कृषि

युनाइटेडको अध्यक्षमा लोक बा. थापा

पोखरा १९, भदौं, युनाइटेड क्लव पोखराको अध्यक्षमा लोक बहादुर थापा निर्वाचित भएका छन । क्लवको १५ औं साधारण सभा तथा सातौं अधिवेशनले आगामी कार्यकालका लागी लोक बहादुर थापा सर्वसम्मत रुपमा अध्यक्ष पदमा निर्वाचित भएका हुन । क्लवको वरिष्ठ उपाध्यक्षमा गणेश तिमिल्सिना, प्रथम उपाध्यक्षमा शान्त बहादुर थापा, द्धितिय उपाध्यक्षमा सुुर्य बहादुर बानियाँ, महासचिवमा दिनेश सुनार, कोषाध्यक्षमा जयराम आचार्य, सचिवमा सन्तोष कार्की र सह कोषाध्यक्षमा सीमा गुरुङ निर्वाचित भएका छन । त्यसैगरी कार्यसमिति सदस्यहरुमा विष्णु कुमार गुरुङ, पुुर्ण कुमार श्रेष्ठ, शिव थापा,… पुरा पढौ

गण्डकी प्रदेशमा एमालेका ४ मन्त्रीद्धारा सपथ ग्रहण

दीननाथ बराल,पोखरा, १७ भदौ, गण्डकी प्रदेशमा नेकपा एमालेबाट ४ जना मन्त्रीहरु नियुक्त भएसंगै उहाँहरुले आज नै सपथ ग्रहण गर्नु भएको छ । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले कास्कीका प्रकाशबहादुर केसी, नवलपुरकी पद्मा जिसी (श्रेष्ठ), बागलुङका कृष्ण पाठक र पर्वतका मित्रलाल बस्याललाई सोमबार मन्त्री नियुक्त गरेसंगै सोमबार नै उहाँहरुले सपथ ग्रहण गर्नु भएको हो । उहाँहरुलाई नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशको कार्यालयको सभा हलमा आयोजित समारोहमा पद तथा गोपनीयताको शपथ ग्रहण समेत गराइएको हो । प्रदेश प्रमुख डिल्लीराज भट्टले मुख्यमन्त्रीको उपस्थितिमा पद तथा… पुरा पढौ

कृषि तीज गीत प्रतियोगिताको उपाधि बागलुङलाई

पोखरा, भदौ १५, गण्डकी प्रदेश स्तरीय कृषि तीज गीत प्रतियोगिताको उपाधि बागलुङले जितेको छ । पोखरा टेलिभिजन र कृषि विकास निर्देशनालय गण्डकी प्रदेशको संयुक्त आयोजनामा शनिबार भएको सातौं गण्डकी प्रदेश स्तरीय कृषि तीज गीत प्रतियोगिताको उपाधि बागलुङको जिल्ला कृषि सहकारी संघले जित्दै नगद ३५ हजारसहित प्रमाण प्राप्त गरेको हो । पोखरामा भएको प्रतियोगितामा म्याग्दीको प्रगति सफल कृषक समूह मालिका गाउँपालिका वडा नम्बर–६ द्वितीय, तनहुँको बेदकालिका कृषक समूह म्याग्दे गाउँपालिका वडा नम्बर–७ तृतीय भएका छन् । द्वितीय हुने म्याग्दीको प्रगति सफल… पुरा पढौ

गण्डकी रेन्वो ट्राउट फार्मका संचालक गुरुङको सहयोग सहित महायज्ञमा ३८ लाख संकलन

दीननाथ बराल,पोखरा १०, भदौं, कास्कीको माछापुच्छ्रे« गाउँपालिका वडा नं २ खाँदरजुङ्गमा रहेको घोप्टे डाँडालाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने उद्धेश्यले आयोजित महायज्ञमा हालसम्म ३८ लाख ५१ हजार आर्थिक सहयोग संकलन भएको छ । श्रीमद् भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ एवं धार्मिक महोत्सव २०८१ को आज पाँचौं दिन (सोमबार) सम्म ३८ लाख ५१ हजार ४ सय ५१ रुपैया संकलन भएको माछापुच्छ«्रे गाउँपालिका–२ का वडाध्यक्ष तथा प्रवक्ता एवं महायज्ञका सहसंरक्षक गणेश आचार्यले बताउनु भयो । महायज्ञमा सोमबार श्रीकृष्ण जन्मष्टमी पर्वको अवसरमा गण्डकी… पुरा पढौ

माछापुच्छ्रेको घोप्टे डाँडालाई पर्यटकीय गन्तव्य बनाउने अभियानमा आयोजित महायज्ञमा विदेशबाट समेत सहयोग आउन थाल्यो

दीननाथ बराल,पोखरा, भाद्र ७, कास्कीको माछापुच्छ्रे« गाउँपालिका वडा नं २ खाँदरजुङ्गमा रहेको घोप्टे डाँडालाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने उद्धेश्यले आयोजित श्रीमद् भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ एवं धार्मिक महोत्सव २०८१ मा विदेशबाट समेत सहयोग आउन थालेको छ । शिवालय मन्दिर व्यवस्थापन समितिले श्रीमद् भागवत महापुरारण तथा ज्ञान महायज्ञका माध्यमबाट रकम संकलन गरी घोप्टे डाँडामा विभिन्न धार्मिक संरचना निर्माण गरेर पर्यटकीय गन्तव्य बनाउने लक्ष्य सहित गैराखेल मैदानमा आयोजित महायज्ञको दोश्रो दिनमा अष्ट्रेलियाबाट आर्थिक सहयोग प्राप्त भएको माछापुच्छ«्रे गाउँपालिका–२ का वडाध्यक्ष… पुरा पढौ

तराईबाट १ सय ७ रुपैया लिटरको दुुध पोखरामा लोक्कल दुध भन्दै १४० रुपैयामा बिक्रि गर्दा पोखरेली ठगिए

पोखरा, भदौ ७ , तराईबाट १ सय ७ रुपैया प्रति लिटरको दुुध पोखरामा लोक्कल दुध भन्दै १४० रुपैयामा बिक्रि वितरण हुने गरेको तथ्य सार्वजनिक भएको छ । पोखरा महानगरको बजार अनुगमन टोलीले उक्त तथ्य सार्वजनिक गरेको हो। यसरी आम पोखरेलीलाई एका तर्फ झुक्कायर तराइको दुधलाई लोक्कर भनि बिक्रि वितरण गरिएको छ भने अर्को तर्फ चर्को मुल्यमा पोखरेली ठगिनु भएको स्थानियले बताउनु भयो । पोखरा महानगरपालिकाले हालै दुध बिक्री गर्ने डेरी पसल र उद्योगमा अनुुगमन गरेको छ । दुुधमा मिसावट र… पुरा पढौ

माछापुच्छ्रेको घोप्टे डाँडालाई पर्यटकीय गन्तव्य बनाउन महायज्ञ सुरु, पहिलो दिनमै ११ लाख संकलन

पोखरा ७, भदौं, कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नं २ खाँदरजुङ्गमा रहेको घोप्टे डाँडालाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने उद्धेश्यले श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ एवं धार्मिक महोत्सव सुरु भएको छ । शिवालय मन्दिर व्यवस्थापन समितिले श्रीमद्भागवत महापुरारण तथा ज्ञान महायज्ञका माध्यमबाट रकम संकलन गरी घोप्टे डाँडामा विभिन्न धार्मिक संरचना निर्माण गरेर पर्यटकीय गन्तव्य बनाउने लक्ष्य सहित गैराखेल मैदानमा महायज्ञ आयोजना गरेको समितिका अध्यक्ष सर्वजित गुरुङले बताउनु भयो । महायज्ञको गाउँपालिका अध्यक्ष मीनबहादुर गुरुङले बिहिबार एक समारोहका बिच उद्घाटन गर्नुभयो ।… पुरा पढौ

स्ट्याण्डर्ड चार्टर्ड बैंकको सहयोगमा डिजिटाइजेसन र महिला उद्यमशीलता सम्बन्धि प्रशिक्षण, पर्यटकको बसाई अवधि लम्बाउने गरी होमस्टे संचालन गर्न सुझाव

दीननाथ बराल, पोखरा, ३१ साउन, घरवास कार्यक्रम (होमस्टे) मा पर्यटकहरुको बसाई अवधि लम्बाउने गरी होमस्टे संचालन गर्न विहिबार पोखरामा आयोजित एक कार्यक्रममा वक्ताहरुले सुझाव दिनु भएको छ । महिला उद्यमी महासंघको आयोजनामा ‘महिला उद्यमीहरुले नेतृत्व गरेका वा स्वामित्वमा रहेका व्यवसायहरुको डिजिटाइजेसन र उद्यमशीलता विकासद्वारा महिलाहरुको आर्थिक सशक्तिकरण’ परियोजना अन्तर्गत बागलुङका दुई होमस्टे सञ्चालक महिलाहरुलाई दिइएको १५ दिने सिकाई तथा अनुभव आदानप्रदान कार्यक्रमको विहिबार पोखरामा समापन तथा प्रमाण पत्र वितरण कार्यक्रममा सहभागि वक्ताहरुले उक्त सुझाव दिनु भएको हो । स्ट्याण्डर्ड चार्टर्ड… पुरा पढौ

डढेलोबाट जोगाउने वन समुहलाई २० हजार पुरस्कार

कास्कीको रुपा गाउँपालिकाले डढेलोबाट वन जोगाउन सफल सामुदायिक वन समुहलाई २० हजार नगद पुरस्कार दिने घोषणा गरेको छ । सामुदायिक वन दिवसको अवसरमा ठुलो वन समुहद्धारा निर्मित हरियाली पार्कमा आयोजित वृक्षारोपण कार्यक्रममा गाउँपालिका अध्यक्ष नवराज ओझाले सो घोषणा गर्नुभएको हो । गाउँपालिकामा ५६ वटा सामुदायिक वन उपभोक्ता समुह रहेका छन् । वन क्षेत्रमा आगो लगाउँदा जैविक विविधता, वन्य जन्तु सहित वातावरणीय असर पर्ने हुँदा त्यस्तो आपराधिक काम रोक्नका लागि गाविसले यसै आर्थिक बर्षबाट पुरस्कृत गर्ने जानकारी दिंदंै उहाँले भन्नुभयो “डढेलोबाट… पुरा पढौ

 पोखरा महानगरले तोक्यो अनुुदानको मलको मूल्य, तोकिएकै मूल्यमा बिक्री नगरे कारबाही ः उपप्रमुख गुुरुङ

पोखरा, साउन १८, पोखरा महानगरपालिकाले आर्थिक वर्ष २०८१÷८२ का लागि रासायनीक मलको मूल्य तथा बिक्री परिमाणको कोटा निर्धारण गरेको छ । पोखरा महानगरपालिका मल वितरण ब्यवस्थापन समितिको शुक्रबार बसेको बैठकले नेपाल सरकारले अनुदानमा उपलब्ध गराउने मलको मुल्य निर्धारण गरेको हो ।महानगरका उपप्रमुख एवं मल वितरण ब्यवस्थापन समितिका संयोजक मञ्जुदेवी गुरुङको अध्यक्षतामा बसेको बैठकले युरिया, डीएपी र पोटासको मुल्य निर्धारण गरेको महानगरपालिका आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरियाले जानकारी दिए । उक्त बैठकमा पोखरा महानगरका प्रमुख प्रशासकीय अधिकृत श्यामकृष्ण थापा, कृषि… पुरा पढौ