स्वास्थ्य

हालसम्मकै उच्च रेकर्ड, चार दिनमा नेपालमा ११ हजार ९१६ यूनिट रक्त संकलन

नेपालमा हालसम्मकै उच्च रेकर्ड कायम गर्दै ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालयले चार दिनमै ११ हजार ९१६ पिन्ट रगत संकलन गरेको छ। संस्थाको समाजसेवा प्रभागको आयोजनामा भदौ ६ गतेदेखि देशभरका शाखा तथा क्षेत्रीय कार्यालयमार्फत सञ्चालन गरिएको रक्तदान अभियानमा यो परिमाणमा रगत संकलन भएको हो। संस्थाका नेपाल महासचिव राजयोगी ब्रह्माकुमार शैलेषराज बरालका अनुसार, एकैदिन अर्थात् भदौ ६ गते मात्र ५ हजार ४७ पिन्ट रगत संकलन भएको थियो, जुन नेपालको रक्तदान इतिहासमै हालसम्मकै उच्च परिमाण हो। यो रक्तदान अभियान संस्थाकी पूर्वमुख्य प्रशासिका राजयोगिनी दादी… पुरा पढौ

बिरामी भएका गण्डकी बोर्डिङका विद्यार्थी दुई दिन पछि सामान्य अबस्थामा फर्किदै, प्रदेशको स्वास्थ्य मन्त्रालयको चासो

दीननाथ बराल,पोखरा, ७ भदौ, पोखराको गण्डकी बोर्डिङ स्कुलमा अध्ययनरत विद्यार्थीहरू एकाएक बिरामी परेपछि गण्डकी प्रदेशको स्वास्थ्य मन्त्रालयले चासो देखाएको छ ।बिहिबार बिहानदेखि बेलुकासम्म तीन पटक खाजा तथा खाना सेवन गरेका होस्टेलका विद्यार्थीहरू मध्ये करिब ५० प्रतिशत भन्दा बढी, अर्थात् २ सय ५० जना भन्दा धेरै विद्यार्थी अचानक पेट दुख्ने, टाउको दुख्ने, वाकवाकी, उल्टी र डाइरियाजस्ता लक्षण देखिएपछि विद्यालय प्रशासन, अभिभावक र प्रदेश स्वास्थ्य मन्त्रालय सबैको चासो बढेको हो । बिद्यालय प्रशासनले शनिबार एक प्रेस विज्ञेप्ति जारी गर्दै आईतबारबाट निर्वात रुपमा… पुरा पढौ

पोखराको गण्डकी बोर्डिङ स्कुलका विद्यार्थी एकाएक बिरामी

दीननाथ बराल,पोखरा ६, भदौ, पोखराको गण्डकी बोर्डिङ स्कुलमा अध्ययनरत विद्यार्थीहरू एकाएक बिरामी हुनु भएको छ । विद्यालयमा हिजो (बिहिबार) बिहानबाट दिउँसो हुदै बेलुकासम्म ३ पटक खाजा तथा खाना खानु भएको विद्यार्थीहरू बेलुका देखि एकाएक बिरामी हुनु भएको हो । गण्डकी बोर्डिङमा करिब ५ सय जना बिद्यार्थीहरु आवासीय छात्र–छात्रा रहेकामा ५० प्रतिशत भन्दा बढी विद्यार्थी एकैपटक बिरामी परेपछि विद्यालय र अभिभावक माझ ठूलो त्रास फैलिएको छ । विहिबार बेलुकाबाट बिहानसम्म धेरै बिद्यार्थीहरुमा एकाएक पेट दुख्ने, टाउको दुख्ने, वाकवाकी हुने, उल्टी हुने,… पुरा पढौ

गण्डकीमा १० स्थानमा करियर बुथ स्थापना

पोखरा, गण्डकी प्रदेशमा एकीकृत करियर बुथ स्थापना सुरु गरिएको छ । काठमाण्डौ विश्वविद्यालय र स्विजरल्याण्डको इटीएच जुरिचको साझेदारीमा सञ्चालन भइरहेको शिक्षा प्रणाली कार्यशाला (i-Lab) नेपाल कार्यक्रम अन्तर्गत प्रदेशका १० स्थानमा परीक्षण स्वरूप करियर बुथ स्थापना गरिएको हो । करियर बुथ स्थापना तथा सञ्चालनका लागि विभिन्न शैक्षिक र व्यवसायिक संस्थासँग समझदारी गरिएको छ । ती संस्थामा गण्डकी प्रदेश सरकार रोजगार सूचना केन्द्र, प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् गण्डकी, व्यवसाय प्रवद्र्धन केन्द्र पोखरा महानगरपालिका, वालिङ नगरपालिका (स्याङ्जा), माछापुच्छ्रे गाउँपालिका (कास्की), पोखरा… पुरा पढौ

अन्तर्राष्ट्रिय युवा दिवसमा पोखरा–२२ मा लागू औषध, मदिरा दुरु पयोग नियन्त्रण र सरसफाइ सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न

पोखरा, २७ साउन, अन्तर्राष्ट्रिय युवा दिवस २०८२ को अवसरमा पोखरा महानगरपालिका–२२ वडा युवा परिषदको आयोजनामा मङ्गलबार “लागूऔषध तथा मदिरा दुरुपयोग नियन्त्रण र व्यक्तिगत सरसफाइ” विषयक विशेष सचेतना कार्यक्रम सम्पन्न भएको छ।कार्यक्रम पोखरा–२२, भुम्दीस्थित श्री ओखलेडाँडा भुम्दीकोट माध्यमिक विद्यालयमा आयोजना गरिएको थियो, जहाँ कक्षा ७, ८, ९ र १० का गरी करिब ६० जना विद्यार्थी तथा युवाहरूको सक्रिय सहभागिता रहेको थियो। वडा युवा परिषद–२२ का अध्यक्ष दिनेश बरालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमका प्रमुख अतिथि पोखरा–२२ का वडा अध्यक्ष हिमलाल बराल, विशेष… पुरा पढौ

पोखरा महानगरपालिका र लक्ष्मी ग्रुप बिच वातावरण तथा पर्यावरण संरक्षणसँगै ताल सरसफाइ एवं रोजगारी सिर्जना सम्बन्धी समझदारी

पोखरा २२, श्रावण । पोखरा महानगरपालिका र लक्ष्मी ग्रुप फाउन्डेसन (लक्ष्मी ग्रुप) बिच वातावरण तथा पर्यावरण संरक्षणसँगै महानगर क्षेत्रमा रहेका तालहरूको सरसफाइ एवं रोजगारी सिर्जना सम्बन्धी समझदारी भएको छ । बिहीबार भएको समझदारीमा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य र लक्ष्मी ग्रुपका अध्यक्ष गणेश बहादुर क्षेष्ठले हस्ताक्षर गर्नुभएको हो ।  तालहरूको दिगो संरक्षण, पर्यावरणीय सन्तुलन, पर्यटन उद्योग र स्थानीय समुदायहरूको आर्थिक सशक्तीकरणका लागि सिपमूलक तालिम र रोजगारीका अवसर सिर्जनामा योगदान गर्ने गरी परियोजना सञ्चालन गर्न लागिएको नगर प्रमुख आचार्यले बताउनुभयो ।… पुरा पढौ

डा.धर्मागत भट्टराईको नेतृत्वमा दुर्लभ इम्युन कमी रोगको लक्षण पुनर्परिभाषित

पोखरा , नेपाली चिकित्सक धर्मागत भट्टराईको नेतृत्वमा रहेको अनुसन्धान टोलीले एआरपीसी वान बी डिफिसियन्सी नामक दुर्लभ र गम्भीर प्रतिरक्षा कमजोरी (इम्युन डिफिसियन्सी) रोगको लक्षण पुनर्परिभाषित गर्न सफल भएको छ। भट्टराईको टोलीले लामो अनुसन्धान पछि सी.६४ प्लस–टु टी टु ए नामक आनुवंशिक गडबडीको उत्पत्ति नै नेपाली भौगोलिक स्थान र वंशाणुमा भएको पुष्टि गरेको हो। प्रतिरक्षा विज्ञानका विशेषज्ञ भट्टराईले यो प्रमाणीकरणका लागि विभिन्न भौगोलिक क्षेत्र र जनजातीय वंशाणुगत अवस्थासँग तुलनात्मक अध्ययन गरिएको जानकारी दिनुभयो। प्रतिरक्षा विज्ञानका विशेषज्ञ भट्टराईका अनुसार नेपालमा पहिलोपटक सन्… पुरा पढौ

पोखरामा कोरोना संक्रमणबाट एक वृद्धाको ज्यान गयो

दीननाथ बराल,पोखरा, ५ साउन, पोखरामा कोरोना भाइरस संक्रमणका कारण एक ७४ वर्षीया वृद्धाको ज्यान गएको छ। पोखरा–११ फुलवारीकी ती वृद्धाको चरक अस्पतालमा उपचारको क्रममा आइतबार निधन भएको गण्डकी प्रादेशिक स्वास्थ्य निर्देशनालयका महानिर्देशक डा. खिमबहादुर खड्काले जानकारी दिनुभयो। उहाँका अनुसार ती वृद्धामा अन्य दीर्घरोग—मधुमेह (सुगर) र उच्च रक्तचापको समस्या समेत देखिएको थियो। वृद्धामा असार २५ गते गरिएको पीसीआर परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको थियो । महानिर्देशक डा.खड्काका अनुसार गत वर्षदेखि कोरोना विरुद्धको खोप अभियान बजेटको अभावका कारण प्रभावकारी रूपमा अघि बढ्न… पुरा पढौ

कास्की माछापुच्छ्रे धितालका दुग्ध व्यवसायीले ४ महिना देखि भुक्तानी पाएनन, सहकारीमा दुध दिनेको सङख्या घट्दो

दिननाथ बराल, पोखरा १, साउन, कास्कीको माछापुच्छ्रे, गाउँपालिका वडा नम्बर ६ धितालका दुग्ध किसानहरू यतिबेला निराश भएका छन्। स्थानीय धिताल दुग्ध उत्पादन सहकारी संस्थालाई दूध दिँदै आएका किसानहरूले केही समयदेखि आफ्नो भुक्तानी नपाउँदा उहाँहरू हाल निराश हुनु भएको हो । गाउँमा उत्पादन भएको दूधलाई सङ्कलन गरेर सहकारीले पोखराको लवकुश डेरी उद्योग प्रा.लि.लाई उपलब्ध गराउँदै आइरहेको छ । यद्यपि लवकुश डेरीले समयमै किसानको रकम भुक्तानी गर्न नसक्दा किसानहरु निराश हुनु भएको हो । लवकुश डेरी सञ्चालक सुस्मा पहारीले यतिबेला दूधको अफ्सिजन… पुरा पढौ

विज्ञ भन्छनः जैविक विषादी प्रयोग गर्दा किरा कम लाग्छ, उत्पादन बढ्छ, पोखरामा ४ देशका प्रतिनिधि जलवायु स्मार्ट बाली संरक्षणमा केन्द्रित

पोखरा, कृषि विज्ञहरुले जैविक विषादी प्रयोग गर्दा किरा कम लाग्ने र उत्पादन बृद्धि हुने बताएका छन् । पोखराको वाटरफन्ट रिसोर्टमा विहिबार देखि सुरु भएको ‘प्राकृतिक समाधानहरुमा केन्द्रित जलवायु स्मार्ट बाली संरक्षण’ सम्बन्धी क्षेत्रीय प्रशिक्षण तथा कार्यशाला गोष्ठीमा सहभागि कृषि विज्ञहरुले रसायनिक बिषदी भन्दा जैविक बिषादी प्रयोग गर्न सुझाव दिदै त्यसले किरा कम लाग्नुका साथै उतपादन बृद्धि हुने दाबी गरेका हुन् । https://www.youtube.com/watch?v=ln2vtm8jLhg शुक्रबारसम्म पोखरामा संचालन हुने उक्त कार्यक्रममा नेपाल सहित ४ देशका प्रतिनिधि जलवायु स्मार्ट बाली संरक्षणमा केन्द्रित हुने गरी… पुरा पढौ