कोन सहकारीको रक्तदान कार्यक्रमबाट ५२ यूनिट रक्त संकलन

-


     पोखरा क्लिक     
     पौष २० गते २०८१ मा प्रकाशित


दीननाथ बराल,
पोखरा २०, पुष,

पोखरा महानगरपालिका वडा न १३ भद्रकाली चोक स्थित कोन सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि.ले आज (शनिवार) आयोजना गरेको खुल्ला रक्तदान कार्यक्रमबाट ५२ यूनिट रक्त संकलन भएको छ । संस्थाको सामाजिक उत्तरदायित्व अन्तर्गत सहकारीले २६ औ बार्षिकोत्सवको अवसरमा आयोजित रक्तदान कार्यक्रमबाट ५२ यूनिटक रक्त संकलन भएको सहकारीका सचिव शान्त कुमार श्रेष्ठले बताउनु भयो ।

कार्यक्रमका प्रमुख अतिथी संस्थाका निर्वतमान अध्यक्ष एवं मानार्थ संरक्षक शरदकान्त सिग्देलले पहिलो रक्तदाता संस्थका सचिव शान्त कुमार श्रेष्ठलाई ब्लड व्याग हस्तान्तरण गरी कार्यक्रम शुभारम्भ गर्नु भएको थियो ।

कोन सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष तीर्थबहादुर बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षा उपसमितिका संयोजक खड्क वहादुर गुरुङ(खुशीमान), रक्त संचार केन्द्र पोखराका प्रमुख अर्जुन ज्ञवाली, मार्गदर्शन एकेडेमीका संचालक पुरनकुमार श्रेष्ठ, सहकारीका सदस्य शारदा सिग्देल पराजुली लगायले रगतको बारेमा चर्चा गर्नु भएको थियो । उक्त अवसरमा संस्थाको नवर्निवित भवनको समेत उद्घाटन गरिएको छ ।