पोखरामा भोलि देखि फेवा महोत्सव सुरु हुने

-


     पोखरा क्लिक     
     चैत्र २८ गते २०८० मा प्रकाशित


पोखरा, २८ चैत,

नेपाली नयाँ बर्षका अवसरमा भोलि (विहिबार) देखि पोखराको फेवा किनारमा १९ औं संस्करणको फेवा नव बर्ष महोत्सव २०८१ सुरु हुने भएको छ । उक्त महोत्सवमा नेपाली रैथाने खाना महोत्सव समेत समावेश गरिने भएको होटल संघ पोखरा नेपालका महासचिव एवं फेवा महोत्सवका प्रचार संयोजक राजेन्द्र ढकालले जानकारी दिनु भयो । तीन चल्ने महोत्सव आगामी बैशाख १ गतेसम्म संचालन हुने छ ।

होटल संघ नेपाल केन्द्रको सहयोग र सेफ एसोसियसन अफ नेपालको सहकार्यमा पोखरा ६ गौरीघाट स्थित होटल ग्लेसियर एण्ड स्पामा गण्डकी प्रदेशस्तरीय खाना महोत्सव आयोजना गर्न लागिएको महोत्सवमा गण्डकी प्रदेशमा रहेका विभिन्न रैथाने खानाहरुलाई समावेश गरिने उहाँले जनाउनु भयो ।

महोत्सवले स्थानीय खानाको अन्तराष्ट्रिय बजारिकरणमा समेत सहयोग पुग्ने महासचिव ढकालको बुझाई छ । फेवा नव बर्ष महोत्सव ड्यामसाइडचोकदेखी खहरेचोकसम्म (३.५ कि.मि.) क्षेत्रमा विभिन्न साँस्कृतिक कार्यक्रम सहित संचालन हुनेछ ।

होटल संघ पोखरा नेपालले आयोजना गर्ने फेवा नव बर्ष महोत्सवको तयारी पुरा भएको संघका अध्यक्ष एवं महोत्सवका संयोजक लक्ष्मण सुवेदीले जानकारी दिनु भयो । पोखराको ड्यामसाइड चोक देखि हल्लनचोक सम्मको सडकमै उक्त महोत्सव आयोजना हुन लागेको हो ।



This will close in 20 seconds