कृषि

गण्डकी प्रदेशमा ५६ प्रतिशत धान रोपाई, लमजुङमा ७३, गोर्खा र पर्वतमा भने ४० प्रतिशत मात्र धान रोपाई

दीननाथ बराल, पोखरा २७, असार, गण्डकी प्रदेशमा हालसम्म करिब ५६ प्रतिशत मात्र धान रोपाई भएको छ । यही असार महिनाको २१ गते (आइतबार) सम्म यस बर्ष गण्डकी प्रदेशमा ५५.५९ प्रतिशतले ५२ हजार ३ सय ५३ हेक्टर क्षेत्रफलमा धान रोपाई सम्पन्न भएको गण्डकी प्रदेशको कृषि बिकास निर्देशनालयका कृषि अर्थ विज्ञ मनोज पौडेलले पोखराक्लिकलाई बताउनु भयो । गण्डकी प्रदेशमा ९४ हजार १ सय ८२ हेक्टरमा धान रोपाई गर्न योग्य जमिन रहेको उहाँले जनाउनु भयो । गण्डकी प्रदेशका ११ जिल्ला मध्य हिमालपारीका दुई… पुरा पढौ

विज्ञ भन्छनः जैविक विषादी प्रयोग गर्दा किरा कम लाग्छ, उत्पादन बढ्छ, पोखरामा ४ देशका प्रतिनिधि जलवायु स्मार्ट बाली संरक्षणमा केन्द्रित

पोखरा, कृषि विज्ञहरुले जैविक विषादी प्रयोग गर्दा किरा कम लाग्ने र उत्पादन बृद्धि हुने बताएका छन् । पोखराको वाटरफन्ट रिसोर्टमा विहिबार देखि सुरु भएको ‘प्राकृतिक समाधानहरुमा केन्द्रित जलवायु स्मार्ट बाली संरक्षण’ सम्बन्धी क्षेत्रीय प्रशिक्षण तथा कार्यशाला गोष्ठीमा सहभागि कृषि विज्ञहरुले रसायनिक बिषदी भन्दा जैविक बिषादी प्रयोग गर्न सुझाव दिदै त्यसले किरा कम लाग्नुका साथै उतपादन बृद्धि हुने दाबी गरेका हुन् । https://www.youtube.com/watch?v=ln2vtm8jLhg शुक्रबारसम्म पोखरामा संचालन हुने उक्त कार्यक्रममा नेपाल सहित ४ देशका प्रतिनिधि जलवायु स्मार्ट बाली संरक्षणमा केन्द्रित हुने गरी… पुरा पढौ

गुणस्तरीय शिक्षाले रित्याएका गाउँहरू पुनः भरिनेछन् ः मन्त्री बस्याल, स्याङजा कालीगण्डकीको शिक्षामा सुधार गर्न भारतका प्रशिक्षक शुक्ला कास्कीको लुम्लेमा

दीननाथ बराल,लुम्ले (कास्की),२२ असार, गण्डकी प्रदेशका उद्योग तथा पर्यटन मन्त्री मित्रलाल बस्यालले गाउँहरू रित्याउनुको प्रमुख कारण शिक्षा र स्वास्थ्यको कमजोर अवस्था भएको उल्लेख गर्दै, गुणस्तरीय शिक्षा मार्फत गाउँहरूलाई पुनः जीवन्त बनाउन सकिने धारणा व्यक्त गरेका छन्। स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले कास्कीको कृषि अनुसन्धान निर्देशनालय, लुम्लेमा आयोजना गरेको ‘हाम्रो खुसी’ पाठ्यक्रम दृष्टिकोण निर्माण सम्बन्धी पाँच दिने कार्यशालाको आज (आइतबार) समापन कार्यक्रममा बोल्दै मन्त्री बस्यालले ग्रामीण क्षेत्रको समृद्धिको मूल आधार शिक्षा प्रमुख रहेको दाबी गरेका हुन् । “गाउँमा गुणस्तरीय शिक्षा दिने वातावरण बनेमा… पुरा पढौ

कास्की मादी गाउँपालिकाको बजेट सार्वजनिक, तेस्रो सन्तान जन्माउनेलाई ५० हजार, २० बर्ष पुगेर विवाह गर्ने दलित महिलालाई १५ हजार प्रोत्साहन

दीननाथ बराल,पोखरा, १७ असार, कास्कीको मादी गाउँपालिकाले अन्ततः एक साता ढिलो गरी आगामी आर्थिक वर्ष २०८२र८३ का लागि ६० करोड ५० लाख २० हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ। आन्तरिक राजनीतिक विवादका कारण स्थगित भएको गाउँसभा संचालन गर्ने सहमती पछि आज (मंगलबार) पालिका उपाध्यक्ष कल्पना गुरुङले बजेट तथा कार्यक्रम प्रस्तुत गरेकी हुन्। उक्त बजेट मध्य चालु प्रशासनिक खर्चतर्फ १४ करोड ३० लाख, वडाका लागि १९ करोड २० लाख र विभिन्न शाखातर्फ १८ करोड ८० लाख रुपैयाँ विनियोजन गरिएको उनले जनाइन्… पुरा पढौ

अन्नपूर्ण गाउँपालिकाको ६५ करोडको बजेट, गोठ देखि ओठ सम्म स्वच्छ दुध उत्पादनमा जोड

दीननाथ बराल, पोखरा, ११ असार, कास्कीको अन्नपूर्ण गाउँपालिकाले आर्थिक वर्ष २०८२÷०८३ का लागि ६५ करोड १५ लाख ३४ हजार ७ सय ७५ रुपैयाँको बजेट सार्वजनिक गरेको छ । मंगलवार आयोजित गाउँसभामा गाउँपालिकाका उपाध्यक्ष चन्द्रकला अधिकारीले आउँदो बर्षको लागि बजेट तथा कार्यक्रम प्रस्तुत गरेकी गर्नु भएको हो । चालु वर्षको तुलनामा यसपटकको बजेट भने बढ्त्तरी भएको छ । आउदो बर्षको बजेट चालु बर्षको तुलनामा ७.६४ प्रतिशतले बढी हो। चालु आर्थिक वर्षमा ६० करोड ५२ लाख ७५ हजार ३८६ रुपैयाँको बजेट विनियोजन… पुरा पढौ

रोपाइँ महोत्सव असार १५ मा पोखरा २६ स्थित लेखनाथको गुँदेताल (तालबेसी) मा हुने

दीननाथ बराल, पोखरा ११, असार, २० औं संस्करणको असारे रोपाइँ महोत्सव २०८२ यस बर्ष यही असार १५ गते पोखरा २६ स्थित लेखनाथको गुँदेताल (तालबेसी) क्षेत्रमा हुने भएको छ । पोखरा सबै मौसमका लागि भन्ने मूल नाराका पोखरा पर्यटन परिषद्को आयोजनामा स्थानिय शान्तिप्रेमी आमा समूहको संयोजनमा असार १५ रोपाई महोत्सव हुने भएको परिषदले जनाएको छ । महोत्सवबाट पोखरा तथा गण्डकी प्रदेशमा आन्तरिक तथा बाह्य पर्यटनको प्रवद्र्धनमा थप टेवा पुग्ने तथा पोखरा भ्रमण वर्ष २०२५ लाई सफल बनाउने, नेपालको परम्परागत कृषि प्रणाली… पुरा पढौ

माछापुच्छ्रेको ६७ करोड ९९ लाखको बजेट आयो, कृषि र पर्यटनमा जोड, दाना उद्योग स्थापना गर्ने

दीननाथ बराल,पोखरा, असार १०, कास्कीको माछापुच्छ्रे गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२र८३ का लागि रु। ६७ करोड ९९ लाख ५१ हजार बराबरको बजेट प्रस्तुतः गरेको छ। गाउँपालिकाको उपाध्यक्ष सीता अधिकारीले आज (मंगलबार) गाउँसभामा बजेट प्रस्तुत गर्दै संघीय र प्रदेश सरकारबाट प्राप्त हुने अनुदान, राजस्व बाँडफाँट, आन्तरिक आम्दानी र बैंक मौज्दात समावेश गरिएको जानकारी दिनुभयो। उहाँका अनुसार बजेट स्रोतहरू यस प्रकार रहेका छन् । संघीय सरकार तर्फ वस्तुगत समानीकरण अनुदान तर्फ ११ करोड २४ लाख सशर्त अनुदान तर्फ २७ करोड ९४ लाख… पुरा पढौ

रूपा गाउँपालिकाले ४८ करोड ५५ लाखको बजेट सार्वजनिक गर्‍यो

पोखरा, असार ९ कास्कीको रूपा गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२÷८३ का लागि ४८ करोड ५५ लाख ३७ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ। गाउँपालिका उपाध्यक्ष लालसुब्बा गुरुङले आइतबार गाउँसभामा बजेट तथा कार्यक्रम प्रस्तुत गर्नुभयो। उपाध्यक्ष गुरुङका अनुसार बजेटमध्ये ३३ करोड ३४ लाख ४८ हजार रुपैयाँ चालु खर्चका लागि र १५ करोड २० लाख ५७ हजार रुपैयाँ पूँजीगत तर्फ विनियोजन गरिएको छ। बजेटको मुख्य स्रोतमा संघीय सरकारबाट प्राप्त वित्तीय समानीकरण अनुदान, राजस्व बाँडफाँड, ससर्त तथा समपुरक अनुदान गरी करिब ४० करोड… पुरा पढौ

पोखराको बजेट ८ अर्ब ३५ करोड

दीननाथ बराल,पोखरा ८, असार, पोखरा महानगरपालिकाले आर्थिक बर्ष २०८२÷०८३ को लागि ८ अर्व ३५ करोड १२ लाख रुपैयाको बजेट प्रस्तुतः गरेको छ । पोखरा महानगरपालिकाको १७ औं नगरसभामा आर्थिक बर्ष २०८२÷०८३ बजेट तथा कार्यक्रम आइतबार प्रस्तुतः गर्दै पोखराका उपमेयर मन्जुदेवि गुरुङले उक्त बजेट सार्वजनिक गर्नु भएको हो । उक्त बजेटको खर्च केन्द्रगत रुपमा नगर कार्यपालिकाको कार्यालय तर्फ ५५ करोड अर्थात १८.१५ प्रतिशत, सामाजिक विकास तर्फ ३८ करोड अर्थात ७.२८ प्रतिशत, आर्थिक विकास तर्फ १८ करोड अर्थात ३.४५ प्रतिशत, वडा कार्यालय… पुरा पढौ

असार १५ गते पाचौं हेमजा हिले महोत्सव हुने

हेमजा, पोखरा २५ हेमजा स्थित देवीस्थान सेवा समाजको आयोजनामा पाचौं हेमजा हिले महोत्सव २०८२ हुने भएको छ ।आगामी असार १५ गते ‘कृषिमा कृषकलाई प्रोत्साहन, बिष्णुपादुका मन्दिर हेमजाको शान’ भन्ने मूल नाराका साथ महोत्सवको आयोजना हुने भएको हो । महोत्सव देविस्थान टोल,विष्णुपादुका मन्दिर परिसर क्षेत्र पोखरा २५ हेमजामा हुने छ । क्लब उपाध्यक्ष चन्द्रकला पोखरेलको संयोजकत्वमा विभिन्न उपसमितिका साथ मुल आयोजक समिति गठन गरिएको छ । विष्णुपादुका धार्मिक क्षेत्रको प्रवर्द्धन र आन्तरिक र बाह्य पर्यटनको आगमन बढाउन र हेमजाका कृषकहरूको सम्मान… पुरा पढौ