स्वास्थ्य

आगामी आर्थिक वर्ष २०८३\०८४ का लागि २१ खर्ब २४ अर्ब ३४ करोडको बजेट सार्वजनिक

काठमाडौं, १५ जेठ, सरकारले आगामी आर्थिक वर्ष २०८३र०८४ का लागि २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँ बराबरको वार्षिक आय–व्यय अनुमान सार्वजनिक गरेको छ। संघीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेट प्रस्तुत गर्दै चालु खर्च, पुँजीगत खर्च र वित्तीय व्यवस्थापनको विवरण जानकारी गराउनुभयो। अर्थमन्त्री वाग्लेका अनुसार कुल विनियोजनमध्ये चालु खर्च १२ खर्ब ७० अर्ब ५८ करोड, पुँजीगत खर्च ४ खर्ब ३१ अर्ब १० करोड र वित्तीय व्यवस्थापनका लागि ४ खर्ब २२ अर्ब ६४ करोड रुपैयाँ छुट्याइएको छ। यससँगै… पुरा पढौ

राङखानीमा युनाईटेड क्लबको निःशुल्क स्वास्थ्य शिविर, ५ सय ५० लाभान्वित

पोखरा, युनाईटेड क्लब पोखराको आयोजनामा बागलुङको जैमिनि नगरपालिका–१० राङखानीमा सम्पन्न निःशुल्क स्वास्थ्य शिविरबाट ५ सय ५० भन्दा बढी स्थानीय लाभान्वित भएका छन् । राङखानी स्वास्थ्य चौकी, देउरालीमा आयोजित शिविरमा इसिजी, भिडियो एक्सरे, सुगर परीक्षणसहित विभिन्न विशेषज्ञ सेवा प्रदान गरिएको थियो । शिविरमा २ सय ४९ जनाको इसिजी, २ सय १५ जनाको भिडियो एक्सरे तथा १ सय २३ जनाको सुगर परीक्षण गरिएको आयोजकले जनाएको छ । शिविर जैमिनि नगरपालिका वडा नम्बर १० को समन्वय तथा मेडिप्लस हस्पिटल एण्ड ट्रमा सेन्टर रानीपौवा… पुरा पढौ

सीताराम र ध्रुव माविमा परिवार नियोजनको अभियान

पोखरा, ८ जेठ, नेपाल परिवार नियोजन संघ कास्की शाखाले यौंन तथा प्रजनन् स्वास्थ्य सचेतना अभियान जारी राखेको छ । २४ वटा विद्यालय तथा कलेजमा अभियान संचालन गर्ने लक्ष्य सहित सुरु गरिएको अभियान १६ वटा विद्यालय तथा क्याम्पसमा पुगेको सभापति नवीन सिग्देलले जानकारी दिनुभयो । पछिल्लो समय अभियान कास्कीका गाउँपालिकामा केन्द्रीत बनेको छ । संघले कास्कीको मादी गाउँपालिका वडा नं ३ याङ्जाकोट स्थित सीताराम मावि र वडा नं ४ तारकाङस्थित ध्रुव माविमा अभियान संचालन गरेको छ । सीताराम माविमा आयोजित कार्यक्रम… पुरा पढौ

दर्शन फाउण्डेशनद्वारा निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न

पोखरा, दर्शन फाउण्डेशन, पोखराको आयोजनामा एक दिने निःशुल्क आँखा परीक्षण शिविर पर्वत जिल्लाको जलजला गाउँपालिका–३, मल्लाज, माझफाँटस्थित मल्लाज स्वास्थ्य चौकीमा सम्पन्न भएको छ । शिविरमा ४११ जनाको आँखा परीक्षण गरिएको थियो । जसमध्ये २१ जनामा मोतियाबिन्दुको समस्या देखिएको र उनीहरूलाई शल्यक्रियाका लागि हिमालय आँखा अस्पताल, पोखरा सिफारिस गरिएको आयोजकले जनाएको छ । शिविरमा निःशुल्क चश्मा, औषधि वितरण तथा परामर्श सेवा प्रदान गरिएको थियो । शिविरमा ग्रामीण क्षेत्रका ज्येष्ठ नागरिक, महिला, दलित तथा आर्थिक अवस्था कमजोर भएका नागरिकहरूको उल्लेखनीय सहभागिता रहेको… पुरा पढौ

मितेरी सहरको उपहार एम्बुलेन्स सेवा पोखरामा

दीननाथ बराल,पोखरा, ३ जेठ, अत्याधुनिक सुविधा सम्पन्न एम्बुलेन्स सेवा पोखरामा भित्रिएको छ । मित्र राष्ट्र चिनको मितेरी सहर जिजाङ प्रान्तको लिञ्जीबाट उपहार स्वरूप उक्त एम्बुलेन्स सेवा पोखरा महानगरपालिकालाई प्राप्त भएको महानगरले जनाएको छ । अत्याधुनिक एम्बुलेन्ससहित स्वास्थ्य सामग्री अन्ततः साढे तीन वर्षपछि पोखरा आइपुगेको पोखराका मेयर धनराज आचार्यले बताउनु भयो । मितेरी सहर लिञ्जीले नयाँ जनप्रतिनिधि निर्वाचित भएपछि स्वागतस्वरूप अत्याधुनिक उपकरणसहितको एम्बुलेन्स, भेन्टिलेटर, अक्सिजन सिलिन्डर तथा अक्सिजन कन्सन्ट्रेटर लगायत स्वास्थ्य सामग्री सहयोग गर्ने घोषणा गरेको थियो । सामग्री चीनबाट रसुवाको… पुरा पढौ

युआरएल ग्रुपमा ठाकुरको नेतृत्व

पोखरा, तेह्र वर्षअघि पोखराको न्युरोडमा स्थापना भएको युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि(युआरएल) युआरएल ग्रुपमा रुपान्तर भएको छ । युआरएलको शुक्रबार भएको विशेष साधारणसभा तथा अधिवेशनले यसका २१ शाखालाई युआरएल ग्रुपमा रुपान्तरण गर्दै नयाँ नेतृत्वसमेत चुनेको हो । अधिवेशनले ठाकुरप्रसाद पन्थको अध्यक्षतामा सात सदस्यीय नयाँ सञ्चालक समिति निर्वाचित गरेको छ । ग्रुपको सचिव एवम् प्रबन्ध निर्देशकमा गणेशप्रसाद कोइराला र बोर्ड डाइरेक्टरहरुमा बालकृष्ण शर्मा, गीता कार्की पन्थ, डा कृष्णराज अधिकारी, डा वसन्त पगेनी र पुष्पराज कोइराला छन् । साधारणसभाले संस्था सञ्चालनको नयाँ कार्यविधि… पुरा पढौ

मेडिप्लस अस्पतालले अन्तर्राष्ट्रिय नर्स दिवसको अवसरमा “नर्सिङ ब्रेन ब्याटल – द नाइटिङ्गेल च्यालेन्ज” आयोजना गर्ने

पोखरा, अन्तर्राष्ट्रिय नर्स दिवस २०२६ को अवसरमा पोखरा ११ रानीपौवामा रहेको मेडिप्लस अस्पताल एण्ड ट्रमा सेन्टरले “नर्सिङ ब्रेन ब्याटल – द नाइटिङ्गेल च्यालेन्ज” अन्तर–नर्सिङ विभागीय मेडिकल क्विज प्रतियोगिता आयोजना गर्ने भएको छ । नर्सिङ स्टाफहरूको क्षमता अभिवृद्धि, टीमवर्क सुदृढीकरण, सञ्चार सीप विकास तथा व्यावसायिक ज्ञान विस्तार गर्ने उद्देश्यले उक्त कार्यक्रम आयोजना गर्न लागिएको अस्पतालका प्रमुख सञ्चालन अधिकृत प्रकाश बि.क.ले बताउनु भयो । यही वैशाख २९ गते (मे १२) मा हुने प्रतियोगितामार्फत अस्पतालभित्र सिकाइमैत्री, प्रतिस्पर्धात्मक र प्रेरणादायी वातावरण निर्माण गर्ने अपेक्षा… पुरा पढौ

पोखरा लेडि जेसिजले मल वितरणदेखि स्वास्थ्य शिविरसम्मका कार्यक्रम गर्ने

दीननाथ बराल,पोखरा २३, वैशाख, पोखरा लेडी जेसीजले युवाहरूको नेतृत्व विकास, सीप अभिवृद्धि र सामाजिक उत्तरदायित्व प्रवद्र्धन गर्ने लक्ष्यसहित ‘जेसीज सप्ताह २०२६’ आयोजना गर्ने भएको छ । ‘सीप र सेवाः सफल व्यक्ति, सुदृढ समाज’ भन्ने मूल मन्त्रका साथ सप्ताहव्यापी कार्यक्रम यही वैशाख २५ देखि ३१ गतेसम्म सञ्चालन गर्ने भएको आज(बुधबार) पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो । सार्वजनिक गरिएकोे कार्यक्रम तालिका अनुसार पहिलो दिन वैशाख २५ गते कन्या क्याम्पसमा उद्घाटनसँगै छात्रा लक्षित साइबर अपराध तथा बैंकिङ साक्षरता सम्बन्धी कार्यक्रम हुने… पुरा पढौ

पोखराको फेवातालमा पौडी खेल्ने क्रममा एक बालकको ज्यान गयो

दीननाथ बराल,पोखरा १८, वैशाख, पोखराको फेवातालमा पौडी खेल्ने क्रममा डुबेर १० वर्षीय एक बालकको ज्यान गएको छ । पोखरा महानगरपालिका–१८ खपौदीका आरेस लामा आज बिहान करिब ११ः१५ बजे तालमा पौडी खेल्ने क्रममा अचानक डुबेर बेपत्ता हुनु भएको थियो । घटनाबारे सूचना प्राप्त हुन साथ सशस्त्र प्रहरी बल नेपाल नं.२४ गण हेडक्वार्टर कालिका, कास्कीबाट खटिएको उद्धार टोलीले अचेत अबस्थामा बालकलाई उद्धार गरी उपचारको लागि अस्पताल पुर्याएको थियो । सशस्त्र प्रहरी नायव निरीक्षक ताराचन्द्र शर्माको कमाण्डमा गएको ७ सदस्यीय गोताखोर टोलीले करिब… पुरा पढौ

रिलायन्स फाइनान्सका ग्राहकलाई ट्याक्यूलिटि स्पामा २५ प्रतिशत सम्म छुट हुने

काठमाडौं, रिलायन्स फाइनान्स का ग्राहक वा कर्मचारीलाई व्यक्तिगत सौन्दर्य र स्पा सेवामा आकर्षक छुट पाउने भएका छन् । रिलायन्स फाइनान्स र ट्याक्यूलिटि स्पा बीच भएको नयाँ सम्झौताअनुसार स्पा सेवामा अधिकतम् २५ प्रतिशतसम्म छुट उपलब्ध हुनेछ। साथै, अन्य विभिन्न सेवाहरूमा १५ देखि २० प्रतिशतसम्मको सहुलियत पनि प्रदान गरिनेछ। कमलादीस्थित रिलायन्स फाइनान्सको प्रधान कार्यालयमा सम्पन्न सम्झौतापछि अब तपाईंले यो सुविधा सजिलै प्रयोग गर्न सक्नुहुनेछ। विशेषगरी, मोबाइल बैंकिङ एप वा एटीएम कार्डमार्फत भुक्तानी गर्दा यी छुटहरू लागू हुनेछन्। ट्याक्यूलिटि स्पाले काठमाडौंका विभिन्न होटलहरूबाट… पुरा पढौ