साहित्य

सिद्धि गौचन स्मृति पुरस्कार हिमाली सांस्कृतिक परिवारलाई

जरोटुप्पो संरक्षण साहित्य समाज, नेपालद्वारा सञ्चालित सिद्धि गौचन स्मृति पुरस्कार–२०८१ हिमाली सांस्कृतिक परिवारलाई अर्पण गरिने भएको छ ।गण्डकी प्रज्ञा–प्रतिष्ठानका परिषद् सदस्य कृष्णप्रसाद पौडेलको संयोजकत्वमा गठित प्रतिभा छनौट समितिले लोक संस्कृतिको संरक्षणमा झण्डै तीन दशकदेखि क्रियाशील हिमाली सांस्कृतिक परिवारको नाम सिफारिस गरेको हो । पौडेलको संयोजकत्वमा वरिष्ठ लोकदोहोरी गायिका तथा बहुआयामिक व्यक्तित्व हरिदेवी कोइराला, पुतलीबजार प्रज्ञा–प्रतिष्ठानका उपकुलपति दुर्गाबहादुर शाह बाबाको तीन सदस्य समितिको सिफारिसलाई पुरस्कार कोषका संस्थापक विश्वमोहन गौचनसहितको बैठकले सर्वसम्मत अनुमोदन गरेको अध्यक्ष डा. नारायणप्रसाद अधिकारीले जानकारी दिए । सिद्धि… पुरा पढौ

शकुनको सुसाधना : खबरमा छु प्रिय !

सन्दर्भ परिचयगुल्मीको ग्वाँदीमा जन्मेर समाजशास्त्रमा स्नातकोत्तर गरेकी शकुन ज्ञवाली हाल अमेरिकाको न्युयोर्कमा बसोबास गर्दै आएकी छन् । झण्डै दर्जन लोकदोहोरी र तीजेगीतका एल्बम बजारमा ल्याइसकेकी शकुनले २०६१ भाद्र २९ गते अली मियाँ लोकवाङ्मयको व्यानरमा पहिलो कविता कृति “पालुवा र मञ्जरी’ पोखरामै लोकार्पण गरेकी थिइन् । गायन यात्राको आयामसँगै साहित्यिक अध्याय थपेर आफूलाई बहुआयामिक व्यक्तित्वका रुपमा उभ्याएकी शकुनका तीन कवितासङ्ग्रह "तिमी र म”, "भन्दिनु है बा !” पछि "खबरमा छु प्रिय !” मुक्तकसङ्ग्रह बजारमा आइसकेका छन् । यसरी अगाडि बढ्ने क्रममा… पुरा पढौ

विभिन्न व्यक्तित्वहरुलाई सम्मान

पोखरा २३, असोज, साहित्य सम्राट देशभक्त सिंह कुँवर वाङमय प्रतिस्ठानले शुभकामना आदान प्रदान कार्यक्रमसहित विभिन्न व्यक्तित्वहरुलाई सम्मान गरेको छ । पोखरामा मंगलबार सो कार्यक्रम पोखराका वरिष्ठ शिक्षासेवी जोर्ज जोनको प्रमुख आतिथ्यतामा भव्यरुपमा सम्पन्न भएको थियो । सम्मानित हुनेहरुमा प्राज्ञ एवं विम्बकवि रमेश श्रेष्ठ, छन्दनायक माधव वियोगी, साहित्यकार पुष्कर अथक रेग्मी, साहित्यकार तारा पाखे, साहित्यकार एवं कलाकार दामोदर ढकाल दिपक, मुटु रोग विषेशज्ञ डा. बिश्वराज बराल, प्रथम शीत ईश्वर कृष्णबहादुर केसी, फिल्म निर्देशक घनश्याम लामिछाने, ब्रम्हाकुमारी विनिता पराजुली, साहित्यकार रविन्द्र माकाजु,… पुरा पढौ

डागर स्मृति पुरस्कारबाट युवा पाइटल दीक्षान्त पुरस्कृत

डागर स्मृति पुरस्कार-२०८१ बाट युवा पाइलट दीक्षान्त जंगबहादुर राणा पुरस्कृत भएका छन् ।डागर स्मृति प्रतिष्ठान नेपालले राजन पराशर डागरको २३ औं स्मृति दिवस समारोहबीच उक्त पुरस्कार अर्पण गरेको हो ।२० हजार राशिसहितको उक्त पुरस्कार ऋषि पञ्चमीका दिन पोखरामा एक समारोहका बीच अर्पण गरिएको हो । कार्यक्रमका प्रमुख व्यक्तित्व लायन्स इन्टरनेशनल ३२५ जे का डिस्ट्रीक्ट गभर्नर मिलन थापा, प्रतिष्ठानका संरक्षक रमा पराशर, संस्थपाक अध्यक्ष हिरा बास्तोला, वर्तमान अध्यक्ष विन्दु श्रेष्ठले संयुक्त रूपमा पुरस्कार अर्पण गरे । डिस्ट्रीक्ट गभर्नर मिलन थापाले हरेकका… पुरा पढौ

पृथ्वीनारायण क्याम्पस नेपाली विभागमा छात्रवृत्ति वितरण तथा परिचर्चा

पृथ्वीनारायण क्याम्पस नेपाली विभागले विभागीय छात्रवृत्ति वितरण तथा साहित्यक परिचर्चा कार्यक्रम सम्पन्न गरेको छ ।विभागले बिहीवार एक समारोहबीच छात्रवृत्ति वितरण र साहित्यकार तीर्थराज अधिकारीको नवौं कृति ‘यो कसको हात हो’ दोस्रो संस्करणको परिचर्चा एकैसाथ आयोजना गरेको हो ।कार्यक्रमका प्रमुख अतिथि निमित्त क्याम्पस प्रमुख शंकरनाथ पौडेल, विभागीय प्रमुख डा. यमनाथ तिमिल्सिना, छात्रवृत्ति संस्थापक कृष्णप्रसाद पौडेल, राधादेवी पौडेल, तीर्थराज अधिकारी, सीतादेवी अधिकारीले संयुक्तरूपमा उक्त छात्रवृत्ति अर्पण गरे ।पूर्व विभागीय प्रमुख कृष्णप्रसाद पौडेलद्वारा आफ्ना बुबा शालिकराम पौडेलको स्मृतिमा स्थापित शालिकराम–कृष्ण पौडेल छात्रवृत्ति जमुना… पुरा पढौ

साहित्य रत्न कल्याण पन्त र रूना साहित्य पुरस्कार असफल गौतमलाई अर्पण

पोखरा १, भदौं, साहित्य रत्न पुरस्कारबाट कल्याण पन्त र रूना साहित्य पुरस्कारबाट असफल गौतम पुरस्कृत हुनु भएको छ । गीताञ्जली साहित्य परिवार पोखरा–११, रामघाटद्वारा सञ्चालित गीताञ्जली साहित्य रत्न पुरस्कार यस वर्ष साहित्यकार पन्त र मुक्तक विधा केन्द्रित रुना साहित्य पुरस्कार साहित्यकार एवं पत्रकार गौतमलाई शनिबार पोखरामा आयोजित एक समारोहबीच अर्पण गरिएको हो । साहित्यका माध्यमबाट राष्ट्रियस्तरमा योगदान दिएका स्रष्टालाई प्रोत्साहित गरिने उद्धेश्यले सञ्चालित दुवै पुरस्कारको राशि जनही २५ हजार नगदसहित सम्मान पत्र रहेको अध्यक्ष भानु भण्डारी क्षितिजले बताउनु भयो ।… पुरा पढौ

साहित्य रत्न कल्याण पन्त र रूना साहित्य पुरस्कार असफल गौतमलाई

गीताञ्जली साहित्य परिवार पोखरा–११, रामघाटद्वारा सञ्चालित गीताञ्जली साहित्य रत्न पुरस्कारबाट साहित्यकार कल्याण पन्त पुरस्कृत हुने भएका छन् । उक्त पुरस्कारबाट यसअघि तेजनाथ घिमिरे, डा. जगमान गुरुङ, तारानाथ पाखे, डा. नारायणप्रसाद अधिकारी, रुद्रबहादुर थापा, प्रा.डा. कुसुमाकर न्यौपाने, प्रा.डा. जगन्नाथ रेग्मीलगायत सम्मानित भएसकेका छन् । संस्थाद्वारा सञ्चालित मुक्तकविधा केन्द्रित रुना साहित्य पुरस्कार असफल गौतमलाई अर्पण गरिने भएको छ । उक्त पुरस्कारबाट यस अघि रत्न शमशेर थापा, शंकर ज्ञवाली र लक्ष्मण थापा पुरस्कृत भइसकेका छन् । साहित्यका माध्यमबाट राष्ट्रियस्तरमा योगदान दिएका स्रष्टालाई प्रोत्साहित… पुरा पढौ

पोखरा–३३ शिववस्तीमा महायज्ञ सुरु

पोखरा, १४ साउन पोखरा महानगरपालिका वडा नं ३३ शिववस्तीस्थित शुक्लेश्वर धाम प्राङ्गणमा आजदेखि श्रीमद्भागवत महापुराण, सप्ताह ज्ञान महायज्ञ, शिव महापुराण, बृहत धार्मिक श्रावण मेला एवम् बोलबम महोत्सव सुरु भएको छ । मन्दिरको सर्वाङ्गिण, भौतिक पूर्वाधार विकास निर्माण सहयोगार्थ हुन लागेको महायज्ञ यही साउन २४ गतेसम्म सञ्चालन हुनेछ । कथा शिरोमणि पण्डित दीपकप्रसाद पौडेलको प्रमुख बाचकत्वमा हुने महायज्ञमा विभिन्न देवलिला, जनचेतनामूलक नाटक सहित संगीतमय कथा प्रवचन हुने जनाइएको छ । महायज्ञको भव्य समारोहका बीच उद्घाटन गर्नुुहुँदै गण्डकी प्रदेशका कार्यबाहक मुख्यमन्त्री विन्दुुकुुमार… पुरा पढौ

“नेपाली वाङ्मय सत्ता र स्वेच्छिक दासताको चेपुवामा”

पोखरामा सम्पन्न एक साहित्यिक कार्यक्रमका वक्ताले वर्तमान नेपाली वाङ्मय क्षेत्र सत्ता र स्वेच्छिक दासताको चेपुवामा परेको बताएका छन् ।प्रतिष्ठानद्वारा आयोजित रजत वर्ष २०८० विशेष अन्तरक्रिया,२६ औं स्थापना दिवस, स्रष्टा सम्मान तथा २५० औं शुभप्रभात काव्यमाला समारोहका वक्ताले उक्त धारणा व्यक्त गरेका हुन् ।कार्यक्रमका प्रमुख अतिथि संस्कृतिकर्मी तीर्थ श्रेष्ठले वर्तमानमा राज्यसंस्थाबाट नै नेपाली भाषा माथि अन्याय भएकोमा चिन्ता व्यक्त गरे । उनले थपे– एकातर्फ राज्यको दासता छ, अर्कोतर्फ हाम्रा छोराछोरीलाई बाबाआमा होइन, ममी ड्याडी संस्कार सिकाउँदा गर्व गर्दछौं । अतिथि श्रेष्ठले… पुरा पढौ

पोखरा महानगरपालिकाको बजेट ७ अर्ब ५१ करोड ३२ लाख

पोखरा, असार १० पोखरा महानगरपालिले आर्थिक २०८१÷८२ का लागि रु। ७ अर्व ५१ करोड ३२ लाख ८३ हजार को बजेट प्रस्ताव गरेको छ । पोखरा महानगरको १५ औँ नगर सभामा पोखरा महानगरका उपप्रमुख मञ्जुुदेवी गुुरुङले बजेट पेश गर्दै संघीय सरकार अनुदानवाट रू ४ अर्व २० करोड २२ लाख १ हजार, प्रदेश सरकार अनुदानवाट रू ९ करोड ६३ लाख ८१ हजार, आन्तरिक आयवाट रू १ अर्व ५५ करोड ५१ लाख ४० हजार व्यहोरिनेछ बताउनुुभयो । त्यसै गरी संघीय राजश्व बाडँफाँटबाट रू… पुरा पढौ

This will close in 20 seconds