माछापुच्छ्रेको ६७ करोड ९९ लाखको बजेट आयो, कृषि र पर्यटनमा जोड, दाना उद्योग स्थापना गर्ने

-


     पोखरा क्लिक     
     असार १० गते २०८२ मा प्रकाशित


दीननाथ बराल,
पोखरा, असार १०,

कास्कीको माछापुच्छ्रे गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२र८३ का लागि रु। ६७ करोड ९९ लाख ५१ हजार बराबरको बजेट प्रस्तुतः गरेको छ। गाउँपालिकाको उपाध्यक्ष सीता अधिकारीले आज (मंगलबार) गाउँसभामा बजेट प्रस्तुत गर्दै संघीय र प्रदेश सरकारबाट प्राप्त हुने अनुदान, राजस्व बाँडफाँट, आन्तरिक आम्दानी र बैंक मौज्दात समावेश गरिएको जानकारी दिनुभयो। उहाँका अनुसार बजेट स्रोतहरू यस प्रकार रहेका छन् ।

संघीय सरकार तर्फ

वस्तुगत समानीकरण अनुदान तर्फ ११ करोड २४ लाख

सशर्त अनुदान तर्फ २७ करोड ९४ लाख

समर्पित (निर्दिष्ट) अनुदान तर्फ ८१ लाख

राजस्व बाँडफाँट तर्फ १२ करोड १९ लाख

रोयल्टी बाँडफाँट तर्फ ४३ लाख

प्रदेश सरकार तर्फ

वस्तुगत समानीकरण अनुदान तर्फ १ करोड २६ लाख ५९ हजार

समर्पित अनुदान तर्फ ६० लाख

सशर्त अनुदानतर्फ २ लाख

विशेष अनुदानतर्फ ४० लाख

राजस्व बाँडफाँटतर्फ १ करोड १२ लाख ४४ हजार

गाउँपालिकाको आन्तरिक राजस्वतर्फ २ करोड ९५ लाख

हालको बैंक मौज्दाततर्फ ५ करोड ६४ लाख ३३ हजार

बजेटको क्षेत्रगत बाँडफाँट यसप्रकार रहेको छस्
पूर्वाधार विकासतर्फ ११ करोड ५० लाख ५० हजार

सामाजिक विकासतर्फ ४ करोड ९४ लाख ३३ हजार

आर्थिक विकासतर्फ २ करोड ४४ लाख ८ हजार

वन, वातावरण तथा विपद् व्यवस्थापनतर्फ ९५ लाख

संस्थागत विकास, सेवा प्रवाह तथा सुशासनस् रु। १ करोड ६४ लाख ५० हजार

गाउँपालिका कार्यालय तथा मातहत कार्यालय सञ्चालनस् रु। १० करोड ८० लाख १० हजार

फिर्ता गर्नुपर्ने रकमहरूस् रु। २ करोड ३५ लाख

वडागत बजेटस् रु। ५ करोड ४० लाख

सशर्त अनुदानमार्फत कार्यक्रमतर्फ २७ करोड ९६ लाख

गाउँपालिकाका अध्यक्ष मिन बहादुर गुरुङले यसअघि प्रस्तुत गर्नु भएको नीति तथा कार्यक्रममा कृषि, पर्यटन र स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता दिइएको उल्लेख गरिएको छ।ग्रामीण कृषि प्रणालीमा सुधार, कृषि उत्पादनको न्यूनतम समर्थन मूल्य तोक्ने जस्ता बिषय बजेटमा समेटिएको प्रमुख प्रशासकीय अधिकृत केशव सुवेदीले पोखराक्लिकलाई बताउनु भयो । त्यसै गरी स्वास्थ्य, शिक्षा, पशु दाना उद्योग स्थापनाको तयारी, र मर्दी हिमालको प्रवर्द्धन गर्न संवाद कार्यक्रम जस्ता व्यावहारिक कार्यक्रमहरू बजेटमा समावेश गरिएको उहाँले जनाउनु भयो ।