कास्कीको माछापुच्छ्रे गाउँपालिकाको बजेट ६५ करोड ६५ लाख

-


     पोखरा क्लिक     
     असार १० गते २०८१ मा प्रकाशित


पोखरा १०, असार

कास्कीको माछापुच्छ्रे गाउँपालिकाले आर्थिक वर्ष २०८१÷०८२ को लागि रु. ६५ करोड ६५ लाख २५ हजार ५ सय को बजेट ल्याएको छ । माछापुच्छ्रे गाउँपालिकाको १५ औं गाउँसभामा सोमबार उपाध्यक्ष सिता अधिकारीले उक्त बजेट प्रस्ताव गर्नु भएको हो ।

यस अघि पालिकाका अध्यक्ष मिन प्रसाद गुरुङले आउदो बर्षको नीति तथा कार्यक्रम प्रस्तुतः गर्नु भएको थियो ।

बजेटको पूर्णपाठ सहित ।

माछापुच्छ्रे गाउँपालिका, लाहाचोक, कास्की

बजेट वक्तव्य

आर्थिक वर्ष 208१।08२

सभाध्यक्ष ज्यू,

गाउँसभा सदस्य ज्यूहरु,

     आज हामी यस माछापुच्छ्रे गाउँपालिकाको आगामी आर्थिक वर्ष 208१।08२ को वार्षिक बजेट तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा यस गरिमामय सभामा उपस्थित भईरहेका छौँ। यस सम्मानित गाउँसभामा उपस्थित रहनुहुने आदरणीय सभाध्यक्षज्यू, सभाका सदस्यज्यूहरु, सभाका सचिवज्यू, कर्मचारी तथा संचारकर्मीहरु लगायत यहाँ उपस्थित सम्पूर्णमा स्वागत गर्न चाहन्छु । संघीयता कार्यान्वयनपछि सम्पन्न भएको दोस्रो स्थानीय निर्वाचन पछिको तेस्रो वर्षमा हामी यो बजेट तथा कार्यक्रम प्रस्तुत गर्न गईरहेका छौँ । यसै क्रममा संघीय शासन व्यवस्थाका लागि संघर्षरत रहँदा आफ्नो जीवन उत्सर्ग गर्नुहुने सम्पूर्ण ज्ञात, अज्ञात वीर सहिदहरु प्रति हार्दिक श्रद्धान्जली अर्पण गर्दछु ।

     चालु वर्षमा गाउँसभा संचालनको निर्धारित समय सिमा भित्र नै माछापुच्छ्रे गाउँपालिकाको बजेट तथा कार्यक्रम प्रस्तुत गर्न पाउँदा निकै खुशी लागेको छ। यस सुखद परिवेशमा गाउँ सभा संचालनका लागि एकतावद्ध रहदै सहयोग गर्नुहुने सभाका सदस्यज्यूहरु, राजनैतिक दलका प्रतिनिधिज्यूहरु, लगायत संबद्ध सबैमा हार्दिक आभार प्रकट गर्दै यसको कार्यान्वयनमा पनि सदैव साथ र सहयोगको पूर्ण अपेक्षा गर्दछु।

सभाध्यक्ष ज्यू,

चालु आर्थिक वर्ष 20८१।08२ को हाल सम्मको आय र व्ययको संक्षिप्त विवरण प्रस्तुत गर्न अनुमति चाहन्छु ।

  1. चालु आर्थिक वर्ष 20८०।08१ को असार ९ गते सम्मको कूल बजेट रु 6६ करोड ७३ लाख ६0 हजार ९ सय ९६ रुपैंया ७६ पैसा रहेकोमा वास्तविक आय रु 5० करोड २४ लाख ६० हजार ३ सय ४२ रुपैया १८ पैसा रहेको छ । जुन अनुमानित आयको ७५.२५ प्रतिशत हुन आउँछ ।सो मध्ये चालु खर्च ६५.०९ प्रतिशत र पूँजीगत खर्च ५६.३६ प्रतिशत गरि समग्रमा ६२.१८ प्रतिशत प्रगति हासिल भएको छ ।
  2.  आर्थिक बर्ष २०८०।०८१ को संघ सशर्त अनुदान चालु तर्फ रू २५ करोड ७१ लाख अनुमान गरिएकोमा चालु आ.व. को हाल सम्ममा रु. २४ करोड ४९ लाख २३ हजार आम्दानी भएको छ । त्यसैगरी संघीय सरकार सशर्त अनुदान पुँजीगत तर्फ रु. ८१ लाख अनुमान गरिएकोमा ४३ लाख ८५ हजार मात्र आम्दानी भएको छ ।

३. त्यसैगरी आ.व. २०८०।०८१ को हालसम्ममा प्रदेश सरकारबाट समपुरक अनुदान तर्फ 1 करोड ६५ लाख मध्ये  ७३ लाख ०३ हजार ५ सय ५८ रुपैंया आम्दानी भएको छ ।

४. संघीय सरकार समानिकरण अनुदान शिर्षकमा रु. ९ करोड ४७ लाख रुपैंया मध्ये रु. ७ करोड १ लाख ८२ हजार १ सय ७० रुपैंया आम्दानी भएको छ ।

५. संघीय सरकार र प्रदेश सरकारबाट हस्तान्‍तरण हुने वित्तीय समानीकरण अनुदान र राजश्व बाँडफाँट बाट प्राप्त हुने रकम सबै प्राप्त नहुने अवस्था भएकोले सो स्रोतमा विनियोजित योजना तथा कार्यक्रमहरु प्रभावित हुन सक्ने देखिन्छ ।

अब म आर्थिक बर्ष २०८०।०८१ को क्षेत्रगत बजेट तथा यथार्थ खर्च विवरण पेश गर्न चाहन्छु।

आर्थिक विकास क्षेत्र :

आर्थिक बिकास क्षेत्र अन्तर्गत कृषि, पर्यटन, सहकारी, जलश्रोत, पशुपन्छी विकास र भुमि व्यवस्थाका क्षेत्रमा आर्थिक बर्ष २०८०।०८१ मा रु. ५ करोड ५२ लाख ०९ हजार ५ सय  विनियोजन गरिएकोमा हालसम्म रु. २ करोड ८३ लाख 2६ हजार 1 सय ३३ मात्र खर्च भएको छ। जुन विनियोजित रकमको ५१.१३% हुन आउँछ ।

पुर्बाधार विकास क्षेत्रः

पुर्वाधार विकास क्षेत्र अन्तर्गतका उपक्षेत्रहरु. सडक पूर्वाधार, भवन तथा सहरी विकास, उर्जा, बिज्ञान तथा प्रबिधिमा आर्थिक बर्ष २०८०।०८१ मा रु. १४ करोड ३७ लाख ४ सय 6० रुपैंया मात्र विनियोजन गरिएकोमा आ.व. २०८०।०८१ को हालसम्ममा रु. ८ करोड ५४ लाख ३८ हजार ९ सय ०१ रुपैंया मात्र खर्च भएको छ ।जुन विनियोजित बजेटको ५९.४६ प्रतिशत हुन आउँछ ।

सामाजिक विकास तर्फः

सामाजिक विकास क्षेत्र अन्तर्गतका विषयहरु जस्तै सामाजिक सुरक्षा तथा संरक्षण शिक्षा, स्वास्थ्य, खानेपानी तथा सरसफाई, लैंगिक समानता तथा सामाजिक समावेशिकरण, भाषा तथा संस्कृति, युवा तथा खेलकुदमा आर्थिक बर्ष २०८०।०८१ का लागि रु. ३२ करोड ७३ लाख 8३ हजार २ सय विनियोजन गरिएकोमा आ.व. २०८०।०८१ को हालसम्ममा रु. २२ करोड ५२ लाख ६९ हजार ९ सय ४३ रुपैंया ६४ पैसा मात्र खर्च भएको छ ।जुन विनियोजित बजेटको ६८.८१ प्रतिशत हुन आउँछ ।

सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रः

आर्थिक वर्ष २०८०।०८१ मा सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रमा रु. 2 करोड ४९ लाख ५० हजार विनियोजन गरिएकोमा आ.व. २०८०।०८१ को हालसम्ममा रु. 77 लाख ६१ हजार २ सय ४१ रुपैंया मात्र खर्च भएको छ ।जुन विनियोजित बजेटको ३१.११ प्रतिशत हुन आउँछ ।

कार्यालय सञ्‍चालन तथा प्रशासनिक क्षेत्र

आर्थिक बर्ष २०८०।०८१ मा कार्यालय संचालन तथा प्रशासनिक क्षेत्रमा रु. ११ करोड ६१ लाख 1७ हजार ८ सय ३६ रुपैंया ७६ पैसा विनियोजन गरिएकोमा आ.ब २०८०।०८१ को हालसम्ममा रु. ६ करोड ८२ लाख, २ हजार ९ सय ७४ रुपैंया ४८ पैसा खर्च भएको छ। जुन विनियोजित बजेटको ५८.७४ प्रतिशत हुन आउँछ ।

सभाध्यक्ष ज्यू,

सभाका सदस्यज्यूहरु,

अव म आगामी आर्थिक वर्ष 208१।08२ को बजेटको सोच, लक्ष्य, उद्देश्य,  अपेक्षित उपलब्धी र बजेट तथा बजेटका स्रोतहरुको अनुमान पेश गर्न अनुमति चाहन्छु ।

बजेटको सोच, लक्ष्य, उद्देश्य र अपेक्षित उपलब्धीः

  • सोचः

“पर्यटन, कृषि, उर्जा र गुणस्तरीय पूर्वाधारः समुन्नत माछापुच्छ्रे निर्माणको मुल आधार”

  • लक्ष्यः

“उत्पादनशिल रोजगारी, मर्यादित जीवन, समावेशी र सुशासनयुक्त गाउँपालिका”

  • उद्देश्यहरुः
  • उत्पादन, रोजगारी र आयआर्जनका अबसर प्रबर्द्धन गर्नु,
  • सांस्कृतिक तथा पर्यटकिय गन्तव्यको रुपमा विकास गर्नु,
  • गुणस्तरिय स्वास्थ्य, शिक्षा र सभ्य समाजको आधार तयार गर्नु,
  • बसोबास, भौतिक सुबिधा तथा अन्तरआबद्धता सहज, व्यवस्थित र उत्थानशिल बनाउनु,
  • वन, जलाधार एबं जैबिक विविधताको संरक्षण, गुणस्तर तथा दीगो प्रयोगमा अभिबृद्धि गर्नु,
  • विकास पूर्वाधारलाई विपद प्रतिरोधी तथा सामाजिक एवं संस्थागत जीवनलाई उत्थानशिल बनाउनु,
  • स्थानीय सेवा विकास उपलब्धिलाई समाबेशी, सहज, प्रभाबकारी र जबाफदेही बनाउनु,
  • सार्वजनिक निजी साझेदारीमा जोड दिई विकासमा सबै पक्षलाई संलग्न गराउनु ।
  • सार्वजनिक सेवा प्रवाहलाई गुणस्तरीय, पारदर्शी र सर्वसुलभ बनाई नागरिकको पहुँचमा अभिवृद्धि गर्नु ।

बार्षिक बजेट तथा कार्यक्रम तर्जुमा गर्दा अबलम्बन गरिएका प्रमुख नीति तथा आधारहरुः

  • समग्र नीतिः
  • कृषि तथा पशुजन्य उपजको मुल्य तथा मागका आधारमा उत्पादनलाई बिशिष्टिकरण, व्यवसायीकरण, विविधिकरण गरी उत्पादन, रोजगारी तथा आम्दानीमा वृद्धि गर्ने ।
  • पर्यटन प्रवर्द्धन मार्फत आयआर्जन तथा रोजगारीमा वृद्धि गर्ने ।
  • शिक्षा तथा स्वास्थ्यमा पहुँच तथा गुणस्तर अभिवृद्धि, सुद्धृढ सरसफाई तथा स्वच्छ खानेपानी सुविधाको सुनिश्‍चित गर्ने ।
  • सामाजिक न्याय, समावेशिकरण, सामाजिक सुरक्षामा सहज पहुँच स्थापित गर्ने ।
  • दिगो तथा उत्पादनशिल पूर्वाधार निर्माण, सहज यातायात, सुरक्षित आवास, सुलभ सञ्‍चार सुविधा र स्वच्छ उर्जाको विस्तार र स्तरोन्नति गर्ने ।
  • विकासको प्रकृयालाई योजनावद्ध, दिगो, नतिजामुखी र विपद् उत्थानशील बनाउने।
  • विकास प्रकृयालाई द्रुततर तुल्याउन अन्तर सरकार, सहकारी, निजी क्षेत्र, समुदाय र नागरिक समाजसँगको समन्वय, साझेदारी र सहकार्यलाई प्रभावकारी बनाउने।
  • जनमुखी सेवा प्रवाह, आयोजना व्यवस्थापन क्षमता र जवाफदेहिताको अभिवृद्धि गर्दै सुशासनको  प्रवर्द्धन गर्ने ।
  • आन्तरिक राजश्व सुदृढिकरण, विवेकपूर्ण श्रोत परिचालन र वित्तीय अनुशासन प्रवर्द्धन गर्ने।

समग्र आधारहरु.

  1. बजेट तर्जुमा गर्दा मैले मूलत: नेपालको संविधान र कानूनहरु, नेपाल सरकार तथा प्रदेश सरकारको नीति, कार्यक्रम तथा बजेट वक्तव्य, विनियोजन विधेयक, आ.व. 208१।08२ को सिद्धान्त र प्राथमिकता, निर्मित विविध कानूनहरु, गाउँपालिकाको निर्णयहरु तथा दीगो विकास लक्ष्यहरुलाई मुख्य आधार बनाएको छु ।साथै विभिन्न क्षेत्रका सरोकारवालाबाट प्राप्त हुन आएका महत्त्वपूर्ण सुझावलाई समेत बजेट निर्माण गर्दा विशेष ध्यान दिएको छु ।
  2.  स्थानीय सरकारको आन्तरिक स्रोत, नेपाल सरकार र प्रदेश सरकारबाट हस्तान्‍तरित अनुदान तथा राजश्‍व बाँडफाँटलाई मुल आधार मानी यो बजेट तथा कार्यक्रम तर्जुमा गरेको छु । साथै यस बजेटमा गाउँपालिकाको आफ्नो क्षेत्राधिकारभित्र कर तथा गैह्र कर राजश्व परिचालन र व्यवस्थापनलाई प्राथमिकतामा राखेको छु ।
  3. अनुत्पादक तथा अनावश्यक खर्च घटाउने, पूँजीगत बजेटका प्राथमिकता र चालु खर्चमा मितव्ययीता अपनाउने गरी बजेट प्रस्ताव गरेको छु । साथै कार्यक्रमको छनौट, साधन स्रोतको बाँडफाँट र विनियोजनमा देखिने दोहोरोपनलाई न्यूनीकरण गर्न प्रशासनिक तथा प्राविधिक क्षमता, स्रोत तथा विनियोजनका बीचमा सन्तुलन कायम हुने गरी स्रोत व्यवस्थापन गर्ने व्यवस्था मिलाएको छु ।
  4. समाजवाद उन्मुख अर्थतन्त्रको निर्माण, परिपूरक कानून तर्जुमा, भौतिक पूर्वाधारको निर्माण र व्यवस्थापन, आन्तरिक स्रोतको आधार विस्तार, उत्पादन र उत्पादकत्व अभिबृद्धि, आयोजनाको प्राथमिकीकरण, असल शासन प्रबर्द्धन तथा अन्तर सरकारी सहकारीता, सह-अस्तित्व र समन्वय हाम्रो सरकारका प्रमुख जिम्मेवारी रहेका छन् ।

श्रद्घेय सभाध्यक्ष ज्यू,

अब म, आगामी आर्थिक वर्ष २०8१।८२ को बजेट तथा कार्यक्रम प्रस्तुत गर्न चाहन्छु ।

  1. आर्थिक वर्ष 208१।08२ को अनुमानित कुल बजेट रु. 6५ करोड ६५ लाख २५ हजार ५ सय रहेको छ । जसमा संघीय सरकार वित्तिय समानिकरण अनुदान रु. 9 करोड ५४ लाख, संघीय सरकार सर्शत अनुदान रु. 2७ करोड ३७ लाख २५ हजार ५ सय, संघ समपुरक अनुदान तर्फ रु. ३ करोड, संघीय सरकार राजश्व बाँडफाँट रु. १० करोड ७१ लाख 5६ हजार १ सय २६ रुपैंया, संघ रोयल्टी बाँटफाँट बाट रु ३१ लाख ४३ हजार ८ सय ७४ रुपैंया मात्र अनुमान गरेको छु।
  2. प्रदेश सरकार वित्तिय समानिकरण अनुदान रु. 1 करोड १९ लाख ४० हजार , प्रदेश सरकार विशेष अनुदान रु. ४0 लाख र प्रदेश सरकार समपुरक अनुदान रु. ६0 लाख, प्रदेश सवारी साधन कर तर्फ रु. ९९ लाख ८१ हजार प्राप्त हुने अनुमान गरेको छु ।
  3. माछापुच्छ्रे गाउँपालिकाको आन्तरिक राजश्व अनुमान रु ५ करोड, चालु वर्षको बैँक मौज्दात रकम रु. ५ करोड ५६ लाख ७९ हजार, घर जग्गा रजिष्ट्रेशन शुल्क रु 8० लाख, नगद जनसहभागिता रु १५ लाख अनुमान गरेको छु । यसमा अन्तर सरकारी अख्तियारी बाट प्राप्त हुने सामाजिक सुरक्षा भत्ता, सडक बोर्डबाट प्राप्त हुने बजेट तथा कार्यक्रम र अन्य निकायबाट थप प्राप्त हुने कार्यक्रमलाई वार्षिक बजेट तथा कार्यक्रममा समावेश गरिएको छैन ।


सामाजिक विकास

शिक्षा, युवा तथा खेलकुद

  1. बालविकास शिक्षक, विद्यालय कर्मचारी तथा सामुदायिक सिकाई केन्द्रका परिचालकहरुको थप पारिश्रमिक सुविधाको लागि रु 98 लाख रुपैयाँ विनियोजन गरेको छु ।
  2. गाउँपालिकाको शिक्षा शाखा मार्फत करार शिक्षक छनौट र व्यवस्थापनको लागि आवश्यक बजेट छुट्‍याएको छु।
  3. शिक्षकहरुको आवश्यक तालिम सञ्‍चालन तथा व्यवस्थापनको लागि रकम छुट्‍याएको छु।
  4. मातृभाषा शिक्षक अनुदानलाई निरन्तरता दिएको छु ।
  5. विद्यालयको भौतिक पूर्वाधार मर्मत, स्तोरोन्नति तथा घेराबारको लागि रकम विनियोजन गरेको छु ।
  6. स्थानीय कला, संस्कृति, साहित्य, धर्म तथा अन्य सामाजिक तथा सांस्कृतिक धरोहर, पहिचान र विशिष्टतालाई आधारभूत विद्यालय तहमा नै जानकारी गराउने उद्देश्यले निर्माण गर्न लागिएको स्थानीय पाठ्‍यपुस्तक छपाइको लागि रु ६ लाख विनियोजन गरेको छु।
  7. विद्यार्थीको सिकाई उपलब्धि तथा शिक्षकको बार्षिक कार्यसम्पादनको आधारमा उत्कृष्ट शिक्षक तथा विद्यालयलाई प्रोत्साहन र सम्मानको लागि आवश्यक बजेट विनियोजन गरेको छु। 
  8. सामुदायिक विद्यालयहरूको भौतिक पूर्वाधार निर्माण तथा सुधार कार्यक्रम साथै शैक्षिक सुधारका लागि अभिभावक शिक्षा कार्यक्रम सञ्चालन गर्न आवश्यक बजेट विनियोजन गरेको छु ।
  9. विद्यार्थीरुलाई शैक्षिक क्षेत्र विकास साथै खेल क्षेत्रमा विकास गर्ने उद्देश्यका साथ कक्षा १ देखि ८ कक्षा सम्मका अतिरिक्त किलाकपाप सञ्चालनका लागि आवश्यक बजेटको  विनियोजन गरेको छु ।
  10. शिक्षक सुत्केरी विदामा रहँदा पठनपाठनमा वाधा नहोस् भन्ने उद्देश्यले आवश्यकताका आधारमा सट्टा शिक्षक व्यवस्थापनको लागि बजेट व्यवस्था गरेको छु ।
  11. विद्यालयमा शैक्षिक गुणस्तर सुदृढीकरण एवं कार्यसम्पादनमा प्रभावकारिता ल्याउन शिक्षक विद्यार्थी नियमितता मार्फत शिक्षकको शिक्षण सिकाइ समयलाइ अधिकतम उपयोग गर्ने उद्धेश्यले (TST) Teacher Spend Time शिक्षण सिकाइ समय कार्यान्वयन डायरी निर्माण व्यवस्थापनका लागि आवश्यक बजेटको  विनियोजन गरेको छु ।
  12. अध्यक्षकप खेलकुद प्रतियोगिता सञ्चालनका लागि १० लाख रुपैयाँ र राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितालाई निरन्तरता दिँदै ८ लाख रुपैयाँ विनियोजन गरेको छु ।
  13. बिद्यालयका बिधार्थीहरुको लागि गृहकार्य डायरी र मूल्याङकन अभिलेखिकरण पुस्तिका, शैक्षिक क्यालेण्डर, शिक्षक पाठ्योजना डायरीको लागि आबश्यक वजेट विनियोजन गरेको छु ।
  14. बालमैत्री कक्षाकोठा व्यवस्थापनको लागि आबश्यक वजेट विनियोजन गरेको छु ।
  15. TEVT, Book Free Friday, सीप परीक्षण कार्यक्रमको लागि आबश्यक वजेट विनियोजन गरेको छु ।

उल्लेखित योजना र अन्य शिक्षा, युवा तथा खेलकुदसँग सम्बन्धित योजना तथा कार्यक्रम तर्फ जम्मा 2 करोड ७४ लाख ३९ हजार रुपैयाँ विनियोजन गरेको छु।

स्वास्थ्य, आरोग्यता

  1. बाह्रै महिना औषधि तथा औषधिजन्य सामाग्री खरिद गरी वितरण गर्नका लागि रु १४ लाख विनियोजन गरेको छु ।
  2. ७० वर्ष भन्दा माथिका ज्येष्ठ नागरिकहरुका लागि सुगर र प्रेसरको औषधी निशुल्क वितरण, मानसिक रोगिका लागी औषधी खरिद गरी वितरण गर्नका लागि क्रमश रु ८ लाख र रु ४ लाख रकम विनियोजन गरेको छु ।
  3. विद्यालय नर्स कार्यक्रमको लागि आवश्यक रकम विनियोजन गरेको छु ।
  4. स्वास्थ्य संस्थालाई सूचना तथा प्रविधिमैत्री बनाउन आवश्यक रकम छुट्‍याएको छु ।
  5. सबै वडाहरुमा मुख स्वास्थ्य कार्यक्रम सञ्‍चालनको लागि रकम विनियोजन गरेको छु।
  6. गाउँपालिकाको एक वडा एक स्वास्थ्य संस्थाको अवधारणा अनुसार स्थापित सवै वडाका स्वास्थ्य संस्थाहरुबाट नेपाल सरकारले तोकेका निःशुल्क औषधी निरन्तर उपलब्ध गराउन आवश्यक रकमको व्यवस्था गरेको छु ।
  7. महिलाको पाठघरको मुखको क्यानसरको रोग निदान गर्न  PCR-DNA बिधिबाट परीक्षण गरिएको र पोजेटिभ देखिएका महिलाहरुलाई उपचार गर्न रु ५ लाख बजेट विनियोजन गरेको छु ।
  8. सवै वडामा स्वास्थ्य विमा कार्यक्रमलाई प्रभावकारी कार्यान्वयन गरी गरिव, विपन्न, हिसांमा परेका महिला, पुरुष एवं परिवार तथा दलित समुदायका विपन्न परिवारलाई नि:शुल्क स्वास्थ्य बिमाको ब्यवस्थाका लागि आवश्यक बजेट व्यवस्था गरेको छु ।
  9. महिला स्वास्थ्य स्वंयम्‌सेविकाहरूको प्रोत्साहन भत्ता लगायतका सुविधाको लागि आवश्यक बजेटको विनियोजन गरेको छु ।
  10. उपाध्यक्षसँग गर्भवती सुत्केरी पोषण कार्यक्रम, गर्भवती भिडियो एक्सरे तथा गाउँपालिकाका सबै प्रसुति गृहहरु (Birthing Center) मा कर्मचारी व्यवस्थापन, सुत्केरी चुलो व्यवस्थापनको लागि रु ९ लाख बजेट विनियोजन गरेको छु ।
  11. भेडावारी प्राथमिक स्वास्थ्य केन्द्रमा एकीकृत आयुर्वेद तथा स्वस्थ जीवनशैली कार्यक्रमको लागि रु ४ लाख रुपैयाँ बजेट विनियोजन गरेको छु।
  12. स्वास्थ्य संस्थाको न्यूनतम स्वास्थ्य सेवा गुणस्तर कायम गर्नका लागि रु. ६ लाख ५० हजार विनियोजन गरेको छु ।

उल्लेखित योजना र अन्य स्वास्थ्य आरोग्यता सम्बन्धित योजना तथा कार्यक्रम तर्फ जम्मा रु. ८८ लाख विनियोजन गरेको छु।

लैगिक तथा सामाजिक समावेशीकरण र लक्षित बर्ग 

  • लक्षित वर्गसँग सम्बन्धित विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दिवसहरु मनाउन आवश्यक रकमको व्यवस्था गरेको छु ।
  • छुवाछुत तथा जातिय विभेदको अन्त्य, मानव अधिकारको प्रवर्द्धन तथा मेला उत्सव कार्यक्रम सञ्‍चालनको लागि  रकम विनियोजन गरेको छु ।
  • गाउँपालिकामा स्थायी बसोबास भएका नागरिकबाट जन्मेका नवजात बालिकाको सुनौलो भविष्यको लागि उनीहरुको  नाममा बैंक खाता खोल्ने कार्यक्रमका लागि ३ लाख रुपैयाँ बजेट विनियोजन गरेको छु ।
  • महिलाहरुलाई आत्मनिर्भर बनाउनका लागि सीप विकास तालिमहरु संचालन गर्नको लागि उपाध्यक्षसँग महिला तथा बालबालिका कार्यक्रमका लागि १० लाख रुपैयाँ बजेट विनियोजन गरेको छु ।
  • आर्थिक अभावका कारण उच्च शिक्षाबाट बञ्चितिमा परेका छात्र छात्राका लागि सामुदायिक तथा सरकारी शैक्षिक संस्थाहरूमा अध्ययन गर्न उच्च शिक्षा शैक्षिक छात्रवृत्ति कार्यक्रमका लागि ३ लाख रुपैयाँ बजेट विनियोजन गरेको छु ।
  • अपांगता भएका व्यक्ति, दलित, जनजाति, युवाहरुलाई स्वरोजगार बनाउनको लागि माग र आवश्यकतामा आधारित विभिन्न आय आर्जनमूलक तालिम तथा सहयोग कार्यक्रम सञ्चालनका लागि १३ लाख रुपैयाँ बजेट विनियोजन गरेको छु ।
  • महिलाहरुको सशक्तिकरण, क्षमता विकास,  नेतृत्व विकास, उद्यम सहायता, स्वरोजगारी तथा लैंगिक हिंसा न्युनिकरण जस्ता विशेष कार्यक्रम सञ्चालनका लागि आवश्यक बजेट विनियोजन गरेको छु।
  • अपाङ्ग, दलित तथा जनजातीहरुको सशक्तिकरणका लागि माग र आवश्यकताको आधारमा विभिन्न सीपमूलक कार्यक्रमका लागि आवश्यक बजेट विनियोजन गरेको छु।
  • समाजमा ब्याप्त अन्धविश्वास, कुरिती, लाल्छना, बोक्सी प्रथा, छुवाछुत प्रथा तथा बालहिंसा, बालविबाह, जस्ता विकृति हटाउन विशेष सचेतनामूलक कार्यक्रम संचालन गर्नका लागि आवश्यक बजेट विनियोजन गरेको छु।
  • जेष्ठ नागरिक दिवा मनोरञ्जन घरहरु स्थापना सहायता सामग्री वितरण तथा धार्मिक अवलोकनका लागि ९ लाख रुपैयाँ विनियोजन गरेको छु।
  • अन्तरपुस्ता सीप हस्तान्तरण कार्यक्रम संचालन गर्न रु ३ लाख बजेट विनियोजन गरेको छु ।
  • अभिभाबक विहिन वालावालिका र जोखिममा रहेका बालबालिकाको उद्धार तथा संरक्षण, बाल अधिकार समिति, बाल कल्व, बाल संजालका पदाधिकारीको क्षमता अभिबृद्धि, लक्षित वर्गको सचेतनाको लागि ब्रोसर छपाईको लागि आबश्यक बजेट विनियोजन गरेको छु ।

उल्लेखित योजनाहरु तथा अन्य लैंगिक तथा सामाजिक समावेशीकरण र लक्षित बर्ग  सम्बन्धित योजना तथा कार्यक्रम तर्फ जम्मा ८७ लाख ५० हजार रुपैयाँ विनियोजन गरेको छु।

पूर्वाधार विकास

सडक तथा भवन

  • कोलचोक – रातोपानीपुल – भलावोट – पानपाते चौतारा-गा.पा केन्द्र – जोगिचौर – पातिखोला – भिडाबारी -गैह्रागाउँ – धिताल – धम्पुस देउराली सडकको लागि 1 करोड ५० लाख रुपैयाँ विनियोजन गरेको छु।
  • लुम्रे-तिल्ची- कोलेली हुँदै ल्वाङ्ग सडक स्तरोन्नतिको लागि रु १ करोड 50 लाख विनियोजन गरेको छु ।
  • आवश्यकताको आधारमा सडक ब्यवस्थापन तथा मर्मत सम्भारका लागि रु. ३० लाख रुपैयाँ विनियोजन गरेको छु।
  • भुर्जुङखोला – खादरजुङ – खैमर्‍याङ्ग – घलेखर्क सडक र लुम्रे – कुईबाङ – सैतिघट्टा- सिधीङ- कालिमाटि हुदै लुम्रे सडक स्तरोन्नतिको लागि रु ६0 लाख विनियोजन गरेको छु ।
  • पूर्वाधार विकास, आर्थिक विकास तथा सामाजिक विकास गर्न वडागत योजना तथा कार्यक्रमको लागि रु 4 करोड ५० लाख विनियोजन गरको छु।
  • सिर्जना चोक देखी मगर चोक सम्म पक्की सडक निर्माणको लागि रु. ५० लाख, रिभान ग्रामिण सडक स्तरोन्नति को लागि रु. ३५ लाख, टुसे देखी सरिपाखा मोटरवाटो स्तरोन्नतीको लागि रु. २० लाख, काभ्रे मोटरबाटो स्तरोन्नतीको लागि रु.१० लाख, काले खोल्सा देखी मुसीचोक सम्म नाला र बाटो स्तरोन्नरती को लागि रु.१० लाख, श्रेष्ठ चोकदेखि वडा कार्यालय जाने बाटोको लागि रु.१० लाख, नागि चथल बाटो स्तरोन्नती को लागि रु.१० लाख लगायत सडक स्तरोन्नतीको लागि आबश्यक बजेट विनियोजन गरेको छु ।
  • लगानी साझेदारीमा सडक निर्माणको लागि रु. ९८ लाख रुपैयाँ छुट्‍याएको छु।
  • वडागत रुपमा गाउँपालिका अन्तर्गत पूर्वाधार विकासको लागि 2 करोड 22 लाख रकम विनियोजन गरेको छु ।
  • गाउँपालिका प्रशासकीय भवनको व्यवस्थापनको लागि रु. ७0 लाख बजेट विनियोजन गरेको छु ।
  • वडा नं. 9 स्थित ल्वाङ घलेल स्वास्थ्य चौकी निर्माणको लागि रु ४0 लाख विनियोजन गरेको छु ।

सिंचाई, खानेपानी तथा सरसफाई

  • काउरेबेशी सिंचाई कुलो स्तरोन्नतीको लागि १० लाख रुपैयाँ विनियोजन गरेको छु।
  • खानेपानी मर्मत सम्भार को लागि रु.१० लाख विनियोजन गरेको छु ।
  • खानेपानी पाईप खरिदको लागि रु.१० लाख बजेट विनियोजन गरेको छु ।

आर्थिक विकास

कृषि सेवा

  • मौरी प्रवर्दन कार्यक्रमको लागि रु १५ लाख बजेट विनियोजन गरेको छु ।
  • गडयौले मल उत्पादनमा प्रोत्साहन कार्यक्रमको लागि रु ५ लाख बजेट विनियोजन गरेको छु ।
  • कृषकहरुको आवश्यकता र मागमा आधारित कार्यक्रमको लागि रु 10 लाख विनियोजन गरेको छु ।
  • अगुवा कृषक अवलोकन भ्रमणको लागि रु ५ लाख बजेट बिनियोजन गरेको छु ।
  • माटो परीक्षण प्रयोगशाला स्थापना, बाली उपचार शिविर, मसला बाली प्रवर्द्धन, कृषि उपकरण तथा औजार खरिद र कृषि बिमा प्रोत्साहन कार्यक्रमको लागि आवश्यक रकम छुट्‍याएको छु ।

पशु विकास

  • आन्तरिक तथा बाह्य परजीवि नियन्त्रण र पशु उपचारको लागि औषधि खरिद गर्न रु 15 लाख छुट्‍याएको छु ।
  • पशुमा बाँझोपन निवारण शिविर सञ्‍चालन कार्यक्रमको लागि रु ४ लाख विनियोजन गरेको छु ।
  • पशु आहारा कार्यक्रम, वर्षे तथा हिउँदे घाँस बिउ/ बेर्ना वितरण कार्यक्रमको लागि रु 5 लाख विनियोजन गरेको छु ।
  • उत्पादनको आधारमा प्रोत्साहन कार्यक्रमको लागि रु २० लाख विनियोजन गरेको छु ।
  • कृतिम गर्भाधानको लागि सामाग्री खरिद कार्यक्रमको लागि रु. ३ लाख बजेट विनियोजन गरेको छु ।
  • चिलिङ भ्याट ५० % अनुदान, कृत्रिम गर्भाधान कर्ताहरुलाई लजिस्टिक सपोर्ट को लागि आबश्यक विनियोजन गरेको छु ।

पर्यटन तथा संस्कृति

  • डिजिटल नो म्याड शिर्षकका लागि रु. 10 लाख रुपैयाँ विनियोजन गरेको छु।
  • पर्यटन विकासको लागि प्रचारप्रसार तथा प्रवर्धन कार्यक्मको लागि रु 10 लाख विनियोजन गरेको छु।

सहकारी

  • सहकारी संस्थाको अनुगमन, कोपोमिस, नियमनका कार्यक्रमहरु सञ्‍चालनका लागि आवश्यक बजेट विनियोजन गरेको छु ।

उद्योग, श्रम तथा रोजगार

  • लघु उद्यम विकास कार्यक्रम सञ्‍चालन गर्न रु. 1० लाख रुपैयाँ विनियोजन गरेको छु।
  • कोशेली घर स्थापनाको लागि रु २ लाख रकम विनियोजन गरेको छु।

सुशासन

  • गाउँपालिकाको आवधिक योजना तथा गाउँ गुरु योजना निमार्णको लागि रु 1८ लाख विनियोजन गरेको छु ।
  • गाउँपालिकाकाको समग्र वस्तुस्थिति झल्किने गरि डकुमेन्ट्रि निर्माणको लागि रु. ५ लाख बजेट विनियोजन गरेको छु ।
  • न्यायिक समिति जिल्ला सम्मेलन, कानूनी साक्षरता तालिम, टोलटोलमा न्यायिक समिति, निशुल्क कानुनी सेवा, विद्यार्थीसँग न्यायिक समिति, मेलमिलाप पुनर्ताजगी तथा स्तरोन्नती अनुगमन तथा व्यवस्थापन, कानूनी सचेतना, प्रदेश सरकारसँगको साझेदारीमा कानुनी सहजकर्ता व्यवस्थापन तथा कानूनी परामर्श लगायत न्यायिक सुशासनको लागि जम्मा रु ३५ लाख विनियोजन गरेको छु ।
  • गाउँपालिकाको संगठन तथा व्यवस्थापन सर्बेक्षणको लागि रु 5 लाख विनियोजन गरेको छु ।
  • सामाजिक सुरक्षा भत्ता वितरण सहजीकरण, घुम्ती शिविर सञ्‍चालन तथा बजार अनुगमनको लागि आबश्यक बजेट विनियोजन गरेको छु ।
  • गाउँपालिकालाई सूचना प्रविधि मैत्री बनाई सेवा प्रवाह सरल तथा पारदर्शी बनाउन अनलाईन प्रणालीमार्फत कार्य सम्पादन गर्न, सफ्टवेयर इन्टरनेट जडान तथा नविकरण गर्न, वायोमेट्रिक डिभाइस व्यवस्थापन गर्न, सिसि क्यामेरा मर्मत तथा विस्तार गर्न, व्यवस्थापन, डिजिटल भिलेज प्रोफाइल निर्माण लगायतको लागि आवश्यक बजेट विनियोजन गरेको छु ।
  • सुशासन प्रर्द्धनको लागि LISA, FRA, सार्वजनिक सुनुवाई, सामाजिक तथा सार्वजनिक परीक्षण, लगायतमा आवश्यक बजेट विनियोजन गरेको छु।

उल्लेखित योजनाहरु तथा अन्य संस्थागत विकास, सेवा प्रवाह र सुशासनको लागि कुल रु.१ करोड ५० लाख  रकम विनियोजन गरेको छु ।

गैर सरकारी संस्था

  • गाउँपालिकाभित्र क्रियाशील गैर सरकारी संस्थाहरूसँगको लगानी साझेदारीमा आधारित कार्यक्रमका लागि रु. ५ लाख विनियोजन गरेको छु।

वन, वातावरण तथा विपद् व्यवस्थापन

  • समय समयमा आउन सक्ने विभिन्न प्रकोप तथा विपद व्यवस्थापनको लागि विपद व्यवस्थापनको लागि रु. ३० लाख वजेट विनियोजन गरेको छु ।
  • विपद व्यवस्थापन तालिम तथा सामाग्री खरिदको लागि रु. ७ लाख बजेट विनियोजन गरेको छु ।
  • नदि/खोलानालामा तटबन्धनको लागि रु. 2५ लाख रकम छुट्‍याएको छु ।
  • फोहोरमैला व्यवस्थापन तथा वृक्षरोपणको लागि रु. १८ लाख विनियोजन गरेको छु ।

श्रद्धेय सभाध्यक्ष ज्यू,

अब म संघीय सरकार र गण्डकी प्रदेश सरकारको सशर्त र विशेष अनुदानबाट सञ्चालन हुनेगरी बाँडफाँट भएको योजना/कार्यक्रमहरुको खर्च अनुमान प्रस्तुत गर्न चाहन्छु।

संघीय सरकार सशर्त अनुदान

  • शिक्षा, युवा तथा खेलकुदसँग सम्बन्धित योजना तथा कार्यक्रमको लागि १९ करोड ५४ लाख ७1 हजार रुपैयाँ विनियोजन गरेको छु।
  • स्वास्थ्यसँग सम्बन्धित योजना तथा कार्यक्रमको लागि  4 करोड ८१ लाख ५८ हजार ५ सय रुपैयाँ विनियोजन गरेको छु।
  • कृषि तथा पशुपंक्षी विकास सम्बन्धि कार्यक्रमका लागि रु. ३६ लाख २० हजार रुपैयाँ विनियोजन गरेको छु।
  • प्रधानमन्त्री रोजगार कार्यक्रमको लागि को लागि रु. ५८ लाख ९० हजार रकम विनियोजन गरेको छु।
  • सशर्त पुँजिगत अन्तर्गत पर्यटन पूर्वाधार विकास आयोजनाको लागि  रु. १८ लाख, वस्ति विकास कार्यक्रममा रु. १ करोड ४० लाख, र झोलुङगे पुल क्षेत्रगत कार्यक्रम को लागि रु १० लाख गरी जम्मा रु. १ करोड ६८ लाख विनियोजन गरेको छु ।
  • सशर्त राष्ट्रिय परिचयपत्र तर्फ रु ४ लाख ९५ हजार, लघु उद्यम तर्फ रु १२ लाख, गरिव घर पहिचान तर्फ रु. २ लाख, राष्ट्रिय सूचना तर्फ रु. २ लाख, सुरक्षित आप्रवासन कार्यक्रम रु. ९ लाख ६१ हजार र गरिव सँग बिश्वेश्वर कार्यक्रम तर्फ रु. ७ लाख ३० हजार विनियोजन गरेको छु ।  

समपुरक अनुदान

  • संघीय सरकार समपूरक अनुदान तर्फ कोलचोक – रातोपानी पुल – भलावोट – पानपाते चौतारा – गा.पा केन्द्र – जोगिचौर – पातिखोला – भिडाबारी – गैह्रागाउँ – धिताल – धम्पुस देउराली सडकको लागि रु १ करोड ५० लाख तथा लुम्रे- तिल्ची -कोलेली हुँदै ल्वाङ सडकको  लागि रु १ करोड 50 लाख गरी जम्मा रु ३ करोड तथा प्रदेश सरकार समपूरक अनुदान तर्फ भुर्जुङखोला – खादरजुङ – खैमर्‍याङ्ग – घलेखर्क सडक योजना र लुम्रे कुईवाङ – सैतिघट्टा – सिधिङ – कालिमाटी – घलेल हुदै लुम्रे सडक योजनाको लागि एकमुष्ट रु. ६० लाख रुपैयाँ विनियोजन गरेको छु।

प्रदेश बिशेष अनुदान

  • प्रदेश सरकार बिशेष अनुदान तर्फ ल्वाङ खोरामुख खानेपानी योजनाको लागि रु. ४० लाख विनियोजन गरेको छु ।

विषयगत शाखा तथा वडागत बजेट बाँडफाँट

क्र संक्षेत्ररकमकैफियत
१पूर्वाधार विकास१४ करोड ७७ लाख ६० हजार 
२सामाजिक विकास५ करोड ५० लाख ४० हजार 
३आर्थिक विकास१ करोड ५० लाख 
४वन वातावरण तथा विपद् व्यवस्थापन५० लाख 
५संस्थागत विकास सेवा प्रवाह तथा सुशासन१ करोड ५० लाख 
6गाउँपालिका कार्यालय तथा मातहत कार्यालय संचालन तथा व्यवस्थापन७ करोड ५० लाख 
७अन्य फिर्ता गर्नुपर्ने रकमहरु२ करोड ५० लाख 
8वडागत बजेट4 करोड ५० लाख 
9सशर्त अनुदान2७ करोड ३७ लाख २५ हजार ५ सय 
जम्मा६५ करोड ६५ लाख २५ हजार ५ सय   

सभाध्यक्ष ज्यू,

अब म  उल्लेखित क्षेत्रगत नीति तथा कार्यक्रम कार्यान्वयन गर्नको लागि स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समितिबाट कायम हुन आएको स्रोत अनुमान र बजेट विनियोजन प्रस्तुत गर्न चाहन्छु ।

क ) आय अनुमान

क्र.सं.स्रोत / शिर्षकहरुरकम रु.
१संघ वित्तीय समानीकरण अनुदान9 करोड ५४ लाख
२संघ राजस्व बाँडफाँट१० करोड ७१ लाख 5६ हजार १ सय २६ रुपैंया
३शशर्त अनुदान२७ करोड ३७ लाख २५ हजार ५ सय
४संघ समपूरक अनुदान३ करोड
५प्रदेश समानीकरण अनुदान१ करोड १९ लाख ४० हजार
६प्रदेश समपुरक अनुदान६० लाख
७प्रदेश विशेष अनुदान४० लाख
८प्रदेश राजस्व बाँडफाँट९९ लाख ८१ हजार
९आन्तरिक आय३ करोड
१०अघिल्लो वर्षको बैंक मौज्दात५ करोड ५६ लाख ७९ हजार
११घर जग्गा रजिष्ट्रेशन शुल्क80 लाख
१२दहत्तर बहत्तर शुल्क२ करोड
1३जनसहभागीता1५ लाख
१४रोयल्टी३१ लाख ४३ हजार ८ सय ७४
जम्मा६५ करोड 6५ लाख २५ हजार ५ सय

ख) व्यय अनुमान :-

आगामी आ.व. २०80/०८1 का लागि कूल ६४ करोड 6५ लाख २५ हजार ५ सय रुपैयाको व्यय अनुमान गरेको  छु ।जसमध्ये प्रशासनिक खर्च ७ करोड ५० लाख र फिर्ता तथा भ्याट दाखिला गर्नुपर्ने रकम रु २ करोड ५० लाख रुपैयाँ रहेको छु । शसर्त अनुदान बजेट (शिक्षा सेवा, स्वास्थ्य सेवा, कृषि शाखा, पशु सेवा, प्रधानमन्त्री रोजगार, गरिव सँग विश्वेश्वर, लघुउद्यम, तर्फका  कर्मचारीहरु तथा शिक्षकहरुको पारिश्रमिक खर्च र विकासात्मक क्रियाकलापहरु) तर्फ रु. २७ करोड ३७ लाख २५ हजार ५ सय विनियोजन गरेको छु ।

  • यो बजेटमा संघीय सरकारबाट प्राप्त हुने सामाजिक सुरक्षा भत्ता लगायतका अन्य अन्तर सरकारी अख्तियारी मार्फत प्राप्त भई खर्च हुने भएकोले सो बजेट समावेश गरिएको छैन।

सभाध्यक्ष ज्यू,

करका दरहरुसमेत उल्लेख भएको आर्थिक विधेयक, 208१ तथा खर्चलाई व्यवस्थित गर्न बनेको विनियोजन विधेयक, 208१ समेत पेश गरेको छु ।

आदरणीय सभाध्यज्यू  एवं सभाका सदस्यज्यूहरू,

     आर्थिक वर्ष 208१।08२ को लागि आय व्यय अनुमान प्रस्तुत गरिरहँदा संघीय तथा प्रदेश सरकारद्धारा प्राप्त मार्गदर्शन तथा ऐन नियमहरुको पूर्णरुपमा पालना गर्दै सिमित स्रोत साधनका वावजुद आर्थिक वर्ष 208१।08२ का लागि लिइएका नीति तथा कार्यक्रमहरुसँग तादाम्यता मिलाउने प्रयास गरेको छु ।यद्यपि स्थानीय सरकार प्रति नागरिकमा रहेका असिमित चाहाना र आकाँक्षा हुनु स्वभाविक रहेतापनि बजेट मार्फत सबै आवश्यकता र चाहानालाई सम्बोधन गर्न पक्कै पनि सम्भव हुँदैन ।

प्रस्तावित बजेट तर्जुमा गर्दा संघीय सरकारबाट प्राप्त बजेट, प्रदेश सरकारबाट प्राप्त बजेट, गाउँपालिकाको आन्तरिक आय लाई स्रोत मानी गाउँपालिकाका प्राथमिकताका क्षेत्रहरु, नागरिकबाट आवश्यक ठानिएका योजनाहरु, नागरिक समाज, गैर सरकारी संस्थाहरु लगायत सम्पुर्ण महानुभावहरु सबैको अमुल्य सुझावलाई उपलव्ध श्रोत साधनको सिमा भित्र रहि समेट्ने प्रयास गरेको छु ।

गाउँपालिकाको स्रोत र क्षमता अनुसार विभिन्न समिति, उपसमितिहरु र गाँउ कार्यपालिकामा व्यापक छलफल गरी बजेटलाई सन्तुलित र दिगो बनाउने प्रयास गरेको छु । गाउँपालिकाको स्रोत साधनले समेट्न नसकेका ठूला योजनाहरु प्रदेश सरकार र केन्द्रीय सरकारको सहकार्यमा संचालन गर्न स्रोतको व्यवस्था गरेको छु । थप योजनाहरु संचालनको लागि प्रदेश सरकार र संघीय सरकारमा पहल गरिने व्यहोरा समेत अनुरोध गर्न चाहन्छु ।

अन्तमा, प्रस्तुत बजेट निर्माण कार्यमा आ–आफ्नो तर्फबाट सहयोग पुर्याउनुहुने सम्पुर्ण  जनप्रतिनिधिहरु, राष्ट्रसेवक कर्मचारीहरु, बुद्धिजिबीहरु, राजनैतिक दल, सरकारी तथा गैर सरकारी संघ संस्थाहरु, उद्योगी व्यवसायीहरु, नागरिक समाज, पत्रकार, उपभोक्ता समितिहरु लगायत सरोकारवाला सम्पुर्णमा हार्दिक आभार व्यक्त गर्न चाहन्छु। बजेट कार्यान्वयनमा सरोकारवाला सबैको साथ सहयोग रहने अपेक्षा गरेको छु। प्रस्तुत बजेट र अनुसुचिमा संलग्न आयोजना तथा  कार्यक्रमहरुलाई यस सम्मानित सभाबाट गहन छलफलका साथ रचनात्मक सुझाबको अपेक्षा सहित हार्दिक कृतज्ञता प्रकट गर्दछु।

जय नेपाल !!                                                उपाध्यक्ष

सीता अधिकारी

                                                                          माछापुच्छ्रे गाउँपालिका



This will close in 20 seconds