पोखराको फेवातालमा पौडी खेल्ने क्रममा एक बालकको ज्यान गयो

-


     पोखरा क्लिक     
     वैशाख १८ गते २०८३ मा प्रकाशित


दीननाथ बराल,
पोखरा १८, वैशाख,

पोखराको फेवातालमा पौडी खेल्ने क्रममा डुबेर १० वर्षीय एक बालकको ज्यान गएको छ । पोखरा महानगरपालिका–१८ खपौदीका आरेस लामा आज बिहान करिब ११ः१५ बजे तालमा पौडी खेल्ने क्रममा अचानक डुबेर बेपत्ता हुनु भएको थियो ।

घटनाबारे सूचना प्राप्त हुन साथ सशस्त्र प्रहरी बल नेपाल नं.२४ गण हेडक्वार्टर कालिका, कास्कीबाट खटिएको उद्धार टोलीले अचेत अबस्थामा बालकलाई उद्धार गरी उपचारको लागि अस्पताल पुर्याएको थियो । सशस्त्र प्रहरी नायव निरीक्षक ताराचन्द्र शर्माको कमाण्डमा गएको ७ सदस्यीय गोताखोर टोलीले करिब १८ फिट गहिराइबाट बालकलाई निकालेको थियो ।

उद्धारपछि तत्काल उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान(पश्चिमाञ्चल क्षेत्रिय अस्पताल ) पोखरामा लगिएकोमा दिउँसो १२ः१५ बजे चिकित्सकले बालकलाई मृत घोषणा गरेका थिए । गर्मी मौसममा यस्ता घटना पुनः नदोहोरीनका लागि सबै सचेत हुनु पर्ने स्थानियले बताउनु भयो ।