![](https://pokharaclick.com/wp-content/uploads/2024/05/445066808_10221311582373817_3443835207355925202_n-1024x711.jpg)
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभाको आज (सोमबार) को बैठकबाट विश्वासको मत प्राप्त गर्नु भएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कागेंस सहितका दलहरुको विरोधका बाबजुत प्रधानमन्त्री प्रचण्डले राख्नु भएको विश्वासको मत प्रतिनिधि सभाको बहुमतले पारित गरेको हो ।
विश्वासको मतको प्रस्तावको पक्षमा १५७ मत परेको थियो भने विपक्षमा शुन्य र मत दिन्न भन्ने पक्षमा जम्मा १ मत परेको थियो । विश्वासको मतको प्रस्तावमाथि प्रमुख प्रतिपक्ष कांग्रेस लगायतका केही प्रतिपक्षदलका सांसदहरुले भने मतदान गर्नु भएन ।
प्रस्तावको पक्षमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा एकीकृत समाजवादी र हालै विभाजित भएर गठित जनता समाजवादी पार्टी, जनमत पार्टी र केही स्वतन्त्र सांसदहरुले समर्थन जनाउनु भएको थियो ।
मतदानमा १५८ सांसदहरुले भाग लिनु भएको थियो । वेलसम्म पुगेका विपक्षी दलहरुलाई मर्यादापालकले चारैतिरबाट घेरेर राख्नु भएको थियो। विपक्षी दलहरुले वेल घेरेका कारण प्रधानमन्त्री प्रचण्ड भिड छिचोल्दै रोष्टमसम्म पुग्नु भएको थियो। रोष्टमबाट प्रधानमन्त्री प्रचण्डले आक्रोश व्यक्त गर्दै कांग्रेसको यो गतिविधिले कलंकको रुपमा स्थापित हुने दाबी गर्नु भयो ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस लगायतका प्रतिपक्षी दलहरूले उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले सहकारीको रकम हिनामिना गरेको भन्दै संसदीय समिति गठनको माग राख्दै संसद्को बैठक अवरुद्ध गर्दै आउनु भएको छ ।