साहित्य

एन प्याव्सनले सरुभक्त र जर्ज जोनलाई सम्मान गर्ने

पोखरा, २४ पुस नेशनल प्याव्सन कास्कीले आफ्नो स्थापना दिवसको अवसरमा विभिन्न क्षेत्रमा योगदान पु¥याएका व्यक्तिहरुलाई सम्मान गर्ने भएको छ । एन प्याव्सन कास्कीको मंगलबार वसेको बैठकले साहित्यिक क्षेत्रमा योगदान पु¥याएका सरुभक्त र शिक्षा क्षेत्रमा योगदान पु¥याएका जर्ज जोन लाई सम्मान गर्ने निर्णय गरेको अध्यक्ष हेमन्त अधिकारीले जानकारी दिए । उनीहरुलाई यहि पुस २७ गते एन प्याव्सनको २५ औं स्थापना दिवसको अवसरमा शिक्षा सेवा सम्मान २०८० वाट सम्मान गरीने एन प्याव्सनका उपाध्यक्ष तथा कार्यक्रम संयोजक मनकाजी गुरुङले जानकारी दिए ।त्यसैगरी स्थापना… पुरा पढौ

लेखनाथ महोत्सवमा कवि लेखनाथको सम्झना

लेखनाथ, १५ पुस ‘‘महोत्सव लेखनाथको संस्कृति, स्थानिय उत्पादन विकास र सम्मृद्धि’’ भन्ने मुल नाराका साथ पुष ५ गतेबाट लेखनाथमा शुरु भएको १९औं संस्करणको लेखनाथ महोत्सवमा आईतबार कवि लेखनाथको समझनामा विशेष कार्यक्रमको आयोजना गरियो । कवि लेखनाथ पौड्यालको १४०औं जन्मजयन्तीको अवसरमा महोत्सवस्थलमा निर्माण गरिएको थ्रि डि आर्ट सहितको जन्मघरमा कविको प्रतिमामा माल्यार्पण सहित उनका रचनाहरुको विषयमा चर्चा परिचर्चा गरिएको थिया । कार्यक्रमलाई सम्बोधन गर्दै लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष एव महोत्सवका मुल संयोजक विनोद श्रेष्ठले कविका कृति र रचनाहरुका कारण उहाँ… पुरा पढौ

लेखनाथ साहित्य पुरस्कार किञ्जललाई पत्रकारिता पुरस्कार दीपकलाई

लेखनाथ १५, पुष साहित्यकार गोपाल बैद्य किञ्जललाई वि सं २०८०यस वर्षको लेखनाथ साहित्य पुरस्कार प्रदान गरिएको छ । लेखनाथ पत्रकार मञ्चद्वारा स्थापित लेखनाथ पत्रकारिता पुरस्कार यस वर्ष कान्तिपूर राष्ट्रिय दैनिकका उपसम्पादक दीपक परियारलालाई प्रदान गरिएको छ । कविशिरोमणि लेखनाथ पौड्यालको १४० औं जन्मजयन्तीको अवसरमा त्रिदिवसीय जन्म जयन्ती मूल समारोह कार्यक्रम अन्तर्गत आइतवार विभिन्न संघ सस्थाको सहभागीतामा उनको जन्मस्थल पोखरा–२७ अर्चलेमा राखिएको मूल समारोहमा साहित्यकार गोपाल बैद्य किञ्जललाई बृद्धाबस्थाका कारण घरमै पुरस्कार अर्पण गरिएको जानकारी गराइएको थियो । कविशिरोमणि लेखनाथ पौड्यालको… पुरा पढौ

पोखरा उवासंघ र भक्तपुर उवासंघबीच भ्रातृत्व सम्बन्ध कायम

पोखरा १४, पुष पोखरा उद्योग वाणिज्य संघ र भक्तपुर उद्योग वाणिज्य संघबीच शुक्रबार भ्रातृत्व सम्बन्ध कायम गरिएको छ । दुई संघबीच एकआपसमा भाइचारा, समझदारी वृद्धि र सहयोग आदानप्रदान गर्ने उद्देश्यका साथ पोखरा उद्योग वाणिज्य संघको सभाहलमा एक कार्यक्रमका बीच भ्रातृत्व सम्बन्ध कायम गरिएको हो । भ्रातृत्व सम्बन्ध कायमसँगै सहयोग आदानप्रदानसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गरिएको छ । समझदारी पत्रमा भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष शिवप्रसाद मानन्धर र पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवनकुमार प्रजापतिले हस्ताक्षर गरे । समझदारी पत्रमा भक्तपुर र… पुरा पढौ

आलोक गुरुङलाई ललितकला पुरस्कार

ललितकला पुरस्कार २०७८ बाट कलाकार आलोक गुरुङलाई पुरस्कृत गरिने भएको छ । पोखरेली युवा सांस्कृतिक परिवारले कलामा क्रियाशील स्रष्टालाई २ वर्षमा प्रदान गर्ने यो पुरस्कारको राशि वरिष्ठ कलाकार दुर्गा बरालले आफूले पाएको पुरस्कारमा रकम थपेर अक्षयकोष स्थापना गरी सञ्चालन गरेका हुन् । आलोक गुरुङ तनहुँ अरुबोटमा जन्मेर पोखरामा क्रियाशील चित्रकला, मुहार चित्र र प्रतिस्थापन कलामा अब्बल कलाकार हुुन् । गुरुङले हजारभन्दा बढी मुहारचित्र बनाउनुका साथै अन्य सिर्जना गरिसकेका छन् । एकल चित्रकला प्रदर्शनी २०१३ दमौली, २०१४ मा पोखरामा, दुईव्यत्ति m(दुर्गा… पुरा पढौ

नाटक निर्देशन सिकाइँदै

पोखरामा नाटक निर्देशन कार्यशाला हुने भएको छ । गण्डकी प्रज्ञा प्रतिष्ठानको आयोजनामा हुने यो कार्यशालामा गण्डकी प्रदेशका ११ जिल्लाबाट २५ जनाको सहभागिता रहने गण्डकी प्रज्ञा प्रतिष्ठानका सदस्यसचिव मनकुमार श्रेष्ठले जानकारी दिए । शुक्रबारबाट सुरु हुने कार्यशाला १० दिनसम्म चल्नेछ । कार्यशालाका लागि पोखरा थिएटरले सहकार्य गर्नेछ । पोखरा थिएटरको गन्धर्व नाटकघरमा हुने कार्यशालामा रंगक्षेत्र, निर्देशन क्षेत्र सहितका विविध क्षेत्रमा स्थापित प्रशिक्षकले सहजीकरण गर्ने गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सूर्य खड्का विखर्चीले बताए । स्थापनाको छोटो समयमानै गण्डकी प्रज्ञा प्रतिष्ठानले केही महत्वपूर्ण… पुरा पढौ

हरिदेवी कोइरालालाई लाइफ टाइम एचिभमेन्ट अवार्ड

शुक्रबार पोखरामा हुने ‘नेसनल गण्डकी म्युजिक अवार्ड २०७८’ को तयारी पूरा भएको छ । पुष्पाञ्जली स्टुडियो प्रालिको आयोजनामा हुने यो कार्यक्रममा ३१ विधामा अवार्ड वितरण गरिनेछ । जसका लागि उत्कृष्ट ५ मनोनयन यस अगाडि नै सार्वजनिक गरिएको थियो । उत्कृष्ट ५ मा पर्न सफल प्रतिभालाई ५० प्रतिशत जुरीको निर्णय र ५० प्रतिशत दर्शक, स्रोताले गरेको भोटको आधारमा अवार्ड विजेता घोषणा गरिने आयोजकले जनाएको छ । अवार्ड कार्यक्रमको जुरी निर्णायकमा सुमन श्रापित, बमबहादुर कार्की र रेशम रचक छन् । नेसनल गण्डकी… पुरा पढौ

गीत

सिन्दूरले मात्रै गास्दैन, नाता मायाले गास्ने होचर्काइ हियार म कतिन्जेल रोएर बाच्ने हो ? सम्झेर ल्याउदा झन् आज भोलि दुख्दै छ जीवनसक्दिनँ तोड्न खै किन किन नाताको बन्धनन बाबा भने न आमा भने तिमिलाई भनेरचाहना सबै नपुग्दो रैछ जून तारा गनेर सम्झेर ल्याउदा लाएको तिम्ले केही गुन छैन नित्यै पनि किन सक्दिनँ भन्न म तिम्रो हैन निरमाउदै होलान् खुसीमा नाच्दै सहेली ती साथीसबैको देख्दा कल्पिन्छ मन तड्पिन्छ यो छाती । पुरा पढौ

कथा: अंशबन्डा

मतिरामका दुईवटी बुढीहरु थिए | जेठीबाट सन्तान नभए पछि कान्छी ल्याएका थिए | कान्छी बुढीबाट दुई भाइ छोराहरु जन्मिए | छोराहरुको विवाह भैसकेको थियो | अब यो परिवार छुट्टि भिन्न हुन चाहे | बाबु र कान्छी आमा कान्छा छोरासँग बस्ने भए | जेठो छोराको परिवार छुट्टै बस्ने भए | जेठी आमा एक्लै छुट्टै बस्ने भइन् | मतिरामको सम्पूर्ण जायजेथा श्रीसम्पत्ति अंश लाग्न पर्ने भयो | कान्छा छोराले बाबु आमाको जीउनी समेत गर्दा खप्लप्कै आधा सम्पत्ति पाउने गराइयो | कान्छाको सम्पत्तिको… पुरा पढौ