पोखराको ढुंगेसाँघुमा माघे शंक्रान्ति मेला सुरु, पोखरामा १ करोड मुल्य बराबरकोे कन्दमुलको कारोवार

-


     पोखरा क्लिक     
     माघ १ गते २०८१ मा प्रकाशित


दीननाथ बराल,
पोखरा १, माघ,

आज (मंगलबार) माघे संक्रान्तिको अवसरमा पोखराको ढुंगेसाँघुमा माघे शंक्रान्ति मेला सहितको हार्ट बजार सुरु भएको छ । साथै उक्त क्षेत्रमा विभिन्न खेलकुद समेत सुरु भएको छ ।

यसैबिच, गण्डकी प्रदेशको राजधानि पोखरामा यस बर्षको माघे संक्रान्तिको अवसरमा करिब एक करोड मुल्य बराबरको कन्दमुलको कारोवार हुदैछ । मकर संक्रान्तिको अवसरमा पोखरामा यस बर्ष करिब एक करोड मुल्य बराबरको तरुल सहित कन्दमूलको कारोबार हुने अपेक्षा गरिएको व्यवसायीहरुले पोखराक्लिकलाई बताउनु हुन्छ ।

प्रतिकेजी १ सय देखि ४ सय मुल्य बराबरका कन्दमुल पोखराका बजारमा उपलब्ध भएको पोखराका एक व्यवसायी गोविन्द प्रसाद आचार्यले बताउनु भयो । उहाँका अनुसार घर तरुल विभिन्न प्रजातिमा उपलब्ध छ जस्तै जाँते, पन्जे, सेतो तरुल त्यसै गरी वन तरुल र सकरखण्ड, पिडालु जस्ता कन्दमुल हाल पोखरामा बिक्रि वितरण भएको छ ।

पाल्पा, तनहुँ, गोर्खा, धादिङ लगायतका जिल्लाबाट आएको तरुल पोखरामा बिक्रि हुदैछ । पोखराको श्री कम्प्लेस कृषि उपजका एक व्यवसायी धर्म प्रसाद तिमिल्सिनाले अघिल्लाृ बर्षकै तुलनामा यस बर्ष कन्दमुल पोखरामा भित्रिएको बताउनु भयो । उहाँका अनुसार बजारमा हाल खुद्रा मुल्य प्रति केजी सकरखण्ड एक सय, जाँते तथा पन्जे तरुल प्रति केजी २ सय ५०, भैसे तरुल प्रति केजी १ सय ५० मा बिक्रि भएको छ ।

तरुल तथा कन्दमुल खादा मानव स्वास्थ्का लागि फाइदाजक हुने बताइन्छ । कन्दमुल जमिन मुनि फल्ने हुनाले भिटामिन सी, कार्वोहाइड्रेड, भिटामिन ए, आइरन, म्याग्नेसियम, फसफोरस, पोटासियम जस्ता मानव शरिरका लागि आवश्यक तत्व पाइने चिकित्सकहरुले बताउदै आउनु भएको छ । कन्दमुलमा प्रोटिन भने कम पाइन्छ आँखा, छाला र श्वासप्रश्वास सम्बन्धि समस्याका लागि धेरै फाइदा पुग्छ भने मृगौला रोगीका बिरामीले यसको प्रयोग नगर्दा उचित हुने चिकित्सकको सुझाव दिएका छन्।