साहित्य

आइतबार पोखराको ड्यामसाइडमा चौथो संस्करणको विद्यालय स्तरीय चित्रकला प्रतियोगिता हुने

पोखरा, २७ मंसिर, पोखराको ड्यामसाइड क्लबको आयोजनामा भोलि (आइतबार) पोखराको ड्यामसाइड स्थित माछापुच्छ«े प्रतिबिम्ब पार्कमा खुल्ला विद्यालय स्तरीय चित्रकला प्रतियोगिता हुने भएको छ । विद्यार्थीहरूमा भएको प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले चित्रकला प्रतियोगिता आयोजना गर्न लागिएको क्लबका अध्यक्ष रमेश प्रसाद बरालले पोखराक्लिकलाई बताउनुभयो। प्रतियोगितामा विभिन्न बिद्यालयका करिब ४० जना प्रतियोगिहरु सहभागि हुने भएको उहाँले जनाउनु भयो । उक्त पार्कमा बिहान ११ बजेदेखि सुरु हुने प्रतियोगितामा करिब २ घण्टा जसो प्रतियोगीहरूले विभिन्न कलाकृतिमा चित्रहरू कोर्ने भएको अध्यक्ष बरालले जनाउनुभयो। त्यसैगरी कार्यक्रमका प्रमुख… पुरा पढौ

करातेका अन्तराष्ट्रिय प्रशिक्षक असोक लामा रुम्बालाई सम्मान लिन भ्याई नभ्याई

पोखरा, करातेका अन्तराष्ट्रिय प्रशिक्षक असोक लामा रुम्बालाई यतिवेला सम्मान लिन भ्याई नभ्याई भएको छ । केही समय अघि स्पेनमा कराते खेलको मुख्यप्रशिक्षकको जिम्मेवार वहन गर्नु भएको रुम्बालाई पोखरा देखि हटौंडा हुदै काठमाण्डौंसम्म विभिन्न संघ संस्थाहरुले सम्मान तथा स्वागत गर्दा उहाँलाई हाल भ्याई नभ्याई भएको हो । यसैबिच, फुलकन्ट्याक्ट कराते महासंघले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको गौरव र पहिचान उच्च बनाउने खेलाडी, प्रशिक्षक तथा योगदानकर्ताहरूलाई विशेष सम्मान कार्यक्रममार्फत सम्मान गरेको छ। त्रिपुरेश्वर, काठमाडौंमा शुक्रबार सम्पन्न उक्त कार्यक्रममा कराते खेलका समर्पित प्रशिक्षक देव कुमार… पुरा पढौ

गीतकार प्रतिष्ठानको अध्यक्षमा अनुराग, आरजुलाई गीतकार सम्मान

पोखरा, कार्तिक १५, गीतकार प्रतिष्ठान, नेपालको अध्यक्षमा अनुराग अधिकारी सर्वसम्मत चयन भएका छन् । शनिवार पोखरामा सम्पन्न प्रतिष्ठानको पाँचौँ साधारण सभा तथा तेस्रो अधिवेशनबाट अधिकारीको अध्यक्षतामा नयाँ कार्य समिति सर्वसम्मत चयन भएको हो । समितिका उपाध्याक्षमा लाल कार्की ‘अन्जान’, सचिवमा रुपिन्द्र प्रभावी, कोषाध्यक्षमा आदर्श पोखरेल र सहसचिवमा बिर्सना बस्नेत चयन भए । यस्तै सदस्यहरूमा राजाराम पौडेल, सुरज उपाध्याय, रेशम रचक, जमुना पौडेल बराल र गणेशराज सदाशङ्कर चयन भएका छन् । प्रतिष्ठानका अध्यक्ष शीतल गिरीको अध्यक्षतामा भएको साधारण सभाबाट प्रगति प्रतिवेदन… पुरा पढौ

सहारा बिद्यालयमा गर्‍यो एल. जी.एशोशिएसन यु.के.ले कम्पयुटर सहयोग

पोखरा, एल.जी.एसोसिएसन यु.के.ले पोखरा ९ स्थित वसपार्कमा रहेको सहारा बाल आधारभूत विद्यालयमा ५ थान कम्प्युटर हस्तान्तरण गरेको छ ।विद्यालयमा एक कार्यक्रमका विच ५ थान कम्प्युटर हस्तान्तरण गर्न पाउँदा खुशी रहेको एल।जी। एसोसिएन नेपालका अध्यक्ष डम्बर जंग गुरुङले बताए । पोखरा मनपा वडा नं ९ का वडा अध्यक्ष दिपेन्द्र मर्सानीको प्रमुख आतिथ्यमा सञ्चालित कार्यक्रममा विद्यालयका प्रधानाध्यापक लोचना अधिकारीले स्वागत मन्तव्य गरेकी थिइन् । विद्यालयको भौतिक, सामाजिक र शैक्षिक अवस्था वारे समेट्दै सहयोगी दाताहरु र अतिथीहरुलाई स्वगत गरेकी थिइन् । कार्यक्रममा विशेष… पुरा पढौ

स्याङ्जामा विशाल रानाभाट जिताऔं अभियान

मेरो भ्वाइस यूनिभर्स २ को उत्कृष्ट १४ मा पर्न सफल विशाल रानाभाटलाई थप अगाडिको यात्रामा बढाउन विशाल रानाभाट जिताऔँ अभियान शुरु गरिएको छ । अबका चरणमा ५० प्रतिशत निर्णायक र ५० प्रतिशत दर्शकको भोटका आधारमा अगाडिको यात्रा तय हुने भएकाले विशालको जन्म जिल्लामा उक्त अभियान शुरु गरिएको हो । विशालको प्रगतिको कामना गर्ने आफन्तजनलाईसमेत भोट गर्नुपर्ने त्यसको विधि र प्रक्रियाबारे जानकारी नभएकाले उक्त अभियान शुरु गरिएको हो । पैसाको बलमा विशाल जस्ता प्रतिभा ओझेलमा पर्छन् कि भनेर शुभेच्छुकलाई जानकारी गराउन… पुरा पढौ

गीत संगीतमै विशाल सम्भावना खोज्दै विशाल रानाभाट

स्याङ्जा जिल्लाको साविक भाटखोला गाउँ विकास समितिको आफ्नै गौरव र गरिमा छ । देशमा संघीय व्यवस्था आउनु भन्दा अगाडि रानाभाट जातिको बाहुल्यताकै कारण गा.वि.स नामकरण गरिएको त्यही भाटखोलाको वडा नम्बर ५ मा लोलासरी गाउँ अवस्थित छ । विभिन्न किंवदन्तीमध्ये त्यहाँको भू–भाग लोलैलोला जस्तो देखिने भएकाले लोलासरी नामकरण गरिएको पनि पाइन्छ । जुन लोलासरी वर्तमान व्यवस्था अनुसार फेदीखोला गाउँपालिकाको वडा नम्बर ३ अन्तर्गत पर्दछ । प्रस्तुत सन्दर्भ त्यहीँ भाटखोलाको लोलासरीमा नाँभी गाँडिएका विशाल रानाभाटसँग जोडिएको गीत संगीतको हो । बुबा गोविन… पुरा पढौ

अल्पायूको ‘न घाम न जून’ वर्तमानको चित्र

पिता कृष्णचन्द्र र माता अन्नपूर्ण पौडेलको कोखबाट २०१८ सालमा पोखरा–३२ तल्लो गगनडौँडामा जन्मेका धर्मराज पौडेल नेपाली वाङ्मयका क्षेत्रमा अल्पायूका नामले परिचित छन् । कविता र मुक्तक लेखनमा क्रियाशील अल्पायूको साहित्यप्रतिको रुझान भने विद्यालय तहदेखि नै रहेको पाइन्छ । पोखराका विभिन्न साहित्यिक र सामाजिक संघसंस्थामा संलग्न अल्पायू २०७१ सालदेखि संगम टोल विकास संस्थाको अध्यक्ष रहेर आफ्नो टोल छिमेकको विकासमा मात्र लागेका छैनन् । उनी गीताञ्जली साहित्य परिवारको उपाध्यक्ष, लेखनाथ साहित्य प्रतिष्ठान र अली मियाँ लोकवाङ्मय प्रतिष्ठानको सहसचिवसमेत रहेका छन् । भानु… पुरा पढौ

प्रा.डा. दाहालको ‘जोडिएका कुरा’को पोखरा लोकार्पण

प्राध्यापक डा. रामप्रसाद दाहालको समीक्षा तथा सिर्जना कृति 'जोडिएका कुरा'को पोखरा लोकार्पणसम्पन्न भएको छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज गण्डकीद्वारा सोमवार आयोजित जोडिएका कुरा परिचर्चा तथा रोपाइँ काव्य उत्सव समारोहका बीच दाहालको उक्त २१ औं कृतिको लोकार्पण गरिएको हो । बुद्ध जयन्तीका अवसरमा प्रकाशित कृतिको वरिष्ठ पत्रकारदेखि केन्द्र हुँदै पालिका तहका प्राज्ञहरूले संयुक्त लोकार्पण गरेका हुन् । जसमा वरिष्ठ पत्रकार बद्री विनोद प्रतीक, नेपाल प्रज्ञा–प्रतिष्ठानका काव्य विभाग प्रमुख बाबा बस्नेत, पोखरा प्रज्ञा–प्रतिष्ठानका संस्थापक कुलपति पद्मराज ढकाल, पुतलीबजार प्रज्ञा–प्रतिष्ठानका उपकुलपति दुर्गाबहादुर… पुरा पढौ

माछापुच्छ्रेको ६७ करोड ९९ लाखको बजेट आयो, कृषि र पर्यटनमा जोड, दाना उद्योग स्थापना गर्ने

दीननाथ बराल,पोखरा, असार १०, कास्कीको माछापुच्छ्रे गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२र८३ का लागि रु। ६७ करोड ९९ लाख ५१ हजार बराबरको बजेट प्रस्तुतः गरेको छ। गाउँपालिकाको उपाध्यक्ष सीता अधिकारीले आज (मंगलबार) गाउँसभामा बजेट प्रस्तुत गर्दै संघीय र प्रदेश सरकारबाट प्राप्त हुने अनुदान, राजस्व बाँडफाँट, आन्तरिक आम्दानी र बैंक मौज्दात समावेश गरिएको जानकारी दिनुभयो। उहाँका अनुसार बजेट स्रोतहरू यस प्रकार रहेका छन् । संघीय सरकार तर्फ वस्तुगत समानीकरण अनुदान तर्फ ११ करोड २४ लाख सशर्त अनुदान तर्फ २७ करोड ९४ लाख… पुरा पढौ

सुगम संगीतका क्षेत्रमा पुनः मुटुसँगै उदाए अनेसास पोर्चुगलका वरिष्ठ उपाध्यक्ष सागर शाह एन. जे. (भिडियोसहित)

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) पोर्चुगल च्याप्टरका वरिष्ठ उपाध्यक्ष गीतकार, गायक नायक तथा संगीतकार सागर शाह एन. जे. आफ्नो नयाँ गीत 'मुटु'सहित पुनः उदाएका छन् । २०५२ सालमा सिञ्जा व्यान्डबाट ‘धौलागिरी फेदमा हिऊँ पर्यो’ गीतसहित गायन यात्रामा लागेका सागरको मुटु गीत तीन दशकदेखिको अनवरत यात्राको अनुपम कोसेली रहेको छ । सात दर्जन बढी गीतमा स्वर तथा संगीत भरिसकेका सागरका जाऊँ है कान्छी पोखरा, अचानक, तिमीलाई कहाँ राखु, पोखराको चिसो हावाले, पोखरेली कान्छी, नजरैको गोलीले, दिन ढल्छ, नजरैले हान्यो सर्वाधिक लोकप्रिय… पुरा पढौ

This will close in 20 seconds