कृषि

बागलुङमा  इटालियन प्रजातिका स्याउ फलाउने किसान देखि गण्डकी प्रदेशका ५ पालिकाका ५५ जना उद्यमी पोखरामा (भिडियो सहित)

दीननाथ बराल,पोखरा, ५ फागुन “उद्यमशील गण्डकी” अभियानअन्तर्गत छनोट भएका गण्डकी प्रदेशका पाँच पालिकाका ५५ जना उत्कृष्ट ग्रामीण उद्यमी तीन दिने आवासीय नवप्रवर्तनशील नेतृत्व तथा व्यवस्थापन कार्यशालाका लागि पोखरामा भेला भएका छन् । समृद्धि उद्यमशीलता तथा रोजगारी प्रवर्द्धन कार्यक्रममार्फत ग्रामीण अर्थतन्त्रलाई रोजगारी सिर्जनाको गतिशील इन्जिन बनाउने लक्ष्यका साथ उक्त कार्यक्रम सुरु भएको हो । https://www.youtube.com/watch?v=ZPITTfJ6HfY इटालियन प्रजातिका स्याउ फलाउने किसान । कार्यक्रम उद्घाटन गर्दै गण्डकी प्रदेशका उद्योग तथा पर्यटन मन्त्री मित्रलाल बस्यालले ग्रामीण उद्यमशीलता समावेशी आर्थिक विकासको आधार भएको उल्लेख गरे। “यी… पुरा पढौ

कास्कीमा पहिलोपटक उज्यालो नेपाल पार्टीद्वारा २१ बुँदे चुनावी घोषणापत्र सार्वजनिक (भिडियो सहित) पोखरामा अन्तर्राष्ट्रिय हवाई उडानदेखि फोहोरको दिगो व्यवस्थापनसम्मका स्पष्ट योजना

दीननाथ बराल,पोखरा २७, माघ उज्यालो नेपाल पार्टीबाट कास्की क्षेत्र नम्बर–२ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार कुशल गुरुङले पोखराको दिगो विकास, पर्यावरण संरक्षण र आर्थिक रूपान्तरणलाई केन्द्रमा राख्दै आफ्नो २१ बुँदे चुनावी घोषणापत्र सार्वजनिक गरेका छन्।आइतबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा घोषणापत्र सार्वजनिक गर्दै गुरुङले भाषण र नाराभन्दा काम र परिणाममा आधारित राजनीति गर्ने प्रतिबद्धता जनाए। पोखरा कुनै सरकारी घोषणाले होइन, यहाँको अनुपम प्राकृतिक सौन्दर्यका कारण पर्यटनको राजधानी बनेको सहर भएको उनको भनाइ थियो। https://www.youtube.com/watch?v=B05Cp52jAtI गुरुङका अनुसार विश्वका १४ वटा आठ हजार मिटरभन्दा… पुरा पढौ

घान्द्रुक पर्यटन महोत्सव फागुन ६ देखि हुदै (भिडियो सहित), होटल आवासमा १५ प्रतिशत छुट, भेडाको साँड जुधाई प्रतियोगिता हुने

पोखरा, २० माघ, कास्कीको पर्यटकीय गाउँ घान्द्रुकमा आउदो फागुन ६ देखि घान्द्रुक पर्यटन महोत्सव हुने भएको छ । घान्द्रुक पर्यटन व्यवस्थापन समिति र रोधीं क्लब कोँड (घान्द्रुक) को सयुक्त आयोजनामा मेश्रम बराह माध्यमिक विद्यालयको प्राङ्गणमा फागुन ९ गतेसम्म महोत्सव हुने भएको पोखरामा आज (मंगलबार) आयोजित पत्रकार भेटघाट कार्यक्रम मार्फत जानकारी गराइएको हो । कास्कीको अन्नपूर्ण गाउँपालिका १०र ११ स्थित घान्द्र्रक महोत्सवले सो क्षेत्रको पर्यटन प्रबद्र्धन गर्नुका साथै खेलकुदको विकास हुने अपेक्षा गरिएको रोधीं क्लब कोँड (घान्द्रुक)का वरिष्ठ उपाध्यक्ष लामा अमृत… पुरा पढौ

जनता केन्द्रित हुन्छौंः नेकपा कास्की क्षेत्र नम्बर १ का उमेदवार राजकाजी गुरुङ करण (भिडियो सहित), पोखरामा सचिवालय उद्घाटन

पोखरा, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) कास्की क्षेत्र नम्बर १ को सम्पर्क कार्यालय पोखरा अम्मरसिंहचोकमा उद्‌घाटन गरिएको छ । नेकपाका नेता एवं गण्डकी इन्चार्ज श्रीनाथ बरालले सम्पर्क कार्यालयको आज एक समारोहका बिच उद्‌घाटन गरेका हुन् । https://www.youtube.com/watch?v=CeR8lM1BKYk कार्यालयको उद्‌घाटन गर्दै उनले जनताले प्राप्त गरेका उपलब्धिको रक्षा गर्न, देश बचाउन र समाजवादमा जान नेपाली कम्युनिष्ट पार्टीको जित आवश्यक भएकोमा जनोड दिए । संसद पुनस्थापनाको एजेण्डा बोकेका कांग्रेस एमाले र एजेण्डा विहिन नयाँ भनिनेले देशको नेतृत्व र विकास गर्न नसक्ने उनको तर्क थियो… पुरा पढौ

वडा स्तरीय कृषि सञ्जाल पोखरा–६ बैदामद्वारा २ सय ६० कृषकलाई बिउ र २ हजार केजी गड्यौला मल वितरण

पोखरा, माघ ११, वडा स्तरीय कृषि सञ्जाल पोखरा–६ बैदामको समन्वयमा मल, बिउ वितरण तथा कृषक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा २ सय ६० जना कृषकलाई विभिन्न प्रकारका बिउ तथा २ हजार केजी गड्यौला मल वितरण गरिएको हो । किसानलाई जैविक मल उत्पादनमा संलग्न गराई रासायनिक मल तथा विषादीको प्रयोग न्यूनीकरण गर्दै वातावरणमैत्री कृषि प्रणाली प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको वडा स्तरीय कृषि सञ्जाल बैदामकी अध्यक्ष बिन्दा धरेलले जानकारी दिइन् । पोखरा महानगरपालिकाको प्राविधिक सहयोग तथा वडा कार्यालय… पुरा पढौ

उत्सव र पर्व भन्दा कम छैन पोखरा महोत्सव, पोखरा महोत्सवः विद्यालय स्तरीय लोक नृत्य प्रतियोगिताको उपाधि कास्की मोडनाइज्डलाई

पोखरा, पोखराको अमरसिंह चौरमा जारी पोखरा महोत्सव उत्सव र पर्वकै रुपमा हेरिन थालिएको छ । आयोजक युनाईटेड क्लबले स्थापना कालदेखिनै हरेक पुषको अन्तिम साता देखि माघको पहिलो हप्ता सम्म पोखरा महोत्सवको आयोजना गर्दै आइरहेको छ । एकै समयमा हुने भएकाले पनि दर्शकहरुले पोखरा महोत्सवलाई उत्सव र पर्वकै रुपमा हेरेर पोखरा महोत्सवमा आउने गरेको महोत्सव आयोजक युनाईटेड क्लबका संस्थापक अध्यक्ष हिमालय बख्रेलले जानकारी दिए । पोखरा र आसपासमा आयोजना हुने मेला महोत्सवहरुको निर्धारित समय नहुने कहिले त पोखरा महोत्सव संगै समेत… पुरा पढौ

पोखरामा करिब डेढ करोडको कन्दमुलको कारोबार, ढुंगेसाँघु मेलामा २७ थरीका कन्दमुल प्रदर्शनी (भिडियो सहित)

दीननाथ बराल,पोखरा, १ माघ, पोखरा महानगरपालिका आर्थिक विकास महाशाखाको आयोजनामा विहिबार पोखरा–१७ ढुंगेसाँघुमा आयोजना गरिएको महानगरस्तरीय चौथो बृहत् कन्दमुल प्रदर्शनीमा २७ थरीका कन्दमुल प्रदर्शन गरिएको छ । परम्परागत माघे सङ्क्रान्ति मेला (हार्ट बजार)को अवसरमा आयोजित उक्त कार्यक्रममा पोखराका विभिन्न वडाका कन्दमुल व्यवसायीक किसानले उत्पादन गरेका २७ थरिका कन्दमुल प्रदर्शनी भएको पोखरा महानगरपालिकाका आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरियाले पोखराक्लिकलाई जानकारी दिनुभयो । https://www.youtube.com/watch?v=jdAGZ8XpQY0 माघे सङ्क्रान्तिको अवसरमा पोखरा क्षेत्रमा यस बर्ष करिब डेढ करोड रुपैयाँ बराबरको कन्दमुल कारोबार भएको उहाँले दाबी… पुरा पढौ

पोखरा महोत्सवमा मौलिक खेल छेलो (ठेलो) प्रतियोगिता हुने

पोखरा, पोखराको अमरसिंह खेल मैदानमा जारी १४ औं पोखरा महोत्सवमा परम्परागत मौलिक खेल छेलो÷ठेलो प्रतियोगिताको आयोजना हुने भएको छ । गण्डकी प्रदेशमा लोकप्रिय परम्परागत उक्त खेलको प्रवद्र्धन तथा संरक्षण गर्ने उद्देश्यले उक्त प्रतियोगिताको आयोजना गर्न लागिएको हो । माघ ४ देखि ९ गते सम्म सञ्चालन हुने उक्त प्रतियोगितामा प्रथम हुनेले नगद ४० हजार, द्धितिय हुनेले नगद २५ हजार र तृतीय हुनेले नगद १० हजार प्राप्त गर्ने प्रतियोगिता संयोजक गणेश खड्काले जानकारी दिए । संयोजक खड्काका अनुसार प्रतियोगितामा भाग लिनका लागि… पुरा पढौ

पोखरा महोत्सव सुरु, ५ घण्टासम्म र्याली, भविश्य निर्माणको लागि चुनावमा सहभागि हुन मन्त्री श्रेष्ठको अपिल (भिडियो सहित)

पोखरा, पोखरा अमरसिंह चौरमा १४ औं संस्करणको पोखरा महोत्सव सुरु भएको छ । युनाईटेड क्लब पोखराको आयोजनामा सुरु भएको महोत्सवको नेपाल सरकारका महिला बालवालिका तथा जेष्ठ नागरिक मन्त्री श्रद्धा श्रेष्ठले उद्घाटन गरिन । https://www.youtube.com/watch?v=d1LgQ_r1f9I महोत्सवको उद्घाटन गर्दै मन्त्री श्रद्धा श्रेष्ठले पोखरा महोत्सवको स्थापना कालीन समयमा समेत आफुले सहयोग गरेको स्मरण गर्दै हाल उक्त महोत्सवले पोखराको ब्राण्ड नै बनेको जनाइन् । पोखरा महोत्सवले पोखरा आसपासको कला, संस्कृतिको प्रवद्र्धन र आर्थिक चलायमानमा समेत टेवा पु¥याउने उनको भनाइ रहेको थियो । आफुले पोखरामा… पुरा पढौ

पोखरामा अफ्सिजनमै पर्यटकको उपस्थिति बर्षकै उच्च, १ अर्बको कारोवार, होटल ९० प्रतिशत भरिए, सडकपेटी व्यवसायीदेखि होमस्टे संचालकसम्म उत्साहित (भिडियो सहित)

दीननाथ बराल,पोखरा, १७ पुस अंग्रेजी नयाँ वर्ष र २७ औँ पोखरा सडक महोत्सवको अवसरमा पोखरा यस वर्ष अफसिजनमै पर्यटकले भरिएको शहर बन्न पुग्यो । पर्यटनको सिजन अक्टुवर नोवेम्बर भन्दा ५ दिने पोखरा सडक महोत्सवमा पोखरामा धेरै पर्यटकहरु भित्रिएका छन भने उनीहरुले यस क्षेत्रमा करोडौं खर्च गरेका छन् । नियमित रुपमा पुस–माघमा पर्यटक कम हुने मौसममा पनि हो तर यसपाली पोखराका पर्यटकीय स्तरका होटल अकुपेन्सी ९० प्रतिशत पुगेको व्यवसायीहरू बताउँछन् । होटलहरू मात्र होइन, कास्कीका गाउँ–घरका होमस्टेदेखि लेखनाथ, भुजुङ, सिरुबारी र… पुरा पढौ