कृषि

आउदो बर्षको लागि १८ खर्ब ३० अर्बको बजेट (पूर्ण पाठ सहित)

नेपाल सरकारले आउदो बर्षको लागि १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ । अर्थमन्त्री वर्षमान पुनले संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष (आव०) २०८१÷०८२ का लागि उक्त आकारको बजेट सार्वजनिक गरेका हुन् । प्रस्तुत गरिएको बजेटको पूर्ण पाठ । अर्थमन्त्री वर्षमान पुनले  आर्थिक वर्ष २०८१/८२ को प्रस्तुत बजेट वक्तव्य प्रतिनिधि सभाका सम्माननीय सभामुख महोदय, राष्ट्रिय सभाका सम्माननीय अध्यक्ष महोदय, नेपाल सरकारको अर्थमन्त्रीको हैसियतले आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्न यस सम्मानित सदनमा उपस्थित भएको छु। सर्वप्रथम सत्रौं गणतन्त्र दिवसको… पुरा पढौ

बंगुरको पकेट क्षेत्र पोखरा २७ जलजलेमा पोखरा महानगरद्धारा बंगुरका पाठा वितरण

बंगुरपालनको पकेट क्षेत्र पोखरा २७ जलजलेमा अफ्रिकन स्वाइन फ्लुका कारण बंगुर नष्ट भएपनि पकेट क्षेत्रलाई पुरानै लयमा फर्काउनका लागि पोखरा महानगर कृषि तथा पशु बिकास महाशाखाले पहलकदमी थालेको छ । महाशाखाले बंगुरपालक कृषकहरुलाई लक्षित गरी जलजले बंगुर ब्रिडर कृषक समुहलाई ८० वटा बंगुरका पाठा वितरण गरेको छ । गत वर्ष अफ्रिकन स्वाइन फ्लुबाट ४ हजार बढी वंगुर मरेर क्षती पुगेको जलजले बंगुर ब्रिडर कृषक समुहलाई बंगुरको पाठा वितरण गरेको हो । बंगुर पाठा वितरण कार्यक्रममा वोल्दै पोखरा २७ का कार्यबाहक… पुरा पढौ

पञ्चासेमा प्रदेश प्रमुख, प्रचार प्रसार गर्न सुझाव

गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले ऐतिहासिक धार्मिक पर्यटकीय स्थल पञ्चासे क्षेत्रको अवलोकन भ्रमण गर्नुभएको छ ।पारिस्थितिकीय रूपमा समेत अत्यन्त महत्वपूर्ण क्षेत्र पञ्चासेको यात्रा उहाँले पञ्चासेद्वार भञ्ज्याङदेखि पैदल नै गर्नुभएको हो । गण्डकीका तीन जिल्लाहरु कास्की, स्याङ्जा र पर्वतको संगमस्थल रहेकाले पनि उहाँले निकै उत्साहपूर्ण तबरले पैदलयात्रा गर्नुभयो । पोखरा महानगरपालिका वडा नंंं. २३ का अध्यक्ष रामकाजी गुरुङ, युवा पर्यटन व्यवसायी गोविन्द लामिछानेले सुनाखरी पदमार्ग यात्राका क्रममा सहजीकरण गर्नुभएको थियो । पोखराबाट शुक्रबार पञ्चासेको लागि निस्केको टोलीले पोखरा महानगरपालिका वडा नंं.… पुरा पढौ

प्रधानमन्त्री प्रचण्डद्धारा विश्वासको मत प्राप्त

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभाको आज (सोमबार) को बैठकबाट विश्वासको मत प्राप्त गर्नु भएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कागेंस सहितका दलहरुको विरोधका बाबजुत प्रधानमन्त्री प्रचण्डले राख्नु भएको विश्वासको मत प्रतिनिधि सभाको बहुमतले पारित गरेको हो । विश्वासको मतको प्रस्तावको पक्षमा १५७ मत परेको थियो भने विपक्षमा शुन्य र मत दिन्न भन्ने पक्षमा जम्मा १ मत परेको थियो । विश्वासको मतको प्रस्तावमाथि प्रमुख प्रतिपक्ष कांग्रेस लगायतका केही प्रतिपक्षदलका सांसदहरुले भने मतदान गर्नु भएन । प्रस्तावको पक्षमा नेकपा एमाले, नेकपा… पुरा पढौ

महानगरले कृषि यान्त्रिकरण अभियान अन्र्तगत मिनीटिलर वितरण

पोखरा महानगरपालिकाले कृषि यान्त्रिकरण अभियान अन्तर्गत ५० प्रतिशतको लागत साझेदारीमा पोखरा २८ मा २० वटा मिनिटिलर बितरण गरेको छ । यस्तै एक वडा एक पकेट कार्यक्रम अन्तर्गत मौरी विस्तारका लागि १०० वटा घार तथा २ वटा मह मदानी ५० प्रतिशत लागतमा बितरणमा गरेको छ । पुरा पढौ

नीति तथा कार्यक्रम सार्वजनिक

राष्ट्रपति रामचन्द्र पौडेलले आज सङ्घीय संसद्को संयुक्त बैठकमा नेपाल सरकारको आउदो आर्थिक वर्षको लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको छ । राष्ट्रपति पौडेलले सङ्घीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्नुभएको सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमको पूर्णपाठः सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेललेसङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाईगर्नुभएको सम्बोधन = प्रतिनिधि सभाका सम्माननीय सभामुख,राष्ट्रिय सभाका सम्माननीय अध्यक्ष,सङ्घीय संसद्का माननीय सदस्यहरू, १. सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको राष्ट्रपतिको हैसियतले सम्मानित सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न पाउँदा मलाई खुसी लागेको छ… पुरा पढौ

फेवातालको मुहानबाटै जलकुम्भी झार निकाल्न सुरु

दीननाथ बराल,पोखरा ३०, वैशाख, पोखराको फेवातालको मुहानबाटै जलकुम्भी झार निकाल्न सुरु भएको छ । पोखरा–१८ खपौदी ढल्केबर स्थित फेवातालमा वातावरण संरक्षणका लागि महाअभियान कास्कीको आयोजनामा “वातावरण एवं सम्पदा संरक्षणमा नागरिक खबरादारी“ भन्ने मुल नाराका साथ फेवातालको मुहानबाट जलकुम्भी झार सफाइ अभियान आइतबारबाट सुरु भएको हो । नागरिक महाअभियान कास्कीका संयोजक समेत रहनु भएको राम बहादुर पौडेलको अध्यक्षतामा भएको सफाई अभियानमा सशस्त्र प्रहरी बल कालिका गण मालेपाटन पोखराका गणपति एसपी अरुण पौडेल शर्मा सहितको टोलीले सफाई अभियानको सुरुवात गर्नु भएको हो… पुरा पढौ

पोखरामा पर्यटक बढाउन प्रकृति र संस्कृति महत्वपूर्ण ः मुख्यमन्त्री अधिकारी

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले प्रकृति र संस्कृतिको माध्यमबाट पोखरामा पर्यटकको आगमन बढाउन सकिने बताउनुभएको छ । शनिबार गण्डकी प्रज्ञा–प्रतिष्ठानले आयोजना गरेको तेस्रो वार्षिकोत्सव तथा श्रष्टा सम्मान कार्यक्रममा बोल्दै उहाँले त्यसका लागि साहित्य, संस्कृति र कला मार्फत विश्वभर सन्देश छर्दै गण्डकी प्रदेशलाई चिनाउनुपर्नेमा जोड दिनुभयो । पोखरा पर्यटनको राजधानी घोषणा भएपनि त्यसलाई साकार रुप दिनको लागि धेरैं काम गर्न बाँकी रहेको उहाँले खुलाउनुभयो । ‘पर्यटनको राजधानी घोषणा त भएको छ हामीले गर्नु धेरैं छ, पोखरा कला, संस्कृति र प्रकृतिको राजधानी… पुरा पढौ

गौ सेवाका लागि सञ्चालित महायज्ञमा रु।४६ लाख बचत

राष्ट्रिय परोपकार महासंघ नेपालले सप्ताहव्यापी श्रीमद् भागवत ज्ञान महायज्ञको आयव्यय विवरण सार्वजनिक गरेको छ । महायज्ञमा रु।७० लाख ७ हजार ७६७ दान सङ्कलन भएको महायज्ञ मूल आयोजक समितिका कोषाध्यक्ष कुशकुमार कार्कीले जानकारी दिनुभयो । महायज्ञ सञ्चालनका क्रममा रु।२३ लाख ७२ हजार ७२७ खर्च भएको आयोजकले जनाएको छ । महायज्ञमा रु।४६ लाख ३५ हजार ४० बचत भएको छ । सङ्कलित दान रकममा रु।१ लाख ६६ हजार ६६६ बराबरको चेक नसाटिएको आयोजकले जनाएको छ । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले गोकुलधामलाई पोखराको… पुरा पढौ

जलारी दिदिबहिनी समुहद्वारा उद्घोषण तथा नेतृत्व बिकास तालिम

पोखरा ६ बैदाममा रहेकोे जलारी दिदिबहिनी समुहको आयोजना तथा स्वतन्त्र पत्रकार संघ नेपाल कास्की शाखाको सहयोगमा ३ दिने उद्घोषण, नेतृत्व बिकास तथा माइन्युट लेखन तालीम शनिबारदेखि सुरु भएको छ । कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नं। ६ का वडा अध्यक्ष बिष्णु बहादुर भट्टराईले उद्घाटन गर्दै वडा कार्यलयबाट उपलब्ध सेवा सुबिधालाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको बताए । उनले वडा भित्रका लक्षित बर्गलाई प्राथमिकता दिई विभिन्न तालिम दिनुका साथै आय आर्जनमा जोड्ने किसिमका तालीम दिइने बताए । पोखरा ६ की… पुरा पढौ

This will close in 20 seconds