गण्डकीका मुख्यमन्त्री पाण्डेले भोलि विश्वासको मत लिने तयारी

-


     पोखरा क्लिक     
     जेठ २७ गते २०८१ मा प्रकाशित


गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले भोलि(सोमबार) विश्वासको मत लिनुहुने भएको छ । मुख्यमन्त्री पाण्डेले सोमबार दिउँसो ३ः०० बजे प्रदेशसभाको बैठकमा विश्वासको मत लिने तयारी गर्नु भएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।

विश्वासको मत लिने भए पछि गण्डकी प्रदेशसभा सचिवालयमा सूचना दर्ता समेत भएको प्रदेशसभा सचिव हरिराज पोखरेलले जानकारी दिनुभयो । विश्वासको मत लिने सम्बन्धमा प्रदेशसभा सचिवालयले सूचना जारी गरिसकेको छ ।

नेपालको संविधानको धारा १६८ को उपधारा ३ बमोजिम पाण्डे यही जेठ १६ गते मुख्यमन्त्री पदमा नियुक्त हुनुभएको थियो । उहाँले भोलि कागेंसको २७ सहित राप्रपाको २, स्वतन्त्र राजिव गुरुङ सहित थप एक जनाको समेत आफ्नो पक्षमा विश्वासको मत पाउने मुख्यमन्त्रीले दाबी गर्नु भएको छ । उहाँले आफ्ले विश्वासको मत लियर मात्र बाँकी रहेका मन्त्रालय समेत बाडफाड गर्दै बजेट ल्याउने जनाउनु भएको छ ।