साहित्य

संवैधानिक नियुक्तिहरूको प्रणालीमा सुधार गर्नुपर्छ ः पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ

पोखरा ३, माघ विहिबार देखि पोखरामा लिटरेचर फेस्टिभल सुरु भएको छ । सुरुको दिनमा पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले उक्त फेष्टिभलमा प्रस्तुत गर्नु भएको भनाई तल प्रस्तुतः गरिएको छ । हामी नेपाल लिटरेचर फेस्टिभलमा छौं । यो नाम बढी साहित्यसँग सम्बद्ध छ । साहित्य भन्नेबित्तिकै आख्यान र गैरआख्यानको कुरा आउँछ । गैरआख्यानमा संविधान, कानुनका विषय आउँछन् । संविधान पनि साहित्यभित्रै पर्छ । संवैधानिक साहित्यको अवस्था के छ भने— साहित्यलाई जीवनको अंश मान्ने हो भने संविधान पनि समाजको अंश हुनुपथ्र्यो । समाजमा भित्र… पुरा पढौ

अरुणा लामा – तारादेवी स्मृति साँझ पोखरामा सम्पन्न

माघ १४ पोखरा हार्मोनी पोखरा र एभरेस्ट एफएम ९३ मेगाहर्ज सह आयोजनामा पोखरामा अरुणा लामा–तारादेवी स्मृति साँझ २०८० कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ । एभरेस्ट मिडिया हाउस प्रालिद्वारा सञ्चालित एभरेस्ट एफएम र पोखरेली महिला कलाकारहरुको साझा संस्था हार्मोनीसँग मिलेर स्वर साम्राज्ञी अरुणा लामा र तारादेवीको स्मृति दिवसको सन्दर्भ पारेर उहाहरुप्रति समर्पित ‘अरुणा लामा–तारादेवी स्मृति साँझ’ कार्यक्रम शनिबार सम्पन्न भएको हो । साहित्यकार, गीतकार, निर्देशक तथा कलाकारिताका अन्वेषक कबि प्रकाश सायमीले नेपाली सुगम संगीत, स्वर्गिय कलाकारद्वय अरुणा लामा र तारादेवीको… पुरा पढौ

पोखरामा शनिबार स्वर किन्नरी द्वय अरुणा लामा र तारादेवी स्मृति साँझ हुने

हार्मोनी र एभरेस्ट एफएम पोखराको आयोजनामा शनिबार स्वर किन्नरी द्वय अरुणा लामा र तारादेवी स्मृति साँझ हुनेपोखरा, माघ १२ । हार्मोनी पोखरा र एभरेस्ट एफएम सह आयोजनामा भोलि(शनिवार) पोखरामा अरुणा लामा–तारादेवी स्मृति साँझ २०८० कार्यक्रम हुने भएको छ । एभरेस्ट मिडिया हाउस प्रालिद्वारा सञ्चालित एभरेस्ट एफएम र एभरेस्ट आवाज डटकमले पोखरेली महिला कलाकारहरुको साझा संस्था हार्मोनीसँग मिलेर स्वर साम्राज्ञी अरुणा लामा र तारादेवीको स्मृति दिवसको सन्दर्भ पारेर उहाहरुप्रति समर्पित ‘अरुणा लामा–तारादेवी स्मृति साँझ’ कार्यक्रम गर्न लागेको हो । डिजिटल साउण्ड… पुरा पढौ

सरुभक्त राष्ट्रिय बालप्रतिभा पुरस्कार बाल कलाकार सुप्रिम मल्ल ठकुरीलाई

दीननात बरालपोखरा, १२ माघ सरुभक्त राष्ट्रिय बालप्रतिभा पुरस्कार–२०८० बाट यस बाल कलाकार सुप्रिम मल्ल ठकुरीलाई प्रदान गरिने भएको छ । पुरस्कार छनौट समितिको सिफारिसलाई सरुभक्त केन्द्रको कार्य समितिले अनुमोदन गर्दै उक्त पुरस्कार प्रदान गर्ने निर्णय गरेको शुक्रबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराइएको हो । पहिलो पटक सरुभक्त राष्ट्रिय बालप्रतिभा पुरस्कार अर्पण गर्न लागिएको पुरस्कार छनौट समितिका संयोजक सरस्वती प्रतीक्षाले बताउनु भयो । छनौट समिति आफैले विभिन्न प्रतिभाहरु खोजेर र ती प्रतिभाहरु सन्दर्भमा छलफल गरेर बाल कलाकार सप्रिम मल्ल… पुरा पढौ

हेमजाका राष्ट्रिय प्रतिभा सम्मानित

१०,, माघ पोखरा, शिक्षासेवी टीकाराम बास्तोलाको स्मृतिमा हेमजाका राष्ट्रिय प्रतिभा सम्मानित भएका छन् । यसरी सम्मानित हुनेमा भाषासेवी मुकुन्दशरण उपाध्याय, प्यारासुट जम्प गर्ने पहिलो साहसी महिला अन्नपूर्णा कुँवर, हेमजाका व्यावसायिक कृषक शोभाकर तिम्सिना, साहित्यसेवी कृष्ण उदासी, र मानवसेवा आश्रम पोखरा–२५ रहेका छन् । उनीहरूलाई १२ हजार एकसय पाँच नगद राशिसहित सम्मान गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरका प्रवक्ता मोतिराज तिमिल्सिना, टीकाराम बास्तोला स्मृति कोषका संस्थापकद्वय डा. दिनेश बास्तोला, ई. रमेश बास्तोला र संस्थाका अध्यक्ष बलराम पौडेलले संयुक्त रूपमा… पुरा पढौ

पोखरा महोत्सवमा भोली शान्ति श्री र मेलिना राइ आउने

पोखरा २, माघ पोखराको अमरसिंह मैदानमा जारी बाह्रौं संस्करणको पोखरा महोत्सवमा भोली बुधबार चर्चित लोकदोहोरी गायिका शान्ति श्री परियार र गायिका मेलिना राई आउने भएकी छिन । महोत्सवमा दिउँसोको कार्यक्रममा गायिका शान्ति श्री परियार र सांझको लाइभ ब्याण्ड तर्फ मेलिना राइको प्रस्तुती रहने महोत्सवका प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए । शान्ति श्री संगै लोकदोहोरी कलाकारहरु जिवन दाहाल, तारापति सुवेदी, चोलेन्द्र पौडेल, शिवहरी ढुंगाना, टेक क्षेत्री, लक्ष्मण सिंह ठकुरी, लिला पौडेल, सरला पाण्डे, सबिना गुरुङ, कमला सुनार लगायतको प्रस्तुती… पुरा पढौ

पोखरा रंगशालामा ‘प्रतिभा क्रिकेट टुर्नामेन्ट’

पोखरा, पुस २७ प्रतिभा क्रिकेट टुर्नामेन्ट शुक्रबारदेखि पोखरा रंगशालाको क्रिकेट मैदानमा सुरु भएको छ । शनिबारसम्म संचालन हुने प्रतियोगितामा १० कक्षासम्मको अन्तर सदन र प्लस टु तहमा विभिन्न समूहबीच प्रतिश्पर्धा हुनेछ । १० ओभरमा खेलाईएको प्रतियोगिताको विद्यालय संचालक समितिका अध्यक्ष नारायणप्रसाद पौडेलले उद्घाटन गरेका थिए । विद्यालयका प्राचार्य किरण सापकोटाका अनुसार अन्तरसदनमा छात्रका विभिन्न चारसमूह छन् । त्यस्तै प्लस टु तर्फ छात्रकै नौवटा टिमबीच प्रतिश्पर्धा हुनेछ । प्लस टु मा विहानी र दिवासत्रका ११ र १२ कक्षाका विद्यार्थीको समूह बनाएर… पुरा पढौ

एन प्याव्सनले सरुभक्त र जर्ज जोनलाई सम्मान गर्ने

पोखरा, २४ पुस नेशनल प्याव्सन कास्कीले आफ्नो स्थापना दिवसको अवसरमा विभिन्न क्षेत्रमा योगदान पु¥याएका व्यक्तिहरुलाई सम्मान गर्ने भएको छ । एन प्याव्सन कास्कीको मंगलबार वसेको बैठकले साहित्यिक क्षेत्रमा योगदान पु¥याएका सरुभक्त र शिक्षा क्षेत्रमा योगदान पु¥याएका जर्ज जोन लाई सम्मान गर्ने निर्णय गरेको अध्यक्ष हेमन्त अधिकारीले जानकारी दिए । उनीहरुलाई यहि पुस २७ गते एन प्याव्सनको २५ औं स्थापना दिवसको अवसरमा शिक्षा सेवा सम्मान २०८० वाट सम्मान गरीने एन प्याव्सनका उपाध्यक्ष तथा कार्यक्रम संयोजक मनकाजी गुरुङले जानकारी दिए ।त्यसैगरी स्थापना… पुरा पढौ

लेखनाथ महोत्सवमा कवि लेखनाथको सम्झना

लेखनाथ, १५ पुस ‘‘महोत्सव लेखनाथको संस्कृति, स्थानिय उत्पादन विकास र सम्मृद्धि’’ भन्ने मुल नाराका साथ पुष ५ गतेबाट लेखनाथमा शुरु भएको १९औं संस्करणको लेखनाथ महोत्सवमा आईतबार कवि लेखनाथको समझनामा विशेष कार्यक्रमको आयोजना गरियो । कवि लेखनाथ पौड्यालको १४०औं जन्मजयन्तीको अवसरमा महोत्सवस्थलमा निर्माण गरिएको थ्रि डि आर्ट सहितको जन्मघरमा कविको प्रतिमामा माल्यार्पण सहित उनका रचनाहरुको विषयमा चर्चा परिचर्चा गरिएको थिया । कार्यक्रमलाई सम्बोधन गर्दै लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष एव महोत्सवका मुल संयोजक विनोद श्रेष्ठले कविका कृति र रचनाहरुका कारण उहाँ… पुरा पढौ

लेखनाथ साहित्य पुरस्कार किञ्जललाई पत्रकारिता पुरस्कार दीपकलाई

लेखनाथ १५, पुष साहित्यकार गोपाल बैद्य किञ्जललाई वि सं २०८०यस वर्षको लेखनाथ साहित्य पुरस्कार प्रदान गरिएको छ । लेखनाथ पत्रकार मञ्चद्वारा स्थापित लेखनाथ पत्रकारिता पुरस्कार यस वर्ष कान्तिपूर राष्ट्रिय दैनिकका उपसम्पादक दीपक परियारलालाई प्रदान गरिएको छ । कविशिरोमणि लेखनाथ पौड्यालको १४० औं जन्मजयन्तीको अवसरमा त्रिदिवसीय जन्म जयन्ती मूल समारोह कार्यक्रम अन्तर्गत आइतवार विभिन्न संघ सस्थाको सहभागीतामा उनको जन्मस्थल पोखरा–२७ अर्चलेमा राखिएको मूल समारोहमा साहित्यकार गोपाल बैद्य किञ्जललाई बृद्धाबस्थाका कारण घरमै पुरस्कार अर्पण गरिएको जानकारी गराइएको थियो । कविशिरोमणि लेखनाथ पौड्यालको… पुरा पढौ

This will close in 20 seconds