नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रपति कार्यालय, शितल निवासमा पद तथा गोपनियताको शपथ लिनु भएको छ ।उहाँलाई राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनियताको शपथ गराउनु भएको हो । शपथग्रहण कार्यक्रममा राष्ट्रपति पौडल, उपराष्ट्रपति रामसहाय यादव, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत मञ्चमा रहनु भएको थियो भने कार्यक्रममा विभिन्न देशका राजदुत तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो । सभामुख, उपसभामुख एवं प्रमुख विपक्षी दलका नेताहरु समेत मञ्चमा देखिनु भएन् ।दर्शकदीर्घाको अघिल्लो पङ्तीमा कार्कीका श्रीमान् दुर्गा सुवेदी, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, रासपाका नेता, मुख्यसचिव, प्रधानसेनापति कुटनीतिक नियोगका…
पुरा पढौ