राजनीति

मलाई उत्तम पौडेल चाहिएको छ ःरवि लामिछाने

पोखरा, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पोखरामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै विगत ३४ वर्षदेखि देशको ढुकुटी सक्नेहरूलाई जनताले नबिर्सने बताउनुभएको छ । बुधबार पोखरामा आयोजित कार्यक्रममा उहाँले सुशासन लागू गरी कुसासनविरुद्ध संघर्ष गर्ने अभियानमा साथ दिन पोखरेलीसँग अपिल गर्नुभयो। “यहाँ सयौंलाई अन्यायमा पारिएको छ, ३४ वर्षसम्म देशको ढुकुटी सक्नेलाई हामी बिर्सँदैनौं,” उहाँले भन्नुभयो, “हामी सुशासनका लागि सहयात्रा गर्न चाहन्छौं, कुसासनविरुद्ध हाम्रो यात्रा जारी छ।” कास्की निर्वाचन क्षेत्र नम्बर २ का उम्मेदवार उत्तम पौडेललाई संसद्‌मा पठाउन आग्रह… पुरा पढौ

चुनावी रणनीति परिवर्तन गरी आइटीमा केन्द्रित हुन निर्देशन, मुख्य ४ दलबीच प्रतिस्पर्धा हुने संयोजक प्रचण्डको दाबी (भिडियो सहित)

दीननाथ बराल,पोखरा, २८ माघ, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चुनावी रणनीति परिवर्तन गरी सूचना प्रविधिमा केन्द्रित हुन कार्यकर्तालाई निर्देशन दिनुभएको छ। आज (बुधबार) पोखरामा आयोजित नेकपा कास्कीको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले अबको निर्वाचनमा परम्परागत शैली ठुलो भिडभाड सभा सम्मेलन भन्दा डिजिटल पहुँच र घरदैलो अभियान प्रभावकारी हुने बताउनु भएको हो । https://www.youtube.com/watch?v=Cg5hEtoE7Ds “ठूला सभा गरेर, लाखौं खर्च गरेर भोट धेरै पाउने समय सकिएको छ,” संयोजक प्रचण्डले भन्नुभयो, “अब तपाईँहरू घरघर, टोलटोलमा पुगेर पार्टीको… पुरा पढौ

कास्कीमा पहिलोपटक उज्यालो नेपाल पार्टीद्वारा २१ बुँदे चुनावी घोषणापत्र सार्वजनिक (भिडियो सहित) पोखरामा अन्तर्राष्ट्रिय हवाई उडानदेखि फोहोरको दिगो व्यवस्थापनसम्मका स्पष्ट योजना

दीननाथ बराल,पोखरा २७, माघ उज्यालो नेपाल पार्टीबाट कास्की क्षेत्र नम्बर–२ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार कुशल गुरुङले पोखराको दिगो विकास, पर्यावरण संरक्षण र आर्थिक रूपान्तरणलाई केन्द्रमा राख्दै आफ्नो २१ बुँदे चुनावी घोषणापत्र सार्वजनिक गरेका छन्।आइतबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा घोषणापत्र सार्वजनिक गर्दै गुरुङले भाषण र नाराभन्दा काम र परिणाममा आधारित राजनीति गर्ने प्रतिबद्धता जनाए। पोखरा कुनै सरकारी घोषणाले होइन, यहाँको अनुपम प्राकृतिक सौन्दर्यका कारण पर्यटनको राजधानी बनेको सहर भएको उनको भनाइ थियो। https://www.youtube.com/watch?v=B05Cp52jAtI गुरुङका अनुसार विश्वका १४ वटा आठ हजार मिटरभन्दा… पुरा पढौ

कास्कीमा संयोजक प्रचण्डद्वारा अगुवा कार्यकर्तामाझ सम्बोधन गर्नु हुने

पोखरा , आशन्न प्रतिनिधि सभा निर्वाचन २०८२ फागुन २१ लाई लक्षित गर्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कास्की जिल्लाका नेता तथा कार्यकर्तामाझ विशेष सम्बोधन गर्नुहुने भएको छ । पार्टी संगठनलाई थप सुदृढ बनाउँदै चुनावी अभियानलाई प्रभावकारी बनाउने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रम भोलि(बुधबार) बिहान ८ः३० बजे, पोखरा महानगरपालिका–जिरो कि।मि। स्थित गोल्डेन हाउस पार्टी प्यालेसमा सम्पन्न हुने जनाइएको छ। कार्यक्रममा संयोजक प्रचण्डले वर्तमान राजनीतिक परिस्थितिबारे स्पष्ट धारणा राख्नुका साथै आगामी निर्वाचनको रणनीति, पार्टीको दिशा तथा जनताको… पुरा पढौ

एमाले पोखरा सातको निर्बाचन कार्यालय शुभारम्भ

पोखरा ,माघ २६, एमालेले पोखरा महानगर पालिका वडा न सातको निर्बाचन कार्यालय शुभारम्भ गरेको छ । जेनजी युवाको समुहले उक्त कार्यालयको शुभारम्भ गर्दै युवा केन्द्रित कार्यक्रम ल्याउन उम्मेदवार रश्मि आचार्य समक्ष माग गरे । स्थानिय सुकर्ण पौडेल ,सुक्रान्त पौडेल , परिबेश रेग्मी सहित दर्जनौंको संख्यामा कार्यक्रममा पुगेका युबाहरूले बिगतका योजना र कामको मुल्यांकन तथा अपुरा काम पूरा गर्दै नयाँ नीति र पुराना अव्यवस्थित नीति ब्यबस्थित बनाउन उम्मेदवार आचार्यलाई सुझाव समेत दिएका छ। सो अबसरमा देशको नयाँ पुस्ताको चाहना बुझेको युग्को… पुरा पढौ

जेनजीका माग सम्बोधन गर्दै देशमा नेतृत्व र निकास सहितको दिगो विकास गछौंंः उम्मेदवार थापा (हेम) भिडियो सहित

दीननाथ बराल,पोखरा, २६ माघ, नेकपाका उम्मेदवार किरण बहादुर थापा (हेम) ले जेन्जी आन्दोलनपछि मुलुकले असल नेतृत्वको खोजी गरिरहेको अवस्थामा नेकपा नेतृत्व, निकास र विकासको स्पष्ट रणनीतिका साथ जनता माझ आएको बताउनु भएको छ । सोमबार पोखरा महानगरपालिका वडा नम्बर १६ स्थित नेकपाको सम्पर्क कार्यालय उद्घाटन गर्दै उहाँले मुलुक हाल अभिभावक विहीन जस्तो अवस्थामा पुगेको टिप्पणी गर्नुभयो । https://www.youtube.com/watch?v=rtRgXfHVl5c उम्मेदवार थापाले कुनै समय नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाले देशको अभिभावकत्व गर्दै नेतृत्व सम्हालेको स्मरण गर्दै वर्तमान अवस्थामा त्यो जिम्मेवारी नेकपाका संयोजक… पुरा पढौ

पोखराको जेठो सामाजिक संस्था पोउवा संघ ७२ औं वर्षमा

पोखरा, २५ माघ पोखरा उद्योग वाणिज्य संघ ७२ औं वर्षमा प्रवेश गरेको छ । २००७ सालको क्रान्तिपछिको चेतनाको जगमा २०११ साल माघ २५ गते पोखराका उद्योगी÷व्यवसायीहरुले अमृतप्रसाद शेरचनको नेतृत्वमा पोखरा व्यापार संघको स्थापना गरेका थिए । विधिवत् रुपले २०११ सालमा स्थापित भए पनि २००८ सालतिरै पोखराका व्यापारीहरु एकजुट भइसकेका थिए र व्यापार संघको तदर्थ समिति पनि बनेको थियो । २०११ सालमा विधिवत् स्थापना भएपछि चाहिँ तत्कालीन समयको पोखरा व्यापार संघ यहाँको जेठो सामाजिक संस्थाको रुपमा प्रतिस्थापित भयो । यही संघको… पुरा पढौ

मदरल्याण्ड माविका विद्यार्थीले संयुक्त राष्ट्रसंघको नमूना सभामा भाग लिने

पोखरा, माघ २६, पोखरा महानगरपालिका–७ मासवारस्थित मदरल्याण्ड माविका विद्यार्थीले संयुक्त राष्ट्रसंघको नमूना सभामा भाग लिने भएका छन । अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालय हुने उक्त सम्मेलनमा मदरल्याण्डका ६ जना विद्यार्थी सहभागि हँुदैछन । विद्यालयका प्लस टु इन्चार्ज नारायण आचार्यका अनुसार पाँचदिनसम्म संचालन हुने उक्त सभा आइतबारदेखि सुरु हुँदैछ । विद्यालयका प्राचार्य डा. नारायण बरालको नेतृत्वमा विद्यार्थी र शिक्षक सहितको टोली अमेरिका गएको आचार्यले जानकारी दिए ।आचार्यका अनुसार संयुक्त राष्ट्रसंघकै सभाको शैलीमा आयोजना हुने यो नमूना सभामा नेपालको तर्फबाट मदरल्याण्ड मात्र… पुरा पढौ

कास्की–२ का कांग्रेस उम्मेदवार माधवप्रसाद बास्तोला घाइते, मनिपाल शिक्षण अस्पतालमा उपचार हुदै

पोखरा, कास्की क्षेत्र नं। २ का नेपाली कांग्रेसका उम्मेदवार माधवप्रसाद बास्तोला चुनावी अभियानका क्रममा आफै सिँढीमा लडेर घाइते हुनुभएको छ । आइतबार अपराह्न चुनावी अभियान अन्तर्गत मतदाता भेटघाट गर्ने क्रममा सिँढीबाट चिप्लिएर लड्दा उहाँ घाइते हुनुभएको उहाँको निर्वाचन सचिवालयले जनाएको छ । दुर्घटनापछि उहाँलाई तत्काल पोखरा ११ फूलबारीस्थित मनिपाल शिक्षण अस्पतालमा भर्ना गरिएको छ । अस्पताल स्रोतका अनुसार उम्मेदवार बास्तोलाको देब्रे हात भाँचिएको छ । हाल उहाँको उपचार जारी रहेको अस्पताल श्रोतले पोखराक्लिकलाई जनाएको छ । यसैबीच, नेपाली कांग्रेसका युवा… पुरा पढौ

कास्की–२ मा उम्मेदवार उत्तम पौडेलको ‘स्थानीयसँग संवाद यात्रा’ तीव्र

पोखरा ,माघ २५, आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कास्की निर्वाचन क्षेत्र नम्बर २ का उम्मेदवार उत्तम पौडेलले ‘स्थानीयसँग संवाद यात्रा’ अभियानलाई तीव्र बनाएका छन्। सोही क्रममा आइतबार कास्की जिल्ला क्षेत्र नम्बर २ अन्तर्गत पोखरा महानगरपालिका–२१ मा उम्मेदवार पौडेलले स्थानीयसँग प्रत्यक्ष संवाद गर्दै सुझाव संकलन समेत गरेका हुन् । संवाद यात्राअन्तर्गत पोखरा २१का बिभिन्न ठाउँहरु पोखरेल थोक, शिवालय, निर्मल पोखरी, मैदान, ठुलिस्वारा, चिलाउने खर्क तथा थाप्ले–तिलाहारसम्म पुगेर स्थानीय बासिन्दासँग छलफल तथा अन्तरक्रिया… पुरा पढौ