साहित्य

विश्व कीर्तिमानीका स्वर संगीतमा गुञ्जे पोखरेलीका गजल

साहित्यको राजधानी भन्न रुचाउनेहरूको शहरमा पोखरामा पोखरेलीका गजल गुञ्जेका छन् । नेपाली सुगम संगीतमा पृथक पहिचानसहित विश्व कीर्तिमान राख्न सफल संगीतकार सन्तोष श्रेष्ठको स्वर र संगीतमा कास्कीको भलामका स्रष्टा देवेन्द्र केसी देवुका गजल गुञ्जेका छन् । नेपाल पर्यटन बोर्डको सभाहलमा सम्पन्न देवेन्द्र केसी देवु गजल साँझमा श्रेष्ठले प्रत्यक्ष संगीतसहित देवुका गजल गायन गरे । उक्त गजल गायनको जाँचोपाँजो अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज गण्डकीले मिलाएको हो । कवि शिरोमणि लेखनाथ पौड्यालको गजलबाट कार्यक्रमको मङ्गलाचरण गरेका श्रेष्ठले देवुका सात गजल गायन गरे… पुरा पढौ

लामाचौरमा वसन्त काव्य महोत्सव

पोखरा, १९ वैशाख, प्रतिविम्ब वाङ्मय प्रतिष्ठान, पोखरा–१९ को आयोजनामा वसन्त काव्य महोत्सव सुरु भएको छ । जनकविकेशरी धर्मराज थापाको शत्वार्षिकी अवसरमा लामाचौरस्थित गण्डकी बोर्डिङ स्कुलको सभाहलमा शुक्रबारदेखि सुरु महोत्सव २ दिनसम्म चल्नेछ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले महोत्सव उद्घाटन गर्दै गण्डकी प्रदेश नेपाली भाषा, साहित्य र संस्कृतिको उर्वरभूमि भएको बताए । गण्डकीका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले जनकविकेशरी धर्मराज थापाको शत्वार्षिकी अवसरमा आयोजित महोत्सवको सफलताको कामना गरे ।सो अवसरमा नेपाली भाषा, साहित्य, कला क्षेत्रमा पु¥याएको योगदानको… पुरा पढौ

हेमजामा आलु महोत्सव सुरु

आजदेखि १३ औं संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सव सुरु भएको छ ।‘सुन्दर ठाउँ हेमजा जाउँ, आलुका स्वादिष्ट परिकार खाउँः आलु एक परिकार अनेक’ भन्ने मूल नाराका साथ विष्णुपादुका क्लवको आयोजनामा महोत्सव सुरु गरिएको हो ।महोत्सवको आकर्षणका रुपमा आलु तथा ताजा तरकारीको बृहत प्रदर्शन, आलुको पहाड निर्माण, आलुका विभिन्न परिकार, कृषकका लागि माटो, बोटविरुवा परीक्षण तथा रोगको निदान रहेका छन्।त्यस्तै कृषक तथा कृषि सम्बन्धी विविध सांस्कृतिक कार्यक्रम, कृषि झाँकी प्रतियोगिता, चर्चित कलाकारहरुका प्रस्तुति, कृषक सम्मान साथै विभिन्न कृषि उपज, वीउविजन तथा… पुरा पढौ

श्री गण्डकी कोटिहोम महायज्ञको संकल्प सभा सम्पन्न

पोखरा महानगरपालिका वार्ड नं. १७ बिरौटामा सञ्चालन हुन लागेको ऐतिहासिक श्री गण्डकी शत कुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञ संकल्प सभा आज गरिएको छ । आगामी बैशाख १७ गते देखी सुरु भई जेठ २६ गते सम्म सञ्चालन हुने उक्त महायज्ञको संकल्प सभा एक कार्यक्रमको विचमा गरिएको हो । संकल्पसभामा महायज्ञका संकल्पकर्ता बालयोगेश्वर विजय श्री कृष्ण मूर्ती जी महाराजले महायज्ञ अवधिभर हुने विविध कार्यक्रमको बारेमा जानकारी दिदै ऐतिहासिक श्री गण्डकी कोटिहोम महायज्ञले गण्डकी क्षेत्र र धार्मिक दृष्टिकोणमा यसकने महत्व,यज्ञको महिमा,हवनको महिमा,कोटिहोम… पुरा पढौ

जरोटुप्पोका परिकल्पनाकार भण्डारीको श्रद्धाञ्जली सभा

जरोटुप्पो संरक्षण साहित्य समाज नेपालद्वारा संस्थाका परिकल्पनाकार तथा संस्थापक महासचिव मदन भण्डारीको श्रद्धाञ्जली सभा आयोजना गरिएको छ । सातौं दिनको पुण्य तिथिमा आयोजित श्रद्धाञ्जली सभाका वक्ताले उनको योगदानको स्मरण गर्दै भण्डारीको निधनले सिर्जनशील पुस्तालाई अपूरणीय क्षति पुगेको बताए । इलाम जन्म थलो भई पोखरालाई कर्म थलो बनाएका भण्डारी निजामति सेवाबाट निवृत्त जीवन बिताइरहेका थिए । भण्डारीको ७१ वर्षको उमेरमा चैत्र १६ गते निधन भएको थियो । गण्डकी प्रज्ञा–प्रतिष्ठानका कुलपति सूर्य खड्का बिखर्चीले भण्डारीको व्यक्तित्वबारे प्रकाश पार्दै नेपाली साहित्य क्षेत्रमा उल्लेख्य… पुरा पढौ

गीताञ्जली साहित्य परिवारको २६६ औं साधना प्रभात

गीताञ्जली साहित्य परिवारको नियमित रचनावाचन साधनाप्रभातको २६६ औं शृङ्खला सम्पन्न भएको छ । कार्यक्रमका प्रभातनायक अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज गण्डकीका महासचिव असफल गौतमले सिर्जना सभ्य समाज निर्माणको आधारशीला भएकाले स्रष्टा साधक विधर्मको बाटो नहिँड्दा राज्यसत्ता र सर्जकबीचको खाडल पुरिन नसकेको बताए । उनले व्यापारीले साहित्यका नाममा व्यापार गर्दा बजेट विनियोजनका लागि लाखौं रुपैयाँ हुने राज्यसँग साहित्यिक संस्थाका लागि सामान्य सहयोग नहुनु दुषित मानसिकताको उपज भएको भन्दै चिन्तासमेत व्यक्त गरे । संस्थाका पूर्व अध्यक्ष शिवप्रसाद गौतमले साहित्य सिर्जना स्वस्थ जीवनयापनको माध्यम… पुरा पढौ

सङ्घर्षमा कलम छोरेपाटन समूहको रचनावाचन प्रतियोगिता

सङ्घर्षमा कलमद्वारा विद्यालय तहका भाइबहिनीलाई सिर्जनशील बनाउन गठन गरिएको सङ्घर्षमा कलम छोरेपाटन समूहको आयोजनामा पहिलो रचनावाचन प्रतियोगिता सम्पन्न भएको छ । ३३ जना प्रतियोगी रहेको प्रतियोगितामा कक्षा ९ का असिम खनाल, कक्षा ८ की सन्ध्या कार्की, कक्षा ६ का लेलिना बराल, कक्षा ५ की स्मृति सुनार र कक्षा ४ का रोहन गहतराज उत्कृष्ट पाँच हुन सफल भए । विजेतालाई विद्यालयका प्रधानाध्यापक डिल्लीराम शर्मा, सङ्घर्षमा कलम केन्द्रीय अध्यक्ष कृष्ण सारथि, संस्थापक अध्यक्ष असफल गौतम, छोरेपाटन भू.पू. विद्यार्थी मञ्चका उपाध्यक्ष हिमलाल उपाध्याय,… पुरा पढौ

जरोटुप्पोमा सम जयन्ती र सम्मान

जरोटुप्पो संरक्षण साहित्य समाज नेपालले १२३ औं नाट्यसम्राट बालकृष्ण सम जयन्ती विविध कार्यक्रमका साथ मनाएको छ । संस्थाले सोही समारोहबीच गीतकार हरिहर खनियालाई इन्द्र–हुमा वाङ्मय सम्मान अर्पण गरेको छ । वरिष्ठ साहित्यकार चन्द्रप्रकाश बानिया, डा. नारायणप्रसाद अधिकारी, कोष संस्थापक सीता जिसी, पूर्व सम्मानित प्रतिभा डा. पुष्पा केसी भण्डारीले उक्त सम्मान अर्पण गरे । वरिष्ठ साहित्यकार चन्द्रप्रकाश बानियाले पूर्वीय र पाश्चात्य साहित्यको ज्वारतका रूपमा नाट्यसम्राट समका सिर्जनालाई चित्रण गर्दै भने, 'अक्षरको व्यवसाय गर्नेहरू अहिले हाहाकारमा रहे तापनि पुस्तक नपढ्ने मान्छेले पनि… पुरा पढौ

जरोटुप्पोले विविध कार्यक्रमका साथ १२३ औं जमजयन्ती मनाउँदै

२३ माघ, पोखरा जरोटुप्पो संरक्षण साहित्य समाज नेपालले १२३ औं नाट्यसम्राट बालकृष्ण सम जयन्ती विविध कार्यक्रमका साथ मनाउने भएको छ । संस्थाले नेपाली साहित्य र विशेष गरी नाट्य साहित्यका क्षेत्रमा अतुलनीय योगदान पु¥याएका समको योगदानको चर्चा स्थापनाकालदेखि विविध कार्यक्रमका साथ गर्दै आएको संस्थाका अध्यक्ष डा नारायणप्रसाद अधिकारीले जानकारी दिए । २०८१ सालको सम जयन्तीमा बालकृष्ण सम विमर्श, स्रष्टा सम्मान तथा रचनावाचनसहित कार्यक्रम गर्न लागेको प्रवक्ता ताराबहादुर गुरुङ बताउँछन् । यसैबीच आफ्ना बाबाआमाको स्मृतिमा छोरी सीताकुमारी जिसी, नाति-बुहारीद्वय सविन/सुमित्रा र अश्विन/कल्पना… पुरा पढौ

प्रतिभा माविमा साहित्य, संगीत र कलाको मेला

पोखरा, माघ १९, विद्यार्थीमा साहित्यको चेतना र पठनशैली विकास गराउने उद्देश्य सहित पालिखेचोकस्थित प्रतिभा माविमा शनिबार एकदिने साहित्य, कला र संगीत मेला आयोजना गरिएको छ । त्यससँगै विद्यालयमा यसअघि अध्ययनरत विद्यार्थीको भेटघाट पनि गरिएको छ । विद्यालयका प्राचार्य किरण सापकोटाले प्रतिभाबाट विद्यालयतहको अध्ययन सकेका पूर्व विद्यार्थीको भेटघाटसँगै साहित्य, कला र संगीतलाई एकैठाउँमा जमघट गराएको बताए । कार्यक्रमको साहित्यकार तीर्थ श्रेष्ठले उद्घाटन गरेका थिए ।सापकोटाका अनुसार प्रतिभा मावि २०४३ सालमा स्थापना भएको थियो । त्यसपछि विद्यालयतहमा अध्ययन गरेका विद्यार्थीको भेटघाट भएको… पुरा पढौ

This will close in 20 seconds