स्वास्थ्य

मदरल्याण्ड माविमा रक्तदान, १९४ यूनिट रगत संकलन

पोखरा, फागुन १५, पोखरा–७, मासबारस्थित मदरल्याण्ड माविले शुक्रबार रक्तदान कार्यक्रम आयोजना गरेको छ । विद्यालयको नेपाल जुनियर रेडक्रस सर्कलले रेडक्रस कास्कीसँगको संयोजनमा विद्यालयमा आयोजना गरेको रक्तदानमा १ सय ९४ यूनिट रगत संकलन भएको थियो । सामाजिक उत्तरदायित्व निर्वाह गर्नका लागि विद्यालयले रक्तदान कार्यक्रम आयोजना गरेको विद्यालयका प्राचार्य डा. नारायण बरालले जानकारी दिए । उनका अनुसार विद्यालयका कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थी सहित शिक्षक, कर्मचारी, अभिभावकले रक्तदान गरेका थिए । ‘विद्यालयले यसअघि पनि वर्षेनीजसो रक्तदान कार्यक्रम आयोजना गर्दै सामाजिक… पुरा पढौ

नेपाली महिला फुटबलकी चर्चित खेलाडी सावित्रा भण्डारी उपचार खर्च अभावमा समस्यामा, सहयोगको याचना

पोखरा, नेपाली महिला फुटबल टोलीकी कप्तान तथा चर्चित खेलाडी सावित्रा भण्डारी (साम्बा) गम्भीर घुँडाको चोटका कारण उपचार खर्च जुटाउन कठिनाइमा परेकी छन्। पछिल्लो सात हप्तादेखि मैदानबाहिर रहेकी भण्डारीले पुनः जटिल शल्यक्रिया गर्नुपर्ने अवस्था आएको भन्दै आम समर्थक माझ सहयोगको अपिल गरेकी हुन्। भण्डारीका अनुसार यसअघि गरिएको एसीएल शल्यक्रियामा राखिएको ग्राफ्ट तथा एमसिएल दुबैमा गम्भीर समस्या देखिएको छ। चिकित्सकले पुनः जटिल शल्यक्रिया र करिब ७–८ महिनाको रिह्याब आवश्यक पर्ने बताएका छन्। उपचारका लागि प्रारम्भिक रूपमा करिब ८० हजार अमेरिकी डलर खर्च… पुरा पढौ

पोखराबाट गएको बस धादिङमा दुर्घटनाः १७ जनाको मृत्यु, २७ घाइते, काठमाण्डौंको ट्रमा सेन्टर, नेश्नल हस्पिटल लगायतका अस्पतालमा उपचार हुदै

पोखरा देखि काठमाण्डौं जार्दै गरेको यात्रुबाहक बस आज बिहान धादिङ, ५ भैंसेगौडामा दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ भने २७ जना घाइते भएका छन्। आज विहान करिब १ः१५ बजे (राति) ग १ ख १४२१ नम्बरको बस सडकबाट करिब ३ सय मिटर तल त्रिशुलीको नदी किनारमा खसेर क्षतविक्षत अवस्थामा फेला परेको धार्दिङका प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदीले पोखराक्लिकलाई बताउनु भयो । दुर्घटनामा ६ महिला र ११ पुरुषको घटनास्थलमै मृत्यु भएको स्थानियले बताए पनि उहाँहरुलाई अस्पताल पठाइएको छ । मृतकमध्ये एक… पुरा पढौ

राष्ट्रिय प्रजातन्त्र दिवस एवं दशौं निर्वाचन दिवसको अवसरमा कास्की कारागारमा फलफूल वितरण, कास्की कारागारबाट अझै १ सय ४३ कैदी फरार

दीननाथ बराल, पोखरा, ७ फागुन आज फागुन ७ अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस । उक्त दिवस तथा दशौं निर्वाचन दिवसको अवसरमा जिल्ला मूल समारोह समिति कास्की र प्रदेश निर्वाचन कार्यालय, पोखराको संयुक्त आयोजनामा आज (विहिबार) कास्की कारागारमा रहेका बन्दीहरूलाई फलफूल वितरण गरिएको छ । कास्की कारागारमा रहेका कैदी बन्दीहरुको बस्तु स्थिती बुझ्दै उक्त दिवसमा फलफुल वितरण गरिएको मुल समारोह समितिले पोखराक्लिकलाई जनाएको छ । कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका प्रमुख सचिव डण्डुराज घिमिरेले प्रजातन्त्रको सार्थक कार्यान्वयनका लागि निर्वाचन अपरिहार्य आधार भएको उल्लेख… पुरा पढौ

पोखरामा मापसे गरेर स्कुल बस चलाउने पुनः ५ जना चालक पक्राउ

पोखरा, ५ फागुन, जिल्ला प्रहरी कार्यालय, कास्कीले मादक पदार्थ सेवन ९मापसे० गरी स्कुल बस चलाउने पाँच जना चालकलाई पुनः नियन्त्रणमा लिएको छ। सोमबार अनुगमनका क्रममा पाँच चालक कारबाहीमा परेका भोलिपल्ट पुनः थप पाँच जना फरक बिद्यालयका बस चालक मापसे गरेको अवस्थामा भेटिएपछि कारबाही गरिएको प्रहरीले पोखराक्लिकलाई जनाएको छ। पोखराका विभिन्न स्थानबाट स्कुल बस चालकहरूले मादक पदार्थ सेवन गरी सवारी चलाउने गरेको जनगुनासो आएपछि आज ९मंगलबार० बिहान करिब ४ बजे ट्राफिक प्रहरीसहित संयुक्त चेकिङ टोली परिचालन गरिएको थियो। चेकजाँचका क्रममा पाँच… पुरा पढौ

जनचेतनामुलक लोकगीत प्रतियोगितामा भरतपोखरी स्वास्थ्य चौकी प्रथम

पोखरा, १ फागुन, पोखरामा शुक्रबार भएको ‘महिला स्वास्थ्य स्वयंम सेविका बिचको जनचेतनामुलक लोकगीत प्रतियोगिता’ मा भरतपोखरी भरतपोखरी स्वास्थ्य चौकी प्रथम भएको छ । अन्तर्राष्ट्रिय कण्डम दिवसका अवसरमा एड्स हेल्थकेयर फाउण्डेसन (एएचएफ) नेपालले आयोजना गरेको प्रतियोगितामा भरतपोखरी प्रथम भएको हो । प्रादेशिक जनस्वास्थ्य केन्द्र, गण्डकी प्रदेश र पोखरा महानगरपालिकाको सहकार्यमा भएको प्रतियोगितामा प्रथम हुदैं भरतपोखरी स्वास्थ्य चौकीले नगद १५ हजार रुपैयाँ पुरस्कार प्राप्त ग¥यो । प्रतियोगितामा माझठाना कालिका मिलिजुली समूह दोस्रो, अन्नपूर्ण समूह तेस्रो र नौलो समूह राखी स्वास्थ्य चौकी सान्त्वना… पुरा पढौ

गण्डकी प्रदेशमा सरकारी निकायबाट एक बर्षमा २२ लाख ६४ हजार कण्डम वितरण, शुक्रबार कण्डम दिवस पोखरामा पनि मनाइदै (भिडियो सहित)

पोखरा, २९ माघ, अन्तर्राष्ट्रिय कण्डम दिवसको पुर्व अवसरमा एड्स हेल्थकेयर फाउण्डेसन (एएचएफ) नेपालले पोखराका पत्रकारहरुसँग विहिबार अन्तरक्रिया गरेको छ । प्रादेशिक जनस्वास्थ्य केन्द्र, गण्डकी प्रदेश र पोखरा महानगरपालिकाको सहकार्यमा आयोजना गरिएको अन्तरक्रियामा कण्डम र यस दिवसको महत्वका बारेमा चर्चा गरिएको थियो । https://www.youtube.com/watch?v=InG2I1MET48 अन्तरक्रियामा प्रादेशिक जनस्वास्थ्य केन्द्र, गण्डकी प्रदशका क्षयरोग÷एचआइभी फोकल पर्सन लक्ष्मण बसौलाले एएचएफ नेपालले प्रणय दिवसको अवसर पारेर सन् २०११ देखि युवाहरुलाई लक्षित गरि नेपालमा पनि विविध कार्यक्रम गरि अन्तरराष्ट्रिय कण्डम दिवस प्रत्येक वर्ष मनाउदै आएको बताए ।… पुरा पढौ

कास्की–२ का कांग्रेस उम्मेदवार माधवप्रसाद बास्तोला घाइते, मनिपाल शिक्षण अस्पतालमा उपचार हुदै

पोखरा, कास्की क्षेत्र नं। २ का नेपाली कांग्रेसका उम्मेदवार माधवप्रसाद बास्तोला चुनावी अभियानका क्रममा आफै सिँढीमा लडेर घाइते हुनुभएको छ । आइतबार अपराह्न चुनावी अभियान अन्तर्गत मतदाता भेटघाट गर्ने क्रममा सिँढीबाट चिप्लिएर लड्दा उहाँ घाइते हुनुभएको उहाँको निर्वाचन सचिवालयले जनाएको छ । दुर्घटनापछि उहाँलाई तत्काल पोखरा ११ फूलबारीस्थित मनिपाल शिक्षण अस्पतालमा भर्ना गरिएको छ । अस्पताल स्रोतका अनुसार उम्मेदवार बास्तोलाको देब्रे हात भाँचिएको छ । हाल उहाँको उपचार जारी रहेको अस्पताल श्रोतले पोखराक्लिकलाई जनाएको छ । यसैबीच, नेपाली कांग्रेसका युवा… पुरा पढौ

फागुन ७ गतेदेखि पोखरा २२ मा दोस्रो त्रिभुवन स्मृती कप ५ ए साइड फुटवल प्रतियोगिता हुने

पोखरा, पोखरा–२२ को परिवर्तन युवा क्लबको आयोजनामा आउँदो फागुन ७ गतेदेखि दोस्रो त्रिभुवन स्मृति कप ५ ए साइड फुटबल प्रतियोगिता २०८२ आयोजना हुने भएको छ । खेलकुदको विकास सहित खेलाडी उत्पादन गर्ने उद्धेश्यले क्लवले दोस्रो सस्करणको उक्त प्रतियोगिता फागुन ९ गतेसम्म पोखरा २२ को सिम्लेपाखा खेलमैदानमा संचालन हुने तयारी गरिएको शनिबार पोखराको शिल्भर प्लेट पार्टी प्यालेसमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराइएको हो । “समाज निर्माणमा आजका युवा र खेलकुद” भन्ने मूल नारासहित आयोजना हुन लागेको यो प्रतियोगिताले खेलकुदमार्फत युवालाई… पुरा पढौ

दुर्घटनामा ज्यान गुमाएका घिमिरे परिवारलाई स्पेन स्थित दोनोस्ती समाजको सहयोग

दीननाथ बराल,पोखरा, ८ माघ स्पेनमा पाँच महिना अघि भएको सडक दुर्घटनामा परि दिवंगत भएका भोजपुर निवासी स्वर्गीय पदम घिमिरेको दाहसंस्कार तथा शोकसन्तप्त परिवारको सहयोगका लागि नेपाली समाज दोनोस्ती पाइसभास्कोको पहलमा संकलन गरिएको आर्थिक सहयोग रकम उहाँको परिवारलाई सहयोग गरिएको छ। सन् २०२५ अगस्ट २६ तारिख स्पेनको आलबाथेते क्षेत्रमा भएको सडक दुर्घटनामा परि पदम घिमिरेको निधन भएपछि उहाँको परिवार आर्थिक रूपमा निकै कठिन अवस्थामा पुगेको छ । यही अवस्थालाई मध्यनजर गर्दै दोनोस्ती समाजले आर्थिक संकलन अभियान सञ्चालन गरेको थियो। संकलित रकममध्ये… पुरा पढौ