स्वास्थ्य

जिएमसीमा १७ बर्षीया रुपा बि.क.को उपचारकै क्रममा मृत्यु पछि अस्पतालमा विहिबार दिनभर जसो धर्ना र जुलुस प्रर्दशन, (भिडियो सहित)

दीननाथ बराल,पोखरा ४, मंसिर, पोखराको गण्डकी मेडिकल कलेज (जिएमसी) मा उपचारकै क्रममा १७ बर्षीया रुपा बि.क.को बुधबार मृत्यु भए पछि पिडितका आफन्तले विहिबार दिनभर अस्पताल परिसरमा धर्ना र जुलुस प्रर्दशन गरेका छन् । तनहुँ व्यास नगरपालिका १३ की बि.क.लाई पेट दुखेर यही मंसिर १ गते जिएमसीमा ल्याए पनि उपचारकै क्रममा अस्पतालको लापरबाहीको कारण उनको बुधबार दिउँसो करिब २ः०० बजे मृत्यु भएको उनका श्रीमान कुशुम बि.क.ले पोखराक्लिकलाई बताए । https://www.youtube.com/watch?v=dvMUn1qPsLI उक्त घटनाको दोषी उपर कारवाहीको माग सहित घटनाको बारेमा सत्य तथ्य… पुरा पढौ

नगरिक समाज पोखराको अगुवाईमा फेवातालमा सरसफाई, कर्मचारी, जनप्रतिनिधि सहित सरोकारवालाहरु सफाईमा जुट्दै

दीननाथ बराल, पोखरा ३, मंसिर, नागरिक समाज पोखराको संयोजनमा पोखराको फेवातालमा सरसफाई गरिएको छ । बुधबार पोखराको हल्लनचोक डुङ्गाघाटदेखि बंगलादी डुङ्गाघाटसम्म करिब १ किलोमिटर पैदलमार्गमा जथाभावी फालिएका प्लास्टिकजन्य फोहर, रक्सीका वोत्तल सहित अन्य फोहोर संकलन गरिएको समाजका संस्थापक अध्यक्ष एवं कार्यक्रम संयोजक रामबहादुर पौडेलले पाखराक्लिकलाई बताउनु भयो । पोखराको मुख्य पर्यटकीय गन्तव्य फेवाताल संरक्षण अभियानमा पोखरा महानगरपालिकाका कर्मचारी सहित जनप्रतिनिधि, जलारी समुदाय, पर्यटन व्यवसयाी सहितका सरोकारवालाहरु जुटेको उहाँले बताउनु भयो । पर्यटनको राजधानि पोखरा आउने अधिकांश पर्यटकहरु घुमघाम गर्ने फेवाताल… पुरा पढौ

पोखरा उवा संघको व्यापार मेलामा जोडियो नेपाल मणिपाल अस्पताल

पोखरा, पोखरा उद्योग वाणिज्य संघले वर्षेनी आयोजना गर्दै आइरहेको राष्ट्रिय औद्योगिक व्यापार मेलाको ३४ औं संस्करण तथा १३ औं क्यान इन्फोटेक २०८२ सँग नेपाल मणिपाल अस्पताल जोडिएको छ । ३४ औं संस्करणको ‘राष्ट्रिय औद्योगिक व्यापार मेला तथा १३ औं क्यान इन्फोटेक २०८२’ यही मंसिर १७ देखि २१ गतेसम्म पोखरा ९,नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा आयोजना हुँदैछ । पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्की तथा नेपाल मणिपाल शिक्षण अस्पताल पोखराका प्रमुख कार्यकारी निर्देशक अनिल ओडुभिलले मेलामा सहकार्यका निम्ति हस्ताक्षर गरेसँगै अब मेलाको… पुरा पढौ

पोखरामा मधुमेह दिवस मनाइयो

पोखरा, २८ कात्तिक, नोभेम्बर १४ अर्थात् विश्व मधुमेह दिवस पोखरामा पनि मनाइएको छ । सन् २००६ देखि संयुक्त राष्ट्र संघले पनि यो दिवसलाई आधिकारिता दिएको छ । दिवसको उपलक्ष्यमा शुक्रबार सूर्यचन्द्र विकास समाज पोखरा ५ ले युनाइडेट रेफरेन्स ल्याबोरेटरी (युआरएल)को प्राविधिक सहयोगमा निःशुल्क रक्त परीक्षण तथा सचेतना कार्यक्रम आयोजना ग¥यो । शिविरमा २ सय ५ जनाको सित्तमै मधुमेह तथा युरिकसम्बन्धी रक्त जाँच गरिएको छ । शिविरमा सहभागीलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका वरिष्ठ फिजिसियन डा कृष्णराज अधिकारीले मधुमेह रोग लाग्नुका कारण,… पुरा पढौ

नेलम्वोको सहारा विद्यालयमा ३ दिने शिविर सुरु

पोखरा, विपन्‍न समुदाय र जैविक विविधता सहयोगी संस्था नेलम्बो नेपालको प्राविधिक सहयोग र पोखरा महानगरपालिका वडा नम्बर ९ को समन्वयमा पोखरा बसपर्कमा रहेको सहारा बाल आधारभूत विद्यालयमा ३ दिने निःशुल्क दन्त र कानको शिविरका साथसाथै सचेतनामूलक कार्यक्रम सुरु भएको छ । ३ दिन सम्म सञ्चालन हुने कार्यक्रमको उद्‍घाटन समारोहमा विद्यालयकी प्रधानाध्यापक लोचना अधिकारीले विद्यालयको समग्र पक्षहरुवारे संक्षिप्त जानकारी गराउँदै स्वागत मन्तब्य राखेकी थिइन् । विद्यालयको सहयोगी संस्था सहारा क्लब पोखराका नव निर्वाचित अध्यक्ष केशव बहादुर थापाले नेलम्वो नेपाल संस्थाले विशेष… पुरा पढौ

पोखरामा दिगो पर्यटनका लागि मेडिकल र वेलनेस टुरिजम प्रचुर सम्भावना छ ः(भिडियो सहित)

दीननाथ बराल, पोखरा, १७ कात्तिक, पर्यटनको राजधानि पोखरामा स्वास्थ्य तथा आरोग्य पर्यटन (Medical & Wellness Tourism) को केन्द्रका रूपमा विकास गर्नुपर्ने एक कार्यक्रमका वक्ताहरुले जोड दिनु भएको छ । प्राकृतिक सुन्दरता, शान्त वातावरण र स्वास्थ्य पूर्वाधारका दृष्टिले पोखरामा यस किसिमको पर्यटनका लागि अथाह सम्भावना रहेको सोमबार पोखरामा आयोजित एक कार्यक्रममा सहभागि वक्ता एवं विज्ञहरूले दाबी गर्नु भएको हो । https://www.youtube.com/watch?v=PkhMElDzLQo दिगो पर्यटन र गुणस्तरिय पर्यटनको लागि पनि अब स्वास्थ्य तथा आरोग्य पर्यटनको प्रबद्र्धन गर्न आवश्यक भएको खाँचो हौलाइएको छ ।… पुरा पढौ

स्वास्थ्य मन्त्री पाठकद्वारा परिवार नियोजन संघ कास्कीको निरीक्षण

पोखरा, १७ कात्तिक, गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्ण प्रसाद पाठकले सोमबार नेपाल परिवार नियोजन संघ कास्की शाखाको निरीक्षण गर्नुभएको छ । निरीक्षणका लागि पुग्नु भएका मन्त्री पाठकलाई नेपाल परिवार नियोजन संघ कास्कीका सभापति नवीन सिग्देल सहितका पदाधिकारी, सदस्य र कर्मचारीहरुले स्वागत गर्नुभएको थियो । निरीक्षणका क्रममा मन्त्री पाठकले संघले प्रदान गर्दै आइरहेका सेवा, संघका समस्या र आवश्यकताका बारेमा जानकारी लिनुभएको थियो । संघका गतिविधि बारे बरिष्ठ शाखा प्रवन्धक नब राज तिवारीले जानकारी दिनुभएको थियो । निरीक्षण पछि मन्त्री पाठकले स्वास्थ्य… पुरा पढौ

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका स्टाफ नर्स पनि आन्दोलित (भिडियो सहित)

दीननाथ बराल,पोखरा १२, कार्तिक, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रीय अस्पताल) मा कार्यरत स्टाफ नर्सहरु आन्दोलित हुनु भएको छ ।करिब एक महिना अघि देखि पोखरामा नीजि अस्पतालबाट सुरु भएको स्टार्फ नर्सहरुको आन्दोलनमा हाल सरकारी संस्थामा कार्यरत स्टाफ नर्स उक्त आन्दोलनमा एकिबद्धक्ता व्यक्त गर्दै प्रतिष्ठानका नर्सहरुआन्दोलनमा उत्र्रिनु भएको हो । https://www.youtube.com/watch?v=DL9WCRymBqs नेपाल नर्सिङ संघको केन्द्रीय निर्देशन अनुसार आज देखि बिहान १० देखि १२ बजेसम्म ‘पेन डाउन’ गर्दै काम नगरी आफुहरु आन्दोलनमा उत्र्रिएको नेपाल नर्सिङ संघ जिल्ला कार्यसमिति कास्कीकी सचिव सारदा शर्माले… पुरा पढौ

पोखरामा अत्याधुनिक फाइभ–डी अल्ट्रासाउन्ड सेवा सुरु

पोखरा, ११ कार्तिक, पोखराको न्यूरोडमा अत्याधुनिक प्रविधि सहितको ५डी (फाइभ–डी) अल्ट्रासाउन्ड सेवा सुरु गरिएको छ। पोखरा फाइभ—डी अल्ट्रासाउड क्लिनिकले मातृ–शिशु स्वास्थ्य क्षेत्रमा नयाँ अध्यायको सुरुवात गर्दै यो सेवा सञ्चालनमा ल्याएको हो। क्लिनिकले दक्ष स्वास्थ्यकर्मी, आधुनिक उपकरण र वैज्ञानिक दृष्टिकोण सहित सुलभ, सुरक्षित तथा विश्वसनीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्य राखेको संचालक एवं रेडियोलोजिस्ट डा. सागर खड्काले बताउनु भयो । उक्त क्लिनिकको प्राविधिक तथा चिकित्सकीय नेतृत्व अनुभवी रेडियोलोजिस्ट डा.खड्काले गर्दै हुनुहुन्छ । ५डी प्रविधिसहितको यो मेसिन गण्डकी प्रदेशमै पहिलो भएको बताइएको… पुरा पढौ

लायन्स क्लब पोखरा गुडविलद्वारा वात्स्यायन बृद्धाश्रममा निःशुल्क स्वास्थ्य शिविर तथा फलफूल वितरण

पोखरा, ३१, असोज पोखरा महानगरपालिका वडा नं १४ बाच्छीवुडुवा स्थित वात्स्यायन वृद्धाश्रममा लायन्स क्लब पोखरा गुडविलले निःशुल्क स्वास्थ्य शिविर तथा फलफूल वितरण गरेको छ । विहिबार आयोजित कार्यक्रममा प्रमुख अतिथि निवर्तमान डिस्ट्रीक गभर्नर विनोद ढुंगाना,बिशिष्ट अतिथि राम वसेल तथा संस्थाका पूर्व अध्यक्ष ,प्रथम उपाध्यक्ष लगाएतको उपस्थिति रहेको थियो । कार्यक्रम बिहान ७ बजेदेखि सुरु भई दिउँसो ४ बजेसम्म सञ्चालन भएको थियो । वृद्धाश्रममा आश्रित २१ जनाजेष्ठ नागरिकहरूलाई स्वास्थ्य परीक्षण गरिएको हो। मणिपाल शिक्षण अस्पतालका वरिष्ठ फिजिसियन कन्सलटेन्ट डा.अनमोल पौडेलबाट निःशुल्क… पुरा पढौ