लेखनाथ महोत्सव अपेक्षा गरे भन्दा बढी सफलता हासिल गर्दै सम्पन्न, बेगनास तालमा वाटर—स्पोटर्स संचालन गर्न महानगरको चासो

-


     पोखरा क्लिक     
     पौष १४ गते २०८२ मा प्रकाशित


दीननाथ बराल,

पोखरा १४, पुस,

लेखनाथ उद्योग बाणिज्य संघको आयोजनामा पोखरा २७ डाँडाकोनाक (तालचोक) मा आयोजना भएको २१ औं संस्करणको लेखनाथ महोत्सवमा करिब ३ लाख ३५ हजार दर्शक भित्रिदा ११ करोड मुल्य बराबरको आर्थिक कारोबार भएको छ । ‘‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन विकास र समृद्धि’’ भन्ने मूल नाराका साथ पुस ३ देखि सोमबारसम्म १२ दिनसम्म संचालन भएको उक्त महोत्सवमा आफुहरुले अपेक्षा गरे भन्दा बढी सफलता हासिल गर्न सफल भएको संघका अध्यक्ष एवं महोत्सव संयोजक जानुका पराजुली अधिकारीले बताउनु भयो । ९ करोड बरावरको आर्थीक कारोवार सहित दुई लाख ५० हजार दर्शक भित्राउने लक्ष्य रहेको उहाँले बताउनु भयो ।

महोत्सवले स्थानीय कला, संस्कृति र उत्पादनको प्रचार–प्रसार गर्नुका साथै पर्यटन प्रवद्र्धन, रोजगारी सिर्जना तथा आर्थिक चलायमान गराउन महत्वपूर्ण भूमिका खेलेको अध्यक्ष पराजुलीले जनाउनु भयो । महोत्सवमा अटो देखि कृषि उपज, फेन्सि सहित जडिवुटिसम्मका ३ सय ३६ वटा स्टलहरु रहेका थिए । महोत्सवमा आएर रमाईलो पनि हेर्न पाईने र घर फर्कदा आफुलाई आवश्यक पर्ने स्वदेशी देखि विदेशी सामानहरु सुपथ मुल्यमा पाईने भएपछि महोत्सव स्थल ब्यापारिक केन्द्र जस्तै भएको थियो । महोत्सवमा आएका दर्शकहरुले घर फर्कदा केही न केही सामग्रीलिएर घर फर्कने गरेकाले सार्वजननिक दिनमा भने निकै भिडभाड भएको लेखनाथ उद्योग बाणिज्य संघका कोषाध्यक्ष हरि वस्ताकोटीको बताउनु भयो । महोत्सवको समापन गर्दै पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले व्यापारिक मेला तथा महोत्सवले आर्थिक समृद्धिमा टेवा पुग्ने बताउदै यस्ता मेला तथा महोत्सवले क्रेता र विक्रेतालाई एकै ठाउमा जम्मा गरि बस्तु तथा सेवा र उत्पादनको बजारीकरणमा महत्वपूर्ण योगदान पु¥याउने दाबी गर्नुभयो । जेन्जी आन्दोलनका कारण व्यवसायीहरुमा पुगेको क्षती र मनोबल गिरेको अवस्थालाई ध्यानमा राख्दै आर्थीक अवस्थालाई कसरी सुधार गर्न सकिन्छ भन्ने वारेमा आफहरुले चिन्तन गरेका वेला यस्ता कार्यक्रमले थप सहयोग पुगेको मेयर आचार्यले बताउनु भयो ।

पोखरा आसपासमा संचालन हुने महोत्सवलाई नजुधाउने गरि महानगरले सहजिकरण गर्दै आएको उल्लेख गर्दै साविक लेखनाथ क्षेत्रको विकासका लागि बेगनासतालमा वाटर स्र्पोर्टस सञ्चालन गर्ने योजना रहेको भएपनि ३ वर्षदेखी उक्त योजना अगाडी वढ्न नसकेको उहाँले जनाउनु भयो । उक्त योजना सञ्चालन गर्न ढिला भईसकेको वताउँदै यसलाई अगाडी वढाउनका लागी स्थानियहरुको साथ सहयोगको अपेक्षा गर्नु भएको छ । मेयर आचार्यले पोखरा मुग्लीन सडक निर्माणको अन्तिम चरणमा रहेको वताउँदै यस पश्चात पोखरा–लेखनाथको दुरी घट्ने तर्क गर्नुभयो । लेखनाथको विकासमा महानगरको तर्फबाट कुनै विभेद नगरिएको वताउँदै बरु विकासका ठुला योजनाहरुलाई लेखनाथमा केन्द्रीत गरिएको ले अबका दिनमा लेखनाथवासीले आफुहरु मर्कामा परेको अनुभुति गर्न नपर्ने दाबी गर्नुभयो ।

कार्यक्रमा रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले रुपा र पोखराको एकिकृत विकासका लागि योजना बनाउनु पर्ने बताउनु भयो । पोखरा २६ का वडाअध्यक्ष नरेन्द्र थापाले साविक लेखनाथ क्षेत्रको विकासका लागि यहाँ रहेका सामाजिक संघ सस्था र उद्योग ब्यवसायि वसेर एकिकृत विकासका योजना वनाउन आग्रह गर्नुभयो । महोत्सव समापनका दिनकिनमेल गर्न कै लागि दर्शकहरु आएको र अन्यदिनको तुलनामा स्टलमा राखिएका सामान केही सस्तो भएपछि किनमेल गर्ने दर्शकको संख्यामा वृद्धि भएको मेलाका प्रचार प्रसार संयोजक ध्रुववावु भटृराईले जानकारी दिए । बताउनु भयो । अन्य वर्षका महोत्सवले भन्दा यस वर्षको महोत्सवले सोचे भन्दा बढी सफलता हासिल गर्न सफल भएको वरिष्ठ उपाध्यक्ष गोपिचन्द्र वाँस्तोलाको दावी दाबी गर्नुभयो । संघका अध्यक्ष जानुका अधिकारीको अध्यक्षतामा महोत्सव सम्पन्न भएको महासचिव भरतराज ओझाले पोखराक्लिकलाई बताउनु भयो ।