राजनीति

पोखराबाट अन्तर्राष्ट्रिय उडान विस्तारमा सरकारको ठोस कदम, फ्लाई दुबई अभियानलाई थप बल पुग्ने विश्वास

पोखरा, नेपाल सरकारले पोखरा र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट सञ्चालन हुने नियमित अन्तर्राष्ट्रिय हवाई उडानलाई प्रोत्साहन गर्न प्रदान गर्दै आएको सहुलियतलाई थप दुई वर्ष निरन्तरता दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले २०८५ साल भदौ मसान्तसम्मका लागि यी दुई विमानस्थलबाट हुने नियमित अन्तर्राष्ट्रिय उडानमा पार्किङ, ल्यान्डिङ तथा नेभिगेसन शुल्क शतप्रतिशत छुट दिने तथा ग्राउन्ड ह्यान्डलिङ शुल्कमा ५० प्रतिशत छुट दिने निर्णय गरेको हो। सरकारको यो निर्णयसँगै आगामी असोज ७ गतेदेखि पोखरा–दुबई सिधा उडान सुरु गर्न लागेको फ्लाई दुबईको… पुरा पढौ

१८ वर्षपछि स्वेच्छिक विवाह गर्न कानुन संशोधनको माग, सन् २०३० सम्म नेपाललाई बालविवाहमुक्त समाज बनाउने अभियान (भिडियो सहित)

पोखरा, साउन ६, सन् २०३० सम्म नेपाललाई बालविवाहमुक्त समाज बनाउने राष्ट्रिय लक्ष्य हासिल गर्न सरकारको प्रयास मात्र पर्याप्त नहुने भन्दै राज्य, परिवार, समुदाय र सम्पूर्ण नागरिकको सक्रिय सहकार्य अपरिहार्य रहेको निष्कर्ष पोखरामा आयोजित एक प्रादेशिक परामर्श कार्यक्रमले निकालेको छ। राष्ट्रिय मानव अधिकार आयोग गण्डकी प्रदेश कार्यालयको आयोजना तथा गर्ल्स नट ब्राइड्स (बालिका दुलही होइनन्) को सहकार्यमा सम्पन्न ‘बालविवाहले मानव अधिकार उपभोगमा पार्ने प्रभावसम्बन्धी राष्ट्रिय जाँचबुझको प्रादेशिक परामर्श कार्यक्रम’ मा सहभागीहरूले कानुन, नीति, जनचेतना र सामाजिक व्यवहारमा एकसाथ सुधार नगरेसम्म बालविवाह… पुरा पढौ

पोखरा २२ (पुम्दी भुम्दी) का सबै घरमा इन्डक्सन चुलो वितरण हुने

दिननाथ बराल, पोखरा, ६ साउन, पोखरा महानगरपालिका वडा नं.२२ (पुम्दी भुम्दी) का सबै घरमा इन्डक्सन चुलो वितरण हुने भएको छ । स्वदेशमा उत्पादन भएको बिद्युतको प्रयोग सहित आयातित खानापकाउने ग्याँसलाई प्रतिस्थापन गर्ने उद्धेश्यले वडाले चालु आर्थिक बर्ष २०८३÷०८४ का वडाका सबै घरमा इन्डक्सन चुलो वितरण गर्ने योजना अघि सारेको वडाध्यक्ष हिमलाल बरालले पोखराक्लिकलाई बताउनु भयो । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रसँगको लागत साझेदारीमा ‘एक घर, एक इन्डक्सन चुलो’ अभियान सञ्चालन गर्ने भएको अध्यक्ष बरालले जनाउनु भयो । यस कार्यक्रमका लागि वडा… पुरा पढौ

नेका कास्कीद्धारा विपि स्मृति दिवसमा विविध कार्यक्रममा

पोखरा, नेपाली कांग्रेस कास्कीले ४४ औँ बीपी स्मृति दिवस मनाएको छ। स्मृति दिवस सँगसँगै नेपाली कांग्रेसले सुरु गरेको जरा अभियान पनि समापन गरिएको छ । कास्की कांग्रेसले यसपटक विद्यार्थीबीच वक्तित्वकला प्रतियोगिता र पोखरा पर्यटन सम्बन्धी नीति लेखन प्रस्तुतिकरण प्रतियोगिता गरेको नेपाली काँग्रेस कास्कीका सहससचिव एवम् प्रवक्त नबिन सिग्देलले जानकारी दिए । ११ जना सहभागी नीति लेखन प्रतियोगितामा सुशान्त पराजुली प्रथम, इन्जिनियर प्रदिप सिग्देल द्वितीय र संगीता गौतम तृतीय भएका थिए । सो प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमश नगद… पुरा पढौ

म्याजेस्टिक लेक फ्रन्ट होटल चौथो वर्षमा प्रवेश, वार्षिकोत्सवमा रक्तदानदेखि मानवसेवासम्म

पोखरा, पोखरा महानगरपालिका–६, खहरे, लेकसाइडस्थित म्याजेस्टिक लेक फ्रन्ट होटल एण्ड सुइट्स प्रालिले तेस्रो वार्षिकोत्सव सम्पन्न गर्दै चौथो वर्षमा प्रवेश गरेको छ। वार्षिकोत्सवको अवसरमा होटलले व्यवसायिक उपलब्धिको समीक्षा मात्र नभई रक्तदान, मानवसेवा तथा खेलकुदलगायत सामाजिक उत्तरदायित्वका विविध कार्यक्रम आयोजना गरेर आफ्नो वार्षिकोत्सवलाई अर्थपूर्ण बनाएको हो। गण्डकी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्य लेकसाइडमा सञ्चालित होटलले नेपाली मौलिकता र अन्तर्राष्ट्रियस्तरको आतिथ्य सेवाको समन्वय गर्दै स्वदेशी तथा विदेशी पर्यटकमाझ छुट्टै पहिचान बनाउन सफल भएको जनाएको छ। विशेष समारोहबीच होटलका संस्थापक अध्यक्ष रमेशबहादुर भट्टराई र सुशीला… पुरा पढौ

फेवातालमा डुङ्गा चालकमाथि मापसे र लापसे परीक्षण, गाँजा सेवन गरेका तीन जना पक्राउ

दीननाथ बराल, पोखरा, साउन ५ पोखराको प्रमुख पर्यटकीय गन्तव्य फेवातालमा डुङ्गा चालकमाथि गरिएको मादक पदार्थ सेवन (मापसे) तथा लागूऔषध सेवन (लापसे) परीक्षणका क्रममा गाँजा सेवन गरेका तीन जना चालक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीको आयोजना तथा वडा प्रहरी कार्यालय बैदाम र सामुदायिक प्रहरी सेवा केन्द्र जिल्ला समन्वय समिति कास्कीको सहकार्यमा आज(मंगलबार) पोखरा–६ स्थित बाराहीघाट क्षेत्रमा गरिएको संयुक्त अनुगमनका क्रममा ३२ जना डुङ्गा चालकको मापसे तथा लापसे परीक्षण गरिएको थियो । परीक्षणका क्रममा तीन जना डुङ्गा चालकले लागूऔषध… पुरा पढौ

दैनिक ४\५ हजार यात्रु ओहोरदोहोर हुने पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सटल बसमा दैनिक १२–१६ यात्रु मात्रै यात्रा गर्छन !

दीननाथ बराल,पोखरा, ५ साउन, दैनिक चारदेखि पाँच हजार यात्रुको आवागमन हुने पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुको सहज आवतजावतका लागि सञ्चालन गरिएको सटल बस सेवाले अपेक्षित साथ पाउन सकेको छैन्। तीन महिनासम्म निःशुल्क रूपमा परीक्षण गरिएको सेवा साउन १ गतेदेखि सःशुल्क बने पनि यात्रु सहभागिता अत्यन्त न्यून देखिएको हो । पोखरा महानगरपालिका र पोखरा बस सेवा प्रालिबीचको सहमतिअनुसार हाल विमानस्थलबाट दुईवटा ननस्टप सटल बस नियमित सञ्चालनमा छन्। एउटा बस विमानस्थल–विरौटा–लेकसाइड र अर्को विमानस्थल–पृथ्वीचोक–हल्लनचोक रुटमा चलिरहेको छ। दुवै बसको भाडा प्रतियात्रु १०० रुपैयाँ… पुरा पढौ

पोखराको सेती नदीमा केही भाग पानी थुनिँयो, करिब ५० मिटर माथिबाट पानी खस्दा झर्ना, उच्च सावधानि अपनाउन आग्रह (भिडियो सहित)

दीननाथ बराल,पोखरा २, साउन, पोखराको सेतीनदी प्रायः पोखराको रामघाटदेखि लुकेर जमिन मुनिबाट रातोपहिरो क्षेत्रमा देखिने गरेको छ । केही दिनदेखि परेको बर्षादका कारण यतिवेला सेतीनदीमा दुर्लभ दृश्य देखिएको छ त्यो हो करिब ५० मिटर माथिबाट पानीको बहाब खसेर झर्ना बनेको छ । https://www.youtube.com/watch?v=SRkMYPoNoYc&t=13s ५० औं बर्षदेखि सेतीनदीमा बाढी आउने गरे पनि हालको अबस्था भने पहिलो पटक देखेको स्थानियले पोखराक्लिक समक्ष गुनासो गर्नु भएको छ । पोखरा महानगरपालिका–१५ र १७ को सीमामा पर्ने रातोपहिरा क्षेत्रमा करिब दुई महिनाअघि गएको सुख्खा पहिरोका… पुरा पढौ

पोखरामा श्रृंखलाबद्ध चोरी गर्ने गिरोह पक्राउ, ४ विदेशीसहित ९ जना प्रहरी नियन्त्रणमा

दीननाथ बराल, पोखरा, साउन २, पोखराका विभिन्न स्थानमा श्रृंखलाबद्ध रूपमा चोरीका घटनामा संलग्न भएको आरोपमा कास्की प्रहरीले विदेशी सहित ९ जनालाई पक्राउ गरेको छ । पक्राउ परेकाहरूको साथबाट २५ तोलाभन्दा बढी सुनका गरगहना, ९ थान मोबाइल, एक थान ल्यापटप, एक थान स्मार्ट घडीको साथमा नगद दुई लाख एक हजार दुई सय २० रुपैयाँ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । पक्राउ परेकाविरुद्ध कास्की जिल्ला अदालतबाट चोरी तथा डाँका सम्बन्धी कसुरमा म्याद थप अनुमति लिएर थप अनुसन्धान अघि बढाइएको… पुरा पढौ

भिटोफ गण्डकीको अध्यक्षमा रमेश अर्याल,पत्रकार वासुदेव पौडेललाई ‘गाउँ पर्यटन पत्रकारिता पुरस्कार’ अर्पण

दीननाथ बराल,पोखरा, साउन २, गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ) नेपाल, गण्डकी प्रदेशको पाँचौँ अधिवेशन तथा एघारौँ वार्षिक साधारण सभाले रमेश अर्यालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ। समितिको प्रथम उपाध्यक्षमा विश्वराज अधिकारी, द्वितीय उपाध्यक्षमा चिन्तामणि पोखरेल, सचिवमा भीमराज पौडेल, कोषाध्यक्षमा विमला अधिकारी सापकोटा र सह कोषाध्यक्षमा शरण गुरुङ चयन हुनु भएको हो । त्यस्तै समितिका सदस्यहरूमा मुना कोइराला, भावना रानाभाट, राजु परियार, प्रभात अधिकारी र जीवन सापकोटा चयन हुनु भएको निर्वाचन समितिले पोखराक्लिकलाई जनाएको छ । नवनिर्वाचित अध्यक्ष अर्यालले गाउँ… पुरा पढौ

This will close in 20 seconds