पोखराको बजेट ८ अर्ब ३५ करोड

-


     पोखरा क्लिक     
     असार ८ गते २०८२ मा प्रकाशित


दीननाथ बराल,
पोखरा ८, असार,

पोखरा महानगरपालिकाले आर्थिक बर्ष २०८२÷०८३ को लागि ८ अर्व ३५ करोड १२ लाख रुपैयाको बजेट प्रस्तुतः गरेको छ । पोखरा महानगरपालिकाको १७ औं नगरसभामा आर्थिक बर्ष २०८२÷०८३ बजेट तथा कार्यक्रम आइतबार प्रस्तुतः गर्दै पोखराका उपमेयर मन्जुदेवि गुरुङले उक्त बजेट सार्वजनिक गर्नु भएको हो ।

उक्त बजेटको खर्च केन्द्रगत रुपमा नगर कार्यपालिकाको कार्यालय तर्फ ५५ करोड अर्थात १८.१५ प्रतिशत, सामाजिक विकास तर्फ ३८ करोड अर्थात ७.२८ प्रतिशत, आर्थिक विकास तर्फ १८ करोड अर्थात ३.४५ प्रतिशत, वडा कार्यालय तर्फ १ अर्व अर्थात १५.१६ प्रतिशत, पूर्वाधार तर्फ २ अर्व ३३ करोड अर्थात ४४.६४ प्रतिशत, शहरी विकास पर्यटन वन तथा वातावरण तर्फ ३८ करोड अर्थात ७.२८ प्रतिशत बजेट प्रस्ताव गरिएको बजेटमा उल्लेख छ ।

खर्च व्यहोर्ने स्रोतहरुमा सघिय सरकारको अनुदानबाट ३ अर्व १ करोड ८१ लाख अर्थात ३६.१३ प्रतिशत र आन्तरिक आयबाट ५ अर्व २३ करोड ३१ लाख अर्थात ६३.८७ प्रतिशत व्यहोरिने भएको उपमेयर गुरुङले जनाउनु भयो ।
आन्तरिक राजश्व परिचालन तर्फ कर क्षेत्रको अंश ३ अर्व २३ करोड ७२ लाख २७ हजार अर्थात ६१.८६ प्रतिशत रहेको उपमेयर गुरुङले प्रस्तुत गरेको बजेटमा उल्लेख छ । त्यसै गरी स्थानीय राजश्व बाँडफाँडबाट १ अर्व करोड १९ लाख १४ हजार अर्थात १९.३३ प्रतिशत, प्रदेश राजश्व बाँडफाँडबाट ४ करोड २८ लाख ७२ हजार अर्थात ०.८० प्रतिशत, संघिय राजश्व बाँडफाँडबाट ३३ करोड ८ लाख ४० हजार अर्थात ६.३२ प्रतिशत, सघिय अनुदानबाट ५२ करोड ८७ लाख अर्थात १०.१० प्रतिशत, प्रदेश अनुदानबाट ८ करोड १५ लाख ४६ हजार अर्थात १.५५ प्रतिशत व्यहोरिने भएको छ ।

चालु आर्थिक बर्षमा ७ अर्ब ५१ करोड ३२ लाख ८३ हजारको बजेट विनियोजन भए पनि यही जेठ मसान्तरसम्म ४ अर्ब १६ करोड ५२ लाख ६४ हजार अर्थात ५५.४३ प्रतिशत खर्च भएको उपमेयर गुरुङले बताउनु भयो । यस अघि पोखराका मेयर धनराज आचार्यले बार्षिक नीति तथा कार्यक्रम प्रस्तुतः गरेका थिए । प्रस्तुत कार्यक्रममा कृषि, पर्यटन, पूर्वाधार निर्माण, शिक्षा, स्वास्थ्य लगायतका बिषयमा प्रथामिकता दिएको महानगरले पाखराक्लिकलाई जनाएको छ ।