कृषि

पुस २९ देखि सुरु हुने पोखरा महोत्सवको अन्तिम तयारी तिव्र, अग्रिम स्टल बुकिङ

दीननाथ बराल, पोखरा, १७ पुस युनाइटेड क्लब पोखराको आयोजनामा यही पुस २९ गतेदेखि सुरु हुने १४औं संस्करणको पोखरा महोत्सवको अन्तिम तयारी तिव्र पारिएको छ । पोखराको अमरसिंह मा.वि.को विशाल खेल मैदानमा माघ ११ गतेसम्म संचालन हुने महोत्सवको अन्तिम तयारी तिव्र पारिएको क्लवले पोखराक्लिकलाई जनाएको छ । महोत्सवमा कृषि, उद्योग, हस्तकला, सेवा, अटो लगायतका क्षेत्र समेटेर २ सय ५० स्टल रहने भएको क्लबका अध्यक्ष लोकबहादुर थापाले बताउनु भयो । महोत्सवमा पर्यटकीय स्थलको बारेमा जानकारी दिने संघ संस्थाहरुलाई निःशुल्क स्टल उपलब्ध गराइने… पुरा पढौ

पोखरामा आज आतिसबाजी सहित नयाँ वर्ष २०२६ को स्वागत गरिने

दीननाथ बराल,पोखरा १६, पुस, अँधेरी रातसँगै पोखराको लेकसाइड आज झनै उज्यालो हुँदैछ। पोखरा सडक महोत्सवको माहोल भित्र आज मध्यरात १२ः०० बजे अंग्रेजी नयाँ वर्ष २०२६ भव्य रूपमा स्वागत गर्ने तयारी पूरा भएको छ। महोत्सव आयोजक रेवान पोखराले नेपाली सेनाको प्रत्यक्ष अनुगमन र जिल्ला प्रशासन कार्यालय कास्कीको समन्वयमा सुरक्षा मापदण्ड पालना गर्दै लेकसाइड क्षेत्रमा आतिसबाजी प्रदर्शन गर्ने पोखराक्लिकलाई श्रोतले बताएको छ । सडक महोत्सवको मुख्य दिन आज नयाँ वर्षको काउन्टडाउनदेखि आतिसबाजी, संगीत र सांस्कृतिक प्रस्तुतीसम्म उत्सवकै रौनक हुने भएको छ। आयोजकका… पुरा पढौ

पोखरा सडक महोत्सवमा पर्यटकको भिडभाड बढ्दो, सडकमा विभिन्न सांस्कृतिक तथा बन्चेबाजा, थारु डान्स प्रर्दशन (भिडियो सहित) होटल अकुपेन्सी ७५ प्रतिशत

दीननाथ बराल, पोखरा १४, पुस, अंग्रेजी नयाँ वर्षको स्वागतार्थ पोखरा सडक महोत्सवमा पर्यटकको चहलपहल बढेको छ । आइतबारदेखि सुरु भएको २७ औं संस्करणको सडक महोत्सवको दोस्रो दिन सोमबार पनि पोखराको लेकसाइड क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकहरूको भीडभाड बढ्दो व्यवसायीले बताउनु भयो । अघिल्ला संस्करणहरूको तुलनामा एक–दुई दिन अघिदेखिनै यस बर्ष भने पर्यटक आगमन बढ्न थालेको रेवान पोखराका अध्यक्ष विश्वराज पौडेलले बताउनु भयो । https://www.youtube.com/watch?v=rg27FKsK2OE जेनजी आन्दोलनपछि केही सुस्तिएको पर्यटन बजार महोत्सवको अवसरमा पुनः उत्साहजनक बनेको उहाँले बताउनु भयो । क्रिसमस… पुरा पढौ

माछापुच्छ्रे गाउँसभा विनियोजन ऐन २०८२ संशोधन पारित, आत्मनिर्भरता र उत्पादनमुखी योजनामा जोड

पुष १४, पोखरा, कास्कीको माछापुच्छ्रे गाउँपालिकाको गाउँसभा–१८ औँ अधिवेशन सोमबार सम्पन्न भएको छ। गाउँसभाले आर्थिक वर्ष २०८२र०८३ को सेवा र कार्यक्रम सञ्चालनका लागि आवश्यक विनियोजनमा संशोधन गर्दै ‘माछापुच्छ्रे गाउँपालिका, कास्कीको विनियोजन ऐन, २०८२’ बहुमतले पारित गरेको छ। अधिवेशनको उद्घाटन गाउँपालिका अध्यक्ष मिनबहादुर गुरुङले गरेका थिए। त्यसपछि उपाध्यक्ष सीता अधिकारीद्वारा प्रस्तुत संशोधन प्रस्तावमा सभा सदस्यहरूको बहुमत मिलेपछि ऐन तुरुन्त कार्यान्वयनमा लैजान मार्ग खुलेको हो। संशोधनसँगै सञ्चित कोषका केही रकम सेवा तथा विकास कार्यमा खर्च गर्न गाउँसभा सहमत देखिएको छ। “आर्थिक आवश्यकताअनुसार… पुरा पढौ

लेखनाथ महोत्सव अपेक्षा गरे भन्दा बढी सफलता हासिल गर्दै सम्पन्न, बेगनास तालमा वाटर—स्पोटर्स संचालन गर्न महानगरको चासो

दीननाथ बराल, पोखरा १४, पुस, लेखनाथ उद्योग बाणिज्य संघको आयोजनामा पोखरा २७ डाँडाकोनाक (तालचोक) मा आयोजना भएको २१ औं संस्करणको लेखनाथ महोत्सवमा करिब ३ लाख ३५ हजार दर्शक भित्रिदा ११ करोड मुल्य बराबरको आर्थिक कारोबार भएको छ । ‘‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन विकास र समृद्धि’’ भन्ने मूल नाराका साथ पुस ३ देखि सोमबारसम्म १२ दिनसम्म संचालन भएको उक्त महोत्सवमा आफुहरुले अपेक्षा गरे भन्दा बढी सफलता हासिल गर्न सफल भएको संघका अध्यक्ष एवं महोत्सव संयोजक जानुका पराजुली अधिकारीले बताउनु भयो… पुरा पढौ

पोखरा–२१ कृष्तीमा सुन्तला महोत्सवको रौनक (भिडियो सहित)

दीननाथ बराल, पोखरा १० , पुस, पोखरा महानगरपालिका वडा नम्बर २१ कृष्ती दोपरे हर्राबोट क्षेत्रमा विहिबार पहिलो पटक भएको ‘सुन्तला महोत्सव २०८२’ मा करिब १५ लाख मुल्य बराबरको कारोवार भएको छ । पोखरा महानगरपालिका वडा नम्बर २१ को आयोजनामा एक दिने उक्त महोत्सवमा करिब १५ लाख मुल्य बराबरको सुन्तला सहितको कृषि उपजको आर्थिक कारोवार भएको पोखरा महानगरपालिका आर्थिक विकास महाशाखाका प्रमुख मनोहर कडरियाले पोखराक्लिकलाई बताउनु भयो । https://www.youtube.com/watch?v=Cme-lIBHSuQ महोत्सवमा उल्लेखनिय दर्शकहरुको सहभागिता रहेको उहाँले जनाउनु भयो । त्यसै गरी महोत्सवको… पुरा पढौ

दर्शकले खचाखच भरियो लेखनाथ महोत्सव

लेखनाथ, १० पुुुुस पुसको जाडोेको मौसमको कुनै प्रवाह नगरी लेखनाथमा जारी महोत्सवमा विहानै देखि दर्शकहरुको वाक्लो उपस्थिति देखियो ।मध्यान्ह देखि खुलेको मौसमसगै मेलामा प्रवेश गर्ने दर्शकको क्रम पनि वढदै जादाँ महोत्सव स्थलमा दर्शकको वाक्लो उपस्थितिलाई ब्यवथापन गर्न आयोजकलाई हम्मेहम्मे नै परेको थियो । दर्शकको भिडलाई ब्यवस्थापन गर्न थप टिकट काउण्टरको समेत ब्यवस्थापन गरियो भने बाहिर निस्कने दर्शकहरुलाई आपतकालिन गेट खोलेर वाहिर निस्कने ब्यवस्था मिलाईएको थियो । महोत्सवको आठौ दिन क्रिसमसको दिन परेको विदालाई सदुपयोग गर्दै अभिभावकहरुले बच्चा बच्चिलाई डोयाउदै महोत्सव… पुरा पढौ

पोखरा (कृष्ति) मा आज सुन्तला महोत्सव हुदै, सुन्तला प्रतिकेजी ५० देखि १०० रुपैयाँमा बिक्री, किसानलाई महानगरबाट प्रतिकेजी १० रुपैयाँ प्रोत्साहन

दीननाथ बराल,पोखरा १०, पुस, पोखरा २१ को कृष्ती दोपरे–हर्राबोट क्षेत्र आज (विहिबार) सुन्तला महोत्सव हुने भएको छ । पोखरा महानगरपालिका वडा नम्बर २१ मा पहिलो पटक आयोजना हुँदै गरेको सुन्तला महोत्सव २०८२ बिहान ११ बजेदेखि सुरु हुने तयारी गरिएको छ । “नेपालको राष्ट्रिय फल—सुन्तलाः उपभोग, स्थानीय उत्पादन, पर्यटन र अर्थतन्त्रमा सहयोग” भन्ने नारासहित सुरु हुन लागेको महोत्सवले कृषकको श्रम, स्थानीय उत्पादन र बजारलाई एउटै मञ्चमा ल्याउने अपेक्षा गरिएको छ । महोत्सवमा कृषकले आफ्नै बगैंचाबाट उत्पादन गरेको सुन्तला बिक्रि वितरण गर्ने… पुरा पढौ

पोखराको कृष्तिमा आउँदो बिहिबार सुन्तला महोत्सव हुने तयारी

दिननाथ बराल, पोखरा ६, मंसिर पोखरा महानगरपालिका वडा नम्बर २१ कृस्ती दोपरे हर्राबोट क्षेत्रमा आउदो विहिबार सुन्तला महोत्सव हुने भएको छ । पोखरा महानगरपालिका वडा नम्बर २१ को आयोजनामा पोखरामा यही पुष १० गते (बिहीबार) हुने सुन्तला महोत्सवको तयारी तिव्र पारिएको पोखरा २१ का वडाध्यक्ष दीपक प्रसाद सुवेदीले बताउनु भयो । वडास्तरीय कृषि सञ्जालको समन्वय र पोखरा महानगरपालिका आर्थिक विकास महाशाखाको संयोजनमा हुन लागेको उक्त महोत्सवमा विभिन्न प्रतियोगिता तथा विविध सांस्कृतिक कार्यक्रम समेत आयोजना हुने भएको छ । महोत्सवको उद्घाटन… पुरा पढौ

पोखरामा दुधको माग अत्याधिक(भिडियो सहित)

पोखरा, पोखरामा दुधको माग अत्याधिक रहेको शुक्रबार आयोजित एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । नेपाल डेरी एसोसिएसन गण्डकी प्रदेशको आयोजनामा ‘दुग्ध क्षेत्रको अवस्था र चुनौती’ विषयक अन्तरक्रिया कार्यक्रममा वोल्ने वक्ताहरुले पोखरामा भैसीको दुधको माग अत्याधिक भएकोले यसको माग पूरा गर्न तराई क्षेत्रबाट समेत आउने गरेको दाबी गरेका हुन्।कार्यक्रमको प्यानल डिस्कसनमा दुग्ध क्षेत्रसँग सम्बन्धित सरोकारवालाहरूले वर्तमान अवस्था, समस्या र समाधानका उपायबारे आ–आफ्ना धारणा राखेका छन् । https://www.youtube.com/watch?v=VkTyNf0qnd8 कार्यक्रममा बोल्दै नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहालले दुग्ध क्षेत्र देशको अर्थतन्त्र र ग्रामीण… पुरा पढौ