अन्तर्राष्ट्रिय कला प्रतियोगितामा पुरस्कृत २३ अन्तराष्ट्रिय कलाकार पुरस्कृत

-


     पोखरा क्लिक     
     चैत्र २३ गते २०८० मा प्रकाशित


नगेन आर्ट डट कम द्वारा आयोजित “कलाकारका लागि कलाकार” अन्तराष्ट्रिय खुला अनलाइन कला प्रतियोगिता तथा प्रदर्शनी २०२२ को अवसरमा २३ जना अन्तराष्ट्रिय कलाकार पुरस्कृत भएका छन् । प्रतियोगितामा अरनिको इन्टरनेशनल अवार्डबाट सिनान यास्दिमन९तुर्की०, लियोनार्दो दा भिन्ची इन्टरनेशनल अवार्डबाट सना घरशिन९पाकिस्तान०, पाब्लो पिकासो अन्तराष्ट्रिय अवार्डबाट डा। ९एचसी० सोनजय मौर्य९भारत०, जॉक्सन पोलक इन्टरनेशनल अवार्डबाट डा। प्रोफेसर। ओरहान सेब्राइलोघु९तुर्की०, विन्सेनेट वानगोघ अन्तराष्ट्रिय अवार्डबाट एस राज कुमार९भारत०, पॉल गाउगिन इन्टरनेशनल अवार्डबाट मोहम्मद मोहिउद्दीन अहमद९ बंगलादेश० जे।एम।डब्ल्यू। टर्नर इन्टरनेशनल अवार्डबाट प्रदीब अधिकारी९नेपाल०, माइकलोंगोलो इन्टरनेशनल अवार्डबाट वेणय कुमार बी के९नेपाल०, एम।एफ। हुसैन इन्टरनेशनल अवार्डबाट इमरान सूमरो९पाकिस्तान०, साल्वाडोर डाली इन्टरनेशनल अवार्डबाट भीमप्रसाद शर्मा९नेपाल०, सेडेक्वेन इन्टरनेशनल अवार्डबाट किरणकुमार सिगु९ नेपाल०, शिल्पाचार्य जैनुल आबेदीन इन्टरनेशनल अवार्डबाट मैक्सिन झी जियान शिन, ९मलेशिया०, दीवान मिजÞान रहमान इन्टरनेशनल अवार्डबाट सुमन नेपाली९नेपाल० र एमेच्योर इन्टरनेशनल अवार्डबाट मच्छिन्द्रप्रसाद शाक्य९नेपाल० पुरस्कृत भएका छन् ।


त्यस्तै नेशनल स्पेशल इन्टरनेशल अवार्डबाट गुलिजÞर इस्बिलिर९तुर्की०, मेराज दानिश ९पाकिस्तान०, सुकांत कुमार प्रधानी९भारत०, एम।डी। मोनिरुल इस्लाम९बंगलादेश०, सुमित्रा राणा सुतपराई ९नेपाल०, ए मारिया डेल कारमेन ९मेक्सिको०, मुकेश शर्मा ९अमेरिका०, अन्ना निकोडेमो ९इटली०, इलोना लाकाटोस ९हंगेरी०ले प्राप्त गर्नुुभएको छ ।
एक कार्यक्रमका बीच बिहिबार गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री दिपेन्द्रबहादुर थापाले छनौटमा भएका कलाकारको नाम घोषणा गर्नुभएको थियो ।

कलाकारहरुको नयाँ कामको प्रशंसा गर्दै यस्तो मौलिकतालाई अरुले पछ्याउनुपर्नेमा जोड दिनुुभयो ।
कोरोनाले आक्रान्त पारेको समयमा पनि कलाकारका लागि अन्तर्राष्ट्रिय कला प्रतियोगिता तथा प्रदर्शनी अवसर हुने विश्वास व्यक्त गर्दै उहाँले पेन्टिङ बिक्रीबाट प्राप्त रकम सामाजिक कार्यमा खर्च गर्ने आयोजकको सोच प्रशंसनीय भएको बताउनुुभयो ।
नगेन न्यूजका खोज सामग्री संयोजक नवीन श्रेष्ठले यस कार्यक्रमले विश्वभरका कलाकारको सामिप्यता बढ्ने बताउदै अन्तर्राष्ट्रिय निर्णायकको लागि विशेष पदवीहरु ग्लोबल र्भस्टाईल आटिस्ट, यूनिर्भसल आटिस्ट र अ ग्लोबल प्यासिनेट आटिस्टको उपाधि दिईएको बताउनुभयो ।

नगेन न्युज पब्लिकेशनले ‘न प्रायोजक, न समर्थक, न प्रवर्द्धनकर्ता मात्र कलाकारका लागि कलाकार’, ‘कलाकारका लागि कलाकार’ भन्ने नाराका साथ हरेक वर्षको नाम, मूल्य र सम्मान दिने उद्देश्यले वर्षमा एक पटक अन्तर्राष्ट्रिय खुला कला अनलाइन प्रतियोगिता तथा प्रदर्शनी आयोजना गर्दछ । पब्लिकेशनका अध्यक्ष ज्योति हमालले कलाको समृद्धि, विकास र प्रवद्र्धनका लागि कलाकार र कलाकार भएको बताउँदै कलाकृति बिक्रीबाट प्राप्त हुने आम्दानीको ७० प्रतिशत कलाकार आफैं, १० प्रतिशत पुरस्कार, १० प्रतिशत कल्याणकारी कार्यक्रम र १० प्रतिशत स्मारिकालाई दिइने जानकारी दिनुभयो ।

हमालले ९ देशका ७० कलाकार, १ एमेच्योर र ४ जना निर्णयकहरु९कुल ७४ कलाकार०, १८ वर्षभन्दा माथिका, विभिन्न माध्यम, विधि र साइजमा सृजित कलाकृतिहरू धधध।लबनभलबचत।अयm मा २०२३ सेप्टेम्बर ४ देखि प्रदर्शन भैरहेको जानकारी दिनुभयो । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका पूर्व प्राज्ञ सभासद्, कलाकार नगेन सिंहले कोरोना महामारीका बेला कलाकारका बारेमा कसैले केही नगरेकाले सामाजिक सञ्जालबाट केही गर्नका लागि ‘कलाकारका लागि कलाकार’ प्रतियोगिता तथा प्रदर्शनी आयोजना गरिएको बताउनुुभयो । प्रतियोगिताका निर्णयकमा प्रोफेसर। डा। सुमेरा जवाद, ग्लोबल र्भस्टाईल आटिस्ट ९कलेज अफ आर्ट एन्ड डिजाइन, पञ्जाब विश्वविद्यालय०, दादुल चालिहा ९ग्लोबल आर्टिस्ट, गुवाहाटी, असम, भारत०, एनबी गुरुङ, अ ग्लोबल प्यासनेट आर्टिस्ट,९अध्यक्ष, आईडब्ल्यूएस नेपाल० र प्राज्ञ नगेन सिंह ९पूर्व प्राज्ञ सभासद्, नेपाल एकेडेमी अफ फाइन आर्ट्स० रहनुुभएको थियो ।