जनता केन्द्रित हुन्छौंः नेकपा कास्की क्षेत्र नम्बर १ का उमेदवार राजकाजी गुरुङ करण (भिडियो सहित), पोखरामा सचिवालय उद्घाटन

-


     पोखरा क्लिक     
     माघ १७ गते २०८२ मा प्रकाशित


पोखरा,

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) कास्की क्षेत्र नम्बर १ को सम्पर्क कार्यालय पोखरा अम्मरसिंहचोकमा उद्‌घाटन गरिएको छ । नेकपाका नेता एवं गण्डकी इन्चार्ज श्रीनाथ बरालले सम्पर्क कार्यालयको आज एक समारोहका बिच उद्‌घाटन गरेका हुन् ।

कार्यालयको उद्‌घाटन गर्दै उनले जनताले प्राप्त गरेका उपलब्धिको रक्षा गर्न, देश बचाउन र समाजवादमा जान नेपाली कम्युनिष्ट पार्टीको जित आवश्यक भएकोमा जनोड दिए । संसद पुनस्थापनाको एजेण्डा बोकेका कांग्रेस एमाले र एजेण्डा विहिन नयाँ भनिनेले देशको नेतृत्व र विकास गर्न नसक्ने उनको तर्क थियो ।

कास्की क्षेत्र नम्बर १ मा नेकपाका उम्मेदवार राजकाजी गुरुङले कास्की क्षेत्र नम्बर १ मा नेकपामा आवद्ध नेताहरुले विगतमा गरेका काम अन्य पार्टीका नेताले गरेको भन्दा धेरै काम भएको दाबी गरे । उनले जनताको सुख दुखमा आफू साथमा रहको र रहने प्रतिवद्धता जनाए । तारामा मतदात गरेर अवसर दिन क्षेत्रनम्बर १ का जनतासँग समक्ष उनले आग्रह गरे ।नेकपाका केद्रीय सदस्य दीपक कोइरालले स्थापित राजनीतिक मूल्य मान्यता र ब्यवस्थाकै रक्षाका लागि नेकपाको जित अनिवार्य रहेको बताए । उनले देश र राष्ट्रको विकासका लागि आगामी निर्वाचन महत्वपूर्ण रहेको बताए । उनले कास्की क्षेत्र नम्बर १ मा नेकपाको जित सुनिस्चित रहेको दाबी गरे ।

नेकपा गण्डकीका संयोजक गायत्री गुरूङले सिंगो पार्टी पंक्ति एक रहेको र जित निस्चित रहेको बताइन । केन्द्रीय सदस्य इन्द्रप्रसाद बरालले आचारसंहिताको बारेमा जानकारी गराए । निर्वाचन परिचालान समिति सहसंयोजक पूर्ण लामाले कास्की क्षेत्र नम्बर १ को तर्फ रहेका सबै वडामा भेला भइसकेका जानकारी दिए । फागुन २१ गते निर्वाचन हुने हुदा उक्त निर्वाचनमा सबै एक भयर लाग्न नेकपाले नेता तथा कार्यकर्ताहरुमा आग्रह समेत गरेको छ ।