साहित्य

गण्डकीमा मगर र गुरुङ भाषा सम्बन्धी विधेयक मस्यौदा माथि सरोकार वालासँग छलफल

पोखरा, गण्डकी प्रदेश सरकारले मगर र गुरुङ भाषालाई सरकारी कामकाजको भाषा बनाउन विधेयकको मस्यौदा माथि सरोकारवालासँग छलफल गरेको छ । भाषा आयोगको सिफारिस अनुसार प्रदेशभर मगर भाषा र गुरुङ भाषा बोल्ने संख्या बढी भएकाले यी भाषालाई सरकारी कामकाजमा समावेश गर्ने तयारी गरिएको हो । गण्डकी प्रदेशका विभिन्न जिल्लाका भाषा अभियन्ता, संघ–संस्था प्रतिनिधि, प्रदेश सभा सदस्य, सामाजिक अभियन्ता तथा सरकारी अधिकारीहरुको उपस्थितिमा पोखरामा सम्पन्न कार्यक्रममा सहभागीहरूले विधेयकलाई प्रभावकारी बनाउन विभिन्न सुझाव राखेका छन् । नेपाल मगर संघका उपमहासचिव खम बहादुर पुन… पुरा पढौ

इन्द्र–हुमा वाङ्मय सम्मान गीतकार खनियालाई

जरोटुप्पो संरक्षण साहित्य समाज नेपालद्वारा सञ्चालित इन्द्र–हुमा वाङ्मय सम्मान गीतकार हरिहर खनियालाई अर्पण गरिने भएको छ । गण्डकी प्रज्ञा–प्रतिष्ठानका परिषद् सदस्य कृष्णप्रसाद पौडेलको संयोजकत्वमा गठित प्रतिभा छनौट समितिद्वारा सिफारिस प्रतिभा सूचीबाट खनियालाई सम्मान अर्पण गर्ने समाजले निर्णय गरेको हो । समितिमा वरिष्ठ लोकगायिका हरिदेवी कोइराला, साहित्यकार दुर्गाबहादुर शाह बाबा रहेका थिए । आफ्ना बाबाआमाको स्मृतिमा छोरी सीताकुमारी जिसी, नाति/बुहारीद्वय सविन/सुमित्रा र अश्विन/कल्पना जिसीको परिवारबाट स्थापना भएको एक लाख ६१ हजार एक सय ११ राशिको अक्षयकोषबाट आर्जित व्याजबाट संस्थाले हरेक दुई… पुरा पढौ

सवा २६ लाख लागतमा कविता पार्क बनाउँदै लुम्ले

नेपालको एक मात्र कविता गाउँ कास्कीको लुम्लेमा कविता पार्क बन्ने भएको छ । समाजसेवी चिनबहादुर केसीले दान गरेको चार आना दुई पैसा एक दाम जग्गामा समितिले उक्त पार्क निर्माण प्रक्रियालाई अगाडि बढाउन लागेको हो । कविता गाउँका प्रणेता विनोद गौचनको ११ औं स्मृति सभाका वक्ताले समिति अल्पकालीन र दीर्घकालीन योजनासहित कविता पार्क निर्माणमा अगाडि बढेको जानकारी गराएका हुन् । कविता गाउँ लुम्ले समितिका अध्यक्ष भरत देवकोटाले कविता पार्क प्रस्तावना २०८१ प्रस्तुत गर्दै विनोद गौचनको प्रतिमासहितको कविता पार्क निर्माणमा २६ लाख… पुरा पढौ

पोखरामा कक्षा ८ को परीक्षालाई व्यवस्थित गर्न परीक्षा केन्द्रहरू तोकिने

पोखरा, १९ पौष, पोखरा महानगर भित्र सञ्चालन हुने कक्षा ८ को परीक्षालाई थप व्यवस्थित गरिने भएको छ । होम सेन्टरका रूपमा विद्यार्थीहरूले शैक्षिक सत्रको अन्तिममा दिने वार्षिक परीक्षा आफ्नै विद्यालयमा दिने व्यवस्थालाई परिमार्जन गरी परीक्षा केन्द्रहरू नै तोकेर परीक्षा सञ्चालन गरिने भएको हो । शुक्रवार बसेको सरोकारवाला सहित महानगर शिक्षा समितिको बैठकले यस्तो निर्णय गरेको महानगर शिक्षा समितिका अध्यक्ष समेत रहनुभएका नगर प्रमुख धनराज आचार्यले बताउनुभयो । उहाँका अनुसार महानगर क्षेत्रमा सञ्चालन गरिने कक्षा ८ को विद्यमान परीक्षा प्रणालीलाई परिमार्जन… पुरा पढौ

नेपाली गजलमा देखिएको विवाद अनावश्यक भएको पोखरेली गजलकारको निष्कर्ष, सातबुँदे घोषणापत्र जारी

पोखरा, पुस १६, नेपाली गजलमा देखिँदै आएको विवाद अनावश्यक रहेको पोखराका गजलकारहरूले निष्कर्ष निकालेका छन् । सोमवार पोखरामा आयोजित पोखरेली गजलप्रेमीहरूको भेलाले बहर वा स्वतन्त्र लयविधान जुनसुकै शैलीमा लेखिए पनि गजललाई ‘गजल’ नै भनिनुपर्नेमा जोड दिएका छन् । गैरबहरमा लेखिएका गजललाई गजल भन्न नहुने भन्दै केही समयदेखि केही गजलकाहरूले सञ्चालन गरेका अभियानप्रति कटाक्ष गर्दै भेलाले नवप्रवेशी गजलकारहरूलाई दिग्भ्रमित पार्ने त्यस्ता प्रयासको भत्र्सनासमेत गरेको छ । सो कार्यक्रममा अवधारणापत्र प्रस्तुत गर्दै नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति सरुभक्तले गजलमा… पुरा पढौ

पोखरा १३ मा शनिबार साहित्य पर्व हुने

पोखरा १४, पुष, पोखरामा विभिन्न स्थानमा मेला र महोत्सव भएको सन्र्दभमा पोखरा १३ मा भने साहित्य पर्व हुने भएको छ । पोखरा १३ को वडालाई कला, संस्कृति, सहित्य तर्फ आकर्षित गराउँदै समाज परिवर्तनमा टेवा पुराउने र सिर्जनात्मक प्रतिभा खोजेर प्रकट गराउने उद्देश्य सहित पोखरा महानगरपालिका–१३ वडा कार्यालयले एकदिने साहित्य पर्व गर्ने भएको पोखरा १३ का वडा अध्यक्ष किरण बरालले बताए । समाजसेवी, टोल बिकास समितिका पदाधिकारी, शैक्षिक व्यक्तित्व, विद्यार्थी, साहित्य अनुरागी सहित सम्पूर्ण वडाबासीलाई लक्षित गर्दै यही पुस २० गते… पुरा पढौ

२५५ औं शुभप्रभातमा लियो क्लब हेमजाको सहकार्य

हेमजा साहित्य प्रतिष्ठान नेपालको २५५ औं शुभप्रभात काव्यमाला लियो क्लब अफ हेमजासँगको सहकार्यमा सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रज्ञा–प्रतिष्ठानका परिषद् सदस्य कृष्णप्रसाद पौडेलले वर्तमान समितिले विभिन्न संघसंस्थासँग सहकार्य गर्दै नेपाली साहित्यको श्रीवृद्धिमा उल्लेख्य योगदान पु¥याएको धारणा राखे । प्रतिष्ठानका संस्थापक सचिव कोविदशरण उपाध्यायले वर्तमान कार्यसमिति हिजो केही गर्न सक्दैनन् भन्नेहरुलाई कर्मका माध्यमबाट उत्तर दिन सफल भएको बताए । समाजसेवी ऋषिराम पौडेलले प्रतिष्ठानको वर्तमान कार्यसमितिले संस्थालाई आर्थिक भार नपारी स्रोत जुटाएर कार्यक्रम गरेकामा धन्यवाद व्यक्त गरे । प्रतिष्ठानका… पुरा पढौ

भूपी काव्य पुरस्कारद्वारा असफल गौतम पुरस्कृत

थकाली सेवा समिति पोखराले नेपाली साहित्यका विराट प्रतिभा भूपी शेरचनको ८९ औं जन्मजयन्ती विविध कार्यक्रमका साथ मनाएको छ । समितिले हरेक दुई वर्षमा अर्पण गर्दै आएको भूपी काव्य पुरस्कार यो वर्ष साहित्यकार असफल गौतमलाई अर्पण गरेको छ ।कार्यक्रमका प्रमुख अतिथि समितिका सल्लाहकार हरिध्वज तुलाचन र अध्यक्ष तेजेन्द्र तुलाचनले नगद ५० हजारसहित उनलाई उक्त सम्मान अर्पण गरे । सोही समारोह बीच साहित्यकार रवीन्द्र माकाजूद्वारा लिखित ‘थकाली प्रतिभाहरू’ पुस्तकसमेत लोकार्पण गरियो । कार्यक्रमका प्रमुख अतिथि तुलाचनले भूपी आफ्नै मेहनत र साधनाले महान्… पुरा पढौ

पोखरामा अञ्जान एकल साँझ

अनेसास पोर्चुगल च्याप्टरका महासचिव कवि तथा गलजकार एन.बी. अञ्जानको अञ्जान एकल साँझमा पोखरेली वाङ्मयप्रेमी रमेका छन् । भूपी जयन्तीको अवसरमा गणेशबाबु अधिकारीको रेचा उपन्यास परिचर्चा र शुलभ घिमिरेको गजल गायनसहित सम्पन्न एकल गजल गुञ्जनमा पोखरेली वाङ्मयसेवीले भरपुर मनोरञ्जन लिएका हुन् । विविध कार्यक्रमसहित सन्दर्भको चाँजोपाँजो भने अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) गण्डकी समितिले मिलाएको थियो । कार्यक्रमका प्रमुख अतिथि नेपाल संगीत तथा नाट्य प्रज्ञा-प्रतिष्ठानका पूर्व कुलपति वरिष्ठ साहित्यकार सरुभक्तले पछिल्लो पुस्ताका प्रतिभाको प्रस्तुतिबाट ग्रहणयोग्य धेरै कुरा सिक्नुपर्ने बताए । अतिथि… पुरा पढौ

भूपी काव्य पुरस्कार असफल गौतमलाई

थकाली सेवा समिति पोखराद्वारा सञ्चालित भूपी काव्य पुरस्कार साहित्यकार तथा समालोचक असफल गौतमलाई प्रदान गरिने भएको छ । नेपाली साहित्यका क्षेत्रमा उल्लेख्य योगदान पुर्याउने स्रष्टालाई हरेक दुई वर्षमा अर्पण गरिदै आएको पुरस्कारको राशि ५० हजार रूपैयाँ र ताम्रपत्र रहेको छ । नेपाली साहित्यका क्षेत्रमा भूपीको योगदानलाई चिरस्थायी बनाउन समीक्षा र समालोचनाका माध्यमबाट व्यक्तिगत तथा संस्थागत हिसाबले कलम चलाएर पुर्याएको योगदानको उच्च कदर गर्दै यो वर्ष असफललाई सम्मान गर्न लागिएको प्रतिभा छनौट समितिका संयोजक ई. रुजिन्द्र तुलाचनले जानकारी दिए । पुतलीबजार–७,… पुरा पढौ

This will close in 20 seconds