स्वास्थ्य

विश्वकर्मा समाज नेपाल केन्द्रीय कार्यालय, कास्कीद्वारा ३१ युनिट रगत संकलन

पोखरा, विश्वकर्मा समाज नेपाल केन्द्रीय कार्यालय, कास्कीले आफ्नो १४ औँ साधारण सभा तथा ५औँ अधिवेशनको अवसरमा “रक्तदान जीवनदान महादान” भन्ने मूल नारालाई आत्मसात् गर्दै रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। समाजको आयोजनामा पोखरा महानगरपालिका–१५, अलकापुरस्थित समाज भवनमा हालैसञ्चालन गरिएको उक्त कार्यक्रममा ३१ युनिट रगत संकलन भएको समाजले जनाएको छ। कार्यक्रमको संयोजन समाजकी केन्द्रीय सदस्य पद्मा लामगाडेले गर्नुभएको थियो भने अध्यक्षता समाजका अध्यक्ष रणबहादुर रामदामले गर्नुभएको थियो। कार्यक्रममा पोखरा महानगरपालिका–१५ का वडा अध्यक्ष तोरणबहादुर बनियाँ प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। अधिवेशनका अवसरमा… पुरा पढौ

नेपालमै पहिलो आईएसओ ९००१ः२०१५ प्रमाणित वेलनेस ब्राण्ड बन्यो ट्रन्क्यूलिटी स्पा

पोखरा, नेपालको वेलनेस तथा स्पा क्षेत्रमा नयाँ कीर्तिमान कायम गर्दै ट्रन्क्यूलिटी स्पा प्रालिले आईएसओ ९००१ः२०१५ गुणस्तर व्यवस्थापन प्रणालीको अन्तर्राष्ट्रिय प्रमाणपत्र प्राप्त गरेको छ । यससँगै ट्रन्क्यूलिटी स्पा नेपालकै पहिलो तथा एकमात्र आईएसओ ९००१ः२०१५ प्रमाणित स्पा तथा वेलनेस ब्राण्ड बनेको कम्पनीले जनाएको छ । यो प्रमाणपत्र युनाइटेड रजिस्ट्रार अफ सिस्टम्स (यूआरएस) बाट प्रदान गरिएको हो। यूआरएस युकेएएस र आईएएफ बाट मान्यता प्राप्त विश्वव्यापी प्रमाणीकरण निकाय हो। प्रमाणपत्रले कम्पनीले प्रदान गर्दै आएका सम्पूर्ण वेलनेस तथा ब्युटी सेवामा अन्तर्राष्ट्रिय स्तरको गुणस्तर व्यवस्थापन प्रणाली… पुरा पढौ

सरकार र नेपाल चिकित्सक संघबीच सहमति, आन्दोलनका कार्यक्रम फिर्ता, बिहीबारबाट देशभर अस्पतालका नियमित सेवा पुनः सुचारु हुने

दीननाथ बराल,पोखरा, साउन १३, सरकार र आन्दोलनरत नेपाल चिकित्सक संघबीच पाँच बुँदे सहमति भएपछि चिकित्सकहरूले देशव्यापी आन्दोलनका कार्यक्रम फिर्ता लिएका छन्। सहमतिसँगै बिहीबारदेखि देशभरका सरकारी, सामुदायिक तथा निजी अस्पतालमा आकस्मिकसहित सबै नियमित स्वास्थ्य सेवा पुनः सुचारु हुने भएको संघले पोखराक्लिकलाई जनाएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आज (बुधबार) स्वास्थ्य मन्त्रालयका प्रतिनिधिसँगै गृह, कानुन तथा उद्योग मन्त्रालयका उच्च अधिकारी र नेपाल चिकित्सक संघका पदाधिकारीबीच भएको गहन छलफलपछि पाँच बुँदे सहमति भएको जनाएको छ । सहमतिसँगै नेपाल चिकित्सक संघले आन्दोलन स्थगित गर्दै… पुरा पढौ

जनगुनासो पछि बैदामको फ्रेस जुस सेन्टरमा अनुगमन, ५० हजार रुपैयाँ जरिवाना

दीननाथ बराल, पोखरा, साउन १२, पर्यटनको राजधानि पोखरामा संचालनमा रहेको एक जुस पसललार्ई जिल्ला प्रशासन कार्यालय कास्कीले ५० हजार रुपैयाँ जरिवाना गरेको छ । उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर पार्ने गरी व्यवसाय सञ्चालन गरेकोले पोखरा महानगरपालिका–६, बैदामस्थित फ्रेस जुस सेन्टरलाई ५० हजार जरीवाना गरिएको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले पोखराक्लिकलाई बताउनु भयो । उक्त पसलबाट जुस सेवन गरेपछि उपभोक्ता बिरामी भएको जनगुनासोका आधारमा आज (मंगलबार) कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी बरालको नेतृत्वमा गरिएको संयुक्त बजार अनुगमनका क्रममा पसलमा अत्यधिक… पुरा पढौ

पोखराका सामुदायिक सहित निजी अस्पतालका इमर्जेन्सी बाहेक सबै सेवा ठप्प, सेवाग्राही मर्कामा

दीननाथ बराल,पोखरा, साउन १२, वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचारका क्रममा बिरामीको मृत्यु भएपछि उत्पन्न विवादका क्रममा चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमण, अस्पतालमा भएको तोडफोड तथा त्यसपछिका घटनाको विरोधमा नेपाल चिकित्सक संघले घोषणा गरेको देशव्यापी आन्दोलनअन्तर्गत मंगलबार पोखरा तथा कास्कीका सरकारी, सामुदायिक र निजी अस्पतालमा आकस्मिक (इमर्जेन्सी) बाहेकका सम्पूर्ण सेवा बन्द भएका छन्। ओपीडी, नियमित स्वास्थ्य परीक्षण तथा अन्य गैर–आकस्मिक सेवा ठप्प हुँदा उपचारका लागि बिहानै अस्पताल पुगेका हजारौँ सेवाग्राही मर्कामा परेका हुन् । नेपाल चिकित्सक संघ गण्डकीका अध्यक्ष डा.सुनिल पनेरुले नेपाल… पुरा पढौ

१८ वर्षपछि स्वेच्छिक विवाह गर्न कानुन संशोधनको माग, सन् २०३० सम्म नेपाललाई बालविवाहमुक्त समाज बनाउने अभियान (भिडियो सहित)

पोखरा, साउन ६, सन् २०३० सम्म नेपाललाई बालविवाहमुक्त समाज बनाउने राष्ट्रिय लक्ष्य हासिल गर्न सरकारको प्रयास मात्र पर्याप्त नहुने भन्दै राज्य, परिवार, समुदाय र सम्पूर्ण नागरिकको सक्रिय सहकार्य अपरिहार्य रहेको निष्कर्ष पोखरामा आयोजित एक प्रादेशिक परामर्श कार्यक्रमले निकालेको छ। राष्ट्रिय मानव अधिकार आयोग गण्डकी प्रदेश कार्यालयको आयोजना तथा गर्ल्स नट ब्राइड्स (बालिका दुलही होइनन्) को सहकार्यमा सम्पन्न ‘बालविवाहले मानव अधिकार उपभोगमा पार्ने प्रभावसम्बन्धी राष्ट्रिय जाँचबुझको प्रादेशिक परामर्श कार्यक्रम’ मा सहभागीहरूले कानुन, नीति, जनचेतना र सामाजिक व्यवहारमा एकसाथ सुधार नगरेसम्म बालविवाह… पुरा पढौ

पोखरा २२ (पुम्दी भुम्दी) का सबै घरमा इन्डक्सन चुलो वितरण हुने

दिननाथ बराल, पोखरा, ६ साउन, पोखरा महानगरपालिका वडा नं.२२ (पुम्दी भुम्दी) का सबै घरमा इन्डक्सन चुलो वितरण हुने भएको छ । स्वदेशमा उत्पादन भएको बिद्युतको प्रयोग सहित आयातित खानापकाउने ग्याँसलाई प्रतिस्थापन गर्ने उद्धेश्यले वडाले चालु आर्थिक बर्ष २०८३÷०८४ का वडाका सबै घरमा इन्डक्सन चुलो वितरण गर्ने योजना अघि सारेको वडाध्यक्ष हिमलाल बरालले पोखराक्लिकलाई बताउनु भयो । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रसँगको लागत साझेदारीमा ‘एक घर, एक इन्डक्सन चुलो’ अभियान सञ्चालन गर्ने भएको अध्यक्ष बरालले जनाउनु भयो । यस कार्यक्रमका लागि वडा… पुरा पढौ

म्याजेस्टिक लेक फ्रन्ट होटल चौथो वर्षमा प्रवेश, वार्षिकोत्सवमा रक्तदानदेखि मानवसेवासम्म

पोखरा, पोखरा महानगरपालिका–६, खहरे, लेकसाइडस्थित म्याजेस्टिक लेक फ्रन्ट होटल एण्ड सुइट्स प्रालिले तेस्रो वार्षिकोत्सव सम्पन्न गर्दै चौथो वर्षमा प्रवेश गरेको छ। वार्षिकोत्सवको अवसरमा होटलले व्यवसायिक उपलब्धिको समीक्षा मात्र नभई रक्तदान, मानवसेवा तथा खेलकुदलगायत सामाजिक उत्तरदायित्वका विविध कार्यक्रम आयोजना गरेर आफ्नो वार्षिकोत्सवलाई अर्थपूर्ण बनाएको हो। गण्डकी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्य लेकसाइडमा सञ्चालित होटलले नेपाली मौलिकता र अन्तर्राष्ट्रियस्तरको आतिथ्य सेवाको समन्वय गर्दै स्वदेशी तथा विदेशी पर्यटकमाझ छुट्टै पहिचान बनाउन सफल भएको जनाएको छ। विशेष समारोहबीच होटलका संस्थापक अध्यक्ष रमेशबहादुर भट्टराई र सुशीला… पुरा पढौ

जंगली च्याउ टिप्न गएका १४ जना महिला करिब २५ घण्टापछि जंगलमै सकुशल भेटिए

पोखरा, जंगली च्याउ टिप्न भन्दै शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज क्षेत्रमा प्रवेश गरेका १४ जना महिलाको टोली करिब २५ घण्टापछि सकुशल फेला परेका छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार भिमदत्त नगरपालिका–१९, बागफाँटा दशरथ टोलका १४ जना महिला आइतबार बिहान करिब ११ बजे जंगली च्याउ खोज्न जंगल प्रवेश गरेका थिए। साँझ अबेरसम्म पनि उनीहरू सम्पर्कमा नआएपछि नेपाली सेना, नेपाल प्रहरी, स्थानीयवासी तथा जिल्ला सुरक्षा समितिको संयुक्त टोली परिचालन गरेर खोजी अभियान सञ्चालन गरिएको थियो। खोजीका क्रममा उनीहरू आज (सोमबार) दिउँसो करिब १ः१० बजे… पुरा पढौ

स्थापना दिवसमा पोखरा फोटोग्राफर सङ्घको रक्तदान, ४६ युनिट रगत सङ्कलनपाँचौँ फोटोग्राफी अवार्ड घोषणा,

पोखरा, साउन २, पोखरा फोटोग्राफर सङ्घले आफ्नो ४५औँ स्थापना दिवस सामाजिक उत्तरदायित्वसँग जोड्दै आयोजना गरेको रक्तदान कार्यक्रममा ४६ युनिट रगत सङ्कलन गरेको छ। नेपाल रेडक्रस सोसाइटी प्रादेशिक रक्तसञ्चार केन्द्र, पोखराको प्राविधिक सहयोगमा शनिबार पोखरा महानगरपालिका–८ स्थित मानवअधिकार चोकमा सम्पन्न कार्यक्रममा ४६ जना सहयोगी मनका धनि रक्तदाताले रक्तदान गरेका हुन्। “रक्तदान जीवनदान, जीवनदान महादान” भन्ने मूल नारासहित आयोजित कार्यक्रमको उद्घाटन कैलास बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष खडानन्द अधिकारीले सङ्घका संरक्षक एवं ७३औँ पटक रक्तदान गर्नुभएका गणेशलाल श्रेष्ठ (छवि)लाई ब्लड… पुरा पढौ