कृषि

सहकारी पिडितहरुको पोखरामा सडक आन्दोलन सुरुः फरार अभियुक्त पक्राउ गर अन्यथा राज्यकोषबाट हाम्रो पैसा फिर्ता गरः(भिडियो) सहित

कास्कीका सहकारी पिडितहरुले फरार अभियुक्तलाई तत्काल पक्राउ गर्न माग गर्दै अन्यथा राज्यकोषबाट आफ्नो रकम फिर्ता गर्नुपर्ने भनाई राखेका छन्। कास्कीका सहकारी पिडितहरु सोमबार आन्दोलित हुदै पोखराको सडकमा बिरोध प्रर्दशन गरी उक्त माग गर्नु भएको हो । सहकारी पिडित तारापति सुवेदीले सहकारी ठगीमा अराोपितहरुलाई राज्यले आफुहरु सामु ल्याए त्यसको आवश्यक कार्वाही गर्ने चेतावनी दिनु भयो । गरिब र जनताको नाम लिने केही नेताहरुले हाल जनताको रकम लुट्ने उपर आउदो चुनावमा भोट होइन भौतिक आक्रमण गर्ने चेतावनी दिनु भयो । अर्को सहकारी… पुरा पढौ

पोखराका ५० वटा छाडाचौपाय गौशालामा व्यब्स्थापन गरियो, छाडाचौपाय छाड्ने उपर कार्वाही हुने

दीननाथ बराल, पोखरा ७, वैशाख, पोखरा महानगर क्षेत्रका ५० वटा छाडा पशुचौपायहरु गौशालामा व्यबस्थापन गरिएको छ । पोखरा महानगरपालिकाले पोखराका मुख्य चोक देखि पोखरा क्षेत्रका सडकमा बेवारिसे अवस्थामा रहेका ५० बढी छाडापशुचौपायहरु राष्ट्रिय परोपकार महासङ्घको व्यवस्थापनमा पोखरा महानगरपालिका वडा नं.१४ बाच्छिबुडुवा (वात्सायन क्षेत्र) मा सञ्चालित पुष्करिणी परोपकार गोकुल धाममा व्यबस्थापन गरिएको पोखराका मेयर धनराज आचार्यले बताउनु भयो । महानगरको बगर, चिप्लेढुंगा, महेन्द्रपुल, पृथ्वीचोक, सृजनाचोक, जिरो, छोरेपाटन, विरौटा, लेखनाथ लगायतका क्षेत्रमा रहेका ५० बढी छाडा गाई गोरु र बाच्छाबाच्छीहरुलाई महानगरिय प्रहरीको… पुरा पढौ

आलु महोत्सवमा ४ करोडको कारोवार

१२ औं संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सव पोखरा क्षेत्रका अग्रज कृषकलाई सम्मान गर्दै बुधवार सकिएको छ ।त्यस अवसरमा आलुको प्रदर्शनीमा उत्कृष्ठता हासिल गर्ने कृषक भीममाया नेपाली, एकबहादुर कार्की, पार्वती बाँनियाँ, हरीमाया रोका तथा कृषि अधिकृत चन्द्रकान्त तिमिल्सीनालाई नगद सहित सम्मान गरिएको हो । कृषक सम्मान गर्दै पोखरा महानगरपालिका प्रवक्ता समेत रहेका पोखरा २५ का वडाध्यक्ष मोतिलाल तिमिल्सीनाले महोत्सवमा महानगरको साथ रहेको स्पष्ट पार्दै नगर परिषद्ले महोत्सव व्यवस्थानका लागि रु।१० लाख सहयोग गर्ने निर्णय गरेको जानकारी दिए।उनले आलु महोत्सव किसानको चाड… पुरा पढौ

३० लाखको आलु बिक्री

१२ औं राष्ट्रिय हेमजा आलु महोत्सवमा मंगलवारसम्म रु।३० लाखको आलु बिक्री भएको छ ।यही चैत २५ गतेदेखि सुरु महोत्सवमा प्रतिकेजी रु।४० मा आलुको कारोवार भइरहेको छ । मंगलवार सम्म ७० हजार दर्शक बढीले महोत्सव अवलोकन गरेकोमा कुल ३ हजार २ सय १५ घरपरिवारले आलु खरिद गरी लगेको कृषि उपज व्यवस्थापन उपसमितिका संयोजक जयराम तिम्सिनाले जानकारी दिए । उनले कास्की, स्याङजा, चितवन, बुटबल, बाग्लुङ, तनहुँ लगायत काठमाण्डौबाट समेत मानिसहरु आलु खरिद गर्न आएको पनि सुनाए।जसअनुसार हालसम्म प्रति घरपरिवारले न्यूनत्तम ५ किलोग्रामदेखि… पुरा पढौ

आलुको पहाडसँगै सेल्फीको मञ्जा

१२ औं राष्ट्रिय हेमजा आलु महोत्सव अन्त्यतिर आइरहदाँ त्यहाँ आलुको पहाडसँग तस्विर खिचाउनेहरुको बाक्लो उपस्थिती देखिन्छ । कतिपय सेल्फीमा रमाएको भेटिन्छ भने कतिपयलाई आलुको पहाडसँग माया साट्दै तस्विर कैद गर्न भ्याइनभ्याई छ । यतिसम्मकी महोत्सवमा पुग्ने प्राय सबैले पहाडसँगै आ आफ्नो तस्विर खिच्ने गरेका छन् र सामाजिक संजालमा राख्ने पनि ।चैत २५ गतेबाट सुरु महोत्सव यहि वैशाख ५ गतेसम्म चल्नेछ ।यतिवेला महोत्सवको मुख्य आकर्षणका रुपमा आलुको पहाडसँग तस्विर खिच्ने कार्य हुन पुगेको छ । तस्विर खिच्न बुढा, पाका देखि अनुज… पुरा पढौ

आलु महोत्सवमा २२ लाख आलुको कारोबार

हेमजा, १ बैशाख १२ औं राष्ट्रिय हेमजा आलु महोत्सवमा दिनप्रतिदिन आलुको कारोबार बढ्दै गएको छ । महोत्सव मध्येतिर आइरहदाँ दर्शक सहभागिताको साथमा आलुको कारोबार बढ्दै गएको हो । महोत्सवको सातौँ दिन बुधबारसम्म २२ लाख आलुको कारोबार भएको छ । २ हजार ११९ घरपरिवार मानिसले आलु किनी लगेको कृषि उपज व्यवस्थापन समितिका संयोजक जयराम तिम्सिनाले जानकारी दिनुभयो। बागलुङ, स्याङजा, चितवन, तनहुँ लगायतका जिल्लाबाट समेत मानिस महोत्सवमा आई आलु किनी लगेको र हालसम्म न्यूनत्तम १० तथा अधिकत्तम ३ सय केजीसम्म प्रति परिवारले… पुरा पढौ

आलु महोत्सवमा पशुबाली स्वास्थ्य शिविर

पोखरा, ३० चैत , १२ औं राष्ट्रिय हेमजा आलु महोत्सव अन्तर्गत शुक्रवार बाली तथा पशु स्वास्थ्य शिविर भएको छ । कृषि अनुसन्धान निर्देशनालय लुम्लेको आयोजनामा भएको उक्त शिविरका बीच कुल १ सय ४० जना किसानले आ–आफ्ना पशुवालीका समस्या प्रस्तुत गरे ।त्यस अवसरमा पशु स्वास्थ्यतर्फ दुध र गोवरको परीक्षण गरिनुका साथै विभिन्न वालीमा लाग्ने रोगका निदान बारे विशेषज्ञसँग प्रत्यक्ष अन्तरक्रिया भयो । त्यस क्रममा अधिकाशं पशुको गोवरमा माटे, नाम्ले, गोलो जुका लगायतका परजीविका अण्डाहरु भटिए ।त्यस्तै थुनेलो रोगका बारेमा प्रारम्भिक परीक्षण… पुरा पढौ

आलु महोत्सवमा विज्ञ–कृषक बिच अन्तरक्रिया, माटोलाई स्वास्थ्य राख्न सके बढी उत्पादन हुने

पोखरा, २९ चैत, माटोलाई स्वास्थ्य राखे त्यसबाट बढी उत्पादन लिन सकिने विहिबार आलु महोत्सवमा चर्चा गरिएको छ । पोखरामा जारी १२ औं राष्ट्रिय हेमजा आलु महोत्सव अन्तर्गत बिहीवार भएको माटो तथा बाली संरक्षण विषयक अन्तरक्रियाका बीच उक्त कुरामा विज्ञहरुले जोड दिएका हुन्। कृषि अनुसन्धान निर्देशनालय लुम्लेको आयोजनामा भएको उक्त अन्तरक्रियामा धारणा राख्दै राष्ट्रिय माटो विज्ञान अनुसन्धान केन्द्रका प्रमुख, वरिष्ठ वैज्ञानिक डा।श्रीप्रसाद विष्टले माटोलाई जीवित राख्न त्यसमा रासायनिक नभई जैविक मलको उचित प्रयोग गर्नुपर्ने औँल्याए । साच्चै सफल रुपमा कृषि कर्म… पुरा पढौ

पोखरामा भोलि देखि फेवा महोत्सव सुरु हुने

पोखरा, २८ चैत, नेपाली नयाँ बर्षका अवसरमा भोलि (विहिबार) देखि पोखराको फेवा किनारमा १९ औं संस्करणको फेवा नव बर्ष महोत्सव २०८१ सुरु हुने भएको छ । उक्त महोत्सवमा नेपाली रैथाने खाना महोत्सव समेत समावेश गरिने भएको होटल संघ पोखरा नेपालका महासचिव एवं फेवा महोत्सवका प्रचार संयोजक राजेन्द्र ढकालले जानकारी दिनु भयो । तीन चल्ने महोत्सव आगामी बैशाख १ गतेसम्म संचालन हुने छ । होटल संघ नेपाल केन्द्रको सहयोग र सेफ एसोसियसन अफ नेपालको सहकार्यमा पोखरा ६ गौरीघाट स्थित होटल ग्लेसियर… पुरा पढौ

महोत्सवमा आलु किन्ने बढे

२ औं राष्ट्रिय हेमजा आलु महोत्सव मध्येतिर आइरहदाँ आलु किन्नेहरुको सख्यामा हवात्तै बृद्धि भएको छ । बुधवारसम्म करिव २० हजारले महोत्सव अवलोकन गरेकोमा ९ सय १० घरपरिवारले आलु किनी लगेको कृषि उपज व्यवस्थापन उपसमितिका संयोजक जयराम तिम्सिनाले जानकारी दिए ।जसमध्ये प्रति घरपरिवारले सबैभन्दा कम १० देखि बढीमा ३ सय केजीसम्म आलु किनी लगेको तिम्सिनाको भनाई छ। हेमजाको आलु बढी स्वास्थ्यकर मानिने, छिटो पाक्ने तथा खानमा पनि मिठो हुने भएकाले अधिकाशं उपभोक्ताको रोजाईमा पर्दै आएको बुधवार महोत्सव स्थलमा आलु खरिद गर्दै… पुरा पढौ

This will close in 20 seconds