करातेका अन्तराष्ट्रिय प्रशिक्षक असोक लामा रुम्बालाई सम्मान लिन भ्याई नभ्याई

-


     पोखरा क्लिक     
     कार्तिक २१ गते २०८२ मा प्रकाशित


पोखरा,

करातेका अन्तराष्ट्रिय प्रशिक्षक असोक लामा रुम्बालाई यतिवेला सम्मान लिन भ्याई नभ्याई भएको छ । केही समय अघि स्पेनमा कराते खेलको मुख्यप्रशिक्षकको जिम्मेवार वहन गर्नु भएको रुम्बालाई पोखरा देखि हटौंडा हुदै काठमाण्डौंसम्म विभिन्न संघ संस्थाहरुले सम्मान तथा स्वागत गर्दा उहाँलाई हाल भ्याई नभ्याई भएको हो ।

यसैबिच, फुलकन्ट्याक्ट कराते महासंघले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको गौरव र पहिचान उच्च बनाउने खेलाडी, प्रशिक्षक तथा योगदानकर्ताहरूलाई विशेष सम्मान कार्यक्रममार्फत सम्मान गरेको छ। त्रिपुरेश्वर, काठमाडौंमा शुक्रबार सम्पन्न उक्त कार्यक्रममा कराते खेलका समर्पित प्रशिक्षक देव कुमार घिमिरे र अशोक लामा रुम्बालाई दीर्घकालीन योगदान र अन्तर्राष्ट्रिय स्तरमा राष्ट्रको नाम चिनाउन गरेको उत्कृष्ट भूमिकाको उच्च मूल्याङ्कनसहित सम्मान–पत्र प्रदान गरिएको थियो।

महासंघका अध्यक्ष सुर्य बहादुर बुढाथोकीले कराते खेल नेपालको राष्ट्रिय गौरवसँग जोडिएको खेल रहेको उल्लेख गर्दै, यस खेलका समर्पित प्रशिक्षक र खेलाडीहरूले देशलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन महत्त्वपूर्ण भूमिका खेलेको बताउनुभयो। उहाँले आगामी दिनमा महासंघले खेलकर्मीहरूको क्षमता अभिवृद्धि र अन्तर्राष्ट्रिय प्रतिस्पर्धाका लागि थप सहयोग र तालिम कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता जनाउनुभयो।

त्यसैगरी, अजरबैजानको बाकुमा आयोजित अन्तर्राष्ट्रिय बुदो मार्शल आर्ट प्रतियोगिताका पदकधारी खेलाडीहरू करुणा राउत क्षेत्री, सागर बिष्ट, सुदर्शन खतिवडा, बबिता कार्की, रोचक भारती र पूजा खड्का, श्रीलंकामा सम्पन्न लाकमल्स कपका पदक विजेता सन्नी सिंह, जापानमा सम्पन्न तेजुका कपका विजेता दावा शेर्पा, तथा थाइल्यान्ड स्ट्रेन्थलिफ्टिङ प्रतियोगितामा नेपालको नाम उजागर गर्ने केदारेश्वर मान स्थापित लाई पनि सम्मान गरिएको थियो।

महासंघका अध्यक्ष सुर्य बहादुर बुढाथोकीले कराते खेल नेपालको राष्ट्रिय गौरवसँग जोडिएको खेल रहेको बताउँदै समर्पित प्रशिक्षक र खेलाडीहरूले अन्तर्राष्ट्रिय स्तरमा देशको पहिचान उजागर गरिरहेको उल्लेख गर्नुभयो। कार्यक्रमका प्रमुख अतिथि जगत प्रसाद गौचनले खेलाडीहरूको परिश्रम र अनुशासन नै राष्ट्रको सम्मान हुने भन्दै, खेलकुदको माध्यमबाट नेपालको पहिचान विश्वमा फैलिनु गर्वको विषय भएको धारणा राख्नुभयो। उहाँले महासंघले गर्दै आएको कार्यप्रति धन्यवाद दिँदै निरन्तरता र संस्थागत सुदृढीकरणमा जोड दिनु पर्ने बताउनुभयो।

रुम्बालाई यस अघि मकवानपुर जिल्ला खेलकुद विकास समिति, मकवानपुर जिल्ला फुटबल सङ्घ, पोखरा रङ्गशालामा क्युोकुशिन कान कराते, लायन्स क्लव अफ पोखरा लेकसाइड, नेपाल फुटबल एसोसिएसन एन्फा केन्द्रीय सदस्य टिकाराम लामा लगायतले स्वागत सहित सम्मान गर्नु भएको थियो ।