कृषि

कोन सहकारीको रक्तदान कार्यक्रमबाट ५२ यूनिट रक्त संकलन

दीननाथ बराल,पोखरा २०, पुष, पोखरा महानगरपालिका वडा न १३ भद्रकाली चोक स्थित कोन सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि.ले आज (शनिवार) आयोजना गरेको खुल्ला रक्तदान कार्यक्रमबाट ५२ यूनिट रक्त संकलन भएको छ । संस्थाको सामाजिक उत्तरदायित्व अन्तर्गत सहकारीले २६ औ बार्षिकोत्सवको अवसरमा आयोजित रक्तदान कार्यक्रमबाट ५२ यूनिटक रक्त संकलन भएको सहकारीका सचिव शान्त कुमार श्रेष्ठले बताउनु भयो । कार्यक्रमका प्रमुख अतिथी संस्थाका निर्वतमान अध्यक्ष एवं मानार्थ संरक्षक शरदकान्त सिग्देलले पहिलो रक्तदाता संस्थका सचिव शान्त कुमार श्रेष्ठलाई ब्लड व्याग हस्तान्तरण… पुरा पढौ

लेखनाथ महोत्सवमा आर्कषणको केन्द्र बन्दै बुद्धको प्रतिमा

लेखनाथ, १९ पौष, ‘‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन विकास र सम्मृद्धि’’ भन्ने नाराकासाथ सुरु भएको २० औं संस्करणको लेखनाथ महोत्सवमा राखिएको बुद्धको प्रतिमा दर्शकहरुको आर्कषणको केन्द्र बनेको छ । हरेक संस्करणमा केही न केही नयाँ प्रयोगको माध्यमबाट दर्शकहरुको ध्यान तान्न सफल महोत्सवले यसपटक भने विश्व शान्तिको कामनाका साथ महोत्सव परिसरमा भगवान गौतम बुद्धको आर्कषक प्रतिमा स्थापना गरेको हो । महोत्सवमा स्थापना गरिएको उक्त प्रतिमाले बालबालिका देखी वृद्ध वृद्धाहरुसम्मको ध्यान खिच्न सफल भएको छ । प्रतिमामा सँगै फोटो खिचाउने देखी टिकटिक… पुरा पढौ

लेखनाथ महोत्सव बिहिबारबाट, मुख्यमन्त्री पाण्डेले उद्घाटन गर्ने

लेखनाथ, १७ पुस, ‘‘महोत्सव लेखनाथको संस्कृति, स्थानिय उत्पादन विकास र सम्मृद्धि’’ भन्ने मुल नाराका साथ लेखनाथमा सञ्चालन हुन गईरहेको २० औं संस्करणको लेखनाथ महोत्सवको तयारी पुरा भएको छ । लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघको संयुक्त आयोजनामा सञ्चालन हुने महोत्सवको शतप्रतिशत तयारी पुरा भएको र विहिबार एक समारोहका विच गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गर्ने कार्यक्रम रहेको महोत्सवका मुल संयोजक एवं लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष विनोद श्रेष्ठले जानकारी दिए । श्रेष्ठले लेखनाथ उद्योग वाणिज्य संघले… पुरा पढौ

२० औं लेखनाथ महोत्सवको तयारी अन्तिम चरणमा

लेखनाथ, १५ पुस, लेखनाथ उद्योग वाणिज्य संघले यहि पुष १८ गते देखि माघ १ गते सम्म आयोजना गरेको २० औ संस्करणको लेखनाथ महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन विकास र सम्मृद्धि भन्ने नाराको साथ आयोजना गर्न लागिएको महोत्सवको ९५ प्रतिशत तयारी पुरा भएको सोमबार आयोजित पत्रकार सम्मेलनमा आयोजकले जानकारी दिएको छ । पत्रकार सम्मेलनमा संघका अध्यक्ष एवं महोत्सवका मूल संयोजक विनोद श्रेष्ठले लेखनाथ उद्योग वाणिज्य संघले २०५८ साल देखि सुन्तला प्रदर्शनीबाट सुरु गरेको महोत्सवलाई… पुरा पढौ

पोखरामा शिक्षा, स्वास्थ्य र खेलकुदको केन्द्र बनाउन पहल गर्छुः मन्त्री गुरुङ(भिडियो सहित) ,पोखरा सडक महोत्सव सुरु

दीननाथ बराल,पोखरा, १२ पुष, नेपाल सरकारका सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले पोखरामा शिक्षा, स्वास्थ्य र खेलकुदको केन्द्र बनाउन पहल गर्ने बताउनु भएको छ । रेवान पोखराको आयोजनामा पोखरामा आज (शनिबार) देखि सुरु भएको २६ औँ संस्करणको पोखरा सडक महोत्सव २०८१ को उद्घाटन गर्दै मन्त्री गुरुङले पर्यटनको राजधानि पोखरामा शिक्षा, स्वास्थ्य र खेलकुदको सम्भावना भएकोले त्यसको केन्द्र बनाउन पहल गर्दै आएको बताउनु भएको हो । https://www.youtube.com/watch?v=4KX0D6f2gvc यस अभियानलाई सफल पार्न सबैको साथ र सहयोगको आवश्यक भएको बताउदै यसमा… पुरा पढौ

कृषि क्षेत्रको व्यवसायीकरणले नै हाम्रो दिगो विकासको सपनालाई साकार बनाउन सक्छः पूर्वराष्ट्रपति भण्डारी

दीननाथ बराल, पोखरा ४, पुष, पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आन्तरिक उत्पादनको श्रृङ्खला बढाई त्यसबाट उठ्ने राजस्व, स्वदेशी उद्योगको स्थापनाले दिने रोजगारी र आन्तरिक माग पूरा गरी गरिने निर्यात तथा नेपालको अर्थतन्त्रको मेरूदण्ड मानिने कृषि क्षेत्रको व्यवसायीकरणले नै हाम्रो दिगो विकासको सपनालाई साकार बनाउन सक्ने बताउनु भएको छ । त्रिभुवन विश्व विद्यालय र चीनको सिचुआन विश्वविद्यालयको संयुक्त आयोजनामा पोखरामा आज(विहिबार) देखि सुरु भएको उक्त कार्यक्रमको उद्घाटन गर्दै उहाँले उक्त कुरा बताउनु भएको हो । कार्बन उत्सर्जनकर्ता विकसित र औद्योगिक मुलुकहरूले नै जलवायु… पुरा पढौ

कृृषि मन्त्री श्रेष्ठको एक सय दिन ःकृषि प्रवर्धन कार्यक्रम देखि ऐन नीति निर्माण तथा संशोधनसम्म

पोखरा २७ मंसिर, गण्डकी प्रदेशकी कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री पद्मा जिसी श्रेष्ठले एक सय दिनको कार्य प्रगति सार्वजनिक गरेकी छिन् । बिहिवार मन्त्रालयको सभाहलमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री श्रेष्ठले मन्त्रालयमा भएका कृषि, पशुपन्क्षी, सहकारी र भूमि व्यवस्थापनको नीतिगत तथा कानुनी र कार्यक्रमगत एवं संस्थागत उपलब्धि सार्वजनिक गरेकी हुन् । उपलब्धि सार्वजनिक गर्दै मन्त्री श्रेष्ठले बजेट कार्यान्वयनको चरणमा रहेकाले सो अनुसार कार्य गर्दै आएको बताइन् । ‘हामी बजेट कार्यान्वयनका चरणमा छौँ । विनियोजित बजेटलाई सही ढङ्गले कार्यान्वयन गर्नु नै… पुरा पढौ

आँगन सहकारीको पाँचौँ साधारणसभा

पोखरा, २२ मङ्सिर, पोखरा महानगरपालिका वडा नं।१३ गौडामुख स्थित आँगन बहुउद्देश्यीय सहकारी संस्थाको पाँचौँ वार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ। पोखराको पर्यटकीय स्थल कार्की डाँडामा साधारणसभा सम्पन्न भएको हो । साधारण सभाको उद्घाटन गर्दै गण्डकी प्रदेश सभाका सदस्य तथा पूर्व ऊर्जा तथा जलश्रोत मन्त्री वेदबहादुर गुरुङ ‘श्याम’ले आर्थिक उपार्जन र समृद्धिका लागि सहकारीको भूमिका महत्त्वपूर्ण रहने बताए । पछिल्लो समय एकाध सहकारीमा देखिएको समस्याका कारण सहकारी क्षेत्रमा त्रासको वातावरण सृजना भइरहेको बताउँदै उनले ऐन, विधि र नियमानुसार सञ्चालित सहकारीहरूमा कुनै… पुरा पढौ

पुष १८ गते सुरु हुने लेखनाथ महोत्सवको मुख्य प्रायोजकमा राष्ट्रिय बाणिज्य बैंक

दीननाथ बराल, पोखरा, १७ मंसिर, आउँदो पुष १८ गते सुरु हुने लेखनाथ महोत्सवको मुख्य प्रायोजकमा राष्ट्रिय बाणिज्य बैंक रहेको छ । उक्त महोत्सवलाई सफल पार्न बैंकले आफ्नो सामाजिक उत्तरदाहित्व अन्र्तगत केही समय अघि आयोजक संस्था लेखनाथ उद्योग बाणिज्य संघसंग सम्झौता गरेको हो । पोखरा २७ को तालचोकमा आउँदो माघ १ गतेसम्म संचालन हुने २० औँ संस्करणको लेखनाथ महोत्सव २०८१ मा करिब ३ सय ३६ वटा स्टलहरु रहने भएको सोमबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराइएको हो । १९ बर्ष… पुरा पढौ

विश्व मत्स्य दिवसको अवसरमा पोखरामा ५ हजार स्थानिय माछाको भूरा छाडियो, स्थानिय माछा संरक्षणमा जोड

दीननाथ बराल, पोखरा ७, मंसिर विश्व मत्स्य दिवसको अवसरमा पोखराको फेवातालमा स्थानिय जातका ५ हजार वटा माछाका भुरा छाडिएको छ । स्थानीय जातहरुको माछा भुरा छोड्दै र ताल तथा रैथाने माछा संरक्षण सचेतना कार्यक्रम आयोजना गरी विहिबार पोखरामा विश्व मत्स्य दिवसको अवसरमा स्थानिय जातका ५ हजार माछाका भुरा छाडिएको मत्स्य अनुसन्धान केन्द्र, बेगनास, पोखरा प्रमुख डा.मोहमद इकवाल हुसेनले बताए । स्थानिय जातका माछा बचाउ अभियान अन्र्तगत उक्त कार्यक्रम आयोजना गरिएको उनले जनाए । फेवातालमा विहिबार लोपउन्मुख प्रजातिका शहर, रहु, नैनी,… पुरा पढौ