साहित्य

सात सालको कथा परिचर्चा एवम् सिर्जना उत्सव कार्यक्रम सम्पन्न

पोखरा, २७ वैशाख, पोखरामा लेखक फणीश्वरनाथ रेणुको कृति सात सालको कथा परिचर्चा एवम् सिर्जना उत्सव कार्यक्रम सम्पन्न भएको छ । नेपाली लेखक संघ कास्कीको आयोजनामा शनिवार सो कार्यक्रम सम्पन्न भएको हो । सो अवसरमा बोल्दै परिचर्चाकार प्रा। डा। कुसुमाकर न्यौपानेले भारतमा जन्मिएका फणीश्वरनाथ रेणुले नेपालको सात सालको क्रान्ति उतारेर इतिहास जीउँदो राखेको बताए । उनले सो कृतिमा सात सालको कथा मात्रै नभएर नेपालको राणा शासन वीपी कोइराला र प्रजातान्त्रिक आन्दोलनको शंखघोष गरिएको चर्चा गरे । हिन्दीमा लेखिएको उक्त कृति तुलसी… पुरा पढौ

र्याण्डममा ‘मगर जातिको इतिहास र भर्तीको फन्दा’को परिचर्चा

पोखरा, २६ बैशाख, र्याण्डम रिडर्स सोसाइटीको नियमित किताब परिचर्चा कार्यक्रमको १२६ औं श्रृङ्खलामा पत्रकार, इतिहासकार, लेखक अधिवक्ता मनोज घर्तीमगरका कृतिहरूमा आधारित रहेर “मगर इतिहासदेखि भर्तीको फन्दासम्म’’ विषयक परिचर्चा कार्यक्रम गरिएको छ । पठन संस्कृतिको विकासको लागि लेखक र पाठकलाई बौद्धिक विमर्शको कार्यक्रम मार्फत जोड्न सोसाइटीले हरेक महिनाको अन्तिम शनिबार परिचर्चा कार्यक्रम गर्दै आएको छ । कार्यक्रममा लेखक मेजन पुनले मनोज घर्तीमगरका दुुई पुुस्तक ‘मगर जातिको इतिहास’ र ‘भर्तीको भन्दा’ किताबामाथि कार्यपत्र प्रस्तुत गरेका थिए । ‘लेखकले गोर्खा भर्तीले नेपाली समाजमा… पुरा पढौ

पोखरा १३ मा दोस्रो साहित्य पर्व–२०८३

पोखरा, १३ वैशाख, पोखराको सांस्कृतिक र साहित्यिक गतिविधिलाई थप सशक्त बनाउने उद्देश्यसहित दोस्रो साहित्य पर्व–२०८३ भएको छ ।पोखरा महानगरपालिका वडा नं. १३ को आयोजनामा वडा कार्यालय परिसरमा साहित्य पर्व भएको हो । उक्त कार्यक्रमको लेखक तथा पत्रकार नारायण वाग्लेले शनिबार उद्घाटन गरेका हुन् । यस साहित्य पर्वलाई स्थानीयस्तरमै सिर्जनात्मक अभिव्यक्ति र बौद्धिक छलफलको साझा मञ्चका रूपमा विकास गर्ने लक्ष्य लिइएको छ । कार्यक्रममा लेखक तथा पत्रकार वाग्लेले आफ्नो लेखन क्षेत्रको प्रेरणाको स्रोत पुस्तकाल रहेको बताए । उनले पुस्तका पुग्दा आफ्नै… पुरा पढौ

गीतकार नेपाल रानाभाटको ‘सायद मैले सकिनँ कि।’ को म्युजिक भिडियो सार्वजनिक

पोखरा, वैशाख १३, गीतकार नेपाल रानाभाट ‘सुबोध’ को ‘सायद मैले सकिनँ कि।।।’ बोलको नयाँ गीतको म्युजिक भिडियो आइतवार पोखरामा सार्वजनिक गरिएको छ । गीतकार प्रतिष्ठान, नेपालको आयोजनामा भएको कार्यक्रममा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति सरुभक्तले भिडियो विमोचनपछि बोल्दै साहित्यकाररगीतकारहरू समाजकै अङ्ग भएकाले समाजसापेक्ष सिर्जना लेख्ने गरेको धारणा राखे । जीविकोपार्जनका लागि पेसागत रूपमा विविध क्षेत्रमा क्रियाशील भए पनि गीतकार, सङ्गीतकार र कलाकारले आफूभित्रको सिर्जनशीलता प्रस्तुत गर्ने कुरामा लाग्नुपर्ने सरुभक्तको भनाइ थियो । उनले नेपाल रानाभाट शैक्षिक प्रशासनका क्षेत्रमा… पुरा पढौ

पोखराबाट उठ्यो गीतकार, सङ्गीतकार र गायक र गायिकाको नाम अनिवार्य भन्नुपर्ने माग

पोखरा, वैशाख ५, कुनै पनि साङ्गीतिक प्रस्तुति दिँदा गीतकार, सङ्गीतकार र गायक र गायिका गरी तीनै पक्षको नाम भन्नुपर्ने माग सरोकारवालाहरूले गरेका छन् । शनिवार पोखरामा गीतकार प्रतिष्ठान, नेपालद्वारा आयोजित ‘नेपाली गीतरसङ्गीतमा रचनाकार, सङ्गीतकार र गायकरगायिकाको भूमिका’ विषयक अन्तरक्रियामा सो कुरामा जोड दिइएको हो । प्रतिष्ठानका अध्यक्ष अनुराग अधिकारीले अवधारणापत्र प्रस्तुत गर्दै पोखरामा क्रियाशील साङ्गीतिक संस्थाका प्रतिनिधि, गायकरगायिका, सङ्गीतकार र गीतकारहरूसँग छलफल गरेर अवधारणापत्र तयार पारिएको जानकारी दिए । सातओटा बुँदामा प्रस्तुत गरिएको अवधारणापत्रमा एउटा सुन्दर साङ्गीतिक उत्पादनका लागि सबैको… पुरा पढौ

एन प्याब्सन कास्कीले स्थापना दिवसमा हरिदेवीलाई सम्मान गर्ने, फेवाताल किनार सरससफाई

पोखरा , नेसनल प्याब्सन कास्कीले २७ औँ स्थापना दिवसको अवसरमा बरिष्ठ गायिका तथा साहित्यकार प्राज्ञ हरिदेवी कोइरालालाई सम्मान गर्ने भएको छ । आइतबार नेसनल प्याब्सन कास्कीले एक कार्यक्रमको आयोजना गरि शिक्षा÷साहित्यसेवा सम्मान–२०८२ बाट बरिष्ठ गायिका तथा साहित्यकार प्राज्ञ कोइरालालाई सम्मान गर्ने भएको हो । कोइरालाई कार्यक्रमका प्रमुख अतिथि नेसनल प्याब्सनका संस्थापक अध्यक्ष बसन्तबहादुर श्रेष्ठ, र कास्कीका अध्यक्ष हेमन्त अधिकारीलेले सम्मान गर्ने कार्यक्रम रहेको छ । त्यसैगरी स्थापना दिवसकै अवसर पारेर स्थापना वर्षको आधारमा विद्यालयहरू सम्मान, एस.ई.ई. २०८१ मा सतप्रतिशत विद्यार्थी… पुरा पढौ

पुस २९ देखि सुरु हुने पोखरा महोत्सवको अन्तिम तयारी तिव्र, अग्रिम स्टल बुकिङ

दीननाथ बराल, पोखरा, १७ पुस युनाइटेड क्लब पोखराको आयोजनामा यही पुस २९ गतेदेखि सुरु हुने १४औं संस्करणको पोखरा महोत्सवको अन्तिम तयारी तिव्र पारिएको छ । पोखराको अमरसिंह मा.वि.को विशाल खेल मैदानमा माघ ११ गतेसम्म संचालन हुने महोत्सवको अन्तिम तयारी तिव्र पारिएको क्लवले पोखराक्लिकलाई जनाएको छ । महोत्सवमा कृषि, उद्योग, हस्तकला, सेवा, अटो लगायतका क्षेत्र समेटेर २ सय ५० स्टल रहने भएको क्लबका अध्यक्ष लोकबहादुर थापाले बताउनु भयो । महोत्सवमा पर्यटकीय स्थलको बारेमा जानकारी दिने संघ संस्थाहरुलाई निःशुल्क स्टल उपलब्ध गराइने… पुरा पढौ

लेखनाथ महोत्सवमा कवि शिरोमणिलाई सम्झिदै ढकाललाई अभिनन्दन

लेखनाथ, कवि शिरोमणि लेखनाथ पौड्यालको योगदान स्मरण गर्दै साहित्यिक कार्यक्रम अन्तर्गत शनिवार अभिनन्दन सम्पन्न भएको छ ।नेपाल संस्कृत विश्वविद्यालयबाट ’लेखनाथ पौड्यालका काव्यमा अद्वैत वेदान्त दर्शन’ शीर्षकमा विद्यावारिधि उपाधि प्राप्त गरेका डाक्टर वोधराज ढकाललाई अभिनन्दन गरिएको छ । आँधीखोला–६ स्याङ्जामा जन्मेर हाल पोखरा–८, सिमलचौर निवासी ढकालले त्रिभुवन विश्वविद्यालय अन्तर्गत पृथ्वीनारायण क्याम्पसमा नेपाली वाङ्मयका विविध विधाहरुको प्राध्यापन, विभिन्न अनुसन्धानमूलक समीक्षात्मक कृतिहरुको प्रकाशन, शोध निर्देशन जस्ता महत्वपूर्ण कार्यहरु गरेका छन् । कार्यक्रममा बोल्दै नेपाली भाषा तथा साहित्यमा उनको योगदानको कदर भएकोमा साहित्यकार एवम्… पुरा पढौ

पोखरा महानगरको नवरत्न सम्मानबाट ९ जना श्रष्टा सम्मानित (भिडियो सहित)

दीननाथ बराल, पोखरा, २ पुस, पोखरा महानगरपालिकाले पोखराको गौरवको रुपमा रहेका नौं जना श्रष्टालाई पोखरेली नवरत्न सम्मानबाट सम्मान गरेको छ । पोखरा महानगरपालिकाको ६७ औं स्थापना दिवसको अवसरमा महानगरले पोखरामा बसेर विभिन्न क्षेत्रमा उल्लेखनिय रुपमा योगदान पुर्याउनु भएको ९ जनालाई पोखरेली नवरत्न सम्मान सहित नगद २ लाख २ हजार २०२ रुपैया प्रदान गर्दै सम्मान अपर्ण गरेको हो । https://www.youtube.com/watch?v=JN4AvFmr3S8 धार्मिक पर्यटन तथा कृषि उद्यमतर्फ चन्द्रकान्त बराल, संगीत तथा गायनतर्फ नेपथ्य व्याण्डका अमृत गुरुङ, उद्यमशिलतातर्फ रामकली खड्का, खेलकुद तथा शिक्षातर्फ प्रा.डा.बिरेन्द्रसिंह… पुरा पढौ

अन्तर बिद्यालय स्तरिय खुल्ला चित्रकला प्रतियोगितामा न्यू मिलेनियम स्कुलका समृद्ध जंग गोदार प्रथम

पोखरा २८, मंसिर, अन्तर बिद्यालय स्तरिय खुल्ला चित्रकला प्रतियोगितामा न्यू मिलेनियम स्कुलका समृद्ध जंग गोदार प्रथम हुनु भएको छ । ड्यामसाइड क्लबको आयोजनामा आइतबार पोखराको माछापुच्छ«े प्रतिबिम्ब पार्क (ड्यामसाइड) मा सम्पन्न चित्रकला प्रतियोगितामा कक्षा १० का गोदारले उत्कृष्ट चित्र कोर्दै प्रथम स्थान हासिल गर्न सफल हुनु भएको हो । त्यस्तै एक्स–आर्मी स्कुलका कक्षा ८ का शिसम श्रेष्ठले दोस्रो स्थान हासिल गर्नु भयो भने हार्वर्ड एकेडेमीका कक्षा १० का तेजस सुनारले तेश्रो स्थान हासिल गर्नु भयो । प्रतियोगितामा बालोदय सेकेन्डरी स्कुलकी… पुरा पढौ

This will close in 20 seconds