कास्की जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपन घोषणा

-


     पोखरा क्लिक     
     असार १८ गते २०८३ मा प्रकाशित


असार १८ ,पोखरा,

कास्की जिल्लाइ पूर्ण खोप सुनिश्चितता तथा दिगोपन घोषणा गरिएको छ । पूर्णखोप सुनिश्चितता निर्देशिका २०७१ बमोजिम सम्पूर्ण प्रक्रीयाहरू पूरा गरि बिहीवार जिल्ला समन्वय समिति कास्कीमा बिशेष समारोहका बिच सो घोषणा गरिएको हो ।

यस अघि कास्किका सबै पाँच पालिकाहरू पूर्ण खोप सुनिश्चितता तथा दिगोपन घोषणा भएका थिए । उक्त अबशरमा प्रमुख पौडेलले सो अभियानलाई सफल पार्न महत्त्वपूर्ण भुमिका निर्बाह गर्ने सबै पक्षहरूलाई आभार व्यक्त गर्दै सबै तहका जन प्रतिनिधिहरू र आम जनसाथले नै कुनै अभियान सफल हुने बताउनुभयो। स्वस्थ्य नागरिक नै भाबी नेपालको समृद्धिको मुख्य आधार भएको हुँदा भाबी नागरिक अहिलेका बालबालिकाको स्वस्थ्य अबस्थाका लागि सुरक्षात्मक उपाय खोप नै प्रभाबकारी भएको उल्लेख गर्नुभयो ।

सो अबशरमा स्वास्थ्य मन्त्रालयका सचिब डा. युबानिधी बसौला ,मन्त्रालयका अतिरिक्त सचिब खिम बहादुर खड्का ,जि स स कास्कीका उप प्रमुख सरिता माल , जिल्ला खोप समन्वय समिति सदस्य सचिब मधुरजी ढकाल ,जिल्ला समन्वय अधिकारी नवराज बराल सहितले आ आफ्नो भनाइ राख्नु भएको थियो । सो कार्यक्रममा अभियान सफल पार्न महत्त्वपूर्ण भुमिका निर्बाह गर्ने तथा सेवा अबकास प्राप्त गर्ने महिला स्वास्थ्य स्वयंसेबिकाहरूलाइ सम्मान समेत गरिएको थियो । जिल्ला समन्वय समिति कास्कीका प्रमुख तथा जिल्ला खोप समन्वय समितिका संयोजक लिलाधर पौडेलको अध्यक्षतामा सो कार्यक्रम सम्पन्न भएको थियो।



This will close in 20 seconds