कृषि

कृषकको पनि बन्यो लेखनाथ महोत्सव

लेखनाथ, २४ पुस कास्कीको लेखनाथमा जारी २० औं संस्करणको लेखनाथ महोत्सवमा कृषक र कृषि उत्पादनले राम्रो स्थान पाउन सफल भएको छ । पुस १८ गतेदेखी जारी महोत्सवमा कुल ३ सय ३६ स्टलहरुमध्ये कृषि उत्पादनका मात्रै २४ स्टलहरु रहेका छन । त्यतिमात्रै हैन महोत्सवमा बृहत कृषि मेला प्रर्दशनीको पनि व्यबस्था मिलाईएको छ । जहाँ पोखरा महानगरपालिका भित्रका ३३ वटै वडाका ७२ भन्दा वढि किसानहरुले विभिन्न किसिमका कृषि उपजहरु प्रर्दशनीमा राखेका छन ।पोखरा महानगरपालिका कृषि तथा पशु विकास महाशाखा र आयोजकको समन्वयमा… पुरा पढौ

विहिबार देखि सुरु हुने पोखरा महोत्सवको तयारी पूरा

पोखरा २३, पुष, पर्यटनको राजधानि पोखरामा यही पुष २५ देखि पोखराको अमरसिंह चौरमा आयोजना हुने १३ औं संस्करणको पोखरा महोत्सवको तयारी पूरा भएको छ । युनाईटेड क्लव पोखराले मंगलबार महोत्सव स्थल अमरसिंह चौरमा आयोजना गरेको पत्रकार सम्मेलन मार्फत महोत्सवको सम्पूर्ण तयारी पुरा भएको जनाएको हो । माघको ७ गते सम्म चल्ने उक्त महोत्सवबाट शिक्षा, स्वास्थ्य, खेलकुद र पर्यटन प्रवद्र्धन र सेती नदी संरक्षण संगै पोखरामा खुल्ला चिडियाखाना निर्माणमा पहलकदमी थाल्दै आएको युनाईटेड क्लबले १३ औं संस्करणको पोखरा महोत्सवदेखि युनाईटेड छात्राबास… पुरा पढौ

लेखनाथ महोत्सवमा घन्कियो रत्यौली

पोखरा, २२, पुष, नेपाली समाजमा विवाहको बेलामा बेहुलाको घरमा गाइने परम्परागत रत्यौली गीत लोप हुँदै गएपछि त्यसो जर्गेना एवं नयाँ पुस्तालाई जानकारी दिन लेखनाथ महोत्सवमा हरेक वर्ष रत्यौली नृत्य प्रस्तुत गर्ने गरिन्छ । दुलाहाका घरमा विवाहका अवसरमा बालिएको शुभसूचक बत्ती कुर्न भनी जम्मा भएका महिलाले गाउने सामूहिक गीत रत्यौली गीत हो । जन्ती हिँड्नुपूर्व दुलाहाका घरमा गरिने कर्मदेखि जन्ती प्रस्थान गरेको र दुलहीका घरमा गरिने कर्मदेखि पुनः दुलाहाका घर भित्रिँदासम्मका अवस्थाको विषयलाई समेटेर रत्यौली गीत गाउने गरिने गरेको राष्ट्रिय लोक… पुरा पढौ

लेखनाथ महोत्सवमा हाजिरी जवाफ

लेखनाथ, २१, पौष, कास्कीको लेखनाथमा जारी २० औ संस्करणको लेखनाथ महोत्सवमा आमा तथा महिला समुह विच हाजिरी जवाफ प्रतियोगिताको आयोजना गरिएको छ । प्रतियोगितामा सोधिने महिला हक, अधिकार, कानुनका र समसामयिक प्रश्नमा उनिहरुको जवाफले माहोल निकै रोचक बन्ने गरेको छ । कुनै बेला आउने अप्रत्यासित जवाफ र झटारो जवाफले कार्यक्रम झनै रोचक बनेको हो । घरमा आफना बाबु नानीहरुको गृहकार्य सिकाउन ब्यस्त हुने आमाहरु अहिले महोत्सवमा आयोजित आमा तथा महिला समुहका विचको हाजिरी जवाफ प्रतियोगितामा सहभागि भएर साँझ विहान त्यसको… पुरा पढौ

लेखनाथ महोत्सवमा शनिबार दर्शकको भिड, १ करोडको कारोबार

लेखनाथ, २०, पौष, ‘‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन विकास र सम्मृद्धि’’ भन्ने नाराका साथ सुरु भएको २० औं संस्करणको लेखनाथ महोत्सवमा शनिबार दर्शकहरुको उत्साहजनक उपस्थीति रहेको थियो । शनिबार बिदाको दिन समेत परेकाले महोत्सवमा अवलोकन गर्ने दर्शकहरुको संख्यामा वृद्धि भएको हो । महोत्सवको तेश्रो दिन शनिबार २५ हजार दर्शकहरुले अवलोकन गरेको र १ करोड बराबरको कारोबार भएको महासचिव एवं महोत्सव प्रचार प्रसार समितिकी संयोजक जानुका पराजुली अधिकारीले जानकारी दिईन । महोत्सवमा शनिबार लोकदोहोरीतर्फ बालचन्द्र बराल, शान्तीश्री परियार, ध्रुव जिसी, तुलसा… पुरा पढौ

कोन सहकारीको रक्तदान कार्यक्रमबाट ५२ यूनिट रक्त संकलन

दीननाथ बराल,पोखरा २०, पुष, पोखरा महानगरपालिका वडा न १३ भद्रकाली चोक स्थित कोन सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि.ले आज (शनिवार) आयोजना गरेको खुल्ला रक्तदान कार्यक्रमबाट ५२ यूनिट रक्त संकलन भएको छ । संस्थाको सामाजिक उत्तरदायित्व अन्तर्गत सहकारीले २६ औ बार्षिकोत्सवको अवसरमा आयोजित रक्तदान कार्यक्रमबाट ५२ यूनिटक रक्त संकलन भएको सहकारीका सचिव शान्त कुमार श्रेष्ठले बताउनु भयो । कार्यक्रमका प्रमुख अतिथी संस्थाका निर्वतमान अध्यक्ष एवं मानार्थ संरक्षक शरदकान्त सिग्देलले पहिलो रक्तदाता संस्थका सचिव शान्त कुमार श्रेष्ठलाई ब्लड व्याग हस्तान्तरण… पुरा पढौ

लेखनाथ महोत्सवमा आर्कषणको केन्द्र बन्दै बुद्धको प्रतिमा

लेखनाथ, १९ पौष, ‘‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन विकास र सम्मृद्धि’’ भन्ने नाराकासाथ सुरु भएको २० औं संस्करणको लेखनाथ महोत्सवमा राखिएको बुद्धको प्रतिमा दर्शकहरुको आर्कषणको केन्द्र बनेको छ । हरेक संस्करणमा केही न केही नयाँ प्रयोगको माध्यमबाट दर्शकहरुको ध्यान तान्न सफल महोत्सवले यसपटक भने विश्व शान्तिको कामनाका साथ महोत्सव परिसरमा भगवान गौतम बुद्धको आर्कषक प्रतिमा स्थापना गरेको हो । महोत्सवमा स्थापना गरिएको उक्त प्रतिमाले बालबालिका देखी वृद्ध वृद्धाहरुसम्मको ध्यान खिच्न सफल भएको छ । प्रतिमामा सँगै फोटो खिचाउने देखी टिकटिक… पुरा पढौ

लेखनाथ महोत्सव बिहिबारबाट, मुख्यमन्त्री पाण्डेले उद्घाटन गर्ने

लेखनाथ, १७ पुस, ‘‘महोत्सव लेखनाथको संस्कृति, स्थानिय उत्पादन विकास र सम्मृद्धि’’ भन्ने मुल नाराका साथ लेखनाथमा सञ्चालन हुन गईरहेको २० औं संस्करणको लेखनाथ महोत्सवको तयारी पुरा भएको छ । लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघको संयुक्त आयोजनामा सञ्चालन हुने महोत्सवको शतप्रतिशत तयारी पुरा भएको र विहिबार एक समारोहका विच गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गर्ने कार्यक्रम रहेको महोत्सवका मुल संयोजक एवं लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष विनोद श्रेष्ठले जानकारी दिए । श्रेष्ठले लेखनाथ उद्योग वाणिज्य संघले… पुरा पढौ

२० औं लेखनाथ महोत्सवको तयारी अन्तिम चरणमा

लेखनाथ, १५ पुस, लेखनाथ उद्योग वाणिज्य संघले यहि पुष १८ गते देखि माघ १ गते सम्म आयोजना गरेको २० औ संस्करणको लेखनाथ महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन विकास र सम्मृद्धि भन्ने नाराको साथ आयोजना गर्न लागिएको महोत्सवको ९५ प्रतिशत तयारी पुरा भएको सोमबार आयोजित पत्रकार सम्मेलनमा आयोजकले जानकारी दिएको छ । पत्रकार सम्मेलनमा संघका अध्यक्ष एवं महोत्सवका मूल संयोजक विनोद श्रेष्ठले लेखनाथ उद्योग वाणिज्य संघले २०५८ साल देखि सुन्तला प्रदर्शनीबाट सुरु गरेको महोत्सवलाई… पुरा पढौ

पोखरामा शिक्षा, स्वास्थ्य र खेलकुदको केन्द्र बनाउन पहल गर्छुः मन्त्री गुरुङ(भिडियो सहित) ,पोखरा सडक महोत्सव सुरु

दीननाथ बराल,पोखरा, १२ पुष, नेपाल सरकारका सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले पोखरामा शिक्षा, स्वास्थ्य र खेलकुदको केन्द्र बनाउन पहल गर्ने बताउनु भएको छ । रेवान पोखराको आयोजनामा पोखरामा आज (शनिबार) देखि सुरु भएको २६ औँ संस्करणको पोखरा सडक महोत्सव २०८१ को उद्घाटन गर्दै मन्त्री गुरुङले पर्यटनको राजधानि पोखरामा शिक्षा, स्वास्थ्य र खेलकुदको सम्भावना भएकोले त्यसको केन्द्र बनाउन पहल गर्दै आएको बताउनु भएको हो । https://www.youtube.com/watch?v=4KX0D6f2gvc यस अभियानलाई सफल पार्न सबैको साथ र सहयोगको आवश्यक भएको बताउदै यसमा… पुरा पढौ