साहित्य

मदनकृष्ण श्रेष्ठको जीवनीमा चलचित्र बन्ने, शीर्ष भूमिकामा पोखराका महेश त्रिपाठी

काठमाडौँ, ९ असार, वरिष्ठ अभिनेता तथा गायक मदनकृष्ण श्रेष्ठको जीवनकथामा आधारित जीवनीपरक चलचित्र निर्माण हुने भएको छ। निर्देशक मिलन चाम्सले निर्देशन गर्ने यस चलचित्रमा अभिनेता महेश त्रिपाठी र अभिनेत्री केकी अधिकारी मुख्य भूमिकामा चयन भएका छन्। चलचित्रमा त्रिपाठीले मदनकृष्ण श्रेष्ठको युवावस्था र कलात्मक यात्राको भूमिका निर्वाह गर्नेछन्। श्रेष्ठकी स्वर्गीय पत्नी यशोदा सुवेदीको भूमिकामा भने अधिकारी देखिनेछिन्। चलचित्रले श्रेष्ठको प्रेरक र संघर्षमय जीवनकथालाई पर्दामा ल्याउने तयारी गरेको छ। यसअघि ‘बबी’, ‘ब्लाइन्ड रक्स’ र ‘अञ्जिला’ जस्ता जीवनीपरक चलचित्र निर्देशन गरेर पहिचान बनाएका… पुरा पढौ

कास्कीको मादी गाउँपालिकाको बजेट ६५ करोड १२ लाख,कृषि, पर्यटन र उत्पादनमुखी कार्यक्रमलाई प्राथमिकता

दीननाथ बराल पोखरा, ८ असार कास्कीको मादी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३÷०८४ का लागि ६५ करोड १२ लाख ५१ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाको उन्नाइसौं गाउँसभामा उपाध्यक्ष कल्पना गुरुङले बजेट वक्तव्य प्रस्तुत गर्दै आउदो बर्षको लागि उक्त बजेट सार्वजनिक गर्नु भएको हो । प्रस्तावित बजेटमध्ये १८ करोड १४ लाख ९० हजार रुपैयाँ अर्थात् २७.८७ प्रतिशत पूँजीगततर्फ र ४६ करोड ९७ लाख ६१ हजार रुपैयाँ अर्थात् ७२.१३ प्रतिशत चालुतर्फ विनियोजन गरिएको उहाँले जनाउनु भयो । चालु खर्चको हिस्सा… पुरा पढौ

विश्व संगीत दिवसको अवसरमा जोजिजु म्युजिक सेन्टरमा सांगीतिक कार्यक्रम

पोखरा, असार ७, विश्वभर जुन २१ मा मनाइने विश्व संगीत दिवसको अवसरमा पोखरास्थित जोजिजु म्युजिक सेन्टरमा समेत विशेष सांगीतिक कार्यक्रम आयोजना गरिएको छ । संगीतको सार्वभौमिक शक्ति, सिर्जनशीलता र मानव एकताको सन्देश प्रवाह गर्ने उद्देश्यले आयोजित कार्यक्रममा प्रशिक्षक, विद्यार्थी, कलाकार तथा संगीतप्रेमीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सन् १९८२ मा फ्रान्सबाट सुरु भएको विश्व संगीत दिवस हाल विश्वका १२० भन्दा बढी देशमा मनाइँदै आएको छ। यस दिन संगीतलाई मनोरञ्जनको माध्यम मात्र नभई संस्कृति, भावना र मानव समुदायलाई जोड्ने शक्तिशाली माध्यमका रूपमा… पुरा पढौ

पोखराको बजेट १४ प्रतिशतले घट्यो, आउदो बर्षका लागि ७ अर्ब १५ करोड ,पर्यटन, पूर्वाधार, शिक्षा र डिजिटलमा प्राथमिकता

दीननाथ बराल.पोखरा, ५ असार, पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३÷०८४ का लागि ७ अर्ब १५ करोड २५ लाखको बजेट सार्वजनिक गरेको छ। यो बजेट चालु आर्थिक वर्षको तुलनामा करिब १४ प्रतिशत (१ अर्ब १९ करोड ८७ लाख) ले कम हो। उपमेयर मञ्जुदेवी गुरुङले १९ औँ नगरसभामा शुक्रबार पोखरामा बजेट प्रस्तुत गर्दै चालु खर्च ५५.१५ प्रतिशत र पूँजीगत खर्च ४४.८५ प्रतिशत विनियोजन गरिएको बताउनु भएको छ । आउँदो बर्षको लागि बजेट वक्तव्य सार्वजनिक गर्दै उहाँले संघीय सरकारबाट कुल ३ अर्ब १८… पुरा पढौ

गत वर्षभन्दा ३ प्रतिशत बढीको बजेट गण्डकी प्रदेशमा, ३२ अर्ब ९९ करोडको बजेट विनियोजन (पूर्णपाठ सहित)

दीननाथ बराल,पोखरा, १ असार, गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३÷०८४ का लागि ३२ अर्ब ९९ करोड ९९ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ। आर्थिक मामिला मन्त्री जीतबहादुर शेरचनले आज (सोमबार) आउदो बर्षको लागि प्रदेश सभामा उक्त बवेट बजेट प्रस्तुत गरेका हुन् । प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२÷८३ मा ३१ अर्ब ९७ करोड ९९ लाख रुपैयाँको बजेट विनियोजन गरेको थियो । आगामी वर्षका लागि प्रस्ताव गरिएको बजेट गत वर्षको तुलनामा करिब १ अर्ब २ करोड रुपैयाँले बढी हो। प्रतिशतका… पुरा पढौ

लोकरञ्जनको ‘सन्धिकाल’ पुस्तकमाथि विमर्श

पोखरा, ३० जेठ, पोखरामा क्रियाशील साहित्यिक संस्था ¥यान्डम रिडर्स सोसाइटीले शनिबार अनुसन्धाता लोकरञ्जन पराजुलीको पुस्तक ‘सन्धिकाल’ माथि विमर्श गरेको छ । पत्रकार युवराज श्रेष्ठले सहजीकरण गरेको कार्यक्रममा लेखक पराजुलीले विसं २००७ सालको परिवर्तन र त्यसले नेपाली समाजका विभिन्न आयाममा पारेको प्रभावबारे चर्चा गरे । उनले नेपालमा व्यवस्था परिवर्तन भए पनि शासकको प्रवृत्ति र स्वभावमा भने खासै परिवर्तन नआएको टिप्पणी गरे । सत्तामा पुगेपछि शासकहरुले आफूलाई सर्वज्ञानी ठान्ने र नागरिकलाई रैतीका रुपमा व्यवहार गर्ने गरेको उनको तर्क थियो । ‘नेपालका शासकहरुमा… पुरा पढौ

स्याङ्जाको पुतलीबजार प्रज्ञा प्रतिष्ठानद्वारा साहित्यकार असफल गौतमसहित तीन स्रष्टा सम्मानित

स्याङ्जा, जेठ २९, पुतलीबजार प्रज्ञा प्रतिष्ठान, स्याङ्जाले कला, साहित्य तथा संगीत क्षेत्रको श्रीवृद्धिमा योगदान पुर्‍याएका तीन जना स्रष्टालाई सम्मान गरेको छ ।प्रतिष्ठानद्वारा आयोजित स्रष्टा सम्मान तथा कविता वाचन कार्यक्रममा साहित्यकार तथा कवि असफल गौतम, साहित्यिक स्रष्टा अनन्त कुमार श्रेष्ठ र लक्ष्मी रेग्मी खनाल लाई जनही नगद २० हजार रुपैयाँसहित सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरिएको हो। पुतलीबजार नगरपालिकाको सभाहलमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि पुतलीबजार नगरपािलकाका नगर प्रमुख तुलसीराम रेग्मी, प्रतिष्ठानका कुलपति विश्वप्रेम अधिकारी, उपकुलपति दुर्गाबहादुर शाह बाबा, तथा सदस्य सचिव… पुरा पढौ

मादी गाउँपालिकामा शिक्षकका लागि सूचना प्रविधि तालिम

पोखरा, जेठ ९, कास्कीको मादी गाउँपालिकाले शिक्षकहरूका लागि सञ्चार तथा सूचना प्रविधिसम्बन्धी तालिम प्रदान गरेको छ । ५ दिनसम्म सञ्चालन भएको तालिममा मादी गाउँपालिकाभित्रका आधारभूतदेखि माध्यमिक तहसम्मका ४८ जना शिक्षकहरूको सहभागिता रहेको थियो । जेठ ५ देखि ९ गतेसम्म सञ्चालित तालिमको समापनका अवसरमा मादी गाउँपालिकाका अध्यक्ष देवीजङ गुरुङले आजका शिक्षक प्रविधिमैत्री हुनैपर्नेमा जोड दिए । आजका विद्यार्थी जन्मिँदैमा प्रविधिसँगै जन्मेकाले तिनलाई पढाउने शिक्षकहरू अझ तिखारिनुपर्ने गुरुङको भनाइ थियो । मादीका शिक्षकहरूको क्षमता विकासका लागि गाउँपालिकाले सधैँ प्रयास गर्ने प्रतिबद्धता जनाउँदै… पुरा पढौ

पोखरामा जेठ १२ देखि पाँचौं अन्तरविद्यालय वडाध्यक्ष कप फुटबल प्रतियोगिता हुँने

दीननाथ बराल,पोखरा, ९ जेठ, खेलकुदको शहरका रूपमा परिचित पोखरामा विद्यालय तहको फुटबल खेलको विकास गर्ने उद्धेश्यले पाँचौं संस्करणको अन्तरविद्यालय वडाध्यक्ष कप फुटबल प्रतियोगिता २०८२ यही जेठ १२ गतेदेखि आयोजना हुने भएको छ । पोखराको ड्यामसाइड क्लबको आयोजनामा यही जेठ १२ गतेदेखि १७ गतेसम्म सञ्चालन हुने प्रतियोगिता पोखरा महानगरपालिका वडा नम्बर १७ को प्रवद्र्धनमा गण्डकी प्रदेश प्रहरी गण (ड्यामसाइड) को खेल मैदानमा हुने भएको क्लवले जनाएको छ । क्लवले शनिबार पोखरामा आयोजना गरेको टाईसिट प्रकाशन तथा पत्रकार सम्मेलनमा जानकारी दिँदै क्लबका… पुरा पढौ

यस वर्षको एसईई नतिजा एक महिनामै सार्वजनिक, गत वर्षभन्दा सुधार — ६५.९८ प्रतिशत विद्यार्थी ग्रेडेड

काठमाडौं, राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा परीक्षा सकिएको करिब एक महिनामै सार्वजनिक गरेको छ । यसपटकको नतिजामा गत वर्षको तुलनामा उल्लेखनीय सुधार देखिएको छ । बोर्डका अनुसार कुल परीक्षार्थीमध्ये ६५.९८ प्रतिशत विद्यार्थी ग्रेडेड भएका छन् । गत वर्ष एसईईमा ६१.८१ प्रतिशत विद्यार्थी मात्र ग्रेडेड भएका थिए । यस वर्ष उक्त संख्या बढेर ६५.९८ प्रतिशत पुगेपछि नतिजामा सुधार आएको शिक्षा सचिव चुडामणि पौडेलले बताएका छन् । यस वर्ष कुल २ लाख ८४ हजार १६० विद्यार्थी… पुरा पढौ

This will close in 20 seconds