
दीननाथ बराल,
पोखरा १, माघ,
नेपाल सरकारका कृषि तथा पशुपंक्षि विकास मन्त्री रामनाथ अधिकारीले दुधका व्यवसायीक किसानहरुलाई रकम उपलब्ध गराउन बिषेश पहल गर्ने बताउनु भएको छ । केन्द्रिय दुग्ध सहकारी संघ लिमिटेड नेपालको आज (सोमबार) पोखरामा सम्पन्न भएको ३० औं साधारण सभाको उद्घाटन गर्दै मन्त्री अधिकारीले देशभरका किसानले दुध बिक्री गरेको रकम नपाएकोमा चिन्त्ता व्यक्त गर्दै उक्त रकम उपलब्ध गराउन बिषेश पहल गर्ने बताउनु भएको हो ।

सरकारी र अधिकांश निजी डेरी उद्योगले गत विगत ६ महिना अघि देखिको किसानलाई दुधको पैसा दिन नसकेकोमा दुःख व्यक्त गर्दै मन्त्री अधिकारीले आफुले मन्त्रालय सम्हालेको करिब ६ महिना भएको र अब आउने बजेटमा त्यसका बिषयमा सम्बोधन गर्ने जनाउनु भयो । दशैंका वेला मन्त्रालयहरुमा पुगेर ग्यू र दुध लिन आग्रह गर्दै हिडेको उहाँले स्मरण समेत गर्नु भयो । नेपाली सेनाका प्रधानसेनापति देखि नेपाल प्रहरीका आईजिपीसम्म पुगेर दशैंका समयमा हाम्रो ग्यू तथा दुध खाइदिनुहोस भन्दै हिडेको मन्त्री अधिकारीले बताउनु भयो । सबै कर्मचारीहरुले अनिवार्य एक लिटर ग्यू किन्नु पर्यो भनेर आग्रह गरिएको उहाँले जनाउनु भयो । बिक्रि भएको दुधले कर्मचारीहरुलाई समेत व्यबस्थापन गर्न कठिन भएको बताउदै मन्त्री अधिकारीले दुधको व्यबस्थापन पक्ष निकै कमजोर भएको दाबी गर्नुभयो ।
दुधको क्षेत्रमा ठुलै ह्वाङ परेको दाबी गर्दै मन्त्री अधिकारीले लामो समय किसानको भुत्तानी रकम रहेकोमा केही समय अघि देखि ६ महिनामा झारिएको उहाँले जनाउनु भयो । किसानले आफ्नो जीवीको पार्जन गर्नको लागि दुःख सुख्ख गरेर उत्पादन गरेको दुधको पैसा समयमै दिन नसक्नुमा आफु निकै लज्जित भएको प्रतिकृया दिदै अब बाँकी रहेको भुक्तानीको लागि नयाँ बजेटमा त्यसलाई सम्बोधन गर्ने योजना रहेको उल्लेख गर्नु भयो । सहकारीको माध्यमबाट दुधको क्षेत्रमा देखिएको समस्या समाधानको लागि संघले दिएको सुझावलाई मनन गरिने भएको उहाँले बताउनु भयो ।
देशभरका किसानले दुध बिक्री गरेको करिब १ अर्ब ५० करोड भन्दा बढी रकम पाउनु भएको छैन् । जसमध्ये सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डिडिसी) ले तिर्नुपर्ने मात्रै करिब डेढ अर्ब भन्दा बढी रहेको राष्ट्रिय दुग्ध किसान सहकारी संघ लिमिटेडले जनाएको छ । किसानसंग दुध लिने पैसा समयमै नतिर्ने, धेरै फाइदामा दुध खरिद गर्ने तर किसानालाई पैसा नदिने, यस बिषयमा अझै राम्रोसंग आफुले बुझ्दै गरेको मन्त्री अधिकारीले बताउनु भयो ।
कार्यक्रममा चितवन जिल्ला दुग्ध उत्पादन सहकारी संघका अध्यक्ष किशोर बगालेले दुधको पैसा कहिले आउछ ?, दुध कहिले सजिलै बिक्रि गर्न सकिन्छ ?, हामी किसाने कति दुध उत्पादन गर्ने ? लगायतका प्रश्न गर्दै किसानले समयमै भुक्तानी नपाउदा निकै समस्या उत्पन्न भएको गुनासो गर्नु भयो । सरकारले मुल्य तोकेको दुधमा मुल्य घटायर दुध लिने उपर कार्वाही कसले गर्छ भन्दै उहाँले प्रश्न गर्नु भयो । हाल दैनिक ७ लाख लिटर दुध उत्पादन हुने सरकारी तथ्याङ भए पनि त्यसको माग अनुसार काठमाण्डौमै ७ लाख लिटर दुध खपत हुने अबस्था हुदा पोखरा सहितका क्षेत्रमा दुध कहाँबाट आउछ भन्दै बगालेले सरकारसंग प्रश्न गर्नुभयो ।
गण्डकी प्रदेशको राजधानि पोखरामा ३६ भन्दा बढी जिल्लाका दुग्ध व्यवसायीक किसान सहभागि हुनु भएकोे संघका लेखा समिति संयोजक एवं कास्कीका अध्यक्ष नवराज बरालले बताउनु भयो । कार्यक्रममा करिब ४ सय जना दुग्ध किसान पोखरामा सहभागि भएको उहाँको दाबी छ ।
संघका अध्यक्ष अम्मर बहादुर कुंवरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गण्डकी प्रदेशका सभामुख कृष्ण धिताल, गण्डकी प्रदेशका कृषि तथा पशुपंक्षि विकास मन्त्री पद्मा श्रेष्ठ लगायतले नेपालमा उत्पादन हुने दुधको उचित मुल्य र किसानले समयमै पैसा पाउने गरी व्यबस्था मिलाउनु पर्नेमा जोड दिनुभयो । सप्त गण्डकी दुग्ध संघको व्यबस्थापनमा कार्यक्रम भएको हो ।