स्वास्थ्य

युआरएलको १२औँ वार्षिकोत्सवमा निःशुल्क स्वास्थ्य शिविर

पोखरा, २८ मंसिर, गण्डकी प्रदेशको पहिलो रेफरेन्स ल्याब युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि (युआरएल) ले आफ्नो १२औँ वार्षिकोत्सवको अवसरमा शनिबार पोखरास्थित युआरएल हस्पिटल चोकमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । शिविरमा २ सय ५ जनाले ल्याब परीक्षण सेवा लिएका छन् भने ५२ जनाले दन्त परीक्षण सेवा लिएका छन् । युआरएलका मार्केटिङ डाइरेक्टर मणि न्यौपानेका अनुसार शिविरमा सहभागीको थाइराइड तथा मधुमेह (सुगर) सम्बन्धी जाँच निःशुल्क गरिएको थियो । २०७० साल मंसिर २३ गते स्थापना भएको युआरएलले १२औँ वार्षिकोत्सवको अवसरमा मंसिर १५… पुरा पढौ

आदर्श समाजका व्यवस्थापक दुर्गादेवीलाई मातृशोक

नवलपुर, २६ मंसिर, आदर्श समाज राष्ट्रिय दैनिकका व्यवस्थापक दुर्गादेवी बास्तोलालाई मातृशोक परेको छ । उनकी आमा पोखरा–१४, छिनेडाँडा निवासी विष्णुमाया बरालको ९३ वर्षको उमेरमा बिहीबार साँझ चितवनको भरतपुर अस्पतालमा असामयिक निधन भएको हो । उनी श्वासप्रश्वाससम्बन्धी समस्याबाट पीडित थिइन् । उनका एक छोरा कृष्णप्रसाद बराल, एक छोरी दुर्गादेवी बास्तोला एवं नातिनातिना र पनातिनातिना छन् । स्वर्गीय बरालको शुक्रबार दिउँसो १२ बजे गैंडाकोटस्थित आदर्श समाज परिसरबाट शवयात्रासहित देवघाटमा दाहसंस्कार गरिने परिवारले जनाएको छ । पुरा पढौ

कास्कीका ५ पालिका मध्य पोखरा महानगरमा आत्महत्याको सङख्या बढ्दो सचेतना र मनोपरामर्श गर्न सुझाव

दीननाथ बराल, पोखरा २४, मंसिर, कास्कीका ५ पालिका मध्य पोखरा महानगरपालिकामा आत्महत्याको सङख्या बढ्दो रुपमा रहेकोले यसै सम्बन्धि सचेतना र मनोपरामर्श गर्न बुधबार पोखरामा आयोजित एक कार्यक्रमका वक्ताहरुले जोड दिनु भएको छ । कोसिस नेपालले बुधबार पोखरामा आयोजना गरेको ‘आत्महत्या रोकथामका लागि पत्रकार निर्देशिका–२०८०’ सम्बन्धी पत्रकारसँगको छलफलमा सहभागीहरूले कास्कीका पालिकाहरु मध्य पोखरामा बढी आत्महत्याको दर बढी भएकोले यसलाई नियन्त्रण गर्न टोल देखि वडा हुदै सचेतना तथा मनोपरामर्श दिनुपर्नेमा सुझाव दिनु भएको हो । https://www.youtube.com/watch?v=F4oemYCuRdM आत्महत्याका घटनालाई सनसनीपूर्ण शीर्षक, विस्तृत विवरण… पुरा पढौ

चरक हस्पिटल १४ वर्षमा प्रवेश, वार्षिकोत्सवमा रक्तदान तथा सहयोग

पोखरा, २२ मंसिर पोखराको नागढुंगामा अवस्थित सुविधा सम्पन्न चरक मेमोरियल हस्पिटल प्रालिले सेवाको १३ वर्ष पूरा गरेको छ । हस्पिटलले विविध कार्यक्रम गरी १३ औं वार्षिकोत्सव पनि मनाएको छ । हस्पिटलका प्रबन्ध निर्देशक कपिल पोखरेलका अनुसार हस्पिटलले सामाजिक उत्तरदायित्व बहन अन्तर्गत विविध कार्यक्रम गरी वार्षिकोत्सव मनाएको हो । वार्षिकोत्सवको अवसरमा शनिबार रक्तदान कार्यक्रम सम्पन्न गरेको हस्पिटलले आइतबार बटुकहरुलाई ३० हजार नगद सहयोग गरेको थियो । आइतबार साँझ सयौं अतिथिमाझ हस्पिटलले डाक्टर र कर्मचारीहरुलाई अवार्ड वितरण गरेको छ । साथै, हस्पिटलले… पुरा पढौ

दोस्रो त्रि—भुवन स्मृति कप फागुन ७ देखि ९ गते सम्म हुने, पुरस्कार राशिमा वृद्धि, ‘विशेष युवा सम्मान’ र स्वास्थ्य शिविर हुने

पोखरा, २२ मंसिर पोखरा महानगरपालिका–२२ ठुलिबिडीस्थित सिम्लेपाखा खेलमैदानमा आउदो फागुनमा फेरि फुटबलको रौनक हुने भएको छ । परिवर्तन युवा क्लबको आयोजनामा दोस्रो फाइभ–ए–साइड फुटवल त्रिभुवन स्मृति कप २०८२ आयोजना हुने भएको क्लबका अध्यक्ष सुदिप बरालले पोखराक्लिकलाई जानकारी दिनुभयो। नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य, गण्डकी प्रदेशका संस्थापक अध्यक्ष तथा परिवर्तन युवा क्लबका सल्लाहकार स्व.त्रिभुवन पौडेलको सम्झनामा सो प्रतियोगिता आयोजना हुँदै आएको छ । २०७९ माघ १ गते यती एयरलाइन्सको विमान दुर्घटनामा ज्यान गुमाउनु भएको पौडेलको आदर्श र योगदानलाई खेलकुदमार्फत स्मरण गरिने… पुरा पढौ

मदिरा व्यवसायीको रक्तदान, ५० युनिट रगत संकलन

पोखरा, २० मंसिर । मदिरा व्यवसायी समिति कास्कीले आयोजना गरेको खुल्ला रक्तदान कार्यक्रममा ५० युनिट रगत संकलन भएको छ । रक्तदान कार्यक्रममा समितिमा आवद्व व्यवसायी, सुभचिन्तक , नियममित रक्तदाताले रक्तदान गरेको समितिका कार्यसमिति सदस्य एवं कार्यक्रमका संयोजक सुदर्शन श्रेष्ठले जानकारी दिए । समितिको सचिवालय पोेखरा–८ सिमलचौरमा कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रममा नेपाल रेडक्रस सोसाईटि कास्कीका अध्यक्ष उर्मिला खड्का भण्डारीले मदिरा व्यवसायी समिति कास्कीका अध्यक्ष कृष्ण रानाभाटलाई ब्लड ब्याग हस्तान्तरण गरी रक्तदान कार्यक्रमको उद्घाटन गरेकी थिईन् । भण्डारीले रगतको मागलाई… पुरा पढौ

पोखरा प्रर्दशनी केन्द्रमा औद्योगिक व्यापार मेला तथा क्यान इन्फोटेक सुरु (भिडियो सहित) ,नेपालमा धेरै गर्न सकिन्छः महासंघ अध्यक्ष ढकाल

पोखरा, १७ मंसिर, पोखरा उद्योग वाणिज्य संघको आयोजनामा बुधबारदेखि पोखरा ९,नयाँबजारमा रहेको प्रदर्शनी केन्द्रमा ‘नेपाल मणिपाल अस्पताल ३४ औं राष्ट्रिय औद्योगिक व्यापार मेला तथा १३ औं क्यान इन्फोटेक २०८२,पोखरा’ सुरु भएको छ । ५ दिनसम्म चल्ने मेलाको नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले उद्घाटन गरे । उद्घाटनको क्रममा उनले नेपालमा केही हुँदैन भन्ने भाष्य चिर्न जरुरी रहेको पनि बताए । https://www.youtube.com/watch?v=eA4V17mzgww नेपालकै पूँजीले पनि धेरै ठूला आयोजना बनाउन सकिने बताउँदै उनले त्यसका निम्ति नेपाल उद्योग वाणिज्य महासंघले १० अर्ब… पुरा पढौ

चार महिनामा गण्डकी प्रदेशमा ५३ जना नयाँ एचआईभी संक्रमित, १० जनाको मृत्यु, कास्कीमा ६ जनाको मृत्यु

दीननाथ बराल,पोखरा, १५ मंसिर, पछिल्लो चार महिनामा गण्डकी प्रदेशमा ५३ जना नयाँ एचआईभी संक्रमित थपिएका छन भने चालु आर्थिक बर्षको पहिलो चौमासिकमा १० जनाको मृत्यु भएको छ । ३८औँ विश्व एड्स दिवस–२०२५ को अवसरमा नेपाल पत्रकार महासंघ कास्की, एड्स हेल्थकेयर फाउन्डेशन नेपाल र गण्डकी प्रादेशिक जनस्वास्थ्य केन्द्रको संयोजनमा पोखरामा आयोजित अन्तरक्रिया कार्यक्रममा यो तथ्याङ्क सार्वजनिक गरिएको हो । https://www.youtube.com/watch?v=Gs6Tj_c6iCE त्यसै गरी गण्डकी प्रदेशका ११ जिल्ला मध्य कास्कीमा सबै भन्दा बढी एचआईभि शंक्रमण दर बढ्दो रुपमा रहेको प्रादेशिक जनस्वास्थ्य केन्द्र एचआईभी… पुरा पढौ

बुधबारदेखि पोखराको नयाँबजारमा व्यापार मेला तथा क्यान इन्फोटेक हुने(भिडियो सहित)

पोखरा १५, मंसिर, पोखरामा यही मंसिर १७ गतेबाट पोखरा प्रदर्शनी केन्द्र नयाँबजारमा आयोजना हुने ‘नेपाल मणिपाल अस्पताल ३४ औं राष्ट्रिय औद्योगिक व्यापार मेला तथा १३ औं क्यान इन्फोटेक २०८२,पोखरा’को तयारी पूरा भएको छ । आयोजक पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले सोमबार मेलास्थलमा आयोजित पत्रकार सम्मेलनमा मेलाको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएका हुन् । https://www.youtube.com/watch?v=1aAmg2IpZrE उनका अनुसार मेलाको बुधबार नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले उद्घाटन गर्ने छन् । अध्यक्ष कार्कीले जेन–जी आन्दोलनको क्रममा निजी क्षेत्रमाथि भएको… पुरा पढौ

नेलम्बो र मादी गाउँपालिकाको सझेदारीमा २५९ जना विद्यार्थीलाई न्यानो स्वीटर वितरण

पोखरा, शिक्षा स्वास्थ्य र वातावरणको क्षेत्रमा क्रियाशिल सामाजिक संस्था नेलम्बो नेपालले मादीगाउँपालिकाकोसमन्वय र साझेदारीमा मादी गाउँपालिकामा रहेका वडा नं. ३ र ४ का ५ वटा सामुदायिक विद्यालयमाअध्ययन गर्ने ३ सय ५९ जना विद्यार्थीहरलाई जाडोमा लगाउँने न्यानो स्वीटर हस्तान्तरणगरेको छ । मादी गाउँपलिकाको श्री सीताराम माध्यमिक विद्यालय, मंगलोदय आधार भूत विद्यालय,विन्ध्यवासिनि आधारभूत विद्यालय, धुव्र माध्यमिक विद्यालय र नव दुर्गा आधारभूत विद्यालयमा कक्षा नर्सरीदेखि १२ कक्षा सम्मका विद्यार्थीहरुलाई जाडोमा लगाउने न्यानो स्वीटर वितरण गरिएको उक्त कार्यक्रममामादी गाउँपालिकाका अध्यक्ष देविजंग गुरुङ्ग र नेलम्बो… पुरा पढौ