कृषि

पोखरामा शनिबार भएको दाई महोत्सवको रौनक (भिडियो सहित)

दीननाथ बराल,पोखरा, १३ मंसिर, “पोखरा सबै मौसमका लागि आकर्षक गन्तव्य” भन्ने नारासहित पोखराको चुरुङ्गामा शनिबार दोस्रो दाँई महोत्सवमा विदेशी पर्यटक सहित उल्लेखनीय दर्शकहहरुको सहभागिता रह्यो । पोखरा पर्यटन परिषद् द्वारा आयोजित महोत्सवमा अपेक्षाभन्दा धेरै दर्शक उपस्थित भएको कार्यक्रम संयोजक हरिबहादुर भुजेलले पोखराक्लिकलाई बताए। https://www.youtube.com/watch?v=MKqDeEH7R94 कृषिप्रधान समाजको परम्परागत कृषि पद्धति प्रवर्द्धन तथा नयाँ पुस्तामा मौलिक कृषि ज्ञान हस्तान्तरण गर्ने उद्देश्यसहित आयोजना गरिएको महोत्सव कृषि–पर्यटन प्रवर्द्धनका हिसाबले महत्वपूर्ण रहेको परिषद्का अध्यक्ष तारानाथ पहारीले बताए। कार्यक्रममा पोखरा–२३ का किसान फवेन्द्र कुमार गुरुङलाई २… पुरा पढौ

पोखरा १९ को चुरुङ्गामा शनिबार दोस्रो दाँई महोत्सव हुने (भिडियो सहित) विभिन्न प्रतियोगितामा नगद पुरस्कार प्रदान गरिने, ४ वटा निःशुल्क बसको ब्याबस्था

दीननाथ बराल, पोखरा, ११ मंसिर, पोखरा महानगरपालिका वडा नम्बर १९ को चुरुङ्गामा शनिबार (पर्सि) दोस्रो संस्करणको दाँई महोत्सव २०८२ हुने भएको छ । पोखरा पर्यटन परिषद्को आयोजनामा शनिबार हुने उक्त महोत्सवमा आन्तरिक तथा बाह्यि पर्यटक एवं दर्शक तथा ददेराहरु गरी करिब एक हजार जनाको महोत्सवमा सहभागि गराउने अन्तिम तयारी भएको विहिबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराइएको हो । https://www.youtube.com/watch?v=yeBVfVPpUlw “पोखरा सबै मौसमका लागि आकर्षक गन्तव्य” भन्ने मूल नारासहित महोत्सवमा विभिन्न नगद सहितको पुरस्कारको व्यबस्था गरिएको महोत्सव संयोजक हरिबहादुर… पुरा पढौ

गण्डकी प्रदेशमा ८९ प्रतिशत धान रोपाई, बागलुङमा ९७, कास्की र लमजुङमा ९५ र नवलपरासीमा भने ७९ प्रतिशत मात्र

दीननाथ बराल, पोखरा२३, साउन गण्डकी प्रदेशमा हालसम्म करिब ८९ प्रतिशत मात्र धान रोपाई भएको छ । यही साउन १८ गते (आइतबार) सम्मको अध्यावधिक भएको तथ्याङक हेर्दा यस बर्ष गण्डकी प्रदेशमा ८८.९७ प्रतिशतले ८३ हजार ७ सय ९४ हेक्टर क्षेत्रफलमा धान रोपाई सम्पन्न भएको गण्डकी प्रदेशको कृषि बिकास निर्देशनालयका कृषि अर्थ विज्ञ मनोज पौडेलले पोखराक्लिकलाई बताउनु भयो । गण्डकी प्रदेशमा ९४ हजार १ सय ८२ हेक्टरमा धान रोपाई गर्न योग्य जमिन रहेको कार्यालयल जनाएको छ । गण्डकी प्रदेशका ११ जिल्ला मध्य… पुरा पढौ

राष्ट्रिय कोदो दिवसका अवसरमा कास्कीको लाहाचोकमा कोदो रोपाइँ महोत्सव

पोखरा, १७ साउन, नेपाल उद्योग तथा व्यवसायी महासंघ गण्डकी प्रदेश÷कास्की जिल्ला÷माछापुुच्छ«े गाउँपालिकाको आयोजनामा राष्ट्रिय कोदो दिवसका अवसर पारी आज कास्कीको माछापुुच्छ«े गाउँपालिका वडा नं ४ लाहाचोकमा प्रथम कोदो रोपाइँ महोत्सव सम्पन्न भएको छ । जनगायक जीवन शर्माको विशेष प्रस्तुतिसँगै पञ्चेवाजा, स्थानीय भजनसँगै विभिन्न कार्यक्रम गरिएको महोत्सवको कोदो रोपाइँ प्रतियोगितामा १६ वटा आमा समूहले सहभागिता जनाएका थिए । सहभागी सबै समूहलाई आयोजका तर्फबाट प्रति समूह तीन हजार ५०० रुपैयाँ प्रोत्साहन स्वरुप प्रदान गरिएको थियो । कार्यक्रमको प्रवद्र्धकमा गण्डकी प्रदेशका कृषि तथा… पुरा पढौ

पोखराको फेवाफाँटमा गवारो किराले धान खान सुरु, यस बर्ष पनि किसान मर्कामा

दीननाथ बराल, पोखरा, ५ साउन, पोखराको फेवाफाँट क्षेत्रमा यस वर्ष पनि गवारो किराको प्रकोपले गर्दा स्थानिय किसान चिन्तित हुनु भएको छ । धान रोप्न नपाउँदै गवारो किराले बालीनाली सखाप पार्न थालेपछि किसानहरू चिन्तित हुनु हुनु भएको हो । पोखरा–२३ स्थित फेवाफाँटमा करिब २ हजार रोपनी क्षेत्रफलमा गवारो किराको प्रकोप फैलिएको स्थानीय देविलाल लामिछानेले पोखराक्किलाई बताउनु भयो । उहाँका अनुसार असारमा लगाएको धान खेतमै नष्ट हुन थालेको छ भने यस वर्ष करिब ५ सय रोपनी खेत बाँझै रहेको छ । गएको… पुरा पढौ

बाढीका कारण पोखरामा एक किसानको १५० कुखुरा मरे

दीननाथ बराल, पोखरा ४, साउन, गएराती परेको अविरल वर्षातसँगै आएको बाढीले पोखरा १६ गल्छिना भन्ने स्थानमा रहेको एक कुखुरा फार्ममा क्षति पुगेको छ । विनोद आचार्यले सञ्चालनमा ल्याएको कृषि योजना फार्ममा रहेका ८ सय कुखुरा मध्ये १ सय ५० वटा कुखुरा गएरातीको बाढीले गर्दा मर्न पुगेको आचार्यले पोखराक्लिकलाई बताउनु भयो । बोइलर कुखुरा त्यसमाथि हिलो सहित आएको बाढीले गर्दा डुबानमा परेर १ सय ५० वटा कुखुरा मर्न पुगेको उहाँले जनाउनु भयो । बाँकी कुखुरालाई अन्य खोरमा सारिएको यद्यपी केही कुखुरा… पुरा पढौ

कास्की माछापुच्छ्रे धितालका दुग्ध व्यवसायीले ४ महिना देखि भुक्तानी पाएनन, सहकारीमा दुध दिनेको सङख्या घट्दो

दिननाथ बराल, पोखरा १, साउन, कास्कीको माछापुच्छ्रे, गाउँपालिका वडा नम्बर ६ धितालका दुग्ध किसानहरू यतिबेला निराश भएका छन्। स्थानीय धिताल दुग्ध उत्पादन सहकारी संस्थालाई दूध दिँदै आएका किसानहरूले केही समयदेखि आफ्नो भुक्तानी नपाउँदा उहाँहरू हाल निराश हुनु भएको हो । गाउँमा उत्पादन भएको दूधलाई सङ्कलन गरेर सहकारीले पोखराको लवकुश डेरी उद्योग प्रा.लि.लाई उपलब्ध गराउँदै आइरहेको छ । यद्यपि लवकुश डेरीले समयमै किसानको रकम भुक्तानी गर्न नसक्दा किसानहरु निराश हुनु भएको हो । लवकुश डेरी सञ्चालक सुस्मा पहारीले यतिबेला दूधको अफ्सिजन… पुरा पढौ

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका ६ वटा योजनाको अनुगमन, उत्पादित बस्तुको मुल्य र बजारको ग्यारेन्टि गर्न किसानको माग (भिडियो सहित)

दीननाथ बराल, पोखरा, ३१ असार, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका ६ वटा योजनाको अनुगमन गर्दा उत्पादित बस्तुको बजारीकरण तथा मुल्यको ग्यारेन्टि गर्न किसानले माग गर्नु भएको छ । पोखरा सहित कास्कीमा संचालन भएका विभिन्न योजना अन्र्तगत सोमबार ६ वटा योजनाको जम्बो टोलीद्धारा अनुगमन गरिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाई कास्कीका प्रमुख वरिष्ठ कृषि अधिकृत माधव लम्सालले पोखराक्लिकलाई बताउनु भयो । https://www.youtube.com/watch?v=oNUbuo2eBA8 पोखरा लगायत कास्कीका विभिन्न स्थानमा सोमबार अनुगमन उक्त परियोजनाको तीन तहका सरकारका प्रतिनिधि सहित पत्रकारको टोलीले अनुगमन गरेको… पुरा पढौ

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका कास्कीका योजनाहरूको अनुगमन

३० असार, पोखरा, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत कास्की जिल्लामा सञ्चालन भएका विभिन्न योजनाहरूको अनुगमन सोमबार सम्पन्न भएको छ। परियोजना कार्यान्वयन इकाई कास्की अन्तर्गत आर्थिक वर्ष २०८१र८२ मा विनियोजित बजेट तथा नीति तथा कार्यक्रमअनुसार सञ्चालित योजनाहरूको स्थलगत अनुगमन गरिएको हो। https://www.youtube.com/watch?v=oEdac353Fsk जिल्ला समन्वय समिति कास्कीका प्रमुख तथा परियोजनाका कास्की संयोजक लिलाधर पौडेलको नेतृत्वमा अनुगमन टोलीले पोखरा महानगरपालिका–११ काहुको सिस्नेरी च्याउ फर्म, पोखरा–६ जरेबरको चिसापानी कृषि तथा पशुपंक्षी फर्म, पोखरा–१६ दीपको जय देउराली कृषि फर्म, पोखरा–२५ झिझिर्कास्थित माया इको भिलेज, माछापुच्छ्रे गाउँपालिका–६… पुरा पढौ

दोस्रो संस्करणको पोखरा क्लिक पुम्दीभुम्दी पर्वतीय दौड असोज पहिलो साता (भिडियो सहित)

विश्व पर्यटन दिवसको सन्दर्भमा पोखरा क्लिक अनलाइन सञ्चार गृहद्वारा आयोजना हुने दोस्रो संस्करणको पर्वतीय दौड प्रतियोगिता आउँदो असोजको पहिलो हप्ता हुने भएको छ ।सञ्चार गृहले शुक्रवार आयोजना गरेको पहिलो संस्करणको पर्वतीय दौडको समीक्षा कार्यक्रम समारोहका बीच उक्त जानकारी गराएको हो । यसै सम्बन्धि भिडियो सामाग्रि । https://www.youtube.com/watch?v=Pl6LZZhB4WA कार्यक्रममा सहभागीहरूले पहिलो संस्करणमा देखिएका कमजोरीलाई सुधार्दै दौडलाई पर्यटन, स्वास्थ्य तथा खेलकुद र स्थानीय क्षेत्र प्रवद्धर्नसँग जोडेर अगाडि बढ्न सुझाव दिए । गण्डकी प्रदेश सभा सदस्य प्रकाश बरालले प्रतियोगितालाई सफल बनाउन आफ्नातर्फबाट आवश्यक… पुरा पढौ