
गण्डकी, ३ बैशाख,
विश्व व्यापीरुपमा वालवालिकामा जन्मजातै देखिने अटिजम रोग नभईर फरक अवस्था भनेर बुभ्mनु पर्नेमा यहाँ आयोजित एक कार्यक्रम बक्ताहरुले जोड दिएका छन् । जानकी माध्यमिक विद्यालय पोखरा १७ महतगौडास्थित सञ्चालित अटिजम श्रोत केन्द्रका सहजकर्ता र अभिभावकका लागि शुरु गरिएको अटिजम बुझाई तथा व्यवस्थापन तालिमको उद्घाटन कार्यक्रममा बक्ताहरुले उक्त कुरा बताएका हुन ।
श्रोत केन्द्रका शिक्षक सहजकर्ता, आया र अभिभावकका लागि तालिम सहित प्रत्येक विद्यार्थीको अटिजमको अवस्थाका वारेमा समेत परिक्षण गरि रिपोर्टको आधारमा उनीहरुको सिकाई र पढाईको व्यवस्था गर्ने तालिमको मुख्य लक्ष्य रहेको प्राधानाध्यापक अर्जुन कडेलले जानकारी दिनुभयो । पोखरा महानगरपालिका वडा नं. १७ का वडाध्यक्ष राधिका शाही योगीले अटिजम भएका बालबालिकाको समस्या समाधान तथा समावेशी शिक्षाको अधिकार सुनिश्चित गर्न महानगरले अटिजम श्रोत कक्षा सञ्चालन गरिएको बताउनुभयो । कक्षाको निरन्तरताको लागि व्यवस्थापन समिति, शिक्षा र अभिभावक सचेत हुनुपर्नेमा उहाँको जोड थियो ।
अटिजम भएका वालवालिकासंग व्यवहार गर्ने तरिका, उनीहरुको आवश्यकता पहिचान गर्ने उपाय तथा घर र विद्यालयमा अपनाउनुपर्ने सहजीकरण विधिका वारेमा प्रशिक्षण दिइने तालिमका प्रशिक्षक प्रिज्मा थापाले जानकारी दिनुभयो । पाँच दिने उक्त तालिममा ५० जनाको सहभागिता रहेको छ । उहाँका अनुसार कर्मचारी र अभिभावकका लागि छुट्टाछुट्टै सत्रमार्पmत अटिजम भएका वालवालिकासंग व्यवहार गर्ने तरिका, उनीहरुको आवश्यकता पहिचान गर्ने उपाय तथा घर र विद्यालयमा अपनाउनुपर्ने सहजीकरण विधिबारे प्रशिक्षण प्रदान गरिने छ ।
सरकारीस्तरबाट अटिजम सम्वन्धी कक्षा सञ्चालन हुनु विद्यार्थी र अभिभावक दुवैका लागि ठूलो सहयोग भएको बताउँदै उहाँले अटिजम भएका बालवालिकाकालाई कम्तिमा प्रत्येक दिन पाँच घण्टा बिशेष ध्यानसहित अभिभावकको अलग वातावरणमा राख्दा सिकाई प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिप्रसाद बास्तोलाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अटिजम श्रोत केन्द्रका इन्चार्ज कमलप्रसाद आचार्य लगायतले अटिजमका समस्या र समाधानका उपायवारेमा तीनै तहका सरकार जिम्मेवार हुनु पर्ने आवश्यकता औल्याउनुभयो ।




