
पोखरा, २८ चैत,
नेपाली नयाँ बर्षका अवसरमा भोलि (विहिबार) देखि पोखराको फेवा किनारमा १९ औं संस्करणको फेवा नव बर्ष महोत्सव २०८१ सुरु हुने भएको छ । उक्त महोत्सवमा नेपाली रैथाने खाना महोत्सव समेत समावेश गरिने भएको होटल संघ पोखरा नेपालका महासचिव एवं फेवा महोत्सवका प्रचार संयोजक राजेन्द्र ढकालले जानकारी दिनु भयो । तीन चल्ने महोत्सव आगामी बैशाख १ गतेसम्म संचालन हुने छ ।

होटल संघ नेपाल केन्द्रको सहयोग र सेफ एसोसियसन अफ नेपालको सहकार्यमा पोखरा ६ गौरीघाट स्थित होटल ग्लेसियर एण्ड स्पामा गण्डकी प्रदेशस्तरीय खाना महोत्सव आयोजना गर्न लागिएको महोत्सवमा गण्डकी प्रदेशमा रहेका विभिन्न रैथाने खानाहरुलाई समावेश गरिने उहाँले जनाउनु भयो ।

महोत्सवले स्थानीय खानाको अन्तराष्ट्रिय बजारिकरणमा समेत सहयोग पुग्ने महासचिव ढकालको बुझाई छ । फेवा नव बर्ष महोत्सव ड्यामसाइडचोकदेखी खहरेचोकसम्म (३.५ कि.मि.) क्षेत्रमा विभिन्न साँस्कृतिक कार्यक्रम सहित संचालन हुनेछ ।
होटल संघ पोखरा नेपालले आयोजना गर्ने फेवा नव बर्ष महोत्सवको तयारी पुरा भएको संघका अध्यक्ष एवं महोत्सवका संयोजक लक्ष्मण सुवेदीले जानकारी दिनु भयो । पोखराको ड्यामसाइड चोक देखि हल्लनचोक सम्मको सडकमै उक्त महोत्सव आयोजना हुन लागेको हो ।





