कृषि

कास्कीमा ९५ प्रतिशत धान रोपाई

दीननाथ बराल, पोखरा ६, साउन, कास्कीमा ९५ प्रतिशत धान रोपाई भएको छ । यस बर्ष समयमै पानी परेकोले कास्कीका अधिकांश धानवाली हुने खेतमा धान रोपिएको गण्डकी प्रदेशको कृषि बिकास निर्देशनालयले जनाएको छ । हालसम्म कास्कीमा १५ हजार ४ सय ९ हेक्टर क्षेत्रफलमा धान रोपाई भएको छ भने कास्कीमा खेतियोग्य जमिन १६ हजार २ सय २० हेक्टर क्षेत्रफल रहेको गण्डकी प्रदेशको कृषि बिकास निर्देशनालयका कृषि प्रसार अधिकृत एवं सूचना अधिकारी विनोद शर्माले बताउनु भयो । कास्कीमा प्रायः गरी जेठोबुढो, पहेले, एक्ले,… पुरा पढौ

पोखरा १६ को ढिकीडाँडामा खुल्यो ६ करोड लगानीमा रिसोर्ट

दीननाथ बराल,पोखरा ६, साउन, देशका धेरै युवाहरु रोजगारको लागि विदेश गइरहेका वेला पोखरा १६ का ८ जनाको युवा समुहले हाल स्वदेशमा केही गर्नु पर्छ भन्दै आफ्नै गाँउमा लगानी गरेका छन् । बिद्यालय जिवनमा संगै पढेका हाल विभिन्न पेशा व्यवसायमा आबद्ध भए पनि आफ्नो गाँउ ठाँउको विकासको लागि किन आफुबाटै सुरुवात नगर्ने भन्दै पोखरा १६ का ८ जनाको एक समुहले पोखराको ढिकीडाँडामा ढिकीडाँडा रिसोर्ट संचालन गरेका हुन्। प्राकृतिक मनोरम दृश्यावलोकनको समेत उत्कृष्ट गन्तव्य मध्य एकमा पर्ने उक्त स्थानमा आफुहरुले पर्यटनको सम्भावना… पुरा पढौ

सामुदायिक वन समूहलाई स्थायी लेखा नम्वर अपरिहार्य

गण्डकी, ३ साउन ः वनको संरक्षण, प्रवद्र्धन र विकासमा जोड दिदै आएका सामुदायिक वन उपभोक्ता समूहलाई स्थायी लेखा नंम्वर (पान) अपरिहार्य भएको एक कार्यक्रमका वक्ताले बताएका छन् ।सामुदायिक वन उपभोक्ता महासांघ नेपाल कास्की शाखाको छौठौ पूर्ण बैठकमा बोल्ने वक्ताहरुले नेपाल सरकारले चालू आर्थिक बर्षको बजेटमा प्रत्येक वन समुहले दुई बर्षको लेखा परिक्षण प्रतिवेदनका आधारमा स्थायी लेखा नम्वर दिने व्यवस्थाको भरपुर उपयोग गर्नु पर्नेमा जोड दिइएका हुन । यसअघि संरक्षण, विकास र उपयोग गर्ने गरि समुहलाई हस्तान्तरण गरिएको मितिदेखि हालसम्मको लेखापरिक्षण… पुरा पढौ

करी पक्ता साच्चै कति फलदायि छ त

पोखरा ३, साउन, नेपाल जडिवुटिमा धनि देश मध्यमा पर्दछ । हाम्रा वनजंगल र घर गाँउमा प्राप्त हुने जडिवुटिको महत्व बुझ्न सके त्यसबाट हामीले धेरै फाइदा लिन सकिन्छ । यसै सन्दर्भमा करी पक्ताको बारेमा फेसबुकमा विश्व सिग्देलले प्रोष्ट गर्नु भएको करी पक्ताको बारेमा जस्ताको तस्तै । करी पत्ताका बिरुवा चाहिए संपर्क गर्नुस ,सुको तिर्नु पर्दैन ।तर करिपत्ता सार्नु अगाडी यसको उपयोगिता कत्तिको थाह छ रु तपाईंमा बिरुवाहरुमा कत्तिको लगाव छ ,म जांच लिन्छु ,पास हुन पर्छ। लहडमा बिरुवा लैजाने सही तरिकाले… पुरा पढौ

पोखरा महानगरपालिकाद्धारा कृषकहरूलाई प्रोत्साहन रकम प्रदान

पोखरा १, साउन, पोखरा महानगरपालिकाले चैते धान लगाउने कृषकहरूलाई प्रोत्साहन रकम प्रदान गरेको छ । महानगरको वडा नं।२६ र २७ का २२६ जना कृषकहरूलाई नगद रु।६ लाख ८१ हजार ३ सय बराबरको प्रोत्साहन रकम प्रदान गरेको हो । उनीहरूलाई सोमबार आयोजित एक कार्यक्रमका बिच पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य उक्त प्रोत्साहन प्रदान गर्नुभएको हो । प्रोत्साहन रकम प्रदान गर्दै नगर प्रमुख आचार्यले कृषिलाई पोखरा महानगरपालिकाले प्राथमिकतामा राखेको बताउनुभयो । कृषिको यान्त्रीकरण तथा व्यवसायीकरण, उत्पादकत्व वृद्धि, बाँझो जमिनमा खेतीपाती, विभिन्न बालीहरूको… पुरा पढौ

कास्कीमा अबैध रुपमा निगालाको टुसा चोरी गर्ने व्यक्ति सहित चालक पक्राउ

दीननाथ बराल,पोखरा २५, असार, कास्कीमा अबैध रुपमा निगालाको टुसा चोरी गर्ने व्यक्ति सहित चालक पक्राउ पर्नु भएको छ । कास्कीको माछापूच्छ्रे« गाउँपालिका वडा नं. ४ लम्सालथर स्थित ग ३ च ४५४० नम्बरको बोलेरो जिपलाई चेकजाँच गर्दा अन्नपूर्ण संरक्षण क्षेत्रबाट निगालोको टुसा करिब १४८० मुठा लोड गरी पोखरातर्फ ल्याउँदै गरेको अबस्थामा फेलापारेको हुँदा टुसा ल्याउने रामजी भण्डारी, चालक खिम बहादुर पुन सहित उक्त टुसा प्रहरीले नियन्त्रणमा लिएको हो । माछापूच्छ्रे गाउँपालिका वडा नं.१ टुसे बस्ने ३७ बर्षका चालक पुन र टुसा… पुरा पढौ

रैथाने बाली उत्पादन, ब्राण्डिङमा प्रदेश सरकार प्रतिबद्ध मन्त्री थापा

गण्डकी प्रदेश सरकारका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री विन्दुकुमार थापाले रैथाने बाली उत्पादनको ब्राण्डिङमा प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुुभएको छ । साना तथा मझौला व्यवसायी महासंघ नेपाल कास्कीले आयोजना गरेको औद्योगिक मेलामा बोल्दै उहाँले अन्तर्राष्ट्रिय बजारसँग प्रतिस्पर्धा गर्न रैथाने उत्पादनलाई ब्राण्डिङ गर्नुुपर्ने बताउनुभएको हो । “गुणस्तरियतामा ख्याल राख्दै रैथाने बाली उत्पादनको बजारीकरण गर्नुपर्ने आवश्यकता देखिन्छ । जसका लागि प्रदेश सरकार यहाँहरु सँगै छ ।”, उहाँले भन्नुभयो ।मन्त्री थापाले साना तथा मझौला व्यवसायीहरुको आत्मबल बढाउने गरी प्रदेश सरकारले नीतिगत निर्णय गरेको… पुरा पढौ

चौथो हेमजा हिले महोत्सव सम्पन्न

शनिबार दिनभरजसो हेमजा हिले महोत्सवको रौनकमा रहयो। महोत्सवमा बुढा पाकादेखि युवा हुँदै केटाकेटीसम्म रमाइलो गरे। त्यहाँ स्थानीय देवीस्थानसेवा समाजले महोत्सवको चाजो पाजो मिलाएको थियो।अन्य दिनको तुलनामा शनिवार अधिकाश ं हे मजावास ै समेत उठे ।करिव ९बजे स्थानीय देवीस्थान माईमन्दिरमा भेला भए ।त्यहाँबाट कृषि झाँकी सहितको शोभायात्रामा सहभागि भऐरकलन ुँदै महोत्सव स्थलमा पुगेका हेमजावासीको बाक्लो उपस्थिती देखियो। त्यहाँ हिले फुटबल, हिले दौड, रस्साकस्सी, घैटो फुटाउने, झाँकी प्रदर्शन, विद्यालय स्तरीय धान रोपाई प्र तियोगिता, उत्क ृष्ट किसानसम्मान, हलगोरु तथा जोडी दौड, आमा… पुरा पढौ

१९ औं असारे रोपाई महोत्सवमा भलिवल सहितका खेलकुद गतिविधि हुने

दीननाथ बराल,पोखरा १२, असार, १९ औं संस्करणको असारे रोपाई महोत्सव २०८१ मा हिलोमा भलिवल सहितका विभिन्न खेलकुद प्रतियोगिता हुने भएको छ । पोखरा पर्यटन परिषदको आयोजनामा पोखराको फेवाफाँटमा हुने उक्त महोत्सवमा हिलोमा भलिवल, हिले दौड, पत्रकारको लागि हिले दौड, लगायतका प्रतियोगिता हुने भएको मंगलबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराईएको हो । हिलोमा हुने भलिवल प्रतियोगितामा बिजेता टिमले १२ हजार र उपविजेताले ६ हजार प्राप्त गर्ने भएको परिषदका अध्यक्ष पोमनारायण श्रेष्ठले बताउनु भयो । रस्सा कसी तर्फको प्रतियोगिताको विजेतालाई ५… पुरा पढौ

अन्नपूर्णको बजेट ५८ करोड ९५ लाख

कास्कीको अन्नपूर्ण गाउँपालिकाले आउदो बर्षको लागि ५८ करोड ९५ लाख ६३ हजारको बजेट प्रस्तुत गरेको छ । अन्नपूर्ण गाउँपालिकाका उपाध्यक्ष चन्द्रकला अधिकारीले चालु तर्फ ४२ करोड ५१ लाख ६३ हजार र पूंजिगत तर्फ भने १६ करोड ४४ लाखको बजेत प्रस्तुतः गरिन् । चालु आर्थिक बर्षमा अन्नपूर्णले ५८ करोड ७८ लाख बजेट विनियोजन गरेको थियो । यस अघि पालिका अध्यक्ष बिष्णु बहादुर केसीले नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । बजेटको पूर्णपाठ सहित । annapurna-baject-11Download पुरा पढौ