प्रतिशत हो। १९ अर्ब ९ करोड ३३ लाख २४ हजार रुपैयाँ पूँजीगत खर्चतर्फ छुट्याइएको छ, जसको हिस्सा ५९.७… पुरा पढौ

कफी खेतीमा बायोडायनामिक पद्धति र कपिङ कार्यक्रम यही जेठ ३१ गते पोखरामा हुने

पोखरा, २८ जेठ, नेपालमा कफी खेतीको व्यावसायिक विस्तारसँगै गण्डकी प्रदेशमा कफीको गुणस्तर सुधार र उत्पादन प्रवर्द्धन गर्न दुईदिने कार्यक्रम आयोजना हुने भएको छ। “कफी खेतीमा बायोडायनामिक पद्धति र कफी कपिङ कार्यक्रम” यही जेठ ३१ र असार १ गते पोखरामा आयोजना हुने गण्डकी प्रदेश कफी विकास बोर्डले जनाएको छ। कार्यक्रममा जैविक तथा प्राकृतिक चक्रमा आधारित बायोडायनामिक खेती पद्धतिबारे जानकारी दिइनेछ। साथै, कपिङ अर्थात् विभिन्न विधिबाट उत्पादित कफीको स्वाद, सुगन्ध र बनावटको परीक्षण तथा मूल्याङ्कन गरिनेछ। कार्यक्रममा युवाको सहभागिता, गुणस्तरीय उत्पादन र… पुरा पढौ

पोखरा १३ मा तरबुजा मेला उत्साहपूर्ण रुपमा सम्पन्न

पोखरा, पोखरा महानगरपालिका आर्थिक विकास महाशाखाद्वारा आयोजित पोखरा १३ को समन्वयमा विहिबार पोखरामा आयोजना भएको तरबुजा मेला उत्साहपूर्ण रुपमा सम्पन्न भएको छ । पोखरा महानगरपालिका वडा नं।१३ कार्यालयको कार्यालय परिसरमा भएको उक्त मेलामा तरबुजा प्रदर्शनी, तरबुजा विक्री वितरण, तरबुजा खाने प्रतियोगिता, उत्कृष्ट कृषक सम्मान लगायत गतिविधिहरू आयोजना भएको महानगरका आर्थिक विकास महाशाखाका प्रमुख मनहर कडरियाले बताउनु भयो । पोखरा महानगरपालिका क्षेत्रमा उत्पादन भएका तरबुजाहरू मेलामा राखिएका थिए । महानगरपालिकाको करिब २ सय रोपनी क्षेत्रफलमा ५० बढी व्यवसायीक कृषकहरूले तरबुजा खेती… पुरा पढौ

४ करोडको कारोवार गर्दै सम्पन्न भयो आलु महोत्सव

पोखरा, ३ वैशाख ४ करोड बढीको कारोवार गर्दै १३ औँ राष्ट्रिय हेमजा आलु महोत्सव बुधबारदेखि सकिएको छ। गत चैत २४ गतेबाट सुरु भएको उक्त महोत्सवको अन्तिम दिन बुधबारसम्म त्यहाँबाट ४१ लाखको आलु बिक्री भएको छ भने महोत्सवका रहेका कृषि तथा व्यापारिक स्टल सबैबाट गरी ४ करोड बढीको कारोवार भएको आयोजक विष्णुपादुका क्लवका सचिव हिक्मतबहादुर थापाले जानकारी दिए।त्यहाँ कृषितर्फ ३० तथा एक सय २० वटा व्यापारिक स्टल थिए ।त्यस्तै १ लाख बढी दर्शकले महोत्सव अवलोकन गरेको आयोजकको भनाई छ । महोत्सवको… पुरा पढौ

आलु महोत्सवमा साढे २ करोड बढीको कारोवार

पोखरा, ३१ चैत, १३ औँ राष्ट्रिय हेमजा आलु महोत्सव अन्त्यतिर आइरहदाँ त्यहाँका स्टलबाट आलु तथा अन्य सामाग्री किन्नेहरुको संख्यामा बृद्धि भएको छ। महोत्सवको ८ औं दिन आइतबारसम्म करिव ७० हजार दर्शक बढीले महोत्सव अवलोकन गरेकोमा कुल २ हजार ४ सय बढी घरपरिवारले आलु किनी लगेको आलु तथा कृषि उपज व्यवस्थापन उपसमिति संयोजक जयराम तिम्सिनाले जानकारी दिए ।जसमध्ये प्रति घरपरिवारले सबैभन्दा कम १० देखि बढीमा २ सय केजीसम्म आलु किनी लगेको तिम्सिनाको भनाई छ। त्यस्तै अन्य व्यापारिक स्टलहरुबाट समेत सामाग्री खरिद… पुरा पढौ

कृषिको उत्सव आलु महोत्सव

पोखरा, ३० चैत, आलु महोत्सव कृषि उत्सव भएको औँल्याइएको छ ।यतिवेला हेमजामा १३ औं संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सव जारी छ ।महोत्सव अन्र्तगत आलु तथा ताजा तरकारीको बृहत प्रदर्शन, आलुको पहाड निर्माण, आलुका विभिन्न परिकार, कृषकका लागि माटो, बोटविरुवा परीक्षण तथा रोगको निदान रहेका छन्। त्यस्तै कृषक तथा कृषि सम्बन्धी विविध सांस्कृतिक कार्यक्रम, कृषि झाँकी प्रतियोगिता, चर्चित कलाकारहरुका प्रस्तुति, कृषक सम्मान साथै विभिन्न कृषि उपज, वीउविजन तथा अन्य कृषि यन्त्रको प्रदर्शनी पनि गरिएको छ । महोत्सवमा दैनिकजसो हजारौंको सहभागिता रहने… पुरा पढौ

हेमजा महोत्सवमा आलु किन्नेको घुइँचो

पोखरा, २८ चैत, १३ औं राष्ट्रिय हेमजा आलु महोत्सव मध्येतिर आइरहदाँ आलु किन्नेहरुको सख्यामा हवात्तै बृद्धि भएको छ । बिहीबारसम्म करिव ४५ हजारले महोत्सव अवलोकन गरेकोमा एक हजार दूई सय २५ घरपरिवारले आलु किनी लगेको आलु तथा कृषि उपज व्यवस्थापन उपसमिति संयोजक जयराम तिम्सिनाले जानकारी दिए । जसमध्ये प्रति घरपरिवारले सबैभन्दा कम १० देखि बढीमा २ सय केजीसम्म आलु किनी लगेको तिम्सिनाको भनाई छ । हेमजाको आलु बढी स्वास्थ्यकर मानिने, छिटो पाक्ने तथा खानमा पनि स्वादिलो र मिठो हुने भएकाले… पुरा पढौ

हेमजामा आलु महोत्सव सुरु

आजदेखि १३ औं संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सव सुरु भएको छ ।‘सुन्दर ठाउँ हेमजा जाउँ, आलुका स्वादिष्ट परिकार खाउँः आलु एक परिकार अनेक’ भन्ने मूल नाराका साथ विष्णुपादुका क्लवको आयोजनामा महोत्सव सुरु गरिएको हो ।महोत्सवको आकर्षणका रुपमा आलु तथा ताजा तरकारीको बृहत प्रदर्शन, आलुको पहाड निर्माण, आलुका विभिन्न परिकार, कृषकका लागि माटो, बोटविरुवा परीक्षण तथा रोगको निदान रहेका छन्।त्यस्तै कृषक तथा कृषि सम्बन्धी विविध सांस्कृतिक कार्यक्रम, कृषि झाँकी प्रतियोगिता, चर्चित कलाकारहरुका प्रस्तुति, कृषक सम्मान साथै विभिन्न कृषि उपज, वीउविजन तथा… पुरा पढौ

आजदेखि आलु महोत्सव

पोखरा, २४ चैत आजदेखि १३ औं संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सव सुरु हुँदैछ । महोत्सवको सम्पूर्ण तयारी पुरा भएको र पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले उद्घाटन गर्ने कार्यक्रम रहेको आयोजक विष्णुपादुका क्लवका अध्यक्ष समेत रहनुभएका मूल आयोजक समितिका संयोजक वसन्तकुमार श्रेष्ठले जानकारी दिनुभयो। ‘सुन्दर ठाउँ हेमजा जाउँ, आलुका स्वादिष्ट परिकार खाउँः आलु एक परिकार अनेक’ भन्ने मूल नाराका साथ संचालन हुन लागेको उक्त महोत्सवका आकर्षणका रुपमा आलु तथा ताजा तरकारीको बृहत प्रदर्शन, आलुको पहाड निर्माण, आलुका विभिन्न परिकार, कृषकका लागि… पुरा पढौ

व्यापार मेलामा मधेशको परिकार, मधेशको संस्कृति

पोखरा,१६ माघ गण्डकी प्रदेशका उद्योग तथा पर्यटनमन्त्री मित्रलाल बस्यालले पोखराबाट बाँकी ६ वटै प्रदेशमा उडान संचालनको लागि पहल भइरहेको बताएका छन् । ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानसँगै बाँकी ६ वटै प्रदेशसँग पनि जोड्नका लागि प्रदेश सरकारले पहल गरिरहेको छ,’अन्तर प्रादेशिक उडान हुनैपर्छ ।’ मन्त्री बस्यालपोखराको नयाँबजारमा जारी राष्ट्रिय औद्योगिक व्यापार मेलामा बुधबार मधेश प्रदेश सरकारको उद्योग वाणिज्य तथा पर्यटन मन्त्रालयले आयोजना गरेको ‘घुमौं मधेश, बुझौं मधेश’ कार्यक्रमलाई संवोधन गर्दै थिए । उनले मधेशवाट पर्यटकको रुपमा गण्डकी प्रदेशमा आउने अतिथिलाई दुव्र्यवहार… पुरा पढौ