साहित्य

प्रेम–शान्ति आख्यान पुरस्कारबाट दीपक समीप पुरस्कृत

पोखरा, मङ्सिर १५, साहित्यकार दीपक समीप ‘प्रेम–शान्ति आख्यान पुरस्कार २०८१’ बाट सम्मानित भएका छन् । शनिवार पोखरामा आयोजित कार्यक्रममा साहित्यकार सरुभक्तले समीपलाई नगद १० हजार रुपियाँसहित दोसल्ला र सम्मानपत्र प्रदान गरे । नेपाली साहित्यको आख्यान विधामा विशेष योगदान पु¥याएको भन्दै लमजुङ–पोखरा सम्पर्क समितिले समीपलाई सो पुरस्कार अर्पण गरेको हो । मूलतः गजलकार र मुक्तककार रूपमा स्थापित समीपले पुरस्कारले आफूलाई आख्यानका क्षेत्रमा थप मिहिनेत गर्ने प्रेरणा प्राप्त भएको बताए । समीपका भूगोलभित्र नकोरिएको देश ९गजल सङ्ग्रह, २०६२०, अक्षर अक्षरमा देश ९मुक्तक… पुरा पढौ

कविता गाउँ लुम्ले समितिलाई थप आठ आना जग्गा दान

कविता गाउँ लुम्ले समितिलाई लुम्ले निवासी समाजसेवी रामजीप्रसाद देवकोटाले जग्गा दान गरेका छन् । देवकोटा अन्नपूर्ण गाउँपालिका–६ लुम्ले निवासी हरिदत्त देवकोटाका कान्छा सुपुत्र हुन् । उनले छेउघर चौतारामुनीको आठ आना जग्गा समितिलाई दान गरेका हुन् । समितिले शनिवार लब्धप्रतिष्ठित व्यक्तित्वसहितको भेलाका बीच जग्गादाता रामजीप्रसादलाई धन्यवाद ज्ञापन गर्दै उक्त जग्गामा ग्रामीण पर्यटन प्रवद्र्धन केन्द्र निर्माणको गुरुयोजना बनाएर अगाडि बढ्ने अध्यक्ष भरत देवकोटाले जानकारी गराए । जग्गादाता रामजीप्रसाद देवकोटाले कविता गाउँ लुम्लेमा पर्याप्त सम्भावना भएर पनि त्यसको सदुपयोग गर्न नसकिएको अवस्थामा सबै… पुरा पढौ

सायमीको‘स्वरसम्राट नारायण गोपाल’ पुस्तक पोखरामा विमोचन

पोखरा, कात्तिक २४, स्वरसम्राट नारायण गोपालको जीवनी सम्बन्धि पुस्तक ‘स्वरसम्राट नारायणगोपाल’ को शनिबार पोखरामा विमोचन गरिएको छ । पोखराबाट प्रशारण हुने एभरेस्ट एफएम ९३ मेगाहर्जको आयोजनामा शनिबार पोखरामा आयोजित एक कार्यक्रमकाबीच उर्जा, जलश्रोत तथा खानेपानी मन्त्री फडिन्द्र देवकोटा, बष्ठि साहित्यकार सरुभक्त, नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रीय अध्यक्ष आनन्दराज मुल्मी, बरिष्ठ लोक गायीका हरिदेवी कोईराला, सूचना आयोगकी नवनियुक्त आयुक्त दुर्गा भण्डारी, हारमोनी अध्यक्ष ईतु जोजिजु, एभरेस्ट मिडिया हाउसकी अध्यक्ष कर्मकुमारी गुरुङसहित लेखक तथा अध्येता प्रकाश सायमीले एकसाथ पुस्तकको विमोचन गरेका… पुरा पढौ

हिमशिखर रजत अङ्क लोकार्पण

हेमजा साहित्य प्रतिष्ठान नेपालको वार्षिक प्रकाशन हिमशिखर २५ औं अङ्क पोखरामा एक समारोहका बीच लोकार्पण गरिएको छ । उक्त अङ्कको भाषाविद् मुकुन्दशरण उपाध्याय, वरिष्ठ साहित्यकार सरुभक्त, वरिष्ठ लोकगायिका हरिदेवी कोइराला र वरिष्ठ कलाकार रमेश श्रेष्ठसहितका सुनाम प्रतिभाका करकमलबाट लोकार्पण गरिएको हो । भाषाविद् मुकुन्दशरण उपाध्यायले हेमजा साहित्य प्रतिष्ठानको हिमशिखरको रजत अङ्क लोकार्पण गर्न पाउनु आफ्ना लागि गौरवको विषय रहेको बताए । उपाध्यायले हेमजा हिजो पनि राम्रो रहेको र आज विकास निर्माणसँगै झन् राम्रो हुँदै गएको देख्दा खुसी लागेको धारणा राखे… पुरा पढौ

सङ्घर्षशील सामाजिक पुरस्कार हरिदेवी कोइरालालाई

अम्बिका–भागवत फाउण्डेशन नेपालद्वारा हरेक दुई वर्षमा अर्पण गरिने सङ्घर्षशील सामाजिक पुरस्कार हरिदेवी कोइरालालाई अर्पण गरिने भएको छ । साहित्यकार अम्बिका भण्डारीको संयोजकत्वमा गोमा सोती र खडानन्द पौडेल रहेको प्रतिभा चयन समितिको सिफारिसलाई फाउण्डेशनको मङ्गलवार सम्पन्न बैठकले सर्वसम्मत स्वीकृत गरेको हो । पोखरा बैदाममा जन्मेकी हरिदेवी कोइराला नेपाली लोकगीत, लोकदोहोरी गायन तथा साहित्य क्षेत्रका तीसको दशकदेखि अविचलित निष्ठाका साथ एकक्षत्र राज गर्दै आइरहेकी विलक्षण प्रतिभा हुन् । उनका दर्जन साहित्यिक कृति, एक सय बढी लोकदोहारी गीति एल्बम र झण्डै ६ सयको… पुरा पढौ

“सिद्धि गौचन नाम जस्तै सिद्धि प्राप्त प्रतिभा”

बहुआयामिक व्यक्तित्व सिद्धि गौचनको १४ औं स्मृति सभा पोखरामा सम्पन्न भएको छ । जरोटुप्पो संरक्षण साहित्य समाज, नेपालद्वारा पोखरामा आयोजित सिद्धि गौचन स्मृति सभा तथा पुरस्कार अर्पण समारोहका वक्ताले सिद्धि गौचनलाई नाम जस्तै काममा पनि सिद्धि प्राप्त प्रतिभाका रूपमा चिनाए । सोही समारोहबीच संस्थाद्वारा सञ्चालित नगद १० हजार एकसय ११ राशिसहितको सिद्धी गौचन स्मृति पुरस्कारबाट हिमाली सांस्कृतिक परिवारलाई सम्मानित गरिएको छ । वरिष्ठ साहित्यकार सरुभक्त, डा. नारायणप्रसाद अधिकारी, अक्षयकोष संस्थापक विश्वमोहन गौचन, अनेसासका केन्द्रीय सल्लाहकार सुमलकुमार गुरुङ, महिला उद्यमी रामकली… पुरा पढौ

सिद्धि गौचन स्मृति पुरस्कार हिमाली सांस्कृतिक परिवारलाई

जरोटुप्पो संरक्षण साहित्य समाज, नेपालद्वारा सञ्चालित सिद्धि गौचन स्मृति पुरस्कार–२०८१ हिमाली सांस्कृतिक परिवारलाई अर्पण गरिने भएको छ ।गण्डकी प्रज्ञा–प्रतिष्ठानका परिषद् सदस्य कृष्णप्रसाद पौडेलको संयोजकत्वमा गठित प्रतिभा छनौट समितिले लोक संस्कृतिको संरक्षणमा झण्डै तीन दशकदेखि क्रियाशील हिमाली सांस्कृतिक परिवारको नाम सिफारिस गरेको हो । पौडेलको संयोजकत्वमा वरिष्ठ लोकदोहोरी गायिका तथा बहुआयामिक व्यक्तित्व हरिदेवी कोइराला, पुतलीबजार प्रज्ञा–प्रतिष्ठानका उपकुलपति दुर्गाबहादुर शाह बाबाको तीन सदस्य समितिको सिफारिसलाई पुरस्कार कोषका संस्थापक विश्वमोहन गौचनसहितको बैठकले सर्वसम्मत अनुमोदन गरेको अध्यक्ष डा. नारायणप्रसाद अधिकारीले जानकारी दिए । सिद्धि… पुरा पढौ

शकुनको सुसाधना : खबरमा छु प्रिय !

सन्दर्भ परिचयगुल्मीको ग्वाँदीमा जन्मेर समाजशास्त्रमा स्नातकोत्तर गरेकी शकुन ज्ञवाली हाल अमेरिकाको न्युयोर्कमा बसोबास गर्दै आएकी छन् । झण्डै दर्जन लोकदोहोरी र तीजेगीतका एल्बम बजारमा ल्याइसकेकी शकुनले २०६१ भाद्र २९ गते अली मियाँ लोकवाङ्मयको व्यानरमा पहिलो कविता कृति “पालुवा र मञ्जरी’ पोखरामै लोकार्पण गरेकी थिइन् । गायन यात्राको आयामसँगै साहित्यिक अध्याय थपेर आफूलाई बहुआयामिक व्यक्तित्वका रुपमा उभ्याएकी शकुनका तीन कवितासङ्ग्रह "तिमी र म”, "भन्दिनु है बा !” पछि "खबरमा छु प्रिय !” मुक्तकसङ्ग्रह बजारमा आइसकेका छन् । यसरी अगाडि बढ्ने क्रममा… पुरा पढौ

विभिन्न व्यक्तित्वहरुलाई सम्मान

पोखरा २३, असोज, साहित्य सम्राट देशभक्त सिंह कुँवर वाङमय प्रतिस्ठानले शुभकामना आदान प्रदान कार्यक्रमसहित विभिन्न व्यक्तित्वहरुलाई सम्मान गरेको छ । पोखरामा मंगलबार सो कार्यक्रम पोखराका वरिष्ठ शिक्षासेवी जोर्ज जोनको प्रमुख आतिथ्यतामा भव्यरुपमा सम्पन्न भएको थियो । सम्मानित हुनेहरुमा प्राज्ञ एवं विम्बकवि रमेश श्रेष्ठ, छन्दनायक माधव वियोगी, साहित्यकार पुष्कर अथक रेग्मी, साहित्यकार तारा पाखे, साहित्यकार एवं कलाकार दामोदर ढकाल दिपक, मुटु रोग विषेशज्ञ डा. बिश्वराज बराल, प्रथम शीत ईश्वर कृष्णबहादुर केसी, फिल्म निर्देशक घनश्याम लामिछाने, ब्रम्हाकुमारी विनिता पराजुली, साहित्यकार रविन्द्र माकाजु,… पुरा पढौ

डागर स्मृति पुरस्कारबाट युवा पाइटल दीक्षान्त पुरस्कृत

डागर स्मृति पुरस्कार-२०८१ बाट युवा पाइलट दीक्षान्त जंगबहादुर राणा पुरस्कृत भएका छन् ।डागर स्मृति प्रतिष्ठान नेपालले राजन पराशर डागरको २३ औं स्मृति दिवस समारोहबीच उक्त पुरस्कार अर्पण गरेको हो ।२० हजार राशिसहितको उक्त पुरस्कार ऋषि पञ्चमीका दिन पोखरामा एक समारोहका बीच अर्पण गरिएको हो । कार्यक्रमका प्रमुख व्यक्तित्व लायन्स इन्टरनेशनल ३२५ जे का डिस्ट्रीक्ट गभर्नर मिलन थापा, प्रतिष्ठानका संरक्षक रमा पराशर, संस्थपाक अध्यक्ष हिरा बास्तोला, वर्तमान अध्यक्ष विन्दु श्रेष्ठले संयुक्त रूपमा पुरस्कार अर्पण गरे । डिस्ट्रीक्ट गभर्नर मिलन थापाले हरेकका… पुरा पढौ