कृषि

महाशिवरात्रि पर्वको अवसरमा पोखरामा उखु भित्रियो

दीननाथ बराल महाशिवरात्रि पर्वको अवसरमा पोखरामा उखु भित्रिएको छ । यस बर्ष पोखरामा गण्डकी प्रदेशका २ जिल्लाबाट उखु भित्रिएको हो । प्रदेशको गोर्खा र तनहुँबाट मात्र उखु महाशिवरात्रि पर्वलाई लक्षित गरी उखु भित्रिएको व्यवसायीहरु बताउछन् । यही फागुन २५ गते (शुक्रबार) महाशिव रात्रि पर्वलाई लक्षित गरी गोर्खाको च्याङलीङबाट धेरै मात्रामा र तनहुँको दामौलीबाट केही मात्रामा पोखरामा केही दिन देखि उखु भित्रिएको पोखरा शान्तिवन वाटिकामा रहेको कृषि उपज बजार व्याबस्थापन समितिका योजना सहायक रुपा दाहालले बताइन् । कालोजातको उखु खानको लागि… पुरा पढौ

व्यवसायिक किसानलाई कृषि सामाग्री वितरण

फागुन ९ , पोखरा, पोखरा महानगरपालिका वडा नं। ७ ले आफ्नो वडा भित्र रहेका व्यवसायिक कृषकलाई कृषि सामाग्री वितरण गरेको छ । वडामा रहेका व्यवसायिक कृषकहरुको फार्मलाई अनुगमन गरि उत्पादन र क्रियाशिलताका आधारमा कृषि सामाग्री वितरण गरिएको वडा सदस्य विष्णुमणी बरालले जानकारी दिनुभयो । वितरण कार्यक्रममा बोल्दै पोखरा ७ का वडा अध्यक्ष राम मोहन आचार्यले वडा भित्र रहेका व्यवासायिक किसानहरुको व्यवासायीक सफलता र प्रोत्साहनका लागि सामाग्री वितरण गरेको बताउनु भयो । वडा नं। ७ लाई दुध तथा तरकारीमा आत्मानिर्भर बनाउन… पुरा पढौ

पोखरा–१४ मा स्थानीय महोत्सव सम्पन्न

पोखरा महानगरपालिका–१४ छिनेडाँडामा आयोजित प्रथम स्थानीय महोत्सव सम्पन्न भएको छ । पोखरा महानगरपालिका–१४ वडा कार्यालयको आयोजनामा ‘कृषि, पर्यटन, स्थानीय व्यवसायको प्रवद्र्धन’ भन्ने मुल नारासहित प्रथम स्थानीय महोत्सव सम्पन्न भएको हो । महोत्सवको समापन समारोहलाई सम्बोधन गर्दै केसी ग्रुपका सञ्चालक एवम् व्यवसायी किरण केसीले महोत्सवले स्थानीय उत्पादनलाई बजारीकरण र व्यवसायीकरण गर्न मद्धत पुग्ने बताए । ‘मेला महोत्सवलाई हामीले मनोरञ्जनको लागि मात्र बुझ्ने गरेका छौं, स्थानीय उत्पादनको बजारीकरण र व्यवसायीकरणको लागि महोत्सवले महत्वपूर्ण मद्धत गर्छ ।’ व्यवसायी केसीले भने । उनले पोखरा… पुरा पढौ

असफलताको पाठः बंगुर पालनबाट घाटा व्यहोरेकाहरु

पोखरा ७, फागुन नेपाली सेनाको जागिरले जिन्दगी ठिकठाक चल्दैथ्यो । देश १० वर्षे सशस्त्र द्वन्द्वको भूमरीमा फस्यो । हुँदाखादाको जागिर छाडेर स्याङजा वालिङका भीम लुंइँटेले जहाज चढेर दुवई ओर्ले । एकातिर कमाइ कम अर्कोतिर युद्वको रापतापमा जेलिएको देशमा ज्यान जोगाउन मुस्किल ठानेर भीमले वैदेशिक रोजगारको बाटो रोजेका थिए । उनले दुवईमा काम गर्ने कम्पनी भर्खर खुलेको थियो । टिनको टहरा बनाएर सुरु भएको कम्पनिको भित्तामा तस्बिर थियो, ‘टहरको माथिबाट कम्पनीको नामको जहाज उडेको ।’ तस्बिरले बोकेको लक्ष्य थियो, ‘भविष्यमा कम्प्नीको… पुरा पढौ

अफ्रिकन स्वाइन फिभर रोगबाट कास्की सहित गण्डकी प्रदेशमा १६ हजार ५ सय बंगुर÷सुंगुर मरे

दीननाथ बराल, सर्तक रहन तत्काल धेरै सङख्यामा बंगुर उत्पादन नगर्न सुझाव कास्की सहित गण्डकी प्रदेशमा करिब साँढे दुई बर्षको अवधिमा १६ हजार ५ सय ५४ वटा बंगुर तथा संगुर मरेका छन् । अफ्रिकन स्वाइन फिभर रोगका कारण प्रदेशमा उक्त संख्यामा बंगुर मरेको गण्डकी प्रदेशको पशुपालन तथा मत्स्यपालन विकास निर्देशनालय पोखराले सोमबार आयोजना गरेको बंगुर÷सुंंगुरमा लाग्ने अफ्रिकन स्वाइन फिभर रोग सम्बन्धि मिडिया ब्रिफिङ कार्यक्रममा उक्त सत्थाङक सार्वजनिक गरिएको हो । यस अवधिमा कास्की जिल्लामा मात्र १५ हजार ३ सय ८८ वटा… पुरा पढौ

भावना बनिन् कौसी क्विन पोखरा

भावना रानाभाटले कौसी क्विन पोखरा २०८० को उपाधि जितेकी छिन् । हालै पोखरामा सम्पन्न अन्तिम प्रतिस्पर्धामा उनले १८ जना प्रतिष्पर्धीहरुलाई पछि पार्दै पोखरा ६ कि कौसी कृषक रानाभाटले कौसी क्विन प्रतियोगिता २०८० को उपाधि जितेकी हुन् । विजेता रानाभाट वडा स्तरीय कृषि सञ्जाल पोखरामा ६ मा आबद्ध छिन् । उनले उपाधिसँगै नगर रु।१५ हजार, ट्रफी, कौसी क्विनको ताज, कप र प्रमाण पत्र समेत हात पारिन । प्रतियोगितामा पोखरा ७ की हरि कुमारी श्रेष्ठ उपविजेता भएकी छिन् । यस्तै पोखरा ८… पुरा पढौ

स्थानीय महोत्सव गर्दै पोखरा १४ , स्थानीय उत्पादनलाई प्राथमिकताः वडाध्यक्ष कार्की

पोखरा २४, माघ पोखरा महानगरपालिका १४ नम्बर वडा कार्यालयले महानगरपालिकामै पहिलो पटक स्थानीय महोत्सवको आयोजना गर्ने भएको छ । आगामी फागुन ६ र ७ गते स्थानीय स्तरमा उत्पादित कृषिजन्य उपज तथा मौलिक कला संस्कृतिको संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यसहित महोत्सव आयोजना गर्न लागिएको पक्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो । पोखरा महानगरपालिका–१४ छिनडाँडा स्थित शुक्रराज बलभद्र माविको खेलमैदानमा आयोजना हुने महोत्सवमा निशुल्क स्टलको व्यवस्था गरिने वडाध्यक्ष बोध बहादुर कार्कीले जानकारी दिए । उनले स्थानीय व्यवसायीहरुको व्यवसाय प्रवद्र्धन, स्थानीय मौलिक कला संस्कृतिको… पुरा पढौ

नेपाल भू.पू. खेलाडी मञ्चका कोषाध्यक्ष पौडेललाई पितृ शोक

पोखरा १७, माघ नेपाल भूतपूर्व खेलाडी मञ्चका कोषाध्यक्ष, गण्डकी प्रदेश फेन्सिङ संघका कार्यसमिति सदस्य, कृषि विकास बैंक प्रादेशिक कार्यालय गण्डकीका बरिष्ठ शाखा प्रमुखबाट हालै निवृत्त हुनु भएका महेश पौडेललाई पितृ शोक परेको छ । पोखरा २० भलाम ¥यालेचौर निवासि उहाँका पिता गोबिन्दप्रसाद पौडलको मंगलबार बिहान करिब १ः३० बजे ७३ वर्षको उमेरमा निधन भएको पारिवारीक श्रोतले जनाएको छ । उहाँ लामो समय देखि विरामी हुनुहुन्थ्यो । भलामको महेन्द्र माविमा शिक्षण पेशाबाट अवकाश भए पनि विद्यालय ब्यवस्थापन समितिको सदस्य, सोही विद्यालयमा भवन… पुरा पढौ

मकै लिनेको भिडः

पर्साको बिरगंजमा हरियो मकै लिनेको भिडभाड भएको छ । अफ्सिजनमा भारतबाट आयात गरिएको हरियो मकै साना व्यपारीहरुले खरिद गर्न भिडभाड भएको हो । प्रति घोगा मकैको १० रुपैया पर्ने भए पनि त्यसबाट साना खुद्रा तथा सडक व्यापारीहरुले पोलेर तथा अन्य परिकार बनाउदै तीन गुणा बढीमा बिक्रि गर्दै आएका छन्। तष्विर दीननाथ बराल÷बिरगंज पुरा पढौ

सेती नदीमा पर्यटकीय गन्तब्य झोलुङगे पुल निर्माणमा महानगरले यूनाइटेड संग सहकार्य गर्ने

पोखरा ९, माघ पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले यती एयरलायन्सको जहाज दुर्घना भएको क्षेत्रमा पोखरा महानगरबाट निर्माण हुन लागेको झोलुंगे पुलमा यूनाइटेड क्लब संग सहकार्य गर्ने बताएका छन । बाह्रौं पोखरा महोत्सवको समापन समारोहमा बोल्दै मेयर आचार्यले अघिल्लो वर्ष पोखरा महोत्सव सञ्चालन भइरहदा माघ १ गते पोखराको सेती खोँचमा यती एयरलायन्सको जहाज दुुर्घटनालाई स्मरण गर्दै महानगरले उक्त क्षेत्रमा स्मृति स्तम्भ निर्माण गसिकेको र उक्त ठाउमा पोखरा महानगरले जहाज दुर्घटना स्थललाई पर्यटकीय गन्तब्य बनाउने गरि झोलुंगेपुल निर्माण गर्ने र उक्त काममा… पुरा पढौ

This will close in 20 seconds